×

NEPAL TIMES UPDATES

Playing
Israelमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना || Nepal Times
Apr 08, 2026
Playing
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको पहिलो बैठक प्रधानमन्त्री कार्यालयमा|| Nepal Times
Apr 08, 2026
Playing
आज विदेशी राजदूतहरूसँग प्रधानमन्त्रीको सामूहिक भेट#BALEN #NEPAL #PM || Nepal Times
Apr 08, 2026
Playing
राजनीतिक नियुक्ति खारेज गर्ने बालेनको अभियान, यस्ता छन् चुनौती|| Nepal Times
Apr 08, 2026
Playing
आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा|| Nepal Times
Apr 08, 2026
Playing
विश्व यु द्ध टर्याे, पाकि स्तानले गरायो यु द्धविराम, इरा न मा विजयोत्सव|| Nepal Times
Apr 08, 2026
Playing
इरानले होर्मुज पार गर्न युआन तिर्नुपर्ने व्यवस्था ल्याएपछि चीनलाई फाइदा || Nepal Times
Apr 07, 2026
Playing
आजको रात इरानी सभ्यता समाप्त गर्ने ट्रम्पले संकल्प, इरानले माग्यो गुहार || Nepal Times
Apr 07, 2026
Playing
यु द्ध को बाछिटाले झेलिएको महंगीमा बालेन सरकारको ’अग्निपरीक्षा’ || Nepal Times
Apr 07, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-24-2082 || Nepal Times
Apr 07, 2026

कुलमान–बालेन पेलेर, के देखाउन खोजेको हो सरकार ?

११ चैत्र २०८१

१३ चैत , काठमाण्डौ ।

केही नभने है ओली सरकारलाई । जनताको मनको कुरो बुझी, काम गर्नेलाई । बरु गाली खाइदिउला मै । किनभने जनताले पुरानै व्यवस्था ठीक थियो, राजसंस्था फर्काउनु पर्यो भनिरहँदा जनताको मनकै कुरा बुझेर पुरानो व्यवस्था कस्तो थियो अहिलेको सरकारले छर्लंग देखाइदिएको छ ।

Advertisement

अझ ज्ञानेन्द्र शाहको शासन मात्रै होइन पंचायती व्यवस्था, अझ राणा शासन नै कस्तो थियो भन्ने बुझ्न र हेर्नलाई अब न इतिहासको पुस्तक पल्टाउनु पर्छ, न यसबारे बनेका चलचित्र, डकुमेन्ट्री हेर्नु पर्छ र न जानकारहरुको अन्तर्वार्ता सुन्नुपर्छ ।

पुराना व्यवस्थाको हुकुमी शैली, राजषी ठाँट, निरंकुश शासन, लोकतन्त्रको घाँटी कसरी निमोठिन्छ, कसरी सारा राज्य संयन्त्र कब्जा गरेर मनलाग्दी शासन गरिन्छ । विरोध र विरोधीहरुलाई कसरी दबाइन्छ, आफ्नालाई, आसेपासेलाई राज्यको स्रोत कसरी पेवा बनाउन दिइन्थ्यो भन्ने कुरा कतै काँटछाँट नगरी, हुबहु अहिलेको सरकार देखाइदिएको छ ।

यस्तोमा वर्तमान सरकारलाई के मात्रै भन्नु । फेरि प्रश्न गर्यो भने पनि त उ रिसाइहाल्छ । जस्तोसुकै व्यवाहार गर्यो भने पनि सरकारलाई हिटलर भन्न पाइन्न, महाराजाजस्ता भन्न पाइन्न । तस्कर र भ्रष्टहरुको संरक्षक भन्न पाइन्न ।

दललाई दलदल, देशलाई शेष बनाए भन्न पाइन्न । काम गर्ने कुलमानलाई फेल, आफ्ना हितौषीलाई पास गराए भन्न नि पाइन्न । एउटा सरकारी संस्थाको एमडी जो जनताले औधी रुचाएकामात्रै होइन बकाइदा कामै गरेर देखाएका थिए, तीनलाई कार्यकाल सकिन चार महिनामात्रै बाँकी छँदा केबल इगोकै लागि, प्रतिशोधकै लागि फायर गर्यो ।

अर्कातिर देशकै सबैभन्दा ठूलो र संघीय राजधानीसमेत भएको काठमाडौं महानगरले लगातार कर्मचारी माग्दा पनि पठाएको छैन । किन ? बालेन शाहलाई साइजमा राख्न ? सरकारले हरेक ठाउँमा इगो र प्रतिशोधले काम गरिरहेको छ । विवेक, न्यायसंगत, विधिविधानले होइन ।

