सुनसरीमा अफ्रिकन स्वाइन फ्लु पुष्टि, कसरी बच्ने ?

१५ फागुन ८१, शुक्रबार

१४ फागुन, एजेन्सी ।

सुनसरीमा बल्र्डफ्लुसँगै स्वाइन फ्लुसमेत भेटिएको छ । सुनसरीको दुहबी नगरपालिकामा अफ्रिकन स्वाइन फ्लु पुष्टि भएपछि बंगुर ओसारपसारमा प्रतिबन्ध लगाइएको छ। दुहबी नगरपालिकाले उच्च सकर्तकता अपनाउँदै १५ दिनका लागि बंगुर ओसारपसारमा प्रतिबन्ध लगाएको हो।

केन्द्रीय प्राविधिक ल्याब काठमाडौँले अफ्रिकन स्वाइन फ्लु पुष्टि गरेपछि प्रतिबन्ध लगाइएको दुहबी नगरपालिकाका नगरप्रमुख वेद नारायण गच्छदारले बताएका छन् । बुधबार दुहबी नगरपालिका, पशु सेवा शाखा, विभिन्न वडाका अध्यक्ष, इलाका प्रहरी, सशस्त्र प्रहरीको आकस्मिक बैठक बसेको थियो।

बैठकले सङ्क्रमण नियन्त्रणका लागि तत्काल कदम चाल्न निर्देशन दिएको नगरप्रमुख गच्छदारले बताएका छन् । दुहबी नगरपालिकाले फार्महरूको अनुगमन कडा बनाएको छ । नगरपालिकासँगै स्थानीय प्रहरी र पशु सेवा शाखाले संयुक्त अनुगमन टोली बनाएर फार्महरूको अनुगमन सुरु गरेको नगरपालिकाले जनाएको छ।

दुहबी पशु सेवा शाखाका अनुसार, दुहबी नगरपालिकाको ९ र १० नम्बर वडाका बंगुर फार्महरूमा २५ वटा बंगुर मरेका थिए। यसअघि एक हप्ता अघि सुनसरीकै कोसी गाउँपालिकामा वर्ड फ्लु पुष्टि भएको थियो । उच्च सतर्कता अपनाएर हाँस र कुखुरा नष्ट गरिएको थियो।

गर्मी बढेसँगै भारतसँग सीमा जोडिएको सुनसरीका विभिन्न पालिकामा पशुपक्षीमा लाग्ने संक्रमाक रोगहरू देखिन थालेको छ। अफ्रिकन मुलुक केन्या उद्गम स्थल भएको यो रोग सन् २०१८ अगस्टमा चीनमा पनि देखिएको थियो ।

त्यसयता एसियाका विभिन्न मुलुकहरु भियतनाम, लाओस, म्यानमार, भुटान हँुदै २०७७ बैशाखमा भारतमा देखा पर्यो । यसअघि २०७९ सालमा अफ्रिकन स्वाइन फिवर नेपालका काभ्रे, कास्की, झापालगायत विभिन्न स्थानमा फैलिदा हजारौ बंगुर मरेर ठूलो धनराशिको क्षति भएको थियो ।

अफ्रिकन स्वाइन फिवर घरपालुवा सुंगुर, बंगुर र जंगली बँदेलमा भाइरसले लगाउने उच्च मृत्युदर भएको महामारी सरुवा रोग हो । एसफरभाईरिडी परिवारको भाईरसले लगाउने यो रोग जीवित तथा मरेको बंगुरको सिधा सम्पर्कबाट सर्दछ ।

कपडा, जुत्ता, बंगुरको दाना र फोहोर खानेकुरा, सवारी साधन तथा उपकरणहरुको प्रत्यक्ष सम्पर्क र अरनिथोडिरस प्रजातिको किर्नाको टोकाईबाट समेत यो रोग बंगुरमा सर्दछ । सिमाबिहीन रोग भएकाले एक देशबाट अर्को देशमा सहजै सर्ने यो रोग मानिसमा भने लाग्दैन ।

यो रोग लागेमा उच्च ज्वरो आउने, दानापानी खान छोड्ने, वान्ता गर्ने, छेर्ने, छ्टपटाउने, कान, पुच्छर, पेटको तल्लो भागको बाहिरी छाला रातो हुने, शरीरमा निलो धब्बा देखिने, गर्भवती बंगुर तुहिने जस्ता लक्षण देखा परी सतप्रतिशतसम्म बंगुरको मृत्यू हुने गर्दछ ।

यो रोग लागेपछि अफ्रिकन स्वाइन फिवर रोगको प्रकोप भएका देशहरुबाट जीवित बंगुर, बंगुरको वीर्य, बंगुरको मासु वा अन्य बंगुरजन्य पदार्थहरु आयातमा रोक लगाउनु पर्दछ । यसविरुद्ध अहिलेसम्म प्रभावकारी खाप बनिसकेको छैन् ।

सीमा नाकाहरुमा रहेका क्वारेनटाईन कार्यालयहरुलाई चुस्तदुरुस्त राख्नुपर्ने पशुचिकित्सकहरुले बताएका छन् । यो रोग फैलन नदिन यो रोग कहाँबाट कसरी फैलिरहेको छ भनेर जोखिम विश्लेषण र ईपिडिमियोलोजीकल अध्ययन गर्नुपर्छ ।

यो रोग नियन्त्रणमा बंगुरपालक किसानहरुको भूमिका महत्वपूर्ण हुन्छ । सकेसम्म यो रोग आफ्नो खोर वातावरणमा आउन नादिन बंगुर फर्ममा अधिकतम जैविक सुरक्षाको विधिहरु अबलम्बन गर्नुपर्दछ ।

समयमै रोगको निदान गर्न रोगको लक्षण देखिएका र शंका लागेका बंगुरहरुलाई बथानबाट छुट्टाएर राखी परीक्षणको लागि नजिकको पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा नमूना पठाउन पर्दछ । बंगुर पालिएको खोर वरपर नियमित सरसफाई गरी चुना, ब्लिचिङ पाउडर, फर्मालिन तथा बजारमा उपलब्ध निष्क्रमण रसायनको प्रयोग गर्नु पर्ने चिकित्सकहरुले सुझाएका छन् ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top