×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

अमेरिकामा ढ्याँग्रो बजाउँदै चीनको न्यूक्लियर फ्यूजन रिएक्टर

२४ माघ २०८१

२४ माघ , विराटनगर ।
चीन स्वच्छ ऊर्जाको अनन्त भंडार हासिल गर्ने कुरामा निकै नजिक रहेको छ । हालै उसको न्यूक्लियर फ्यूजन रिएक्टरले १ हजार सेकेन्ड अर्थात करीब १७ मिनेटसम्म प्लाज्मालाई निकै तातो बनाउन सफलता प्राप्त गर्यो ।

यस दौरान, रिएक्टरबाट लगातार ७ करोड डिग्री सेल्सियस ऊर्जा निस्किरह्यो । अब न्यूक्लियर एनर्जीमा नै विश्वको भविष्य रहेको कुरामा दुई मत रहेन । र चीन यो रेशमा सबैभन्दा अडाडी लम्किरहेको छ ।

स्याटालाइट तस्वीरहरुले चीनले आफ्नो दक्षिण–पश्चिमी इलाकामा एक्स शेप भएको एक विशाल पूर्वाधार बनाइरहेको देखाएको छ । यो पूर्वाधार मियानयांग जुन सिचुआन प्रांतमा रहेको छ त्यहाँ निर्माणाधिन छ ।

रिपोट्र्सका अनुसार यो एक न्यूक्लियर फ्यूजन रिसर्च सेंटर हो । अमेरिकाको एक रिसर्च फर्म सीएनए कर्पोरेशनमा एनालिस्ट, डेकर एवलेथले सबैभन्दा पहिला चीनको यो फ्यासिलिटीलाई नोटिस गरेका हुन् । सीएनएनको रिपोर्ट अनुसार, डेकरले भने कि २०२०मा चीनको त्यो स्थानमा खाली मैदान थियो ।

तर कोभिड लकडाउनपछि त्यहाँ कंस्ट्रक्शन निकै तिव्ररुपमा हुन थाल्यो । यो एक लेजर फ्यूजन फ्यासिलिटी भएको बताइएको छ, जहां चार ठूला लेजर आम्र्स एक केन्द्रिय टावरमा सेन्टर्ड हुनेछ । यो टावरमा हाइड्रोजन आइसोटोप्स राखिने छ र जब यसमा शक्तिशाली लेजर बीम दागीनेछ, त्यसले हाइड्रोजनका परमाणु जोडिएर न्यूक्लियर फ्यूजन रिएक्शनलाई शुरू गर्नेछ।

यसलाई ‘इग्निशन’ भनिन्छ । यस खालको प्रयोगले सौर्यमंडलमा केंद्र जस्तो परिस्थितिहरु वा न्यूक्लियर विस्फोटको शुरुवाती माइक्रो सेकेन्डलाई दोहोर्याउनमा सहयोग गर्न सक्छ । न्यूक्लियर फ्यूजन त्यो प्रक्रिया हो जसले सूर्य र त्योजस्तै अन्य ताराहरुको शक्ति प्राप्त हुन्छ ।

यो हाइड्रोजन आइसोटोप्स (जस्तो ड्यूटेरियम र ट्रिटियम) लाई अत्यधिक उच्च तापमान र दबावमा जोडेर हेलियम र ऊर्जा उत्पन्न गर्ने प्रक्रिया हो । यसको सबैभन्दा ठूलो फाइदा के हो भने यो एक स्वच्छ ऊर्जा स्रोत हो ।

अर्थात यो कुनै पनि प्रकारको कार्बन उत्सर्जनको कारण बन्दैन र यसमा न्यूक्लियर फिशनको जस्तै खतरनाक रेडियोएक्टिभ विकार पनि निस्किदैन । यही कारण हो कि विश्वभरका वैज्ञानिकहरुले यो प्रविधिलाई ऊर्जाको भविष्यका रूपमा हेरिरहेका छन् ।

यो भविष्यमा कोइला, पेट्रोलियम र यहांसम्म कि पारंपरिक न्यूक्लियर फिशन रिएक्टर्सको पनि स्थान लिन सक्छ । विश्वका कयौं ल्याबहरुले यो प्रविधिमा काम गरिरहेका छन् । अमेरिका, यूरोप, भारत र जापानसहित कयौं देशहरु यस दिशामा अगाडी बढीरहेका छन् ।

