NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ शुक्रबार जेष्ठ ९ , २०८२
जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ? शुक्रबार जेष्ठ ९ , २०८२
कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो बुधबार जेष्ठ ७ , २०८२
ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’ बुधबार जेष्ठ ७ , २०८२
के प्रधानमन्त्रीले भाग्न दिन आउँदैछ ? लिङ्देनले भाग्न हेलिकप्टर दिने बुधबार जेष्ठ ७ , २०८२
Next
Prev

समाचार

पुटिनलाई डराउन गएको अमेरिका उल्टै डराएर फर्कियो

बुधबार फाल्गुन १४ , २०८१
Reading Time: 1 min read
A A
Nepal Top
रुसमा कैदीलाई सेना बनाइने,१ लाख सेना थप्न आदेश

Russian President Vladimir Putin takes part in a televised meeting with officials to discuss forest fires at a residence outside Moscow, Russia August 24, 2022. Sputnik/Mikhail Klimentyev/Kremlin via REUTERS

Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१४ फागुन , विराटनगर ।

रुस र यूक्रेनबीचको युद्ध अन्त्य गर्नका लागि एकातर्फ महत्वपूर्ण प्रयासहरु जारी छ भने अर्कातर्फ तनाव पनि बढीरहेको छ । किनभने रुसका तर्फबाट यूक्रेनमा परमाणु हमला गर्नसक्ने शक्तिशाली बमवर्षकहरुको अहिले व्यापक प्रयोग भइरहेका छन् ।

जसले सिंगो यूरोपलाई हल्लाइदिएको छ । यसका लागि नेटो सेनाले पोल्याण्डमा आफ्नो एयरफोर्सलाई तैनाथ गरेको छ । यता रूसले आफ्नो बम्बर त्यतिबेला पठाएको हो जतिबेला अमेरिकाले पनि आफ्नो बी–५२ बम्बर रूसी सीमा नजिक उडाएको थियो ।

Advertisement

युक्रेन युद्धको तीन वर्ष पूरा हुँदा अमेरिकाले शक्ति प्रदर्शन गर्दै रूसी सीमाबाट ८० किमीको दूरीमा आफ्नो बम्बर उडाएको हो । बी–५२, परमाणु हतियार लैजान सक्षम छ ।

यसलाई पूर्वी एस्टोनियामाथि उडाइएको थियो । सो दिन एस्टोनियाको स्वतंत्रता दिवस पनि थियो । अमेरिकाका तर्फबाट बम्बर उडाएपछि यूक्रेनी राष्ट्रपतिले चेतावनी दिएका थिए ।

उनले भने, पुटिनले जुन देशहरुमा आगामी दिनमा हमला गर्न सक्छन्, त्यसमा अब एस्टोनिया पनि सामेल भएको छ । युक्रेनी राष्ट्रपतिको भनाई छ कि जुन पूर्वी यूरोपेली देशहरुमा रूसी जनसंख्या छ वा सोभियत संघको प्रभाव क्षेत्रको हिस्सा थिए, ती देशहरु अब खतरामा छन् ।

जेलेंस्कीका अनुसार पोल्याण्ड, स्लोभाकिया, लाटभिया, एस्टोनिया र मोल्दोभा पुटिनको निशानामा छन् । जेलेन्स्कीको यस्तो चेतावनीअघि पोल्याण्डमा नेटोले आफ्नो एयरफोर्स तैनाथ गरेको विषयले भने रुसलाई चिढ्याएको छ ।

भलै रुसले नेटोको त्यो एयर शोमा कुनै प्रतिक्रिया दिएको छैन तर यसपछि उनले यूक्रेनमा भयानक हमला सुरु गरेको हो । रुसले टीयु ९५ एमएस जेट्सको प्रयोग गरेको हो, जसले किभमा आतंक मच्चाइदियो ।

मानिसहरु डराएर दौडिदै अंडर ग्राउंड शेल्टरमा शरण लिन पुगेका थिए । रूसको यो स्ट्राटेजिक बम्बरले लामो दूरीसम्म हमला गर्न सक्छ । परमाणु हतियार लैजान सक्षम छ । रुससंग यस्ता ५५ विमान छन् ।

रुसले युद्ध अन्त्य गर्न एकातिर अमेरिकासंग छलफल सुरु गरेको छ र यसबारे चीनसहितका आफ्ना मित्रदेशहरुलाई पनि विफ्रिंग गरिरहेको छ भने अर्कातिर यहीबीच यूक्रेनमा भारी आक्रमण जारी राखेको छ ।

रुसी आक्रमणले किभ, झाइटमिर, सुमी र चेर्कासी सहित कयौं यूक्रेनी इलाकाहरुमा भयानक विस्फोट सुनिएको थियो । रूसले ड्रोनको पनि प्रयोग गरे हमला गरिरहेको छ ।

