×

NEPAL TIMES UPDATES

Playing
Taiwanलाई हति यार बेच्ने कि नबेच्ने निर्णय गर्दै Trump || Nepal Times
May 16, 2026
Playing
नेपाली दूतावासको जग्गा श्रीलंकामा कसले बेचिदियो ?|| Nepal Times
May 16, 2026
Playing
विश्व राजनीतिमा नयाँ संकेत, नेपालजस्ता मुलुकका लागि के अर्थ राख्छ ?|| Nepal Times
May 16, 2026
Playing
विश्वकप यात्रा जोगाउन नेपाललाई जित अनिवार्यजस्तै|| Nepal Times
May 16, 2026
Playing
बालेन सरकारलाई सर्वोच्चको अर्को झड्का || Nepal Times
May 16, 2026
Playing
किन छानबिन भएन ज्ञानेन्द्र शाहको सम्पत्ति? || Nepal Times
May 15, 2026
Playing
गौरवका आयोजनाको बेहालः २७ आयोजनामा ५ खर्ब खर्च,३ वटा सम्पन्न || Nepal Times
May 15, 2026
Playing
नेपालको गुप्तचरीको इतिहास,सधै नेताको भकुण्डो, बालेनले के गर्लान् ?|| Nepal Times
May 15, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-01-2083 || Nepal Times
May 15, 2026
Playing
बेइजिङबाट के लिएर फर्किए ट्रम्प ?इरान,ताइवानदेखि व्यापारसम्म|| Nepal Times
May 15, 2026

ज्ञानेन्द्रको आह्वानले जुर्मुरायो राप्रपा,राजावादी हर्षित

७ फाल्गुन २०८१

७ फागुन , काठमाण्डौ ।

प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा नियमित जस्तै शुभकामना सन्देश भएपनि यसपटक पूर्वराजा ज्ञानेन्द्र शाहको बक्तब्यले राजाबादी र राप्रपामा अलिबढी जोश भरिदिएको छ । कारण, यसअघि घुमाउरो पारामा राजतन्त्र फर्कियोस् भन्ने चाहाना दर्शाउने ज्ञानेन्द्रले हिजोको बक्तब्यमा भने स्पष्ट रुपमा आफूलाई साथ दिन जनता तथा दलहरुलाई आह्वान गरे ।

Advertisement
Advertisement

यसले राजावादीहरू खुशी भएका छन् । किनभने विगतमा चाहे दुर्गा प्रसाइँ हुन् वा राप्रपाका नेताहरु, आफूहरुको राजतन्त्र फर्काउने आन्दोलन वा अभियानमा पूर्वराजाले खुल्लारुपमा समर्थन नगरेको वा सडकमा नआएको भन्दै आलोचना पनि गर्ने गरेका थिए ।

तर यसपटक भने पूर्वराजाले आफ्नो त्याग बिनाकारण नभएको र जनताको अवस्था पनि नबदलिएकाले अब व्यवस्था नै परिवर्तन आवस्यक रहेको अर्थात आफू नारायणहिटीमा फर्किन चाहेको संकेत गरेका छन् । उनको यो बयानले अब राजतन्त्र पुनः स्थापनका लागि निर्णायक संघर्ष हुने भन्दै राजाबादीहरु जुर्मुराएका हुन् ।

आफ्नो शुभकामना सन्देशमा पूर्वराजाले ‘देश जोगाउनका लागि आफूलाई साथ दिन’ आह्वान गरेका छन् । आफूले गरेको त्यागलाई कमजोरी नठान्न पनि उनले दलहरूलाई चेतावनी दिएका छन् ।

पूर्वराजाको शुभकामना सन्देशमा भनिएको छ, ‘हामीले पहिले पनि राष्ट्रिय समस्या सुल्झियोस् भनेर त्याग गरेका हौँ। नेपालको उन्नतिका लागि हामीबाट अरु के–के त्याग गर्नुपर्ने हो, हामी तयार छौँ। अब समय आयो। राष्ट्र जोगाउने हो भने, राष्ट्रिय एकता कायम राख्ने हो भने देशको समृद्धि र उन्नतिका निमित्त हामीलाई साथ दिन सबै देशवासीहरूलाई आह्वान गर्छौं।’

उनको यस्तो बयान आएपछि ‘अब पुर्वराजाले केही गर्दैछन्’ भन्ने भाव राजावादीहरूमा पैदा भएको छ । यसमा राजाबादी दल र राजासहितको हिन्दु राज्य पुनःस्थापनाका लागि अभियानकर्ताहरुले प्रतिक्रिया दिएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले अब राजतन्त्र र गणतन्त्रको छिनोफानोका लागि जनमत संग्रह गराउन निर्णायक दबाब दिइने बताएका छन् । ‘पूर्वराजाको अभिव्यक्ति यत्तिकै हचुवामा आएको होइन । पूर्वराजालाई साथ दिन अब हामी अगाडि बढ्ने हो । संसददेखि सडकसम्म हामी जनमतसंग्रहको आवाज उठाउँछौं। यसको छिनोफानो हुनैपर्छ’ उनले भनेका छन् ।

उनले राजावादी सबै शक्ति र गणतन्त्रवादी पार्टीहरूमा रहेका राजाका शुभेच्छुकहरू एक ठाउँमा आएर आन्दोलनको आँधिबेहेरी ल्याउने उद्घोष गरे । यस्तै राप्रपाकै पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले पनि सामाजिक सञ्जालमा लेखेका छन्, ‘फागुन ७ नेपालीहरूको लागि ऐतिहासिक महत्व र उपलब्धिको दिन हो । यस सन्दर्भमा राजा ज्ञानेन्द्रबाट राष्ट्रियता, प्रजातन्त्र र जनताको पक्षमा भएको साहसिलो सम्बोधन प्रशंसनीय र सबै पक्षबाट मननीय छ ।’

