अमेरिका–युक्रेनबीच ३० दिने युद्धविरामको सम्झौता

२८ फागुन , एजेन्सी ।

अमेरिकाले सहायता र सूचना आदानप्रदान पुनस्र्थापित गर्ने सहमतिसँगै युक्रेन र अमेरिकाबीच रुससँगको युद्धमा ३० दिने युद्ध विराम गर्ने सम्झौता भएको छ । युद्ध अन्त्यका लागि मंगलबार अमेरिकी र युक्रेनी अधिकारीबीच साउदी अरबमा भएको भेटवार्तामा युद्धविराम प्रस्तावलाई स्वीकार गरेको युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले पुष्टि गरेका छन् ।

अब रुसलाई मनाउने जिम्मेवारी अमेरिकाको भएको उनको भनाइ छ । ’यो प्रस्ताव सकारात्मक कदम हो । युक्रेन यसलाई स्वीकार गर्न पूर्ण रूपमा तयार छ। अब यसका लागि रुसलाई मनाउने जिम्मेवारी अमेरिकाको हो । मस्को सहमत हुनेवित्तिकै युद्धविराम तुरुन्तै लागू हुनेछ,’ जेलेन्स्कीले भनेका छन् ।

साउदी अरेबियाको जेद्दाहमा भएको भेटवार्तामा अमेरिकी विदेशमन्त्री मार्को रुबियो र राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्जले युक्रेनसँगका धेरै सम्झौता प्रस्तावबारे छलफल गरेका थिए । तर, युक्रेनी अधिकारीहरूले कब्जा गरेको क्षेत्रको विषयमा कुनै पनि सम्झौता गर्न तयार देखिएनन् ।

अमेरिकाले युक्रेनसमक्ष रुसको कब्जामा रहेको भूमि उसैलाई छाड्नु पर्ने शर्त अघि सारेको छ । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले युक्रेनलाई युद्ध समाधान गर्न आफ्नो भूभाग त्याग्न आह्वान गरेका छन्। रुबियोले सोमबार युक्रेनले २०१४ देखि रूसले कब्जा गरेको क्षेत्र छोड्नुपर्ने बताएका हुन्।

‘मलाई लाग्छ दुवै पक्षले यो द्वन्द्वको कुनै सैन्य समाधान छैन भन्ने कुरा बुझ्नु आवश्यक छ,’ उनले भने, ‘रुसले सम्पूर्ण युक्रेन कब्जा गर्न सक्दैन र युक्रेनको लागि रुसलाई २०१४ अघिको अवस्थामा फर्काउन अत्यन्तै गाह्रो हुनेछ।’ रुबियोले रुस र युक्रेनलाई कडा निर्णय लिन तयार रहन आह्वान गरे।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्वी युक्रेनका चार ठूला क्षेत्रहरू (डोनेस्क, लुहान्स्क, खेरसोन र जापोरोजे)मा पूर्ण नियन्त्रण चाहेका छन् । रुसले युक्रेनको २० प्रतिशत भूभाग यसअघि नै कब्जा गरिसकेको छ । अब युक्रेनसँगको सम्झौता वमोजिम अमेरिकाले रसियालाई युद्धविरामका लागि मनाउने प्रयास गर्नेछ ।

यसैगरी युक्रेनले अमेरिकाबाट सैन्य सहयोग र गुप्तचर सूचना आदान प्रदान गर्नेछ। अमेरिका र युक्रेनबीचको दुर्लभ खनिज सम्झौता जतिसक्दो चाँडो पूरा गर्ने सहमति पनि भएको छ । अमेरिकी विदेशमन्त्री रुबियोले युद्ध अन्त्य गर्न कदम चाल्ने जिम्मेवारी अब रूसको भएको बताएका छन् ।

’हामी आशा गर्छौं कि उनीहरूले शान्तिको लागि मान्नेछन् । बल अब उनीहरूको कोर्टमा छ,’ उनले भनेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सहमतिलाई स्वागत गर्दै सम्भवतः यसै हप्ता रुसी राष्ट्रपति पुटिनसँग कुरा गर्ने वाचा गरेका छन् ।

यसैबीच, रुसी राज्य समाचार संस्था ताससँग कुरा गर्दै रुसी विदेश मन्त्रालयका प्रवक्ता मारिया जाखारोभाले अमेरिकी प्रतिनिधिहरूसँग आगामी दिनमा सम्पर्क गर्न सकिने सङ्केत गरेका छन् । फेब्रुअरी २८ मा ह्वाइट हाउसमा राष्ट्रपति ट्रम्प र उपराष्ट्रपति जेडी भान्ससँग युक्रेनी राष्ट्रपति जेलेन्स्कीबीच विवाद भएको थियो ।

त्यसयता अमेरिका र युक्रेनबीच उच्चस्तरीय वार्ता हुन सकेको थिएन । राष्ट्रपति ट्रम्पले युक्रेनलाई अमेरिकी सैन्य सहायता र खुफिया जानकारी आदानप्रदानमा रोक लगाएपछि दुई देशबीचको सम्बन्ध नाजुक बनेको थियो। हाल कीभले अमेरिकासँग सम्बन्ध सुधार गर्न निरन्तर पहल गरिरहेको छ ।

अब प्रस्तुत युद्धविराम प्रस्तावमा रुसले कसरी प्रतिक्रिया जनाउनेछ भन्ने चासोको विषय बनेको छ । यदि रुसले सहमति जनाएको खण्डमा युद्ध अन्त्यतर्फ एक महत्वपूर्ण कदम अघि बढ्ने विश्वास गरिएको छ ।

युद्ध सुरु भएर रुसले जमिन कब्जा गर्न थालेयता यता दशौँ लाख युक्रेनी घर छाडेर कम द्वन्द्वग्रस्त युक्रेनी भूभाग वा अन्य देशतिर भागेका छन् । यूरोपमा मात्रै ६३ लाख युक्रेनी पुगेका छन् । जर्मनीमा १२ लाख, पोल्यान्डमा १० लाद र ३ लाख ९० हजार चेक गणतन्त्रमा भएको संयुक्त राष्ट्र संघको शरणार्थी एजेन्सीको तथ्याङ्कले देखाएको छ ।

रुसी फेडरेशनमा मात्रै १२ लाख युक्रेनी बसोबास गरिरहेको यूएनको पछिल्लो प्रक्षेपणले देखाएको छ । २०२४ को अन्त्यमा ३७ लाख युक्रेनीहरू आन्तरिक रूपमा विस्थापित भएको अनुमान गरिएको छ । अरू ६९ लाख युक्रेनी अन्य देशमा शरण खोजिरहेका छन् ।

आन्तरिक रूपमा विस्थापितको संख्या युद्ध सुरु भएयता ४० प्रतिशतले घटेको छ । देशबाहिर शरण खोज्नेको संख्या भने १९ प्रतिशतले बढेको छ । युद्ध सुरु भएयता ४१ हजार ७८३ जना घाइते भएका छन् वा मरेका छन् । यसमा मर्नेको संख्या १२ हजार ६०५ बताइएको छ ।

यीमध्ये धेरैजसो मृत्यु विस्फोटक हतियारका कारण भएको यूएनको मानव अधिकार कार्यालयले बताएको छ । मारिएका मध्य कम्तीमा आधा अर्थात् ६ हजार २०३ जना वयस्क पुरुष छन् । अरू ६६९ जना बालबालिका भएको बताइएको छ । घाइतेको संख्या २९ हजार १७८ रहेको बताइएको छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top