जसमा कयौं घाइते पनि भएको बताइएको छ । युक्रेनमा रूसको यो पछिल्लो भयानक हमलाका कारण नेटो तुरुन्तै अलर्ट भएको थियो । उसले आफ्नो सुरक्षालाई अलर्ट मोडमा राखेको छ ।

द सनको रिपोर्टका अनुसार पोल्याण्डको सशस्त्र बलहरुको अपरेशन कमांड मुख्यालयले भनेको छ, ‘रूसको लामा दूरीका विमानहरुका कारण पोल्याण्डको हवाई क्षेत्रमा पनि विमानहरु उडाउनु पर्यो’ ।

रूसी विमानहरु देखिनासाथ नै उसले ग्राउंड एयर डिफेंस र रडार सिस्टमलाइै पनि एक्टिभ गरेको थियो । आर्कटिकमा ओलेन्या एयर बेसबाट कमसे कम २ टीयु ९५ एमएस बम वर्षकहरुले उडान भरेका छन् ।

रूसका तर्फबाट यी कदमहरु त्यतिबेला चालिएको हो जब लगातार पुटिन शांति चाहेको कुरा गरिरहेका छन् । आफूले सुर गरेको यो युद्ध तीन वर्ष पुरा भएको अवसरमा पनि रुसले यूक्रेनमा ठूलो ड्रोन गर्यो ।

उसले ४८ घन्टामा युक्रेनमा ४५० भन्दा धेरै बम खसाएको थियो । खासमा रुसले यसो गर्नुको पछाडी अमेरिकाको दोहोरो नीतिलाई मान्न सकिन्छ ।

किनभने अमेरिका एकातिर रुससंग युद्ध रोक्न भन्दै वार्तामा छ अर्कातिर युक्रेनसंग थप हतियार बिक्रिका लागि उसको दुर्लभ खनिज कब्जा गर्न सम्झौता गर्दैछ ।

यता युक्रेनपनि खनिज साटेरै भएपनि अमेरिकाबाट थप हतियार पाउनेमा ढुक्क छ । यो भनेको युद्धको निरन्तरता नै हुने स्थिति हो । यो विषयमा यूक्रेनी अधिकारीहरुले भनेका छन् कि यो सम्झौतामा शुक्रवार हस्ताक्षर हुनसक्छ ।

साथै यो सम्झौतामा हस्ताक्षर गरेपछि अमेरिकाबाट प्राप्त हुने सैन्य सहायता यूक्रेनका लागि अत्यन्त महत्वपूर्ण हुनेमा पनि अधिकारीहरुले विश्वास राखेका छन् ।

यस सभ्झौताले यूक्रेनलाई आर्थिक सहयोग प्रदान गर्ने मात्रै होइन बरु सुरक्षा क्षेत्रमा पनि सहयोग गर्नेछ,खासगरी रूसका साथ चलिरहेको युद्धमा । तर अमेरिकाका तर्फबाट कुराहरु अझै पनि प्रष्ट भइसकेको छैन ।

यस्तै केही दिनमै यूक्रेनी राष्ट्रपति पनि वाशिंगटन निस्कने बताइएको छ । जहाँ उनले अमेरिकी राष्ट्रपतिसंग वार्ता गर्नेछन् । ट्रम्पले नै यसबारे जानकारी दिएका हुन् ।

युक्रेनी अधिकारीका अनुसार यो वार्तामा यूक्रेनलाई निरंतर सैन्य सहायता प्रदान गर्ने विषयमा चर्चा गरिनेछ । जारी युद्धकाबीच यूक्रेनका लागि यो सम्झौता निकै नै खास छ ।

कारण हो, यो सम्झौताका माध्यमले उसले अमेरिकी सैन्य सहायतालाई सुनिश्चित गर्न चाहान्छ । साथै अमेरिकासंगको व्यापारिक सम्बन्धहरुलाई पनि बलियो बनाउन चाहान्छ ।

साथै यूक्रेनले ठानेको छ कि यो सम्झौताका माध्यमले उसलाई अन्तर्राष्ट्रिय स्तरमा धेरै समर्थन प्राप्त हुनेछ, जसले उसको सुरक्षा र आर्थिक स्थितिमा सुधार हुने छ ।

यद्यपि यो सम्झौता अन्तर्गत दुर्लभ खनिजको व्यापारमा ध्यान केंद्रित गरिनेछ । जो इलेक्ट्रोनिक उत्पादनहरु, इलेक्ट्रिक कार, आधुनिक हतियार, सैन्य उपकरणहरू बनाउन, सौर्य प्यानल, र अन्य प्रावधिक उपकरणहरुको निर्माणमा उपयोग हुन्छन् ।

यो खनिज यूक्रेनमा प्रचुर मात्रा रहेको छ र यसको विश्वस्तरमा निकै ठूलो बजार छ । संभवतः चीनलाई रोक्नका लागि ट्रम्प दुर्लभ खनिजहरूको उत्पादन र आपूर्तिमा अमेरिकाको हिस्सेदारी बढाउन खोजिरहेका छन् ।

