विश्वका उत्कृष्ट १० विश्वविद्यालयमा अमेरिकाकै ६ वटा

७ फागुन , काठमाण्डौ।

Advertisement

हरेक वर्ष हजारौंको संख्यामा उच्च शिक्षाका लागि नेपाली विद्यार्थीहरु विदेशिने गरेका छन् ।उच्च शिक्षा हासिल गर्नकै लागि भएको विद्यार्थीहरुको पलानले नेपालको दक्ष जनशक्ति मात्रै बाहिरिरहेको छैन् । करोडौं डलर मुद्रासमेत नेपालबाट बाहिरिरहेको छ।

पछिल्लो समय ओडिसाको ओडिसास्थित कलिङ इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा मात्रै १४ सय भन्दा बढी नेपाली विद्यार्थीहरु अध्ययनरत रहेको तथ्याङले नेपाली विद्यार्थीहरुको वैदेशिक पलायनलाई उजागर गरेको छ ।

Advertisement

यद्यपि विदेशी विश्वविद्यालयमा अध्ययन गर्ने चाहना राख्ने विद्यार्थीहरूका लागि विश्वका प्रतिष्ठित विश्वविद्यालयको छनोट महत्वपूर्ण हुन्छ। टाइम्स हायर एजुकेशन टीएचई(द) ले हालै वल्र्ड युनिभर्सिटी रेपुटेशन ¥याङ्किङ २०२५ सार्वजनिक गरेको छ ।

जसमा विश्वका उत्कृष्ट विश्वविद्यालयहरूलाई स्थान दिइएको छ। यस वर्ष पनि हार्भर्ड विश्वविद्यालय पहिलो स्थानमा रहेको छ, जुन लगातार १४औँ वर्ष शीर्ष स्थानमा रहन सफल भएको छ। यसले ९९ दशलमव ८ भोट पाएको छ ।

Advertisement

दोस्रो स्थानमा अक्सफोर्ड विश्वविद्यालय रहेको छ। यस ¥याङ्किङ दुनियाभरका शैक्षिक क्षेत्रका विद्वान्हरूको मतका आधारमा तयार गरिन्छ। मुख्य रूपमा तीन आधारमा विश्वविद्यालयहरूको मूल्याङ्कन गरिन्छ ।

जसमा मत गणना, जोखिमगत तुलनात्मक अध्ययन र मतदाताहरूको विविधता रहने गर्दछन् । यस वर्षको ¥याङ्किङ विशेष छ, किनकि यसमा चिली, मलेसिया, पोल्याण्ड र पोर्चुगलका विश्वविद्यालयहरू पहिलो पटक समावेश भएका छन् ।

विश्वका १० सबैभन्दा प्रतिष्ठित विश्वविद्यालयहरूमा

१ हार्भर्ड विश्वविद्यालय (अमेरिका)

२ मैसाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (अमेरिका)

३ अक्सफोर्ड विश्वविद्यालय (बेलायत)

४ स्ट्यानफोर्ड विश्वविद्यालय (अमेरिका)

५ क्याम्ब्रिज विश्वविद्यालय (बेलायत)

६ क्यालिफोर्निया विश्वविद्यालय, बर्कले (अमेरिका)

७ प्रिन्स्टन विश्वविद्यालय (अमेरिका)

८ सिङ्हुवा विश्वविद्यालय (चीन)

९ येल विश्वविद्यालय (अमेरिका)

१० टोकियो विश्वविद्यालय (जापान)

हार्भर्ड विश्वविद्यालय न केवल शीर्ष स्थानमा छ, यो मतदाताहरूको विविधता मापनमा पनि अक्सफोर्ड र क्याम्ब्रिजसँगै अगाडि रहेको छ। यसले हार्भर्डको विश्वव्यापी प्रभावलाई पुष्टि गरेको टाइम्स हायर एजुकेशनले उल्लेख गरेको छ ।

यस्तै द को ¥याङ्किङमा अन्य प्रतिष्ठित विश्वविद्यालयहरूमा एलएमयू म्युनिख, केयू ल्यूवेन, सोरबोन विश्वविद्यालय ,मेलबर्न विश्वविद्यालय ,हङकङ विश्वविद्यालय र म्यान्चेस्टर विश्वविद्यालयपनि परेका छन् ।

यस वर्ष ¥याङ्किङमा विश्वकै विविधता झल्किएको द ले उल्लेख गरेको छ । अघिल्लो वर्षभन्दा यस वर्ष १० नयाँ देशहरू ¥याङ्किङमा समावेश भएका छन् । चिली, मलेसिया, पोल्याण्ड र पोर्चुगल जस्ता देशहरू पहिलो पटक ¥याङ्किङमा समावेश भएका छन्।

विश्वभरका ३ सय विश्वविद्यालयहरुलाई सूचीबद्ध गरिएको ¥याङ्किङ नेपालका कुनैपनि विश्वविद्यालय समावेश भएका छैनन् । छिमेकी भारतका ४ विश्वविद्यालय सूचीमा परेका छन् ।

जसमा भारतीय विज्ञान संस्थान, इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी दिल्ली इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी मद्रास र शिक्षा ’ओ’ अनुसन्धान विश्वविद्यालय २०१ औं स्थानमा रहेको छ । यी विश्वविद्यालयले ५ देखि १९ भोट मात्रै पाएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top