विराटनगरमा पहिलो पटक म्यूजिक अवार्ड हुने

विराटनगरमा पहिलो पटक म्यूजिक अवार्ड हुने

१२ असोज , विराटनगर
यही असोज १९ गते विराटनगरमा ‘म्यूजिक खबर म्यूजिक अवार्ड’को सातौं संस्करण हुने भएको छ । स्थानीय बीरेन्द्र सभागृहमा हुने कार्यक्रम स्तरीय एवं मौलिक संगीतको धार नेपाली गीत संगीतको आधार नाराका साथमा हुन लागेको हो ।

मुलुकभित्र सांस्कृतिक पर्यटन प्रवद्र्धन गर्ने मुख्य उद्देश्यका साथ आयोजना हुन लागेको अवार्ड समारोहको सहआयोजक हामी युवा विराटनगर रहेको छ ।

बिराटनगरमा पहिलो पटक राष्ट्रियस्तरका ख्याति प्राप्त कलाकारहरुको उपस्थितिमा रहने उक्त ‘सातौँ म्यूजिक खबर म्यूजिक अवार्ड’मा विभिन्न ३३ विधामा अवार्ड प्रदान गरिने भएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.