अघिल्लो केही दशकमा, चीन दुर्लभ खनिजहरूको उत्खनन र प्रशोधनमा विश्वकै सबैभन्दा ठूलो देश बनेको छ । विश्व उत्पादनको ६०–७० प्रतिशत हिस्सा चीनको नियन्त्रणमा रहेको बताइन्छ ।

प्रशोधन क्षमतामा पनि ९० प्रतिशत हिस्सा चीनकै छ । रेयर अर्थ मिनरल्सका लागि चीनमा अमेरिकाको निर्भरता, ट्रम्प प्रशासनका लागि ठूलो चिन्ताको विषय हो ।

यसले आर्थिक र सैन्य क्षेत्रमा चीनको तुलनामा अमेरिकी हैसियत कमजोर पार्न सक्छ । युक्रेनसँग ३० मध्ये २१ खनिजहरूको भण्डार छ, जसलाई युरोपियन युनियनले ‘अत्यन्तै महत्त्वपूर्ण कच्चा पदार्थ’ भन्दछ ।

युक्रेनसँग रहेका दुर्लभ खनिजहरूले विश्वका कुल रेयर अर्थ मिनरल्स भण्डारको ५ प्रतिशत हिस्सा ओगट्ने बीबीसीले जनाएको छ । युक्रेनका दुर्लभ खनिजहरूको अधिकांश भण्डार क्रिस्टलाइन शिल्डको दक्षिण क्षेत्रमा अवस्थित छन् ।

यो क्षेत्र आजोभ सागर वरिपरि पर्छ, जसका धेरै भाग हाल रूसको कब्जामा छन् । हाल युक्रेनसँग १.९ करोड टन ग्रेफाइटको भण्डार छ । त्यसको प्रयोग विद्युतीय सवारी साधन निर्माणमा गरिन्छ ।

युक्रेनसँग इलेक्ट्रिक सवारीहरूको ब्याट्री बनाउन प्रयोग हुने लिथियमको पनि ठूलो भण्डार छ । युरोपमा पाइने लिथियम भण्डारको ३३ प्रतिशत हिस्सा मात्र युक्रेनमा छ ।

रूसको आक्रमण अघि, युक्रेनले विश्वको ७ प्रतिशत टाइटेनियम उत्पादन गथ्र्यो । यसको प्रयोग विमान निर्माणदेखि पावर स्टेसन निर्माणमा गरिन्छ ।

युक्रेनका केही दुर्लभ खनिज भण्डारहरूमा रूसले कब्जा गरिसकेको छ । युक्रेनकी आर्थिक मामिला सम्बन्धी मन्त्री यूलियाका अनुसार, रूसले लगभग ३५० अर्ब डलर बराबरका खनिज स्रोतहरू कब्जा गरिसकेको छ ।

यसबारे आफ्ना धारणा पनि अवस्यक व्यक्त गर्नुहोला । ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ ।

यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

Tags: #ट्रम्पको नजर#नेपाल टाइम्स् ट्रेडिंग#रुस र यूक्रेनबीचको युद्ध

लोकप्रीय

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ ९ , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ ९ , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ७ , २०८२

विचार

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ ९ , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ ९ , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ७ , २०८२

थप समाचार

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ
अन्तर्राष्ट्रिय

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ ९ , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा
ताजा समाचार

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ ९ , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत
अन्तर्राष्ट्रिय

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ७ , २०८२
ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’
अन्तर्राष्ट्रिय

ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’

बुधबार जेष्ठ ७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News: इजरायलसँग हतियार अभाव, १४ बैज्ञानिक मा*रिएपछि इरानलाई धक्का || Nepal Times

World News: इजरायलसँग हतियार अभाव, १४ बैज्ञानिक मा*रिएपछि इरानलाई धक्का || Nepal Times

00:16:10

World News: आप्रवासीलाई तेस्रो देश पठाउन ट्रम्पलाई अनुमति, इरानमा जासुस पक्राउ || Nepal Times

00:10:39

World News: विदेशमा रहेका नागरिकलाई देश फर्काउँदै इजरेल, चर्चमा आत्मघाती ब*म || Nepal Times

00:15:43

World News: Indiaका लागि Americaको ‘एड्भाइजरी’, अमेरिकामा आर्थिक संकट || Nepal Times

00:14:37

World News: Israelले फेरि ढाल्यो Iranका वरिष्ठ कमान्डर, आ*क्र*म*ण र वार्ता संगै नहुने इरानी अडान

00:16:20

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

सारुक मृत्यु प्रकरणमा बल्ल बोलिन् नम्रता

सारुक मृत्यु प्रकरणमा बल्ल बोलिन् नम्रता

सोमवार भदौ ११ , २०८०
हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ ९ , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ ९ , २०८२

हालका पोस्टहरू

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ ९ , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ ९ , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ७ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.