NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
विद्या भण्डारीले पूर्वराष्ट्रपतिका सबै सुविधा त्याग्ने सोमवार असार १६ , २०८२
पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम सोमवार असार १६ , २०८२
धनगढी  डुब्ने गरी कस्तो पानी पर्याे ? सोमवार असार १६ , २०८२
हवाई नीति २०८२ः ’गेम चेन्जर’ कि राष्ट्रिय स्वार्थ बेच्ने ’दुईधारे तरबार’? सोमवार असार १६ , २०८२
बोल्न पाइन्छ भन्दै ओलीलाई छाडेकी झाक्रीको मुख बन्द सोमवार असार १६ , २०८२
Next
Prev

समाचार

देउवा भोलि भारत जाने, ओलीलाई कहिले आउला निम्तो ?

बुधबार फाल्गुन ७ , २०८१
Reading Time: 1 min read
A A
Advertisement
देउवा भोलि भारत जाने, ओलीलाई कहिले आउला निम्तो ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

७ फागुन , काठमाण्डौ ।

पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा भारत भ्रमणमा जाने भएका छन् । लामो समयदेखि प्रयास गर्दा समेत प्रधानमन्त्री केपी शर्मा ओलीलाई भ्रमणका लागि भारतले निमन्त्रणा नपठाएको अवस्थामा प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री देउवा भने भोलि भारत जान लागेका हुन् ।

Advertisement

भारतको प्रयागराजमा चलिरहेको महाकुम्भका अवसर पारेर उनी भारत भ्रमणमा जान लागेका हुन् । देउवाका स्वकीय सचिव भानु देउवाले भारत भ्रमण हुन लागेको बताएका छन् । इन्डिया फाउन्डेसनको आयोजनामा हुन लागेको ‘कुम्भ ग्लोबल समिट अन डेभलपमेन्ट एन्ड सस्टेइनबेलीटी’ कार्यक्रमको वक्ताको रुपमा देउवा भारत जान लागेका हुन् ।

शुक्रबार र शनिबार हुने कार्यक्रममा देउवाले समिटलाई सम्बोधन गर्नेछन् । देउवा सहभागी हुने यो कार्यक्रममा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ पनि सहभागी हुनेछन् । यस्तै कार्यक्रममा भुटानका विदेशमन्त्री, गुयानकी फस्ट लेडी, मलेसियाका मन्त्री, मौरिसका मन्त्रीलगायतका विदेशी पाहुना पनि सहभागी हुनेछन् ।

कुम्भ मेलामा आयोजित कार्यक्रमबाहेक देउवाको थप कार्यक्रम पनि तय भएको बताइएको छ । ४५ दिन चलेर १४ फागुनमा कुम्भ मेला सकिँदैछ । यसअघि कांग्रेस महामन्त्री गगन थापा, प्रवक्ता प्रकाश शरण महत, नेता अर्जुननरसिंह केसी लगायत पनि कुम्भ मेलामा सहभागी भई गंगामा स्नान गरेर फर्किएका थिए ।

यसअघि कार्तिकमा एसिया जलवायु शिखर सम्मेलनमा सहभागी हुन गगन थापा दिल्ली पुगेका थिए । त्यसअघि भदौमा परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा भारतको औपचारिक भ्रमणका क्रममा नयाँ दिल्ली पुगेकी थिइन्, जतिबेला उनको शिष्टाचार भेट भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भएको थियो ।

पछि पुसमा पनि उनी नेपाल समसामयिक अध्ययन केन्द्र र भारतको फाउन्डेसन फर इकोनोमिक ग्रोथ एन्ड वेलफेयर (एग्रो) को आयोजनामा भएको एक सम्मेलनलाई सम्बोधन गर्न भारत पुगेकी पुगेकी थिइन् ।

यसबीच उनको भेट भारतीय विदेशमन्त्री एस जयशंकरसंग पटक पटक भइसकेको छ । तीन दिन अघि मात्रै पनि ओमानमा दुई मन्त्रीबीच साइडलाइन वार्ता भएको थियो । आरजुको भारत भ्रमणलाई ओलीका लागि भ्रमणको बाटो फुकाउने टुल्सका रुपमा हेरिएपनि अहिलेसम्म मोदीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बोलाएका छैनन् ।

उनीहरुबीच अमेरिकामा भने साइडलाइन वार्ता भएको थियो । तेस्रो कार्यकालमा कुर्सी सम्हालेसंगै आफ्ना अध्यक्षले छिटै नै भारत भ्रमण गर्ने एमालेका नेताहरुले दाबी गरिरहँदा तथा ओली स्वयंले पनि आफ्नो पहिलो विदेश भ्रमण भारतबाट होस् भन्ने इच्छा राख्दासमेत अहिलेसम्म भारतले ग्रिन सिग्नल दिएको छैन ।

