Nepal Times
Nepal Times
3
Shares

प्रदेश स्तरीय मेयर कन्फेरेन्स सम्पन्न

प्रदेश स्तरीय मेयर कन्फेरेन्स सम्पन्न

विराटनगर,असोज १६
बिश्व शान्ति फेडेरेशन नेपालले १. नं. प्रदेश स्तरीय गाउपालिका र नगरपालिकाका मेयरहरु बिच बिकास साझेदार समन्वय गर्न बिराटनगरमा मेयर कन्फेरेन्स कार्यक्रम सम्पन्न गरेको छ ।

१ नं. प्रदेशका मुख्यमन्त्री शेरधन राईले उदघाटन गर्दै बिश्वशान्ति अभियान आजको आबश्यकता सबै नेपालीले महसुस गर्न थालेका बताएका छन् । प्रदेशले छिटै नाम र राजधानी पाउने छ यस बारे ब्यापक छलफल हुन थालको मुख्यमन्त्री राईले बताए ।

प्रदेश १ को अस्थायी राजधानी बिराटनगरमा १४ वटा जिल्लाका मेयर र उपमेयरहरुको परिबार सहितको सहभागिता थियो । पारिबारिक मिलन गराउने साथै पारिबारिक मूल्य मान्यता र असल संस्कारलाई नेपाली समाजले मान्यता स्थापित गराउन आजको आबश्यकता रहेको संस्थाका महासचिब बिनोद डाँगीले बताए ।

कार्यक्रममा स्थानीय निकायमा गरिने बिकासको मोडल र नयां सबिधानले दिएको स्थानीय निकायलाई कानुनबारे मेयर तथा उपमेयरहरुलाई जानकारी गराएको थियो । गाँउपालिका र नगरपालिकाले गर्ने स्थानीय निकायको बिकासलाई फलदायी कसरी बनाउन सकिन्छ र दिगो बिकास हुन्छ भन्ने बारे छलफल भएको थियो ।

२५ वटा नगरपालिका, ३५ गाँउपालिका र महानगरपालिकाका मेयर र उपमेयरहरु सहितको परिवारहरु सहभागिता भएका थिए । १ नं. प्रदेशबाट शुरु भएको यो कार्यक्रम बाँकी ६ वटै प्रदेशबाट सन्चालन गरिने आयोजक संस्थाले जनाएको छ । कार्यक्रममा बिज्ञ डा. रोर्वट एस किटटेलले कार्यपत्र प्रस्तुत गरेका थिए ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.