×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026

लिभरपुल एफए कपबाट बाहिरियो ,शीर्ष टोलीलाई पछ्याउँदै बार्सिलोना

२८ माघ २०८१

२८ माघ,  एजेन्सी ।

लिभरपुल एफए कप फुटबलको चौथो चरणबाटै बाहिरिएको छ । त्यो पनि दोस्रो डिभिजनको क्लब प्लाइमाउथसँग आइतवार १–० पराजित हुँदै । अर्काेतर्फ स्पेनिस लिगमा बार्सिलोनाले सेभियालाई ४–१ले पराजित गरेको छ।

Advertisement
Advertisement

प्लाइमाउथका रायन हार्डीले ५३ औं पेनाल्टीमा गरेको गोल नै लिभरपुलका लागि निर्णायक बन्यो । इंग्लिस प्रिमियर लिगमा शीर्ष स्थानमा रहेको लिभरपुलले खेलमा पकड बनाएरपनि गोल गर्न सकेन ।

टोलीले आफ्नो पहिलो रोजाइका केहि खेलाडी मोहमद सालाह, एलिसन, ट्रेन्ट एलेक्जेन्डर आर्नोल्ड, भर्जिल भान डाइकलाई आराम दिएको थियो । लिभरपुलले पछिल्लोपटक सन् २०२२ मा एफए कप जितेको थियो ।

यस्तै अन्य खेलमा एस्टन भिल्लाले टोटनहमलाई २–१ ले, वुल्भ्सले ब्ल्याकबर्नलाई २–१ ले हराएको छ । यसका साथै एस्टन भिल्ला पछिल्लो दशकमा पहिलोपटक एफए कपको पाँचौँ चरणमा प्रवेश गरेको छ ।

यता क्याटलान क्लब बार्सिलोनाले स्पेनिस लिगको उपाधिमा तीन तर्फीय प्रतिस्पर्धा हुने सुनिश्चित गर्दैछ । बार्सिलोनाले आइतबार सेभियालाई ४–१ को सहज जितसँगै रियल मड्रिड र एट्लेटिको मड्रिडसँग अंक तालिकाको शीर्ष स्थानको प्रतिस्पर्धामा आफूलाई अझ नजिक पु¥याएको हो ।

रोबर्ट लेवान्डोव्स्की, फर्मिन लोपेज, राफिन्हा र एरिक गार्सियाले बार्सिलोनाका लागि गोल गरे । त्यसअघि शनिबार भएको मड्रिड डर्बीमा रियल र एट्लेटिकोले १–१ को बराबरी खेलेका थिए । तेस्रो स्थानको बार्सिलोना अब शीर्ष स्थानको रियलभन्दा दुई अंक र एट्लेटिकोभन्दा एक अंकले मात्र पछि छ ।

अर्थात् २३ खेलको समाप्तिमा रियलको ५०, एट्लेटिकोको ४९ र बार्सिलोनाको ४८ अंक छ । ६२औं मिनेटमा फर्मिन लोपेजलाई फउलका कारण रातो कार्ड देखाइएपछि बार्सिलोना १० खेलाडीमा सीमित भएको थियो ।

यद्यपि, घरेलु टोलीविरुद्ध बार्सिलोना सहज जित दर्ता गर्न सफल भयो । बार्सिलोनाको यो लगातार तेस्रो लिग जित हो र सबै प्रतियोगितामा पछिल्ला ११ मध्ये नौ खेलमा जित दर्ता गरेको छ । १३औं स्थानको सेभियाले पछिल्ला पाँच लिग खेलमध्ये केवल एकमा जित निकाल्न सफल भएको छ ।

बार्सिलोना डिफेन्डर इनिगो मार्टिनेजले भने, ‘हामीले प्रतिस्पर्धामा रहन र हाम्रो प्रतिस्पर्धीहरूमाथि दबाब कायम राख्न जित आवश्यक थियो । टोली अहिले उच्च आत्मविश्वासका साथ खेलिरहेको छ र हामी अझै सुधार गर्न सक्छौं। यो गति कायम राख्न आवश्यक छ।’

डिफेन्डर जुल्स कुन्डेले बार्सिलोनाका लागि आफ्नो १२४औं खेल खेले । उनले फ्रेन्च खेलाडीहरूको सूचीमा लुडोभिक जिउलीसँगको कीर्तिमानी बराबरी गरे । उक्त सूचीको शीर्षमा एरिक अबिडाल छन्, जसले बार्सिलोनाका लागि १९३ खेल खेलेका छन् ।

बार्सिलोनाका डिफेन्डर रोनाल्ड अराउजो २०औं मिनेटमा चोटका कारण मैदानबाट बाहिरिनुपरेको थियो । रोबर्ट लेवान्डोव्स्कीले सातौं मिनेटमा बार्सिलोनाका लागि गोल गर्दै टोलीलाई अग्रता दिलाए ।

त्यसको एक मिनेटमै रुबेन भार्गासले गोल गर्दै सेभियालाई बराबरीमा फर्काए । तर, फर्मिन लोपेजले दोस्रो हाफको सुरुआतमै बार्सिलोनालाई पुनः अग्रता दिलाए । राफिन्हाले ५५औं मिनेटमा अग्रता बढाए भने एरिक गार्सियाले ८९औं मिनेटमा खेलको गोल गर्दै जित सुनिश्चित गरेका थिए ।

Advertisement

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top