NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
विमला र समीक्षाले एपिएफबाट खेल्ने बुधबार साउन २१ , २०८२
यू–२० महिला एशियन कप छनोट बुधबार साउन २१ , २०८२
उत्तराखण्डमा ५० घर बगे, घरसँगै ५० भन्दा अझै बेपत्ता बुधबार साउन २१ , २०८२
एनपिएल मिनी अक्सनः आदिल–शरद ए क्याटोगोरीमा बुधबार साउन २१ , २०८२
आज कुन कुन नदीमा वहाव बढ्न सक्छ ? बुधबार साउन २१ , २०८२
Next
Prev

समाचार

राजतन्त्रको सपना टुट्यो, ज्ञानेन्द्र मनकामना जाने

बुधबार चैत्र ६ , २०८१
Reading Time: 1 min read
A A
आदित्यनाथको फोटो विष्णु रिमालले राख्न लगाएका हुन् ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

६ चैत , काठमाण्डौ ।

नेपालमा राजसंस्था पुनःस्थापनाको माग गर्दै चलेको राजावादी आन्दोलन पछिल्लो समय विभाजित भएको छ। पूर्वराजा ज्ञानेन्द्र शाहकै चाहनामा पूर्वमन्त्री नवराज सुवेदीको नेतृत्वमा आन्दोलन गर्ने निर्णय भएपछि राजावादी खेमामा स्पष्ट ध्रुवीकरण देखिएको हो।

यसअघि लामो समयदेखि राजसंस्थाको पक्षमा राजनीतिको अगुवाइ गर्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पूर्वराजाले सुवेदीलाई अगाडि सारेको विषयमा असन्तुष्ट देखिएको छ। विशेष गरी राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले निर्दलीय नेतृत्वमा आन्दोलन गर्न नसकिने बताएका छन्, जसका कारण राजावादी आन्दोलन दुई ध्रुवमा बाँडिएको छ।

फागुन २५ गते काठमाडौंमा पूर्वराजा ज्ञानेन्द्र शाहको पक्षमा व्यापक जनसहभागिता देखिएपछि राजसंस्था समर्थकहरू थप उत्साहित भएका थिए। तर, जब आन्दोलनको नेतृत्व सुवेदीलाई सुम्पिएको घोषणा भयो, त्यसपछि राप्रपाभित्र असन्तुष्टि बढ्यो। यही विवादका कारण मंगलबार धुम्बाराहीस्थित राप्रपा केन्द्रीय कार्यालयमा बसेको बैठकले पार्टी अध्यक्ष लिङ्देनकै नेतृत्वमा आन्दोलन अघि बढाउने निर्णय गरेको छ।

बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष लिङ्देनले पार्टी आफ्ना सम्पूर्ण गतिविधिलाई आन्दोलन केन्द्रित बनाउने बताए। उनले भने, “हामीले पूर्वनिर्धारित आन्दोलनलाई निरन्तरता दिनेछौं। आगामी चैत १२ गते मूल समितिको बैठक बसेर थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने निर्णय गरेका छौं।“

उनले समान विचार राख्ने राजनीतिक दल, समूह तथा व्यक्तिहरूलाई सहकार्यका लागि आह्वान गर्दै आन्दोलनलाई सशक्त बनाउने प्रतिबद्धता जनाएका छन्। सोमबार एक कार्यक्रमबीच राजसंस्था पुनस्र्थापनाका लागि नवराज सुवेदीको अध्यक्षतामा संयुक्त जनआन्दोलन समिति गठन भएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) उपाध्यक्षसमेत रहेका ८६ वर्षीय सुवेदी राष्ट्रिय पञ्चायतका पूर्वअध्यक्षसमेत हुन् । सुवेदीले सबैलाई एकठाउँमा ल्याएर राजसंस्था पुनस्र्थापना गरिने जनााएका छन् ।