सरकारले कहिले भारतलाई देखाइदिन्छु भन्दै समाचार आउँछ, फेरीपछि हामीले त्यस्तो भनेकै होइन, अनर्गल प्रचार गरियो भन्दै खण्डन गर्छ । यता कहिले कुलमानलाई, कहिले बालेनलाई, कहिले रविलाई, कहिले पूर्वराजालाई, कहिले दुर्गा प्रसाइँहरुलाई देखाइदिने शैलीमा मैदानमा उत्रिरहन्छ ।

कुलमानलाई हटाइछाड्यो, बालेनलाई कारबाही गर्नु भनिएको छ , दुर्गा प्रसाइँलाई हिरासत बसायो, रविलाई अदालतको चक्कर लगाइरहेको छ, पूर्वराजा ज्ञानेन्द्र शाहलाई भाइमारा, मुर्तिचोर र जनता उचालेको जस्ता आरोप लगाउँदै कारबाही गरेर देखाउने भनिरहेको छ ।

विरोधी खेमालाई देखाइदिने र सक्काइदिने भन्दा उताको न बोली छ न व्यवहार । काँग्रेस र एमाले मिलेर सुशासन र विकास दिने भनेको सरकारले आएदिन जनतालाई यस्ता निराशा र आक्रोशहरु बाडिरहेको छ ।

भएका आक्रोश र निराशाहरुलाई चिर्ने होइन कि यसलाई थप भड्काउन तिर लागिपरेको छ ।देखि शक्ति, केही नाप्दैनौं, त्यान्द्रो विषय केही हुनेवाला छैन् भनेर असन्तुष्ट आवाजहरुलाई झन मलजल गर्ने काम भइरहेको छ।

यसै त सडकमा व्यवस्था परिवर्तनदेखि अवस्था परिवर्तनसम्मका नारा लागिरहेका छन् । जनआक्रोश बढीरहेको छ तर इगो साध्नेमै रमाइरहेको छ । उल्टै प्रधानमन्त्री केपी शर्मा ओली भन्छन्, विपक्षीहरुले सरकारको बदनाम गर्न लागेका छन् । के पायाँै के पायौँ, इस्यु भेटियो भनेर हिजैदेखि वक्तव्यबाजी शुरु भएको भन्दै असन्तुष्टि जनाएका छन् ।

जनता कुलमान, बालेनहरुका लागि स्वतस्फुर्तरुपमा सडकमा आउन थालिसके । नेपाली जनताको नाममा सडक तातिएको छ । तर प्रधानमन्त्रीले यसलाई हल्का रुपमा चित्रण गरेका छन् ।

कुलमानले लोडसेडिङ अन्त्य गरेको मान्न पनि ओली तयार छैनन् , उनले भनेका छन्, एक जना मित्रको मैले स्टाटस पढेको थिएँ । त्यहाँबाट अवकाश प्राप्त भइसकेको मान्छेलाई त्यहीँबाट हुर्किएर आएर त्यहीँ कुनै बाहिरबाट खोजेर ल्याएको होइन, त्यहीँको क्याडरलाई नियुक्त दिएको हो, बाहिरबाट कतैबाट खोजेर ल्याएर होइन ।

त्यस्तो मान्छे निस्काषन गर्नुभयो । अर्को ठाउँमा निकम्भा बनाएर सरुवा भनेर राखिदिनु भयो । रिटायर्ड मान्छेलाई ल्याएर राखिदिनु भयो । उहाँले उज्यालो ल्याउनुभयो भनेर व्याख्या गर्नुभएछ । अघिल्लो ४ वर्षको कार्यकाल पूरै त्यहीँ काम गर्नुभएको हो ।

त्यसबेला ल्याउनुभएको थियो की उहाँले नियुक्त गर्नेबित्तिकै आगो बोकेर आउनुभयो, बिजुली, चिम, ट्रान्समिसन लाइन बोकेर आउनुभयो की ? वर्षौं लगाएर जे काम गरिएको हुन्छ, त्यसलाई जादु, चमत्कारको रुपमा व्याख्या गर्ने । कोही पनि साथीहरुलाई यस्ता कुराको भ्रममा नपर्न आग्रह गर्न चाहन्छु । ’

प्रधानमन्त्री ओलीले अझै विपक्षीहरू सरकारले अगाडि बढाइरहेको सुखी नेपाली समृद्ध नेपालको अभियान सफल बन्न नदिन लागिपरेको आरोप लगाएका छन् । आजमात्रै पनि ओलीले सरकार सुखी नेपाली समृद्ध नेपाल अभियान सफल बनाउन लागिपरेको तर विरोधीहरू यसलाई सफल बनाउन नदिन लागिरहेको आरोप लगाए ।