पूर्वराजाको यो अभिव्यक्तिपछि राष्ट्रियता, प्रजातन्त्र, जनताको हित र सर्वोच्चतालाई केन्द्रबिन्दुमा राखेर गम्भीर छलफल गर्न चाँडै राप्रपा कार्यसम्पादन समितिको बैठक राख्नुपर्ने उनको माग छ । राप्रपा महामन्त्री डा. धवलशम्शेर राणाले पनि पूर्वराजाको सम्वोधनलाई समर्थन जनाउँदै स्टाटस लेखेका छन् ।

‘राष्ट्रिय एकता सुदृढ गरी देश बचाउने र बनाउने महत्वपूर्ण अभिभारा आजको पुस्ताको कॉधमाथि इतिहासले सुम्पिएको छ,’ उनी लेख्छन्, ‘यसै क्रममा प्रजातन्त्रलाई सुदृढ गर्ने र प्रजातन्त्रको सार्थक प्रतिफल जनतासमक्ष पु¥याउने उद्देश्यसाथ देशलाई संकटबाट निकास दिन राजाबाट सम्पूर्ण नेपालीको साथ खोजिबक्सेको छ, त्यसप्रति हाम्रो पार्टी राप्रपा र मेरो पनि पूर्ण समर्थन छ ।’

राप्रपाको केन्द्रीय कार्यसमितिले ‘अवस्था बदल्न व्यवस्था बदलौं’ भन्ने मूल नारासहित निषेधको राजनीतिलाई अन्त्य गर्दै युगानुकूल नेपालको पहिचान र गौरव कायम गरौं भने लक्ष्य लिई आन्दोलनको थालनी गरिसकेको र यसलाई निरन्तररूपमा चलाइने उनको भनाइ छ ।

यता ज्ञानेन्द्र शाहलाई समेत गाली गर्दै राप्रपाबाट छुट्टिएर नयाँ पार्टी खोलेका राप्रपा नेपालका अध्यक्ष कमल थापाले पनि देश बचाउन र बनाउनका निम्ति भएको आह्वानप्रति विनाआग्रह र पूर्वाग्रह सहयोगको हात बढाउन सबैसँग आग्रह गरेका छन् ।

उनले भनेका छन्, ‘नेपालको एकीकरण, प्रजातन्त्रको स्थापना र आधुनिकीकरण राजा र जनताको साझा प्रयासबाट हुँदै आएको इतिहास साक्षी छ । १८ वर्षअघि षड्यन्त्रपूर्वक टुटाइएको राजा र जनताबीच एकताको धागोलाई पुनः जोडेर देश बचाउन र बनाउन आजको दिनले प्रेरणा देओस् ।’

यस्तै पूर्वदेखि पश्चिमसम्म र काठमाडौंमा पनि कयौं पटक राजा र हिन्दुराज्यकै लागि प्रदर्शन गर्दै आएका व्यवसायी दुर्गा प्रसाईंले पनि पूर्वराजालाई समर्थन जनाउँदै स्टाटस लेखेका छन् । उनले लेखेका छन्, अब भएन भनेर बस्ने होइन, राजा आफैँले समेत तदारुकता देखाएको यो क्षण हामी सबै जुट्ने बेला हो ।

हेर्दा सुन्दर लागेर मिठो होला भनेर टिपेको फल विषाक्त निस्किएको थाहा पाएपछि पनि खायौं भने असर गर्छ नै । त्यस्तै यो व्यवस्था पनि मिठो, पौष्टिक सोचेको तर विषाक्त फल निस्कियो ।

यो बिशाक्त व्यवस्था फालेर सारा नेपाली अट्ने, सिङ्गो नेपाल देखिने, राजा र बैद्दिक सनातन हिन्दू धर्मसहितको संवैधानिक राजसंस्था र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, जनतालाई सेतो हात्ती बनेको प्रदेश खारेज, समानुपातिक खारेज, धर्मनिरपेक्षता खारेज गरी हिन्दूराष्ट्रसहित को सुन्दर शान्त परिस्कृत नेपाल निर्माणको महाअभियानमा सबै जोडिन म सबै नेपाली नागरिक हरूलाई पुनः आव्हान गर्न चाहान्छु ! जय देश !’

तर सत्तारुढ दल नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्वराजा ज्ञानेन्द्र शाहलाई उचालेर राजनीतिक परिवर्तन मास्न खोजेको टिप्पणी गरेका छन् । पोखरेलले २०६२–०६३ को जनआन्दोलन बाट राजसंस्था हटाएर राजनीतिक आन्दोलन सफल भए पनि आजभोलि फेरी पञ्चायती भूत सलबलाउन थालेको बताएका छन् ।

राजनीतिक परिवर्तन नचाहेका केही शक्तिले उचालेर पूर्वराजालाई वक्तव्य निकाल्न लगाई राजनीतिक परिवर्तन मास्न खोजेको उनको टिप्पणी छ । यता हिजो साँझ आफूलाई साथ दिन नेपाली जनतालाई आह्वान गरेका ज्ञानेन्द्र शाहले भने कहिले भुटानी नरेशसंग त कहिले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसंग गुहार लगाउने गरेको पनि चर्चा हुने गरेको छ ।

Advertisement
Advertisement

भारतमा हिन्दुवादी संस्थाहरुले अहिले पनि ज्ञानेन्द्र शाहलाई हिन्दु नरेश भनेर नै सम्बोधन गर्ने गरेका छन् ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top