समितिको सदस्य सचिवमा रवीन्द्र मिश्र र सदस्यहरूमा पशुपतिशमशेर जबरा, डा. प्रकाशचन्द्र लोहनी, कमल थापा, राजेन्द्र लिङ्देन, दुर्गा प्रसाई, अस्मीता भण्डारी, हरिबहादुर बस्नेत, केशरबहादुर विष्ट र रमा सिंह रहेका छन् ।

यसैगरी, पाँच सदस्यीय सल्लाहकार समिति पनि गठन गरिएको छ । जसको सल्लाहकारमा डा. जगमान गुरुङ, बुद्धिराज बज्राचार्य, डा. शास्त्रदत्त पन्त, डा. राजेश अहिराज र खेमराज सेढाई रहेका छन् । सुवेदी नेतृत्वको समितिलाई उनीहरूले निर्देशक समिति भनेका छन् ।

यस निर्देशन समितिअन्तर्गत गठन हुने आन्दोलन परिचालन समितिको संयोजकमा डा. धवलशमशेर राणा रहेका छन् । संयुक्त आन्दोलनका लागि भविष्यमा जोडिने पक्षहरू पनि आन्दोलन परिचालन समितिमा समावेश हुन सुवेदीले जनाएका छन् ।

तर समितिको नामावली सार्वजनिक भएपछि विवाद उत्पन्न भएको छ । समितिको सदस्यमा आफूहरूसँग सल्लाह नै नगरी नाम राखिएको भन्दै आफूहरू सो समितिमा नबस्ने धेरैले जनाइसकेका छन् ।

केशरबहादुर विष्टसँगै लिङ्देन र थापा तथा सल्लाहकारमा नाम रहेका अहिराजले पनि आफूलाई नसोधी नाम राखिएको भन्दै आपत्ति जनाएका छन् । समितिले आफ्नो प्रमुख एजेन्डासमेत सार्वजनिक गरेको छ ।

संवैधानिक राजसंस्थाको पुनस्र्थापना, सनातन हिन्दू अधिराज्यको पुनस्र्थापना, संघीयता खारेजी र भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि आन्दोलन कडा बनाउने बताइएको छ ।यता राप्रपाभित्र शत प्रतिशत राजावादीहरू भए पनि ज्ञानेन्द्र उनीहरुप्रति विश्वस्त नभएकाले निर्मल निवासले ‘एसम्यान’का रुपमा सुवेदीलाई उभ्याएको विश्लेषण भइरहेको छ ।

राजावादी आन्दोलनलाई यहाँसम्म ल्याइपु¥याएका लिङ्देनविरुद्ध महामन्त्री धवल शमशेर राणा र उपाध्यक्ष रवीन्द्र मिश्रलाई अघि सारिएको भन्दै राजावादीहरुमा नै असन्तुष्टि बढ्दो छ । ज्ञानेन्द्र शाहको पक्षमा मान्छे अहिले पनि राप्रपाले जुटाइदिनुपर्छ।

तर, निर्मल निवासद्वारा ‘संयुक्त जनआन्दोलन समिति’ को नेतृत्व भने ८६ वर्ष पुगेका नवराज सुवेदीलाई दिइएको छ। राप्रपा र लिङ्देनको उछित्तो काढ्ने दुर्गा प्रसाईं सुवेदी नेतृत्वको समितिमा सदस्य छन्।

यसअघि नै प्रसाईले आफू उनीहरुसँग लत्तारिएर नजाने बताइसकेका छन् । राजावादीहरु भित्रै विभाजन देखिएको यो अवस्थामा गणतन्त्रवादीहरु भने एकजुट भएका छन् ।पूर्वराजा ज्ञानेन्द्र शाहको फागुन ६ मा आएको अभिब्यक्तिपछि आक्रमक बन्दै आएका प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ज्ञानेन्द्रलाई घेराबन्दीमा पार्न सघन छलफलमा जुटेका छन् ।

