×

NEPAL TIMES UPDATES

Playing
नेपालमा साइबर बुलिङका घटनाको चाङ, आइजीपीले देखाए यस्ता समस्या || Nepal Times
Apr 23, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-10-2083 || Nepal Times
Apr 23, 2026
Playing
Breaking व्यवसायी शेखर गोल्छा पक्राउ, दीपक भट्टका साझेदार || Nepal Times
Apr 23, 2026
Playing
ट्रम्पले नेटोलाई फुटाए! बनाए असल र बदमास नेटो सदस्यहरूको सूची || Nepal Times
Apr 23, 2026
Playing
सुकुम्बासी बस्तीमा डोजर चल्ने खबरपछिको तरंग || Nepal Times
Apr 23, 2026
Playing
बालेनलाई पर्खिरहेको जनकपुर चुरोट कारखाना || Nepal Times
Apr 23, 2026
Playing
ओली सरकारले दिएको ११४ रोपनी जग्गा बालेनले फिर्ता ल्याए || Nepal Times
Apr 23, 2026
Playing
काठमाडौंमा विदेशी मन्त्रीहरुको दौडधूप किन बढ्यो? अमेरिका, चीन र भारतको नजर || Nepal Times
Apr 23, 2026
Playing
World News: अमेरिकी क्षेप्यास्त्र भण्डार रित्तो, फोटो खिच्दा ठोक्किए दुई फाइटर जेट || Nepal Times
Apr 23, 2026
Playing
एआईले मान्छेलाई पटमुर्ख बनायो, स्मरणशक्ति खराब पारिदियो || Nepal Times
Apr 23, 2026

तोपले पनि सरकार नढल्ने, ओलीले १७ महिनामा राजीनामा दिने

५ फाल्गुन २०८१

५ फागुन ,काठमाण्डौ ।

संविधानले ग्यारेन्टी गरेका अधिकारसमेत सङ्घले नदिएको भन्दै प्रदेशहरूले गुनासो गरी रहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश सभालाई सम्बोधन गर्न थालेका छन् । प्रदेशहरूलाई हेर्ने दृष्टिकोणमा सबै भन्दा अनुदार भनेर चिनिएका ओली प्रदेश सभा बैठकमा भाषण गर्न भनेपछि मरिहत्ते गर्ने प्रधानमन्त्रीमा पर्छन् ।

Advertisement
Advertisement

उनले प्रदेश सभाको पहिलो कार्यकालमा आफू प्रधानमन्त्री भएको बेला सबै प्रदेश सभाका बैठकलाई सम्बोधन गर्न भ्याएका थिए । फेरी प्रदेश सभाको दोस्रो कार्यकालमा पनि प्रधानमन्त्री ओलीले आज लुम्बिनी प्रदेशको प्रदेश बैठकमा देखिए ।

बैठकमा विशेष सम्बोधन भन्दै ओलीले एक घण्टा भन्दा लामो भाषण गरे । प्रधानमन्त्रीले सम्बोधनमा प्रदेशलाई अधिकार दिने भन्दा पनि आफ्नो सरकार कसैले तोप हाने पनि १७ महिना नढल्ने ठोकुवा गरे । प्रदेश सभा बैठकमा बोल्न कानुनी व्यवस्था हुनु पर्छ ।

प्रदेश सभाका सांसद भन्दा बाहिरका व्यक्तिले बोल्न पाउने कानुनी आधार छैन । नेपालको संविधानको धारा १८४ मा प्रदेश प्रमुखले प्रदेश सभालाई सम्बोधन गर्ने उल्लेख भए पनि प्रधानमन्त्रीले प्रदेश सभालाई सम्बोधन गर्ने बारे मौन छ ।

प्रधानमन्त्रीले सम्बोधन नगर्ने भन्ने पनि कहीँ कतै नभएका कारण ओलीले सम्बोधन गरेको सचिवालयको तर्क छ । प्रधानमन्त्री ओलीले सोमबार लुम्बिनी प्रदेशसभाको बैठकलाई विशेष सम्बोधन गरे। सभामुख सँगैको कुर्सीमा बसेका ओलीले १ घण्टा १० मिनेट बोलेका थिए ।

सम्बोधनका क्रममा ओलीले तीनै तहका सरकार मिलेर विकास निर्माणका कामलाई सहकार्यका साथ अगाडि बढाउनुपर्नेमा जोड दिए । प्रधानमन्त्री ओलीले कुनै पनि देश अर्काले आएर नबनाइदिने हुनाले आफैले बनाउनुपर्ने बताए ।

