नेता जल्दा पोल्ने सरकारलाई जनता जल्दा किन पोल्दैन ?

४ फागुन ८१, सोमबार

५ फागुन ,काठमाण्डौ।

पछिल्लो समय नेपालमा संघीय राजधानीसहित बाहिरका शहरहरुमा पनि क्यान्सर, मृगौला, मुटु रोग लगायतका घातक रोगहरुका लागि पनि आधुनिक प्रविधिसहित राम्रो उपचारसेवा सुरु भएका छन् । सरकारी अस्पतालको तुलनामा नीजिस्तरमा खुलेका मेडिकल कलेज, नर्सिंग होमहरुको संख्या र उपचार पनि अब्बल देखिएको छ ।

तर नेपालमा आगलागीमा परी घाइते भएकाहरूको उपचार भने जटिल बन्दै गएको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार बर्सेनि विश्वमा एक करोड १० लाख मानिस गम्भीर प्रकारका जलेर घाइते हुन्छन् । नेपालमा मात्र प्रत्येक वर्ष झन्डै ६५ देखि ७५ हजारको हाराहारीमा आगो र एसिडबाट जलेका घटना आउने गरेका छन् ।

Advertisement

स्वास्थ्य सेवा विभागको तथ्याङ्कलाई नै हेर्ने हो भने पनि गएको एक वर्षमा मात्र ७६ हजारभन्दा धेरै मानिस आगो र एसिडको जलनबाट प्रभावित भएको उल्लेख छ । यो तथ्यांकमा एकआध चाँही नेताहरु वा उच्चपदस्थहरु समेत पर्ने गरेका छन् ।

यद्यपि, उनीहरु प्रायलाई भने उपचारका लागि विदेश पठाउने गरिएको छ । यसबीच शनिवार पोखरामा कार्यक्रम उद्घाटन गर्ने क्रममा बेलुन पड्किँदा भएको घटनामा अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य पनि घाइते भए ।

Advertisement

उनीहरूको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भई रहेकोमा आज अर्थमन्त्री पौडेल डिस्चार्ज भए । मेयरको भने स्वास्थ्यमा सुधार भए पनि उनलाई अझै केही दिन चिकित्सकको निगरानीमा राख्नु पर्ने अस्पतालले जनाएको छ ।

यसबीच कीर्तिपुर अस्पतालमा भीभीआईपीहरुको घुँइचो लाग्यो । वर्षेनी हजाराँैको संख्यामा सर्वसाधारण जलनमा पर्दा कहिल्यै कुनै नेताहरुले चक्कर नलगाएको, कथम कदाचित लगाइहाले पनि पब्लिसिटीका लागि हुने गरकोमा कीर्तिपुर बर्न अस्पतालमा यसपटक अर्थमन्त्री र मेयर जलनमा परेपछि राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओलीदेखि गृहमन्त्री रमेश लेखक हुँदै स्वास्थ्य मन्त्री प्रदीप पौडेल सम्म अस्पताल पुगे ।

उनीहरूले बिरामीलाई भेटेर स्वास्थ्य लाभको कामना त गरे तर अस्पतालमा अन्य नागरिकको उपचार कसरी भई रहेको छ । अस्पतालमा अन्य सेवा सुविधा कस्ता छन् भन्ने बारे सामान्य चासो समेत लिन भ्याएनन् ।

कोही पनि बिरामी पर्दा अस्पतालमा भेट्न जानु राम्रो कुरा हो । तर जटिल बन्दै गएको जलन उपचारमा राज्यका प्रमुख व्यक्ति उदासीन देखिनु भने लज्जाको कुरा हो । केही वर्षदेखि नेपालमा जलनका घटनाहरू धेरै भई रहेको तथ्याङ्कले देखाउँछ ।

तर उपचार टाढा मात्र हैन जटिल पनि उतिकै छ । सङ्घीय राजधानीमा उपचार गरी रहेका अस्पतालहरू समेत आधुनिक सेवा दिन नसकी रहेको बेला काठमाण्डौं बाहिर रहेका जलन अस्पतालहरूको अवस्था कस्तो होला भन्ने सहजै अनुमान गर्न सकिन्छ ।

सङ्घीय सरकार मात्र हैन आफ्नो नजिकमा जलनको उपचार सुरु गरेका अस्पतालहरूको गुणस्तरमा सुधार ल्याउने तर्फ प्रदेश र स्थानीय सरकारहरू कानमा तेल हालेर बसेका छन् । जनताको मत लिएर कुर्सीमा पुगेकाहरूलाई जनताको जिउ जल्दा अलिकति पनि मन पोल्ने गर्दैन ।

जलनका घटनामा सरकार गम्भीर बन्न नसक्दा संविधानले प्रत्याभूत गरेको अधिकारीबाट आम नागरिक वञ्चित बन्नु परिरहेको छ । बेला बेला प्रतिनिधि सभाको बैठक र अन्य सभामा सांसद चन्द्र भण्डारी जो स्वयं जलनमा परेका थिए, उनले त कुरा उठाउँछन् तर उनको कुराले सरकारका कानमा बतास भने लागेको देखिन् ।

आफै जलनमा परेका सांसद भण्डारीले धेरै पटक सदनमा कुरा उठाइ रहेका छन् । उनलाई सरकारले हैन उनकै सहयात्री माननीयहरूले समेत साथ दिएको देखिन् । मुलुकमा सङ्घीयता आएसँगै तिन तहका सरकार छन् तर केन्द्र प्रदेश र स्थानीय तिनै तहका सरकारले जलन उपचारका बारेमा खासै चासो दिएको देखिन् ।

