×

NEPAL TIMES UPDATES

Playing
Israelमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना || Nepal Times
Apr 08, 2026
Playing
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको पहिलो बैठक प्रधानमन्त्री कार्यालयमा|| Nepal Times
Apr 08, 2026
Playing
आज विदेशी राजदूतहरूसँग प्रधानमन्त्रीको सामूहिक भेट#BALEN #NEPAL #PM || Nepal Times
Apr 08, 2026
Playing
राजनीतिक नियुक्ति खारेज गर्ने बालेनको अभियान, यस्ता छन् चुनौती|| Nepal Times
Apr 08, 2026
Playing
आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा|| Nepal Times
Apr 08, 2026
Playing
विश्व यु द्ध टर्याे, पाकि स्तानले गरायो यु द्धविराम, इरा न मा विजयोत्सव|| Nepal Times
Apr 08, 2026
Playing
इरानले होर्मुज पार गर्न युआन तिर्नुपर्ने व्यवस्था ल्याएपछि चीनलाई फाइदा || Nepal Times
Apr 07, 2026
Playing
आजको रात इरानी सभ्यता समाप्त गर्ने ट्रम्पले संकल्प, इरानले माग्यो गुहार || Nepal Times
Apr 07, 2026
Playing
यु द्ध को बाछिटाले झेलिएको महंगीमा बालेन सरकारको ’अग्निपरीक्षा’ || Nepal Times
Apr 07, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-24-2082 || Nepal Times
Apr 07, 2026

हमास–हिजबुल्लाह–हूथी इजरेलविरुद्ध लागे, सुरु भो ताण्डव

९ चैत्र २०८१

११ चैत, एजेन्सी ।

मध्यपूर्वमा दन्किरहेको युद्धको आगो अन्य क्षेत्रमा पनि विस्तार हुने डर र आशंकाका बीच इजरायल र विपक्षी समूहबीच युद्धविराम भएपछि राहतको स्वास फेरियो । पहिला इजरायल र हिजबुल्लाबीच युद्धविराम भयो । त्यसपछि हमसाका साथ पनि युद्धविराम भयो ।

Advertisement

उता हुथीले पनि इजरायलतर्फ मिसाइल हान्न रोकेको थियो । तर यो धेरै समयसम्म टिक्न सकेन । अहिले फेरि पुरानै सिलसिला शुरू भएको छ । इजरायली सेनाले एयर स्ट्राइक र ग्राउंड अपरेशन फेरी सुरु गरेको छ । अहिले इजरायलले गाजामा हमास र लेबनानमा हिज्बुल्लाहमाथि बम बर्साइरहेको छ ।

यो क्षेत्रमा फेरि मृत्यु र विनाशको ताण्डव सुरु भएको छ । यसले हमासको कब्जामा रहेका बन्धकहरु र बदलामा इजरायलको जेलमा रहेका प्यालेस्टाइनीहरुको रिहाईको दोस्रो चरण नै रोकिएको छ । इजरायल लगातार लेबनानमा हिजबुल्लाहका ठेगानाहरुमा वा खतरा हुने ठानिएका ठाउँहरुलाई निशाना बनाइरहेको छ ।

यता गाजाका विभिन्न ठाउँमा बम बर्साइरहेको छ । इजरायलले लेबनानमा हवाई आक्रमण गरेपछि जवाफमा लेबनानबाट पनि इजरायलमा रकेट प्रहार भएका छन् । गएको नोभेम्बरमा युद्धविराम लागू भएपछि यो सबैभन्दा ठूलो हिंसा मानिएको छ ।

यता गाजामा इजरायली हमला पुनः सुरु भएपछि गत तीन महिनामा पहिलो पटक हमासले पनि इजरायलमा रकेट हानेको छ । आइडीएफले एक बयान जारी गर्दै यसको जानकारी दिएको छ । बयानमा भनिएको छ विहान ७ः३० देखि ७ः३४ का बीच तीन रकेट नर्थ इजरायलको मेटुलामा हानिएका थिए ।

यद्यपि इजरायली फोर्सले यसको जवाफ पनि लगत्तै दिएको थियो । इयरायली वायुसेनाले दर्जनौं ठेगानामा बम बर्सायो । यता अमेरिकाले पनि १८० भन्दा धेरै एयरक्राफ्ट र सैयौं मिसाइलका साथै आफ्नो २ क्यारियर स्ट्राइक ग्रुपलाई पनि मिडिल ईस्टमा तैनाथ गरेको छ ।

क्यारियर स्ट्राइक ग्रुप युएसएस ह्यारी ए ट्रूम्यान पहिला देखि नै यो क्षेत्रमा रहेको छ । इंडो प्यासेफिकमा तैनाथ अर्को क्यारियर स्ट्राइक ग्रुप कार्ल विंसनलाई पनि मिडिल ईस्टमा तैनाथ गरिएको छ । दुवै क्यारियरमा कुल मिलाएर १८० एयरक्राफ्ट र हेलिकप्टर तैनाथ छन् ।

स्ट्राइक फाइटर स्क्वाड्रन एफ–१८ इ, एफ–१८ एफ, एफ–३५सी, इलेक्ट्रोनिक अट्याक स्क्वाड्रन इए–१८ जी, एयरबोर्न कमान्ड एंड कंट्रोल स्क्वाड्रन इ–२ डी, फ्लीट लजेस्टिक स्क्वाड्रन सी–२ ए, हेलिकप्टर स्ट्राइक स्क्वाड्रन एमएच–६०आर, हेलिकप्टर सी कम्बेट स्क्वाडर्न एमएच–६० एस को तैनाथी गरिएको छ ।

