NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
रवि–बालेनमाथि फेरि खनिए ओली,२० वर्ष चुनाव नजित्ने बुधबार पुस २३ , २०८२
कांग्रेसमा महाधिवेशनको जात्रा, विशेष महाधिवेशन आह्वान बुधबार पुस २३ , २०८२
ट्रम्पले मादुरोलाई पक्रेपछि अटलांटिक सागरमा उत्रियो पुटिनको युद्धपोत बुधबार पुस २३ , २०८२
विराटनगरका मधुकर आचार्य फिफाको सहायक रेफ्रीमा छनोट बुधबार पुस २३ , २०८२
राष्ट्रियसभामा विज्ञ होइन,नेता व्यवस्थापन केन्द्र,जहाँ हारेका विजयी हुन्छन् बुधबार पुस २३ , २०८२
Next
Prev

समाचार

४० वर्षमा अल–नासरको नेतृत्व गर्दै रोनाल्डो

मङ्लबार माघ २२ , २०८१
Reading Time: 1 min read
A A
४० वर्षमा अल–नासरको नेतृत्व गर्दै रोनाल्डो
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२२ माघ ,एजेन्सी ।

४० वर्षमा टेक्नुअघि क्रिस्टियानो रोनाल्डोले २ गोल गरेका छन् । भोली बुधबार रोनाल्डो ४० वर्ष पुग्दैछन् । त्यसअघि उनले अहिलेसम्मको गोल संख्यामा २ थप गरेका हुन् । रोनाल्डोले दुई गोल गर्दै अल–नासरलाई एएफसी च्याम्पियन्स लिग एलिटमा संयुक्त अरब इमिरेट्सको अल–वासलविरुद्ध ४–० को सहज जित दिलाएका छन् ।

गएराती भएको खेलमा अलि अल हसन र मोहमद अल फातिले एक–एक गोल गरेका थिए । यस खेलमा २ गोल गरेसँगै रोनाल्डोले आफ्नो करियर गोल संख्या ९२३ पु¥याएका छन् । रोनाल्डोले आफ्नो ४०औं जन्मदिन बुधबार मनाउँदै छन् ।

LS Auto

त्यसको एक दिनअघि उनले दुई गोल गरेका हुन् । उनले पहिलो गोल पेनाल्टीमा तथा दोस्रो गोल हेडरमार्फत गरेका थिए । उनको गोलमा उनका छोरा पनि दर्शकदीर्घामा सेलेब्रेट गरेको देख्न सकिन्थ्यो ।

यो जितपछि अल नासर एएफसी च्याम्पियन्स लिग इलाइटमा ७ खेलबाट १६ अंकसहित तेस्रो स्थानमा रहेको छ । त्यस्तै अल वासलको ७ खेलमा ११ अंक रहेको छ । पोर्चुगली सुपरस्टारले यो सिजन क्लबका लागि आफ्नो २३औं गोल गरेका हुन् ।

समूह चरणको यो अन्तिम खेलभन्दा अगाडि नै अल–नासरले राउण्ड अफ १६ मा आफ्नो स्थान सुरक्षित गरिसकेको थियो । प्रिमियर लिगको एस्टन भिल्लाबाट शुक्रबार मात्रै साइन गरिएका नयाँ खेलाडी जोन डुरानले यही खेलमार्फत अल–नासरमा डेब्यु गरेका छन् ।

मिडफिल्डर अली अल–हसनले २५औं मिनेटमा गोल गर्दै अल–नासरलाई सुरुआती अग्रता दिलाए । पहिलो हाफको अन्त्यतिर रोनाल्डोले पेनाल्टीबाट गोल गरे । खेलको अन्तिम १२ मिनेट बाँकी छँदा उनले हेडरमार्फत दोस्रो गोल थपे ।

मोहम्मद अल–फातिलले चौथो गोल गर्दै टोलीको सानदार जित सुनिश्चित गरे । अल–नासरले १२ टोली सहभागी समूहमा तेस्रो स्थान सुरक्षित गरेको छ भने साउदी अरबकै अर्को टोली अल–अहली कतारको अल–सद्दलाई ३–१ ले हराउँदै शीर्ष स्थानमा पुगेको छ ।

रोनाल्डो ४० वर्ष पुग्दैछन् । तर, उनले अझै पनि आफ्नो उत्कृष्ट प्रदर्शन जारी राखिरहेका छन् । रोनाल्डोले डिसेम्बर २०२२ मा अल–नासरमा अनुबन्ध भएका हुन् । उनले यो सिजन साउदी प्रो लिगमा १७ खेलमा १५ गोल गरिसकेका छन् ।

यदि रोनाल्डोले आफ्नो लिगको प्रदर्शन च्याम्पियन्स लिगमा पनि निरन्तरता दिन सके भने अल–नासरले पहिलो पटक एसियाली च्याम्पियन बन्ने मौका प्राप्त गर्नेछ । म्यानचेस्टर युनाइटेड र रियल मड्रिडका लागि पाँच पटक युइएफए च्याम्पियन्स लिग जितेका रोनाल्डोको एसियामा भने त्यो उपलब्धि दोह¥याउन सकेका छैनन् ।