सोमबार प्रधानमन्त्री ओलीले देउवा र प्रचण्डसँग छलफल गरे । उनीहरु यसलाई निरन्तरता दिने तयारमिा छन् । पछिलो समय राजावादीहरूको सक्रियता बढेसँगै त्यसलाई कसरी प्रतिवाद गर्ने भन्ने दलगतमा नेताहरूबीच छलफल भइरहेको छ ।

राजसंस्था कुनै हालतमा नफर्किने भन्दै ठूला राजनीतिक दलका नेताहरूले सार्वजनिक रूपमा प्रतिवाद गर्दै आएका छन् । साथै, पार्टी बैठकबाट त्यसलाई प्रतिवाद गर्नेदेखि पूर्वराजा ज्ञानेन्द्र शाहलाई बढी चुरीफुरी नदेखाउन प्रमुख दलका नेताहरूले चेतावनीसमेत दिइरहेका छन् ।

राजवादीहरुको सक्रियतापछि प्रधानमन्त्रीसहित पूर्वप्रधानमन्त्रीले समेत ज्ञानेन्द्रलाई लक्षित गर्दै मुर्तिचोर र भाइमारासम्मको संज्ञा दिइसकेका छन् । राजावादीमा प्रष्ट कित्ताकाट देखिएको र गणतन्त्रवादीहरु एकजुट भइसकेको अवस्थामा फागुन २५ को जनसमर्थनबाट हौसिएका ज्ञानेन्द्र भने फेरि तीर्थाटनमा निस्किने भएका छन् ।

राजावादीहरुको सक्रियता र शक्ति प्रर्दशनको अवसर बन्ने गरी पूर्वराजा शाह ज्ञानेन्द्र शाह मनकामना मन्दिरमा पूजाअर्चना गर्न गोरखा जाने भएका छन् । उनका सम्बाद सचिव डा.फणीराज पाठकले बुधबार सुचना जारी गर्दै यसैसाता पूर्वराजा शाह गोरखनाथ, गोरखकाली तथा मनकामना मन्दिरमा पूजा अर्चना गर्न जाने उल्लेख गरेका छन् ।

प्रजातन्त्र दिवसका अवसरमा पूर्वराजा शाहले दिएको अभिव्यक्ति र राजावादीहरूका गतिविधिका कारण मुलुकको राजनीति तरङ्गित भइरहेका बेला शाह फेरि निर्मल निवासबाट निस्किदैछन् ।

चुरीफुरी नगर्न, गाडीमा बसेर ताली नखान भन्दै निर्मम बन्न सक्ने चेतावनी आइरहेका बेला ज्ञानेन्द्र फेरि निर्मलनिवासबाट बाहिरिने घटनालाई महत्वका साथ हेरिएको छ । यस्तो अवस्थामा अब राजसंस्था समर्थक आन्दोलन कसरी अघि बढ्छ ?अनि गणतन्त्रवादीहरु कसरी प्रस्तुत हुन्छन् भन्ने कुराले नेपालको राजनीतिक परिदृश्यमा नयाँ मोड ल्याउने देखिन्छ।

Tags: # राजतन्त्रको सपना टुट्यो#अब फर्किदैनन् राजा!#नेपालमा राजसंस्था पुनःस्थापना#राजावादीहरुमा पनि चिरा पर्याे

लोकप्रीय

विमला र समीक्षाले एपिएफबाट खेल्ने

विमला र समीक्षाले एपिएफबाट खेल्ने

बुधबार साउन २१ , २०८२
यू–२० महिला एशियन कप छनोट

यू–२० महिला एशियन कप छनोट

बुधबार साउन २१ , २०८२
भारतको उत्तराखण्डमा बादल फाट्दा प्रलयः दर्जनौं घर र होटल बगायो 