यसको अलावा जिबूटीको अमेरिकी मिलिट्री बेसबाट पनि अमेरिकाले अपरेट गरिरहेको छ । यसको नजर र निशाना हूथी र उसलाई समर्थन गर्ने ईरानका तर्फ छ । यमनबाट इजरायलको दूरी करिब २ हजार किलोमिटर छ ।

यसमा कुनै पनि ब्यालिस्टिक मिसाइल हानियो भने अमेरिकाले त्यसको सूचना इजरायलसम्म पुर्याउने गरेको छ । यता गाजामा पुनः युद्धका सायरन बज्न लागेका छन् । इजरायली बमवर्षक जेट गाजाको आकाशमा उडिरहेका छन् ।

आइतबार पनि दक्षिणी गाजाको खान यूनिसमा एक इजरायली हवाई हमलामा हमासका राजनीतिक नेता सलाह अल–बर्दावील र उनकी पत्नीको मृत्यु भएको बताइएको छ । २ महिनको शान्तिपछि गाजाका मानिसहरु फेरि आफ्नो ज्यान जोगाउनकालागि त्यहाँबाट भागिरहेका छन् ।

आज विहानै गाजा पट्टीको उत्तरी, मध्य र दक्षिणी क्षेत्रहरुमा विस्फोटहरुको आवाज सुनिएको थियो । इजरायली सेनाले गाजामा स्थलगत अभियान चलाएको छ । हमास शासित क्षेत्रमा भएको आक्रमणको करिब एक हप्तापछि रफाहा शहरमा भएको आक्रमणबाट भाग्न सेनाले प्यालेस्टिनीहरूलाई आग्रह गरेको छ ।

लेबनानमा भएको घातक आक्रमण र यमनबाट क्षेप्यास्त्र प्रहार भएपछि इजरायली सेनाले गाजाका केही भागमा पुनः आफ्नो सैन्य बल तैनाथ गरेको हो । इजरायली सेनाले जनवरीमा युद्धविरामलाई पुनर्जीवित गर्न आह्वान गरे पनि पछिल्लो चेतावनी जारी गरिएको हो ।

सैनिक प्रवक्ता अविचय अद्राईले एक्समा जारी गरेको वक्तव्यमा सेनाले दक्षिणी शहर रफाहा एक जिल्लामा ‘आतङ्कवादी सङ्गठनहरूमाथि आक्रमण सुरु गरेको’ बताएका छन् । अन्तरर्राष्ट्रय समाचार एजेन्सीहरुका अनुसार ड्रोनबाट उक्त क्षेत्रमा खसालिएका पर्चामा पनि अद्राईले प्यालेस्टिनीहरूलाई ताल अल–सुल्तान जिल्लाको ‘खतरनाक लडाकू क्षेत्र’ छोडेर उत्तरतर्फ जान आह्वान गरेका छन् ।

पछिल्लो इजरायली हमलामा हमासको वास्तविक सरकार प्रमुख इस्साम अद्दालीस र आंतरिक सुरक्षा प्रमुख महमूद अबू वत्फा सहित कयौं अन्य अधिकारी मारिएको दाबी गरिएको छ । ४ सयभन्दा धेरै मारिएका छन् भने कयौं घाइते भएका छन् ।

यसबीच इजरायल प्रोटेक्शन के ९ ले सिक्योरिटी डगको माग बढाएको छ । इजरायली सेना अन्तर्गत रहेको के ९ यूनिटले विस्फोटकहरुको पत्ता लगाएर हजारौंको ज्यान बचाएको छ । तर यसक्रममा कयौं कुकुरहरुको ज्यान गएको पनि छ ।

अहिलेसम्म इयरायली सेनाका २४ के ९ डगको यी अपरेशनहरुमा ज्यान गइसकेको छ । रिपोर्टका अनुसार पहिला प्रोटेक्शन डग करिब ३० हजार डलरमा विक्रि हुने गरेको थियो भने अहिले माग बढ्दै जाँदा त्यसको मूल्यमा उछाल आएको छ ।

अब यो डग ७५ हजारदेखि १ लाख २५ हजार डलरसम्ममा विक्रि भइरहेको छ । यी कुकुर खरीद गर्नेमा धेरै इजरायली नागरिकहरु नै रहेका छन् । इजरायल प्रटेक्शन के ९ नामको एक यूएस–इजरायली कंपनीले यस खालका मिलिट्री ट्रेंड डग बेचिरहेको छ ।

आधिकारिक वेबसाइटका अनुसार सन २०२१ मा यो कंपनी स्थापना भएको हो । विश्वभरमा जहाँबाट पनि यो वेबसाइटका माध्यमले यो कुकुर किन्न सकिन्छ । हरेक देशको सेनामा के ९ स्क्वाड रहेका हुन्छन् । यी कुकुरहरुलाई चीजहरु पत्ता लगाउनका लागि ट्रेंड गरिएको हुन्छ ।

साथै असल्ट डगलाई काउंटर टेरेरिज्मका लागि, ट्रयाकर डगलाई ट्रयाक गर्नका लागि प्रयोगमा ल्याइन्छ । एक पटक यी असल्ट डगले कुनै पनि संदिग्धलाई समात्यो भने कुनै पनि हालतमा त्यो बच्न सक्दैन ।

यसबारे आफ्ना धारणा पनि अवस्यक व्यक्त गर्नुहोला । ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ। यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला ।

Advertisement

तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

भर्खरको समाचार

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

सम्बन्धित खबरहरु

Scroll to Top