त्यसैले उनलाई सफल बनाउन अल–नासरले गत हप्ता इङ्लिस प्रिमियर लिग क्लब एस्टन भिल्लाबाट जोन डुरानलाई लगभग ७९ मिलियन डलरमा अनुबन्ध गरेको हो । १२ टोलीको समूहमा अल–नासर हाल तेस्रो स्थानमा छ ।

साउदीका दुई प्रतिद्वन्द्वी अल–हिलाल र अल–अहली भने ६ खेलसम्म अपराजित छन् । अल–हिलालले चार पटकको महादेशीय उपाधि जितिसकेको छ, जुन कुनै पनि एसियाली क्लबभन्दा बढी हो । तर, नेयमारको अनुपस्थितिमा पर्सेपोलिसविरुद्धको खेल कठिन हुनेछ ।

नेयमार पछिल्लो १८ महिनामा मात्र सात खेल खेलेर दक्षिण अमेरिकामा फर्किएका छन् । ‘हामी खेलको लागि उत्साहित छौं,’ अल–हिलालका प्रशिक्षक जोर्ज जिससले भने, ‘हाम्रो लक्ष्य घरमै जित हात पार्नु हो।’

अर्कोतर्फ प्रिमियर लिगका पूर्वस्टारहरू रियाद माहरेज र इभान टोनी रहेका अल–अहलीले आक्रमण खेल पस्किरहेको छ । त्यसैले अल–अहलीलाई पहिलो पटक च्याम्पियन्स लिगको दाबेदार मानिएको छ ।

Tags: #क्रिस्टियानो रोनाल्डो#रोनाल्डोको पेनाल्टी गोल

लोकप्रीय

रवि–बालेनमाथि फेरि खनिए ओली,२० वर्ष चुनाव नजित्ने

रवि–बालेनमाथि फेरि खनिए ओली,२० वर्ष चुनाव नजित्ने

बुधबार पुस २३ , २०८२
कांग्रेसमा महाधिवेशनको जात्रा, विशेष महाधिवेशन आह्वान

कांग्रेसमा महाधिवेशनको जात्रा, विशेष महाधिवेशन आह्वान

बुधबार पुस २३ , २०८२
मादुरोलाई अदालतमा उपस्थित गराईदै, अदालतमा आज के हुनेछ ?

ट्रम्पले मादुरोलाई पक्रेपछि अटलांटिक सागरमा उत्रियो पुटिनको युद्धपोत

बुधबार पुस २३ , २०८२

विचार

थप समाचार

विराटनगरका मधुकर आचार्य फिफाको सहायक रेफ्रीमा छनोट
समाचार

विराटनगरका मधुकर आचार्य फिफाको सहायक रेफ्रीमा छनोट

बुधबार पुस २३ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: मादुरोकी पत्नीको करङ भाँचियो, फिलिपिन्समा ६.७ रेक्टरको भूकम्प || Nepal Times

World News: मादुरोकी पत्नीको करङ भाँचियो, फिलिपिन्समा ६.७ रेक्टरको भूकम्प || Nepal Times

00:25:47

World News: क्युबाली राष्ट्रपति सडकमा, साउदीले ८० पृथकतावादीमालाई मा*र्यो || Nepal Times

00:22:58

World News : भेनेजुएलामा ट्रम्पको शासन,किमद्वारा क्षेप्यास्त्र प्रहार, राष्ट्रसंघको बैठक सोमबार

00:26:22

World News: पाक सभामुखसंग जयशंकरको भेट, इरानमा विरोध चर्कियोः ७ प्रदर्शनकारीको मृ*त्यु ||Nepal Times

00:20:20

World News: नेपालीसहित हजारौँ आप्रवासी निकाल्ने ट्रम्पको निर्णयमा अदालतको रोक || Nepal Times

00:18:26

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

नेतान्याहु वाशिंगटन पुग्दा तेहरान युद्धको तयारीमा

अब पालो खामेनीको, मस्को भाग्ने तयारी

सोमवार पुस २१ , २०८२
खुट्टामा साङ्ला बाँधेर मादुरोलाई अदालत लगियो,भने म सभ्य ब्यक्ति हुँ

खुट्टामा साङ्ला बाँधेर मादुरोलाई अदालत लगियो,भने म सभ्य ब्यक्ति हुँ

मङ्लबार पुस २२ , २०८२
मादुरोलाई अदालतमा उपस्थित गराईदै, अदालतमा आज के हुनेछ ?

भेनेजुएला प्रकरणबाट ट्रम्पले चीनलाई थर्काए,मादुरोलाई उठाउनु नजिर

मङ्लबार पुस २२ , २०८२

हालका पोस्टहरू

रवि–बालेनमाथि फेरि खनिए ओली,२० वर्ष चुनाव नजित्ने

रवि–बालेनमाथि फेरि खनिए ओली,२० वर्ष चुनाव नजित्ने

बुधबार पुस २३ , २०८२
कांग्रेसमा महाधिवेशनको जात्रा, विशेष महाधिवेशन आह्वान

कांग्रेसमा महाधिवेशनको जात्रा, विशेष महाधिवेशन आह्वान

बुधबार पुस २३ , २०८२
मादुरोलाई अदालतमा उपस्थित गराईदै, अदालतमा आज के हुनेछ ?

ट्रम्पले मादुरोलाई पक्रेपछि अटलांटिक सागरमा उत्रियो पुटिनको युद्धपोत

बुधबार पुस २३ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.