२४ माघ , विराटनगर ।
चीन स्वच्छ ऊर्जाको अनन्त भंडार हासिल गर्ने कुरामा निकै नजिक रहेको छ । हालै उसको न्यूक्लियर फ्यूजन रिएक्टरले १ हजार सेकेन्ड अर्थात करीब १७ मिनेटसम्म प्लाज्मालाई निकै तातो बनाउन सफलता प्राप्त गर्यो ।
यस दौरान, रिएक्टरबाट लगातार ७ करोड डिग्री सेल्सियस ऊर्जा निस्किरह्यो । अब न्यूक्लियर एनर्जीमा नै विश्वको भविष्य रहेको कुरामा दुई मत रहेन । र चीन यो रेशमा सबैभन्दा अडाडी लम्किरहेको छ ।
स्याटालाइट तस्वीरहरुले चीनले आफ्नो दक्षिण–पश्चिमी इलाकामा एक्स शेप भएको एक विशाल पूर्वाधार बनाइरहेको देखाएको छ । यो पूर्वाधार मियानयांग जुन सिचुआन प्रांतमा रहेको छ त्यहाँ निर्माणाधिन छ ।
रिपोट्र्सका अनुसार यो एक न्यूक्लियर फ्यूजन रिसर्च सेंटर हो । अमेरिकाको एक रिसर्च फर्म सीएनए कर्पोरेशनमा एनालिस्ट, डेकर एवलेथले सबैभन्दा पहिला चीनको यो फ्यासिलिटीलाई नोटिस गरेका हुन् । सीएनएनको रिपोर्ट अनुसार, डेकरले भने कि २०२०मा चीनको त्यो स्थानमा खाली मैदान थियो ।
तर कोभिड लकडाउनपछि त्यहाँ कंस्ट्रक्शन निकै तिव्ररुपमा हुन थाल्यो । यो एक लेजर फ्यूजन फ्यासिलिटी भएको बताइएको छ, जहां चार ठूला लेजर आम्र्स एक केन्द्रिय टावरमा सेन्टर्ड हुनेछ । यो टावरमा हाइड्रोजन आइसोटोप्स राखिने छ र जब यसमा शक्तिशाली लेजर बीम दागीनेछ, त्यसले हाइड्रोजनका परमाणु जोडिएर न्यूक्लियर फ्यूजन रिएक्शनलाई शुरू गर्नेछ।
यसलाई ‘इग्निशन’ भनिन्छ । यस खालको प्रयोगले सौर्यमंडलमा केंद्र जस्तो परिस्थितिहरु वा न्यूक्लियर विस्फोटको शुरुवाती माइक्रो सेकेन्डलाई दोहोर्याउनमा सहयोग गर्न सक्छ । न्यूक्लियर फ्यूजन त्यो प्रक्रिया हो जसले सूर्य र त्योजस्तै अन्य ताराहरुको शक्ति प्राप्त हुन्छ ।
यो हाइड्रोजन आइसोटोप्स (जस्तो ड्यूटेरियम र ट्रिटियम) लाई अत्यधिक उच्च तापमान र दबावमा जोडेर हेलियम र ऊर्जा उत्पन्न गर्ने प्रक्रिया हो । यसको सबैभन्दा ठूलो फाइदा के हो भने यो एक स्वच्छ ऊर्जा स्रोत हो ।
अर्थात यो कुनै पनि प्रकारको कार्बन उत्सर्जनको कारण बन्दैन र यसमा न्यूक्लियर फिशनको जस्तै खतरनाक रेडियोएक्टिभ विकार पनि निस्किदैन । यही कारण हो कि विश्वभरका वैज्ञानिकहरुले यो प्रविधिलाई ऊर्जाको भविष्यका रूपमा हेरिरहेका छन् ।
यो भविष्यमा कोइला, पेट्रोलियम र यहांसम्म कि पारंपरिक न्यूक्लियर फिशन रिएक्टर्सको पनि स्थान लिन सक्छ । विश्वका कयौं ल्याबहरुले यो प्रविधिमा काम गरिरहेका छन् । अमेरिका, यूरोप, भारत र जापानसहित कयौं देशहरु यस दिशामा अगाडी बढीरहेका छन् ।
