×

NEPAL TIMES UPDATES

Playing
हजारौं गीत गाएर अस्थाइन् आशा भोसले || Nepal Times
Apr 12, 2026
Playing
विद्याभण्डारीको लाइनमा राष्ट्रपति पौडेल, सरकारको सिफारिस रोक्न मिल्छ ? || Nepal Times
Apr 12, 2026
Playing
नेपाल सुरुङ युगमा प्रवेश|| Nepal Times
Apr 12, 2026
Playing
Top 15 Afternoon News || April-12-2026 || Nepal Times
Apr 12, 2026
Playing
ISLAMABAD TALKS असफल भएपछि Pakistanले के भन्यो ? || Nepal Times
Apr 12, 2026
Playing
बालेनको भारत भ्रमणबारे शिशिर खनालको खुलासा,हर्कले दिए एजेन्डा|| Nepal Times
Apr 12, 2026
Playing
Americaमाथि Iranको शंकाः कसका कारणले वार्ता भाँडियो ? || Nepal Times
Apr 12, 2026
Playing
प्रधानमन्त्री बालेनलाई मोदीको निम्तो#balen #modi #india #nepal
Apr 12, 2026
Playing
नागढुंगा–सिस्नेखोला सुरुङमार्ग कहिलेदेखि संचालनमा ?|| Nepal Times
Apr 12, 2026
Playing
बालेनले हर्कलाई उपसभामुख किन दिलाए ? अब मिल्ने ?|| Nepal Times
Apr 12, 2026

विश्वकपमा नेपाली चेलीको पहिलो जित, तोडे जितविहीनको दाग

११ माघ २०८१

११ माघ , काठमाण्डौ।

पहिलो ऐतिहासिक यु १९ महिला विश्वकपमा नेपालले आफ्नो अन्तिम खेलमा मलेसियालाई ७ विकेटले पराजित गरेको छ । नेपाललाई जिताउन कप्तान पुजा महतोले फेरि एकपटक प्रेरणादायी प्रदर्शन गरिन् ।

Advertisement
Advertisement

यो जितसँगै विश्वकपबाट खाली हात स्वदेश फर्किनु पर्ने अवस्थामा नेपाली टिमले सान्त्वना पाएको छ । टस जितेर नेपालले मलेसियालाई ब्याटिङमा निम्त्याएको थियो । पूजाले ४ विकेट लिएपछि मलेसियाले १६.५ ओभरमा ४५ रन जोडेर अलआउट भयो ।

४६ रनको झिनो लक्ष्य नेपालले ११ ओभरमा ३ विकेट गुमाएर भेट्टायो । ब्याटिङमा पनि नेपालले पुजाकै भर पर्नुप¥यो । तीन विकेट सस्तैमा गुमाएको नेपाललाई पुजाले जितसम्म डोहो¥याइन । उनले ३२ बलमा २३ रन जोडिन् ।

पछिल्ला दुई बलमा उनले दुई चौका हानेकी थिइन् । चौथो विकेटका लागि सिमाना केसीसँग पुजाले ३३ बलमा २५ विकेटको साझेदारी गरिन् । यो जितसँगै नेपालको विश्वकप यात्रा औपचारिक रुपमा समाप्त भएको छ ।

नेपालले यसअघि ३ खेलमा बंगलादेश, स्कटल्यान्ड र अष्ट्रेलियासँग निराशाजनक पराजय व्यहोरेको थियो ।आजको खेलमा उत्कृष्ट प्रर्दशन गरेकी नेपाली यू–१९ महिला क्रिकेट टिमकी कप्तान पूजा महतो आईसीसी यू–१९ महिला टी–२० विश्वकपमा समूह चरण र प्लेअफका खेलहरूसम्म आइपुग्दा सर्वाधिक विकेट लिने बलर बनेकी छन् ।

मलेसियासँगको प्लेअफ खेलमा ४ विकेट लिँदै उनी हालको अवस्थामा सर्वाधिक विकेट टेकरको शीर्षमा उक्लिएकी हुन । पूजाले ४ खेलमा ९ विकेट लिएकी छन् । श्रीलंकाकी चमुदी प्रबोदा ७ विकेटका साथ लिस्टको दोस्रो स्थानमा छिन् भने तेस्रो स्थानमा स्कटल्याण्डकी मासी माइकेरा, चौथो र पाँचौंमा भारतका वैष्णवी शर्मा र आयुषी शुक्ला छन् ।

अब सुपर सिक्सदेखि सेमिफाइनलका खेलहरू बाँकी नै भएकाले अन्य खेलाडीहरू सूचीमा माथि आउनेछन् । हालका लागि पुजा शीर्षस्थानमा छिन् ।विश्वकप छनोट हुनु नेपाली युवा टोलीको मेहनत र संयोगको सङ्गम थियो।

यसको एशिया छनोट विगतमा ’सिङ्गल राउन्ड रोबिन लीग’ का आधारमा हुँदै आएको थियो। त्यसमा विजेता टोली मात्र एशियाको प्रतिनिधित्व गर्दै विश्वकपमा पुग्थ्यो। यसपालि भने एशिया छनोट ’डबल राउन्ड रोबिन लीग’ को आधारमा ग¥यो।

यसले गर्दा पहिलो राउन्डमा बलियो दावेदार यूएईसँग पराजित भए पनि नेपाल दोस्रो राउन्डमा यूएईविरुद्ध प्रभावकारी जित हात पार्दै रनरेटको आधारमा अग्रता लिएर विश्वकपमा छनोट भएको थियो।

नेपाली महिला क्रिकेट टोली विश्वकपमा पुगेको यो पहिलो अवसर थियो। राष्ट्रिय टोली पनि अहिलेसम्म विश्वकपमा छनोट हुन सकेको छैन। विश्वकपमा युवा महिला टोलीले ’सूपर सिक्स’ पुग्ने लक्ष्य राखेको थियो।

Advertisement

यसका लागि स्कटल्यान्डविरुद्ध त्यो सुनौलो मौका पनि पाएको थियो। तर जितनजिक पुग्दापुग्दै पनि टोलीले अवसर गुमायो र तीनवटै खेलमा पराजित भएर अघिल्लो यात्रा टुंगिसकेको थियो । त्यसैले आजको अन्तिम जित नेपाली चेलीहरुका लागि विश्वकपको सान्त्वना जितको रुपमा दर्ज भएको छ ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top