यसबीच ओलीले अमेरिकादेखि चीनसम्मको भ्रमण भने गरिसकेका छन् । तर भारत जान अझै उनलाई जुरेको छैन । पछिल्लो समय कांग्रेसकै नेता तथा ऊर्जा, जलस्रोत तथा सिञ्चाईमन्त्री दीपक खड्का पनि भारत भ्रमणमा पुगेका थिए ।

‘इन्डिया इनर्जी विक–२०२५’ मा भाग लिन माघ २८ गते भारत गएका थिए । उनले पनि आफ्नो भ्रमणका क्रममा अब भारतीय उर्जामन्त्री नेपाल आउने त्यसबेला उनले ओलीलाई निम्ता दिन सक्ने कुरा भएको बताएका छन् ।

उनले भारतीय उर्जामन्त्रीको नेपाल भ्रमणपछि प्रधानमन्त्री भारत भ्रमणमा जाने दाबी गरेका छन् । तर यसअघि आरजु जाँदा र उनीअघि जयशंकर आउँदा पनि यस्तै चर्चा गरिएको थियो, यद्यपि ओलीले अहिलेसम्म निम्ता पाएका छैनन् ।

यसबीच अब कांग्रेसका नेता र मन्त्रीहरुको ओहोरदोहोर चलिरहँदा सभापति स्वयं पनि भारत जान लागेका हुन् ।

Tags: #कुम्भमा देउवाले सम्बोधन गर्ने#देउवा भोलि भारत जाने

लोकप्रीय

राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण

विद्या भण्डारीले पूर्वराष्ट्रपतिका सबै सुविधा त्याग्ने

सोमवार असार १६ , २०८२
पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
आज १९ जिल्लाका नदीहरुमा बहाव बढ्ने ,काठमाडौंका घर १ तलासम्म डुबे

धनगढी  डुब्ने गरी कस्तो पानी पर्याे ?

सोमवार असार १६ , २०८२

विचार

राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण

विद्या भण्डारीले पूर्वराष्ट्रपतिका सबै सुविधा त्याग्ने

सोमवार असार १६ , २०८२
पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
आज १९ जिल्लाका नदीहरुमा बहाव बढ्ने ,काठमाडौंका घर १ तलासम्म डुबे

धनगढी  डुब्ने गरी कस्तो पानी पर्याे ?

सोमवार असार १६ , २०८२

थप समाचार

राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण
ताजा समाचार

विद्या भण्डारीले पूर्वराष्ट्रपतिका सबै सुविधा त्याग्ने

सोमवार असार १६ , २०८२
पुटिन र सी बीच भेट, के भयो कुरा ?
अन्तर्राष्ट्रिय

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
आज १९ जिल्लाका नदीहरुमा बहाव बढ्ने ,काठमाडौंका घर १ तलासम्म डुबे
ताजा समाचार

धनगढी  डुब्ने गरी कस्तो पानी पर्याे ?

सोमवार असार १६ , २०८२
नेपाल एयरलाइन्सले गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान भर्दै
ताजा समाचार

हवाई नीति २०८२ः ’गेम चेन्जर’ कि राष्ट्रिय स्वार्थ बेच्ने ’दुईधारे तरबार’?

सोमवार असार १६ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News: ट्रम्प–नेतन्याहुविरुद्ध ‘फतवा’ जारी, थप आक्रमण नगर्ने भए इरानले वार्ता गर्ने

World News: ट्रम्प–नेतन्याहुविरुद्ध ‘फतवा’ जारी, थप आक्रमण नगर्ने भए इरानले वार्ता गर्ने

00:18:28

World News: Iranमा Americaले ब*म नखसालेको खुलासा,भोकले ६६ जनाको मृ*त्यु || Nepal Times

00:16:54

अमेरिका–चीनबीच व्यापार सम्झौता, क्यानडासँग वार्ता तोडियो || Nepal Times

00:17:45

World News: इरानी बैंक ‘आ*त*ङ्कवादी सङ्गठन’ घोषणा, Putin पनि यु*द्ध रोक्न इच्छुक || Nepal Times

00:16:37

World News: इजरायलसँग हतियार अभाव, १४ बैज्ञानिक मा*रिएपछि इरानलाई धक्का || Nepal Times

00:16:10

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण

विद्या भण्डारीले पूर्वराष्ट्रपतिका सबै सुविधा त्याग्ने

सोमवार असार १६ , २०८२
ज्वालाले झारे झाँक्रीको झाँको, शिक्षकलाई समर्थन

बोल्न पाइन्छ भन्दै ओलीलाई छाडेकी झाक्रीको मुख बन्द

सोमवार असार १६ , २०८२

हालका पोस्टहरू

राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण

विद्या भण्डारीले पूर्वराष्ट्रपतिका सबै सुविधा त्याग्ने

सोमवार असार १६ , २०८२
पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
आज १९ जिल्लाका नदीहरुमा बहाव बढ्ने ,काठमाडौंका घर १ तलासम्म डुबे

धनगढी  डुब्ने गरी कस्तो पानी पर्याे ?

सोमवार असार १६ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.