घटना भएको दुई चार दिन जलन अस्पतालको चर्चा हुने गर्छ त्यसपछि बिरामी निको हुनु भन्दा पहिला सरकारमा बसेकाहरूले बिर्सन्छन् । अस्पतालको कमीका कारण दुर्गम क्षेत्रका घाइतेले समयमा उपचार पाउन नसक्दा जीवनभर अङ्गभङ्ग हुनुपर्ने तथा ज्यानै गुमाउनुपर्ने अवस्था छ ।

देशका आठ वटा अस्पतालमा मात्र जलनको उपचार हुन्छ । यीमध्ये चार वटा अस्पताल त काठमाडौँमा मात्रै छन् । जलनको घाइतेको पूर्ण उपचार कीर्तिपुर, सुष्मा कोइराला मेमोरियलमा हुने गरेको छ । त्यस्तै त्रिवि शिक्षण (टिचिङ), पाटन र वीर अस्पतालमा सामान्य जलनको मात्र उपचार हुन्छ ।

त्यहाँ छ वटा शय्याको जलन विभाग छुटाइएको छ । दुर्गमका नागरिकलाई जलनको उपचार गराउन निकै नै सास्ती छ । समयमै अस्पतालमा पुग ९५ प्रतिशतसम्म जलेको बिरामीलाई पनि निको पार्न सकिन्छ । काठमाडौँ बाहिर पाल्पामा मिसन अस्पताल, धुलिखेल, धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगायतका अस्पतालमा उपचार हुन्छ ।

घाइतेहरूको कसरी र कहाँ उपचार गर्ने, सुरुमा प्राथमिक उपचार कसरी गर्ने ? यस्तो घटनामा परेकाहरूको कहाँ र कसरी उपचार हुन्छ ? भन्ने जानकारी समेत सर्वसाधारणलाई नहुन सक्छ । आगोले शरीरमा ७० प्रतिशतदेखि माथि पोलिएको अवस्थामा खतराजनक हुन्छ । यस्तै अनुहारमा पोलेको छ भने पनि प्राणघातक हुन्छ ।

तेजाबले पोल्दा पनि त्यस्तै खतरा हुन्छ । करेन्ट लाग्दा सिधै मुटुमा असर पर्ने र त्यसले मुटुको धड्कन रोकिदिने भएकाले घाइते व्यक्तिको तत्काल निधन हुने जोखिम हुन्छ । पोल्ने बित्तिकै घाउमा पानी पार्नु हुँदैन भन्ने गलत मानसिकता धेरैमा पाइन्छ ।

आगो वा कुनै पनि कुराले पोलेपछि त्यसमा प्रयोग गर्ने मुख्य कुरा पानी नै हो । पानी असाध्यै चिसो पनि होइन, पोलेको भागलाई सामान्य तापक्रम भएको धारामा बगेको पानीले २० देखि ३० मिनेटसम्म चिस्याउनुपर्छ ।

चिकित्सकका अनुसार यदि खोल्ने धारा छैन भने बाल्टिनमा पानी राखेर चिस्याउने गर्दा पनि हुन्छ । त्यो पनि छैन भने कपडालाई पानीमा भिजाउँदै पोलेको ठाउँमा राखेर चिस्याउनु पर्छ । २० देखि ३० मिनेटसम्म पानीले चिस्याएपछि सफा कपडाले छोपेर तुरुन्तै नजिकैको अस्पताल लैजानुपर्छ ।

साना–साना जलन जसको कुनै गहिराइ पनि छैन भने साना फोका निस्केर आठ÷दश दिनमा निको हुन्छ, त्यस्तो अवस्थामा घिउकुमारी, गोलभेँडा लगाएर पानीले चिस्याएको पनि हामीले देखेका छौं । पोलेपछि वा जलन भएपछि घाइतेको पोलेको ठाउँबाट धेरै पानी निस्कने हुन्छ ।

त्यस्तो अवस्थामा स्लाइन चढाउनुपर्ने हुन्छ । कोही आगोले जलिरहेको अवस्थामा छ भने त्यस्तो अवस्थामा आत्तिएर दौडने गर्नुहुँदैन । त्यस्तो अवस्थामा व्यक्तिलाई रोकिन लगाउने, निभाउने बस्तु केही छैन भने भुईँमा लडीबडी गर्न लगाउने र आगो निभाउनु पर्छ ।

बाक्लो कम्बल छ भने त्यसले झ्याप्प छोपेर पनि आगो निभाउन सकिन्छ । त्यसपछि पानीले चिस्याएर प्राथमिक उपचारका लागि अस्पताल लैजानुपर्ने हुन्छ । जलनबाट प्रभावित भएकाहरुको विजोग र दर्दनाकपूर्ण अवस्था हेर्दा यसका लागि सरकारले विभिन्न ठाउँमा उपचार सेवा विस्तार गर्नै पर्छ ।

प्रत्येक प्रादेशिक अस्पतालहरूमा बर्न युनिट राख्ने, स्वास्थ्यकर्मीहरूलाई दक्ष तालिम दिने जस्ता काममा सरकार लाग्नुको विकल्प छैन । देशभरि नै जलनका घटना भयो भने कहाँ उपचार गर्ने भन्ने, कहाँ जाने भन्ने सूचना प्रणालीलाई सामान्य जनता सम्म पु¥याउनु आवश्यक छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Scroll to Top