तर चीनको यो नयाँ फ्यासिलिटी यो फील्डमा गेमचेंजर साबित हुनसक्छ । यता स्याटेलाइट तस्वीरहरु सार्वजनिक भएपछि अमेरिकी एक्सपट्र्सलाई चीनको योजनामा शंका लागेको छ । किनभने न्यूक्लियर फ्यूजनको उपयोग थर्मोन्यूक्लियर हतियारहरु जस्तोे हाइड्रोजन बम जस्ता हतियारहरु विकसित गर्न पनि हुनसक्छ । यसले अमेरिकाको मनमा ढ्यांग«ो बजेको हो ।
खासमा अमेरिका र चीन, दुवैले नै कम्प्रिहेन्सीभ न्यूक्लियर टेस्ट ब्यान ट्रिटी (सीटीबीटी) अन्तर्गत पारंपरिक न्यूक्लियर टेस्ट गर्न सक्दैनन, तर लेजर फ्यूजन ल्याब्सका माध्यमले उनीहरुले आफ्नो हतियारहरुलाई अपग्रेड गर्न सक्छन् ।
अमेरिकामा नेशनल इग्निशन फ्यासिलिटी (एनआईएफ), क्यालिफोर्नियामा स्थित एक प्रमुख लेजर फ्यूजन सेंटर हो । सन २०२२ मा, एनआईएफले पहिलो चोटी न्यूक्लियर फ्यूजनबाट ‘नेट एनर्जी गेन’ हासिल गर्नमा सफलता पाएको थियो ।
तर चीनको नया केंद्र एनआईएफभन्दा ५० प्रतिशत ठूलो हुने संभावना छ र सायद विश्वकै सबैभन्दा ठूलो फ्यूजन रिसर्च फ्यासिलिटी बन्न सक्छ । ठूलो रिएक्टर हुँदा धेरै ऊर्जा उत्पादनको संभावना बढ्छ ।
तर हेन्री एल.स्टीमसन सेन्टरका विलियम अलबर्कले सीएनएनसंग भनेका छन्, ‘जुन देशसंग एनआईएफ जस्तो कुनै फ्यूजन सेंटर छ भने, त्यो देशले आफुसंग रहेको परमाणु हतियारहरुलाई अपग्रेड गर्न र तीनलाई धेरैभन्दा धेरै प्रभावकारी बनाउने प्रयास अवस्य नै गर्छ ’ ।
यता एवलेथका अनुसार यदी चीनले आफ्नो न्यूक्लियर हतियारहरुको टेस्टिंग गरिरहेको छैन भने त यो एक पोजिटिभ सिग्नल हुनसक्छ । तर यदी उसले नयाँ खालका हतियार विकसित गर्ने कोशिश गरिरहेको हो भने त यो चिन्ताको कुरा हो ।
यस्तै केही एक्सपट्र्स ठान्दछन् कि यो सम्पूर्णरुपले फ्यूजन फ्यासिलिटी मात्रै हुनसक्दैन बरु एक हाइब्रिड फ्यूजन–फिशन सेंटर हुन सक्छ । एक्सपट्र्सका अनुसार अहिले अमेरिका फ्यूजन टेक्नोलोजीमा अगाडी छ, तर चीन पनि तिब्ररुपमा अगाडी बढीरहेको छ ।
यदी अमेरिका र उसके सहयोगी देश फ्यूजन एनर्जी र न्यूक्लियर टेक्नोलोजीमा लगानी गर्दैनन् भने चीनले यो रेसमा बाजी मार्नेछ । चीनको यो नयाँ फ्यासलिटी त्यो दिशामा एक ठूलो कदम साबित हुन सक्छ । यसबारे आफ्ना कमेन्ट जाहेर गर्नुहोला ।
ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।