शान्ति मिसनमा जर्नेलका लागि छुट्याएको कोटा प्रणाली हटाईने

जर्नेलहरूले शान्ति मिसनमा कोटामा सैनिक अधिकारी पठाउने परम्परा अन्त्य भएको छ ।दुई साताअघि जंगी अड्डामा बसेको पिएसओज बैठकले कोटा प्रणाली खारेज गरेको हो । प्रधानसेनपति पूर्णचन्द्र थापाले जर्नेलका लागि छुट्याएको कोटा प्रणाली हटाउने निर्णय लिएका हुन् । , यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।

Advertisement

कोटा प्रणालीले सेनाको व्यवसायिक छविमा आँच आएको भन्दै प्रधानसेनापति थापाले प्रावधान अन्त्यको निर्णय लिएका हुन् ।सैनिक प्रवक्ता सहायक रथी गोकुल भण्डारीले जर्नेललाई दिँइदै आएको कोटा सिस्टम खारेज भएको जानकारी दिए । प्रवक्ता भण्डारीले भने, ‘अब प्रतिस्पर्धाका आधारमा मात्र शान्ति मिसनमा सैनिक अधिकारी जानेछन् ।’

राष्ट्रसंघीय शान्ति मिसनमा पठाउन जर्नेलहरूले प्रत्येक वर्ष निश्चित कोटा पाउँदै आएका थिए । जर्नेलहरूले हवल्दार र त्यसभन्दा तल्लो तहका सैनिकलाई कोटामा मिसनमा पठाउँदै आएका थिए । केही पहुँचवाला जर्नेलले हवल्दार भन्दा माथिल्ला तहका सैनिकलाई समेत अवसर दिने गरेका थिए ।

Advertisement

नेपाल प्रहरी र सशस्त्रमा भने अझै भनसुन र पहुँचका आधारमा मिसनमा पठाउने चलन छ । दलका नेता, मन्त्रीको सिफारिस पनि अब काम नलाग्ने भएको छ । सैनिक मुख्यालयले योग्यता पुगेकालाई प्रतिस्पर्धाका आधारमा मिसनमा पठाउने छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top