तर चीनको यो नयाँ फ्यासिलिटी यो फील्डमा गेमचेंजर साबित हुनसक्छ । यता स्याटेलाइट तस्वीरहरु सार्वजनिक भएपछि अमेरिकी एक्सपट्र्सलाई चीनको योजनामा शंका लागेको छ । किनभने न्यूक्लियर फ्यूजनको उपयोग थर्मोन्यूक्लियर हतियारहरु जस्तोे हाइड्रोजन बम जस्ता हतियारहरु विकसित गर्न पनि हुनसक्छ । यसले अमेरिकाको मनमा ढ्यांग«ो बजेको हो ।

खासमा अमेरिका र चीन, दुवैले नै कम्प्रिहेन्सीभ न्यूक्लियर टेस्ट ब्यान ट्रिटी (सीटीबीटी) अन्तर्गत पारंपरिक न्यूक्लियर टेस्ट गर्न सक्दैनन, तर लेजर फ्यूजन ल्याब्सका माध्यमले उनीहरुले आफ्नो हतियारहरुलाई अपग्रेड गर्न सक्छन् ।

अमेरिकामा नेशनल इग्निशन फ्यासिलिटी (एनआईएफ), क्यालिफोर्नियामा स्थित एक प्रमुख लेजर फ्यूजन सेंटर हो । सन २०२२ मा, एनआईएफले पहिलो चोटी न्यूक्लियर फ्यूजनबाट ‘नेट एनर्जी गेन’ हासिल गर्नमा सफलता पाएको थियो ।

तर चीनको नया केंद्र एनआईएफभन्दा ५० प्रतिशत ठूलो हुने संभावना छ र सायद विश्वकै सबैभन्दा ठूलो फ्यूजन रिसर्च फ्यासिलिटी बन्न सक्छ । ठूलो रिएक्टर हुँदा धेरै ऊर्जा उत्पादनको संभावना बढ्छ ।

तर हेन्री एल.स्टीमसन सेन्टरका विलियम अलबर्कले सीएनएनसंग भनेका छन्, ‘जुन देशसंग एनआईएफ जस्तो कुनै फ्यूजन सेंटर छ भने, त्यो देशले आफुसंग रहेको परमाणु हतियारहरुलाई अपग्रेड गर्न र तीनलाई धेरैभन्दा धेरै प्रभावकारी बनाउने प्रयास अवस्य नै गर्छ ’ ।

यता एवलेथका अनुसार यदी चीनले आफ्नो न्यूक्लियर हतियारहरुको टेस्टिंग गरिरहेको छैन भने त यो एक पोजिटिभ सिग्नल हुनसक्छ । तर यदी उसले नयाँ खालका हतियार विकसित गर्ने कोशिश गरिरहेको हो भने त यो चिन्ताको कुरा हो ।

यस्तै केही एक्सपट्र्स ठान्दछन् कि यो सम्पूर्णरुपले फ्यूजन फ्यासिलिटी मात्रै हुनसक्दैन बरु एक हाइब्रिड फ्यूजन–फिशन सेंटर हुन सक्छ । एक्सपट्र्सका अनुसार अहिले अमेरिका फ्यूजन टेक्नोलोजीमा अगाडी छ, तर चीन पनि तिब्ररुपमा अगाडी बढीरहेको छ ।

यदी अमेरिका र उसके सहयोगी देश फ्यूजन एनर्जी र न्यूक्लियर टेक्नोलोजीमा लगानी गर्दैनन् भने चीनले यो रेसमा बाजी मार्नेछ । चीनको यो नयाँ फ्यासलिटी त्यो दिशामा एक ठूलो कदम साबित हुन सक्छ । यसबारे आफ्ना कमेन्ट जाहेर गर्नुहोला ।

ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

भर्खरको समाचार

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

रेमिट्यान्स १२ खर्ब भित्रिदा वैदेशिक लगानी १०अर्ब, महँगीपनि बढ्यो

Remit

इरान युद्धको १२ औं दिनः चाडै युद्ध अन्त्य हुने ट्रम्पको घोषण

MixCollage-12-Mar-2026-08-27-AM-2238

सम्बन्धित खबरहरु

Scroll to Top