उनले २०४६ सालको परिवर्तनपछि देश तीव्र विकासको क्रममा रहेको पनि सो क्रममा सुनाए । आफ्नो कार्यकालमा बनेजति पुल र सडकहरू न इतिहासमा बनेको थियो, न भविष्यमा नै बन्ने दाबी गरे । ‘केही पनि भएन, केही पनि भएन भनेर हल्ला गरेको ग¥यै’ उनले भने, ‘यसमा देशीविदेशी सबै तत्वहरू सक्रिय भए ।’

नेपाल विकास भएको देख्न नचाहने त्यस्ता तत्वहरू हल्ला मात्रै गर्न चाहने प्रधानमन्त्रीको आरोप छ । देशका युवाहरु सम्भावना केही नदेखेर विदेशीरहेका छन् । उनीहरुले नै पठाएको रेमिट्यान्सले मुलुक चलिरहेको छ ।

विश्व वैंकले नै नेपालको गरिबी न्युनीकरणमा रेमिट्यान्सको हात रहेको भनिसक्यो । देशका प्रधानमन्त्री भने आफूले गरेजस्तो विकास इतिहासमा त के भविष्यमा पनि कसैले गर्न नसक्ने भनेर डिंग हाँकिरहेका छन् ।

सडकमा त्यत्रो आक्रोश देखिरहेको छ । उनकै नाममा देश छोडको नारा लागिरहेको छ । पुरानो व्यवस्थामा फर्किने कुरा त प्रतिगमन भयो रे मानौं । तर अहिलेका युवा जसले पुरानो व्यवस्थै देखेका थिएनन्, अहिलेको व्यवस्थाले, अहिलेको सरकारले किन उनीहरुलाई रुझाउन सकेन ? लाखौं नौजवानहरुलाई किन देशमै राख्न सकेन ? ल यो पनि छाडौं ।

देशको अर्थतन्त्र किन रेमिट्यान्स बेगर चल्दैन ? किन अर्थमन्त्रीले नै हात उठाउन थालेको देखिए ? अर्थतन्त्रका सूचक कहिले हरियो हुन्छन् ? सडक र भ्वूटावरले मात्रै विकास हुने हो ? सरकार राष्ट्र बैंकमा, धितोपत्र बोर्डमा, बीमामा, प्राधिकरणहरुमा, संस्थानहरुमा, आयोगहरुमा भागबण्डाका लागिमात्रै हो ?

क्याबिनेटमा, अदालतमा, राजदूतमा, संसदीय समितिहरुमा, तमाम राजनीतिक नियुक्तिहरुमा भागबण्डाले पनि नपुगेर अब संस्थानहरुलाई धुलिसात पार्न लागिएको हो ? विगतका सरकारी कलकारखाना, उद्योगहरु त बन्द भइसके ।

अहिले पनि देखादेखी सरकारी जग्गा हडप्नेहरुले राजनीतिक संरक्षण पाइरहेका छन् । बचेकुचेका केही संस्थानहरुलाई पनि काम गर्न नसक्ने बनाउन लागिएको हो ? विद्युत प्राधिकरणजस्ता संस्थानहरुमा राजनीतिक हस्तक्षेप आवस्यक छ ?

अनि अर्को कुरा हिजोसम्म कुलमान हुँदा अब देशमा फेरी लोडसेडिंग हुने, भारतले विजुली नदिने उर्जामन्त्रीले दाबी गरेका थिए । तर आज अचानक नवनियुक्त एमडी हितेन्द्र शाक्यले लोडसेडिंग हुँदैन भन्दै पहिलो स्टेटमेन्ट दिए ।

यो कसरी सम्भव हुन्छ ? कि कुलमानको विरोध बढोस् भन्नका लागि मन्त्रीले र सरकारले झुटो अफवाह फैलाएको थियो ? कुलमानलाई होइन, भारतलाई धन्यवाद दिनुपर्छ भन्ने उर्जामन्त्रीको हितेन्द्र शाक्यको आजको भनाईमा के जवाफ हो ?

कि उनीसंग हिजो लोडसेडिंग हुने आज नहुने जादुको छडी छ ? ८ महिनादेखिको एकमात्र अर्जुनदृष्टि राखेर कुलमान हटाउनकै लागि यत्रो उथलपुथल, बयानबाजी, मन्त्रालयदेखि विजुली अफिससम्मको दौडधुपपछि अब त उनले पनि लोडसेडिंग हुने कि नहुने भन्नेमा जवाफ त दिनुपर्ला नि ।

कि महिना दिनअघि नै अप्रिलफुल मनाको ? जनतालाई जवाफ चाँही दिनुपर्छ हैं उर्जामन्त्री ज्यू । ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ ।

Advertisement

यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

भर्खरको समाचार

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

सम्बन्धित खबरहरु

Scroll to Top