नेपाल प्रेस युनियन मोरङको अध्यक्षमा कुमार लुईटेल निर्वाचित

१२ असोज २०७५, शुक्रबार
Share this
688shares

विराटनगर,असोज १२

Advertisement

नेपाल प्रेस युनियन मोरङको आठौ अधिवेशनबाट कुमार लुईंटेलको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको छ ।

Advertisement

नयाँ कार्य समितिको उपाध्यक्षमा विनोद सुवेदी, कौशल निरौला, हरि कोइराला र जितेन्द्र ठाकुर, सचिवमा गोपाल पोखरेल, सह–सचिव रञ्जिता पोखरेल, धिरज दाहाल, विवेक मिश्र, तथा कोषाध्यक्षमा केशव न्यौपाने निर्विरोध निर्वाचित भएका छन् ।

 

Advertisement

सदस्यहरुमा जिना कार्की, अशोक गौतम, अनुज न्यौपाने, मणिराम दाहाल, विरेन्द्रकुमार साह, रस्मिता उदासलगायत निर्विरोध निर्वाचित भएका छन् ।

 

कुमार लुईंटेल र भोजराज बस्नेतले ४ वर्षे कार्यकाल रहने अध्यक्ष पद २–२ वर्ष सम्हाल्ने सहमति भएको छ ।

 

गोला प्रथाबाट पहिलो २ वर्षे कार्यभार कुमार लुईंटेलले सम्हाल्ने निर्णय भएको हो ।

यसैगरी अधिवशेशनले २२ सदस्यीय केन्द्रिय परिषद् र २९ सदस्यीय प्रदेश परिषद् पनि चयन गरेको छ ।

 

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top