त्रिकोणात्मक टी–२० श्रृंखला खेल्ने नेपाली महिला टोली कस्तो छ ?

१३ माघ ८१, सोमबार

१४ माघ, काठमाण्डौ।

नेपालले इन्दु बर्माको कप्तानीमा त्रिकोणात्मक टी–२० श्रृंखला खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा माघ १७ गतेदेखि २५ गतेसम्म नेपाल, नेदरल्यान्ड्स र थाइल्यान्डसम्मिलित शृंखला आयोजना गर्न लागेको हो ।

उक्त शृंखलाका लागि क्यानले आइतबार इन्दु वर्माको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो । नेपाली टोलीमा ईन्दुसंगै कविता कुँवर, राजमती ऐरी, सम्झनाकुमारी खड्का, विन्दु रावल, ममताकुमारी चौधरी, पूजा महतो, कविता जोशी, रुविना क्षेत्री बेल्वासे, अलिसाकुमारी यादव, सिता रानामगर, रोमा थापा, ईश्वरी विष्ट, मनिषा उपाध्याय, रेवती धामी रहेका छन् ।

नेपालको पहिलो खेल उद्घाटनकै दिन नेदरल्याण्ड्ससँग हुनेछ । सिरिजमा सहभागी टोलीले एकअर्कासँग ३ पटक खेल्नेछन् । लिग चरणको अंक तालिकाको शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ ।

नेपाली महिला टोलीले घरेलु मैदानमा खेल्न लागेको यो दोस्रो टि ट्वान्टी आई सिरिज हो । यसअघि नेपालले घरेलु मैदानमा सन् २०२२ को मेमा युगान्डासँग ५ खेलको टि ट्वान्टी आई सिरिज खेलेको थियो ।

खेलतालिका अनुसार नेपालले माघ १७ गते नेदरल्याण्ड्ससँग, माघ १९ गते थाइल्याण्डसँग, माघ २० गते नेदरल्याण्ड्ससँग, माघ २२ गते थाइल्याण्डसँग, माघ २३ गते नेदरल्याण्ड्ससँग र माघ २५ गते थाइल्याण्डसँग खेल्ने छ ।

यसबीच यो श्रृंखलाका लागि थाइल्याण्डले पनि आफ्नो टोलीको घोषणा गरेको छ । थाइल्याण्ड क्रिकेट संघले आइतवार १४ सदस्यीय टोलीको घोषणा गरेको हो । थाइल्याण्डको पहिलो खेल ३१ जनवरीका दिन नेदरल्याण्ड्ससँग हुनेछ ।

थाइल्यान्ड महिला क्रिकेट टिम हाल एसियाली क्षेत्रकै एक उत्कृष्ट टिम मानिन्छ। उनीहरूले २०१९ मा टी–२० वल्र्ड कप क्वालिफायर खेल्दै आफ्नो क्षमता प्रमाणित गरेका थिए। टिमसँग अनुभविला खेलाडीहरू छन् र उनीहरूको मैदानमा रणनीति निकै प्रभावकारी छ।

थाइल्यान्ड आइसीसीको महिला टिम टी–२० मा १३ औं स्थानमा छ । यो नेपाल र नेदरल्यान्ड्सभन्दा माथिल्लो स्थान हो । यस्तै नेदरल्यान्ड्स महिला टिम युरोपियन क्षेत्रमा सम्मानजनक टिम मानिन्छ।

उनीहरूको अनुभव र रणनीति सन्तुलित छ। टिमले हालैका टी–२० खेलमा उत्कृष्ट प्रदर्शन गर्दै आएको छ। नेदरल्यान्ड्स आइसीसीको महिला टिम टी–२० मा १६ औं स्थानमा । यो नेपालभन्दा माथिल्लो स्थान हो ।

यस्तै नेपाल महिला टिममा उदीयमान खेलाडीहरू छन्। पछिल्लो समय बलिङमा टिम बलियो देखिएको छ। घरेलु मैदानमा खेल्दा टिमको आत्मविश्वास उच्च रहनेछ । नेपालका लागि ब्याटिङमा निरन्तरता दिन नसक्नु र अनुभवको कमी नै मुख्य चुनौती मानिएको छ ।

