NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
पाकिस्तानले लाहौरबाटै दिल्लीको एक्सरे गर्ने,चीनसँग एयरक्राफ्ट किन्दै आइतवार असार २२ , २०८२
डलरमा चलेको पहिचानको लडाइँः फण्ड रोकिएपछि विद्रोह आइतवार असार २२ , २०८२
नाउपाले सरकार छाड्यो, ओलीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने  आइतवार असार २२ , २०८२
११ महिना आलटाल, १२ औं महिनामा फालाफाल  आइतवार असार २२ , २०८२
ट्रम्प मस्कको महायुद्ध,नयाँ पार्टी घोषणा ?ट्रम्पको साम्राज्य ढल्छ? आइतवार असार २२ , २०८२
Next
Prev

समाचार

लिभरपुल एफए कपबाट बाहिरियो ,शीर्ष टोलीलाई पछ्याउँदै बार्सिलोना

सोमवार माघ २८ , २०८१
Reading Time: 1 min read
A A
Advertisement
लिभरपुल एफए कपबाट बाहिरियो ,शीर्ष टोलीलाई पछ्याउँदै बार्सिलोना
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
Advertisement

२८ माघ,  एजेन्सी ।

लिभरपुल एफए कप फुटबलको चौथो चरणबाटै बाहिरिएको छ । त्यो पनि दोस्रो डिभिजनको क्लब प्लाइमाउथसँग आइतवार १–० पराजित हुँदै । अर्काेतर्फ स्पेनिस लिगमा बार्सिलोनाले सेभियालाई ४–१ले पराजित गरेको छ।

प्लाइमाउथका रायन हार्डीले ५३ औं पेनाल्टीमा गरेको गोल नै लिभरपुलका लागि निर्णायक बन्यो । इंग्लिस प्रिमियर लिगमा शीर्ष स्थानमा रहेको लिभरपुलले खेलमा पकड बनाएरपनि गोल गर्न सकेन ।

टोलीले आफ्नो पहिलो रोजाइका केहि खेलाडी मोहमद सालाह, एलिसन, ट्रेन्ट एलेक्जेन्डर आर्नोल्ड, भर्जिल भान डाइकलाई आराम दिएको थियो । लिभरपुलले पछिल्लोपटक सन् २०२२ मा एफए कप जितेको थियो ।

यस्तै अन्य खेलमा एस्टन भिल्लाले टोटनहमलाई २–१ ले, वुल्भ्सले ब्ल्याकबर्नलाई २–१ ले हराएको छ । यसका साथै एस्टन भिल्ला पछिल्लो दशकमा पहिलोपटक एफए कपको पाँचौँ चरणमा प्रवेश गरेको छ ।

यता क्याटलान क्लब बार्सिलोनाले स्पेनिस लिगको उपाधिमा तीन तर्फीय प्रतिस्पर्धा हुने सुनिश्चित गर्दैछ । बार्सिलोनाले आइतबार सेभियालाई ४–१ को सहज जितसँगै रियल मड्रिड र एट्लेटिको मड्रिडसँग अंक तालिकाको शीर्ष स्थानको प्रतिस्पर्धामा आफूलाई अझ नजिक पु¥याएको हो ।

रोबर्ट लेवान्डोव्स्की, फर्मिन लोपेज, राफिन्हा र एरिक गार्सियाले बार्सिलोनाका लागि गोल गरे । त्यसअघि शनिबार भएको मड्रिड डर्बीमा रियल र एट्लेटिकोले १–१ को बराबरी खेलेका थिए । तेस्रो स्थानको बार्सिलोना अब शीर्ष स्थानको रियलभन्दा दुई अंक र एट्लेटिकोभन्दा एक अंकले मात्र पछि छ ।

अर्थात् २३ खेलको समाप्तिमा रियलको ५०, एट्लेटिकोको ४९ र बार्सिलोनाको ४८ अंक छ । ६२औं मिनेटमा फर्मिन लोपेजलाई फउलका कारण रातो कार्ड देखाइएपछि बार्सिलोना १० खेलाडीमा सीमित भएको थियो ।

यद्यपि, घरेलु टोलीविरुद्ध बार्सिलोना सहज जित दर्ता गर्न सफल भयो । बार्सिलोनाको यो लगातार तेस्रो लिग जित हो र सबै प्रतियोगितामा पछिल्ला ११ मध्ये नौ खेलमा जित दर्ता गरेको छ । १३औं स्थानको सेभियाले पछिल्ला पाँच लिग खेलमध्ये केवल एकमा जित निकाल्न सफल भएको छ ।

बार्सिलोना डिफेन्डर इनिगो मार्टिनेजले भने, ‘हामीले प्रतिस्पर्धामा रहन र हाम्रो प्रतिस्पर्धीहरूमाथि दबाब कायम राख्न जित आवश्यक थियो । टोली अहिले उच्च आत्मविश्वासका साथ खेलिरहेको छ र हामी अझै सुधार गर्न सक्छौं। यो गति कायम राख्न आवश्यक छ।’

