×

NEPAL TIMES UPDATES

Playing
इरानले होर्मुज पार गर्न युआन तिर्नुपर्ने व्यवस्था ल्याएपछि चीनलाई फाइदा || Nepal Times
Apr 07, 2026
Playing
आजको रात इरानी सभ्यता समाप्त गर्ने ट्रम्पले संकल्प, इरानले माग्यो गुहार || Nepal Times
Apr 07, 2026
Playing
यु द्ध को बाछिटाले झेलिएको महंगीमा बालेन सरकारको ’अग्निपरीक्षा’ || Nepal Times
Apr 07, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-24-2082 || Nepal Times
Apr 07, 2026
Playing
कर्मचारी भित्र कसरी सुरू भयो राजनीति ? कसले सुरुवात गर्याे ? || Nepal Times
Apr 07, 2026
Playing
निर्णायक मोडमा America–Iran यु द्ध, अन्तिम समयमा के हुँदैछ ? || Nepal Times
Apr 07, 2026
Playing
सीमामा तस्करी रोकिएनः कहिले पुग्छ बालेन सरकार ? || Nepal Times
Apr 07, 2026
Playing
World News: खामेनी कोमामा, अमेरिकी बमसामु देशभरका युवालाई मानव साङ्लो बन्न इरानको अपिल|| Nepal Times
Apr 07, 2026
Playing
राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनेका गुणाकर को हुन् ? || Nepal Times
Apr 07, 2026
Playing
सिडिओ छुटेर ओली–लेखक थुनिएपछि सर्वोच्चले गर्याे यस्तो व्याख्या || Nepal Times
Apr 07, 2026

आज पनि अग्नि सापकोटाविरुद्धको रिटको सुनुवाइ

२८ फाल्गुन २०८१

२८ फागुन , काठमाण्डौ।

पूर्वसभामुख एवं नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाविरुद्धको दायर भएको रिटमा आज पुनः सुनुवाइ हुँदै छ । उनीविरुद्ध ज्यान मुद्दामा मुद्दा चलाउनुपर्ने माग राखी १४ वर्षअघि नै रिट दायर भएको हो । तर अझै किनारा लागेको छैन । आज पुन सुनुवाइका लागि पेसीमा राखिएको छ ।

Advertisement

यसअघि पटकपटक सुनुवाइ भएर निर्णय सुनाउने दिनसमेत तोकिसकेको अवस्थामा अन्तिम समयमा न्यायाधीश पन्छिँदा यो रिट किनारा लाग्न सकेको थिएन । आज संवैधानिक इजलासको पेसी सूचीमा पहिलो नम्बरमा रहने गरी साप्ताहिक सूची प्रकाशित गरिएको छ ।

संवैधानिक इजलासमा रहनुपर्ने सबै वरिष्ठ न्यायाधीशहरू उपलब्ध भएकाले पुनः सुनुवाइ अघि बढ्न सक्ने सर्वोच्च अदालत प्रशासनको भनाइ छ । यसअघि तत्कालीन प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले गत वर्षको वैशाख र जेठमा हेर्दाहेर्दैमा राखी लगातार सुनुवाइ अघि बढाएका थिए ।

त्यतिखेर हालका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत पनि इजलासमा थिए । त्यस्तै न्यायाधीशहरू सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मी थिए । २०८१ जेठ २३ गते नै सुनुवाइ सकेर संवैधानिक इजलासले साउन २३ मा निर्णय सुनाउने दिन तोकेको थियो ।

त्यसपछि तीनपटकसम्म पेसी चढ्दा पनि सर्वोच्चले निर्णय सुनाएन । त्यही वर्षको असोज ६ गते यसअघि सर्वोच्चबाट जारी आदेश कार्यान्वयन भए–नभएको बुझ्ने भनेर आदेश गरेको थियो । त्यस्तै अग्नि सापकोटा जोडिएको उक्त मुद्दासम्बन्धी फाइलको सक्कल प्रति नै काभ्रे प्रहरीबाट झिकाउने आदेशसमेत भएकोमा थियो ।

सर्वोच्च प्रशासनका अनुसार, इजलासबाट माग भएका सम्पूर्ण कागजात प्राप्त भइसकेका छन् र मुद्दाका सबै अंग पुगिसकेका छन् । सर्वोच्चले जाहेरी दर्ता गरी १५–१५ दिनमा अनुसन्धानको प्रगति प्रतिवेदन पेस गर्नू भनेर १४ वर्षअघि आदेश दिएको थियो ।

२०६८ असार ७ गते नै सर्वोच्चले ‘पूर्णिमाया लामाको जाहेरी दरखास्तबाट दर्ता भएको कर्तव्य ज्यान मुद्दामा अनुसन्धान जारी राखी यो रिट निवेदनको अन्तिम टुंगो नलागेसम्म प्रत्येक १५ दिनमा अनुसन्धान गर्दा कुनै प्रभाव, दबाब र असहयोग भएमा सो समेतको विवरण महान्यायाधिवक्ताको कार्यालयमार्फत प्रस्तुत गर्न’ जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकका नाममा अन्तरिम आदेश जारी गरेको थियो ।

काभ्रेका अर्जुन लामाको हत्याकाण्डमा सापकोटामाथि अनुसन्धान हुनुपर्ने माग पूर्णिमाया लामाले दिएको पछिल्लो रिट निवेदन १४ वर्षभन्दा बढी समयदेखि सर्वोच्चमा विचाराधीन छ। २०६९ मंसिरमा अर्जुन लामाकी श्रीमती पूर्णिमाया लामाले आफ्नो पतिको हत्यामा माओवादी नेताहरू अग्नि सापकोटा, सूर्यमान दोङ, यादव पौडेल, भोला अर्याल, कर्णाखर गौतम, नोर्बु मोक्तानमाथि अनुसन्धान हुनुपर्ने माग गरी सर्वोच्चमा रिट दायर गरेकी थिइन् ।

द्वन्द्वकालीन अवस्थामा माओवादीको एक समूहले २०६२ वैशाख १६ गते काभ्रेको दाप्चास्थित श्रीकृष्ण माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको भेलाबाट उठाएर लामालाई बेपत्ता पारेको आरोप छ । लामा स्थानीय व्यापारी तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष थिए ।

Advertisement

द्वन्द्वसँग कुनै सम्बन्ध नभएका निहत्था नागरिकलाई नियन्त्रणमा लिएर बेपत्ता पारिएको, डेढ दशकसम्म पनि संक्रमणकालीन न्यायका संयन्त्रबाट मुद्दा नटुंग्याइएको र आरोपितहरू राज्यशक्तिको उच्च ओहोदामा पुगिरहेको भन्दै नियमित फौजदारी न्याय प्रणालीबाटै निरुपण हुनुपर्ने निवेदकको माग छ ।

भर्खरको समाचार

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सम्बन्धित खबरहरु

Scroll to Top