आइसीसीको महिला टिम टी–२० आई बरियतामा नेपाल २० औं स्थानमा रहेको छ । यो टी–२० श्रृंखला नेपालका लागि एक महत्वपूर्ण अवसर मानिएको छ। जहाँ उनीहरूले घरेलु मैदान र समर्थकको साथमा आफ्नो क्षमता प्रदर्शन गर्दै राम्रो नतिजा निकाल्ने अपेक्षा गरिएको छ ।

भिल्लारियलसँग १–१ को बराबरीमा रोकिएको थियो । बार्सिलोनाले च्याम्पियन्स लिग, कोपा डेल रे र स्पेनिस सुपर कपमा लगातार जित निकाल्दै आएको थियो । तर, लिगका पछिल्ला चार खेलमा जितविहीन रह्यो ।

जर्मन प्रशिक्षक हान्सी फ्लिकको प्रशिक्षणमा बार्सिलोनाले १०० गोल पु¥याएको छ । यता म्यानचेस्टर युनाइटेडले इङ्ग्लिस प्रिमियर लिगमा फुलहमविरुद्ध कठिन जित दर्ता गरेको छ । युनाइटेडले आइतवार फुलहमलाई १–० ले हराएको हो ।

फुलहमको घरेलु मैदान कार्भेन कटेजमा पाहुना टोलीका लागि लिस्यान्द्रो मार्टिनेजले गोल गरे । खेलको ७८औं मिनेटमा मार्टिनेजले गरेको गोल युनाइटेडलाई जित दिलाउन पर्याप्त बन्यो ।जितसँगै युनाइटेड २३ खेलमा २९ अंक जोडेको लिगको १२औं स्थानमा छ ।

फुलहम समान खेलबाट ३३ अंकका साथ १०औं स्थानमा छ । लिगमा १ खेल खेल कम खेलेको लिभरपुल ५३ अंकका साथ शीर्ष स्थानमा छ । यस्तै अग्रता जोगाउन नसक्दा टोटनहम पनि लेस्टर सिटीसँग पराजित भएको छ ।

आइतवार राती भएको खेलमा टोटनहम लेस्टर सिटीसँग २–१ गोल अन्तरले पराजित भएको हो । टोटनहमको घरेलु मैदानमा भएको खेलमा लेस्टरलाई जित दिलाउन जिमी भार्डी र बिलाल एल खानौसले गोल गरे ।

टोटनहमका लागि रिचार्लिसनले गोल गरे । खेलमा सुरुवाती अग्रता टोटनहमले लिएको थियो । घरेलु टोलीका लागि खेलको ३३औं मिनेटमा रिचार्लिसनको गोल गरेका थिए । टोटनहमले पहिलो हाफ १–० कै अग्रतामा सकाएको थियो ।

तर, टोलीले त्यसलाई दोस्रो हाफमा जोगाउन सकेन । दोस्रो हाफमा लेस्टरले सुरुवाती ५ मिनेट भित्रै दुई गोलका साथ खेलमा पुनरागमन गरेको थियो । खेलको ४६औं मिनेटमा भार्डीले गोल गर्दै लेस्टरलाई बराबरीमा ल्याए ।

खेलको ५०औं मिनेटमा आनौसले लेस्टरका लागि गोल गरे । त्यसपछिको समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा लेस्टरले स्पष्ट ३ अंक बटुल्यो । जितसँगै लेस्टर २३ खेलमा १७ अकं जोडेका लिगको १७औं स्थानमा छ ।

पराजित टोटनहम समान खेलबाट २४ अंकका साथ १५औं स्थानमा छ । लिगअन्तर्गत आइतवार राती नै भएका अन्य खेलमा ब्रेन्टफोर्डले क्रिस्टल प्यालेसलाई २–१ ले पराजित गर्दा एस्टन भिल्ला र वेस्टह्याम युनाइटेड १–१ को बराबरीमा रोकिए ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top