डिफेन्डर जुल्स कुन्डेले बार्सिलोनाका लागि आफ्नो १२४औं खेल खेले । उनले फ्रेन्च खेलाडीहरूको सूचीमा लुडोभिक जिउलीसँगको कीर्तिमानी बराबरी गरे । उक्त सूचीको शीर्षमा एरिक अबिडाल छन्, जसले बार्सिलोनाका लागि १९३ खेल खेलेका छन् ।

बार्सिलोनाका डिफेन्डर रोनाल्ड अराउजो २०औं मिनेटमा चोटका कारण मैदानबाट बाहिरिनुपरेको थियो । रोबर्ट लेवान्डोव्स्कीले सातौं मिनेटमा बार्सिलोनाका लागि गोल गर्दै टोलीलाई अग्रता दिलाए ।

त्यसको एक मिनेटमै रुबेन भार्गासले गोल गर्दै सेभियालाई बराबरीमा फर्काए । तर, फर्मिन लोपेजले दोस्रो हाफको सुरुआतमै बार्सिलोनालाई पुनः अग्रता दिलाए । राफिन्हाले ५५औं मिनेटमा अग्रता बढाए भने एरिक गार्सियाले ८९औं मिनेटमा खेलको गोल गर्दै जित सुनिश्चित गरेका थिए ।

Tags: # एफए कपबाट बाहिरियो लिभरपुल#शीर्ष टोलीलाई पछ्याउँदै बार्सिलोना

लोकप्रीय

पाकिस्तानले लाहौरबाटै दिल्लीको एक्सरे गर्ने,चीनसँग एयरक्राफ्ट किन्दै

पाकिस्तानले लाहौरबाटै दिल्लीको एक्सरे गर्ने,चीनसँग एयरक्राफ्ट किन्दै

आइतवार असार २२ , २०८२
डलरमा चलेको पहिचानको लडाइँः फण्ड रोकिएपछि विद्रोह

डलरमा चलेको पहिचानको लडाइँः फण्ड रोकिएपछि विद्रोह

आइतवार असार २२ , २०८२
आज दिउँसो  एमालेको कार्यालय समितिको बैठक बस्दै

नाउपाले सरकार छाड्यो, ओलीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने 

आइतवार असार २२ , २०८२

विचार

थप समाचार

पाकिस्तानले लाहौरबाटै दिल्लीको एक्सरे गर्ने,चीनसँग एयरक्राफ्ट किन्दै
अन्तर्राष्ट्रिय

Breaking news

नाउपाले सरकार छाड्यो, ओलीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने 

आइतवार असार २२ , २०८२
११ महिना आलटाल, १२ औं महिनामा फालाफाल 
आर्थिक

११ महिना आलटाल, १२ औं महिनामा फालाफाल 

आइतवार असार २२ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14
Currently Playing

World News:Ukraineमा रासायनिक ह*ति*यार प्रयोग तीव्र, टेक्सास बाढीमा मृ*तक थपिदै || Nepal Times

World News:Ukraineमा रासायनिक ह*ति*यार प्रयोग तीव्र, टेक्सास बाढीमा मृ*तक थपिदै || Nepal Times

00:19:24

World News: यु*द्धविरामका लागि हमास तयार, Trump संग Zelensky को गुहार || Nepal Times

00:11:21

World News:Trumpले आप्रवासीलाई सुडान पठाउने, America–Vietnam सम्झौतामा China रिसायो || Nepal Times

00:17:42

World News:फोर्डोको नयाँ तस्बिर सार्वजनिक, अमेरिकामा चिनियाँ जासुस पक्रा*उ || Nepal Times

00:18:31

World News: Ukraineलाई Trumpले अब ह*तिया*र नदिने, उत्तराधिकारीबारे दलाई लामाको घोषणा || Nepal Times

00:17:39

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

विराटनगरमा डेढ अर्बको कर काण्डःप्रतिष्ठित व्यापारी जेलको छिँडीमा

मङ्लबार असार १७ , २०८२
पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
कुलिङ पिरियडमा हेराफेरी, रामहरिको राजीनामा माग, कसले गर्याे बेइमानी ?

एमाले अब रामहरिको नेतृत्वमा नबस्ने, उनको कोर टिममा को को?

बुधबार असार १८ , २०८२

हालका पोस्टहरू

पाकिस्तानले लाहौरबाटै दिल्लीको एक्सरे गर्ने,चीनसँग एयरक्राफ्ट किन्दै

पाकिस्तानले लाहौरबाटै दिल्लीको एक्सरे गर्ने,चीनसँग एयरक्राफ्ट किन्दै

आइतवार असार २२ , २०८२
डलरमा चलेको पहिचानको लडाइँः फण्ड रोकिएपछि विद्रोह

डलरमा चलेको पहिचानको लडाइँः फण्ड रोकिएपछि विद्रोह

आइतवार असार २२ , २०८२
आज दिउँसो  एमालेको कार्यालय समितिको बैठक बस्दै

नाउपाले सरकार छाड्यो, ओलीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने 

आइतवार असार २२ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.