उत्तराखण्डमा ५० घर बगे, घरसँगै ५० भन्दा अझै बेपत्ता

बुधबार साउन २१ , २०८२

विचार

विमला र समीक्षाले एपिएफबाट खेल्ने

विमला र समीक्षाले एपिएफबाट खेल्ने

बुधबार साउन २१ , २०८२
यू–२० महिला एशियन कप छनोट

यू–२० महिला एशियन कप छनोट

बुधबार साउन २१ , २०८२
भारतको उत्तराखण्डमा बादल फाट्दा प्रलयः दर्जनौं घर र होटल बगायो 

उत्तराखण्डमा ५० घर बगे, घरसँगै ५० भन्दा अझै बेपत्ता

बुधबार साउन २१ , २०८२

थप समाचार

विमला र समीक्षाले एपिएफबाट खेल्ने
खेलकुद

विमला र समीक्षाले एपिएफबाट खेल्ने

बुधबार साउन २१ , २०८२
यू–२० महिला एशियन कप छनोट
खेलकुद

यू–२० महिला एशियन कप छनोट

बुधबार साउन २१ , २०८२
भारतको उत्तराखण्डमा बादल फाट्दा प्रलयः दर्जनौं घर र होटल बगायो 
ताजा समाचार

उत्तराखण्डमा ५० घर बगे, घरसँगै ५० भन्दा अझै बेपत्ता

बुधबार साउन २१ , २०८२
एनपिएल मिनी अक्सनः आदिल–शरद ए क्याटोगोरीमा
खेलकुद

एनपिएल मिनी अक्सनः आदिल–शरद ए क्याटोगोरीमा

बुधबार साउन २१ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: Americaमा फेरि विमान खस्यो, Ukrianeलाई प्याट्रियटसहितको हति*यार || Nepal Times

World News: Americaमा फेरि विमान खस्यो, Ukrianeलाई प्याट्रियटसहितको हति*यार || Nepal Times

00:17:47

World News: Ukraine यु*द्धमा चीन–पाकका भाडाका सैनिक, अमेरिकाको विरोधमा भारत || Nepal Times

00:14:08

World News: Ukraineमा सैन्य ड्रोन भ्रष्टाचार, Russia नजिक तेल डिपोमा भी*ष*ण आगलागी || Nepal Times

00:15:11

World News: Trumpसंग Bidenको रिस, Kamala थाकिन, हमा*सले हति*यार नत्याग्ने|| Nepal Times

00:18:25

World News:Indiaले अमेरिकी F-35 नकिन्ने, Ukraine यु*द्ध Indiaका कारण रोकिएन|| Nepal Times

00:12:31

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

४७ गुण्डा नाइके  खोरमा, सिंघम बने एसएसपी विश्व अधिकारी

४७ गुण्डा नाइके  खोरमा, सिंघम बने एसएसपी विश्व अधिकारी

शुक्रबार साउन १६ , २०८२
ट्रम्पमाथि मोदीको अट्याक,F 35 नकिन्ने,रूसबाट  Su–५७ किन्ने

ट्रम्पमाथि मोदीको अट्याक,F 35 नकिन्ने,रूसबाट Su–५७ किन्ने

शुक्रबार साउन १६ , २०८२
भारतको उत्तराखण्डमा बादल फाट्दा प्रलयः दर्जनौं घर र होटल बगायो 

भारतको उत्तराखण्डमा बादल फाट्दा प्रलयः दर्जनौं घर र होटल बगायो 

मङ्लबार साउन २० , २०८२

हालका पोस्टहरू

विमला र समीक्षाले एपिएफबाट खेल्ने

विमला र समीक्षाले एपिएफबाट खेल्ने

बुधबार साउन २१ , २०८२
यू–२० महिला एशियन कप छनोट

यू–२० महिला एशियन कप छनोट

बुधबार साउन २१ , २०८२
भारतको उत्तराखण्डमा बादल फाट्दा प्रलयः दर्जनौं घर र होटल बगायो 

उत्तराखण्डमा ५० घर बगे, घरसँगै ५० भन्दा अझै बेपत्ता

बुधबार साउन २१ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.