उनले भने, ‘चालीस वर्षअगाडि छिमेकी चीन गरिब मुलुक थियो, अहिले आफ्नै मिहिनेतले सम्पन्न भइसकेको छ । हामीले पनि प्रविधि प्रयोगको ल्याकत बढाएर आफैँले देशको विकास गर्नुपर्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘कुन ठाउँमा के उत्पादन हुन्छ भन्ने पहिचान गरेर ठुलो परिमाणमा खेती र उत्पादन गर्न सकेमा बजार पाइन्छ । त्यस कारण हामीले त्यस्ता उत्पादनमा लाग्नुपर्छ ।’

तीन वटै तहका सरकारबिच सहकार्य हुनु पर्ने कुरालाई ओलीले पटक पटक दोहो¥याएका थिए । उनले नेपालको विकासका बारेमा प्रजातान्त्रिक आन्दोलनका बारेमा मात्र हैन अहिलेका सरकार नढल्ने समेत भन्न भ्याए ।

उनले भने ‘यो सरकार ढली हाल्छ भन्छन् अब १७ महिना जति बाकी छ त्यस पछि नेपाली काँग्रेसका सभापति शेरबहादुर जीलाई छोड्छु । त्यो त डिक्लीएर छ । केपी ओलीलाई घटाउन कुन बल लगाउनु पर्दैन बेला पुगेपछि आफै छोड्छु ।

उनले आफू केरा पकाउन औषधि हालेर पकाए जस्तो नपाक्ने भन्दै तोप हाने पनि १७ महिना सरकार नहट्ने दाबी गरे । उनले गण्डकी प्रदेशले गरेका कामको खुलेर प्रशंसा गरे । र अन्त्यमा फेरी समय अलि लामो लिएर प्रदेश सभालाई सम्बोधन गर्न आउने बताए ।

प्रदेशहरू सङ्घले अधिकार नदिएर पानी विनाको माछा जस्तै छटपटाइ रहेका छन् । सङ्घ दिएका अधिकार पनि घुमाउरो पारेले आफै प्रयोग गर्न खोज्छ । जनताहरू प्रदेश प्रति निराशावादी कुरा मात्र गर्छन् ।

प्रदेशका मन्त्रीहरू झन्डावाला गाडीमा चोक चोकमा भेटिन्छन् । संविधानसभाले २०७२ सालमा जारी गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीअन्तर्गत दुई वटा निर्वाचन भई सकेका छन् ।

तीन तहकै सरकारले पहिलो पाँच वर्षे कार्यकाल पूरा मात्रै गरेका छैनन्, दोस्रो कार्यकालको २ वर्ष गुर्जान लागे । तर, संविधानअनुसार कैयन विषयमा राज्य शक्तिको बाँडफाँट गर्ने गरी कानुन बन्न सकेका छैनन् ।

तर प्रधानमन्त्री भने प्रदेश सभामा गएर नेपाली राजनीतिको पाठ पढाइ रहेका छन् । संविधानको धारा ५७ ले सङ्घ, प्रदेश र स्थानीय तहमा राज्य शक्ति बाँडफाँट गरेको छ । सङ्घ, प्रदेश र स्थानीय तहको एकल अधिकार र साझा अधिकार संविधानको अनुसूचीमा छ ।

जस अनुसार सङ्घको ३५ वटा विषयमा एकल अधिकार, प्रदेशको २१ वटा एकल अधिकार, स्थानीय तहको २२ वटा एकल अधिकार, सङ्घ र प्रदेशले २५ वटा साझा अधिकार र सङ्घ, प्रदेश र स्थानीय तहले १५ वटा साझा अधिकार प्रयोग गर्न पाउँछन् वा सक्दछन् ।

‘तर, संविधानले व्यवस्था गरेको सामाजिक, सांस्कृतिक संरक्षण वा आर्थिक विकासका लागि विशेष, संरक्षित वा स्वायत्त क्षेत्र कायम गर्ने भनी गरेको व्यवस्था र राज्य शक्ति बाँडफाँटको व्यवस्था भने पूर्णतः लागू हुन सकेको छैन,’ सङ्घीय संसद् र सात वटै प्रदेश सभाको संयुक्त स्वीकारोक्ति छ ।

Advertisement

प्रदेश बैठकमा गएर भाषण गर्ने ओली मात्र हैन तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलेपनि २०८० फागुन १९ गते लुम्बिनी प्रदेशकै प्रदेश सभा बैठकलाई सम्बोधन गरेका थिए ।

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top