NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
एसिया आउँदा किमलाई भेट्न ट्रम्पको इच्छा सोमवार कार्तिक ३ , २०८२
सम्पत्ति छानविनपछि आत्तियो माओवादी,सुशीलालाई भेट्न दूत पुगे सोमवार कार्तिक ३ , २०८२
जब विमान रनवेबाट चिप्लिएर समुद्रमा खस्यो.. सोमवार कार्तिक ३ , २०८२
जेनजीका गृहमन्त्री अर्याल पनि हावादारी निस्किए सोमवार कार्तिक ३ , २०८२
ट्रम्प विरु द्ध उर्लिए अमेरिकी, देशैभर ‘नो किङ्स’ प्रदर्शन आइतवार कार्तिक २ , २०८२
Next
Prev

समाचार

भीमार्जुनको स्टाटस गायबः लोकतन्त्रको कार्यान्वयन सुरु !

बुधबार चैत्र २० , २०८१
Reading Time: 1 min read
A A
भीमार्जुनको स्टाटस गायबः लोकतन्त्रको कार्यान्वयन सुरु !
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

२० चैत , काठमाण्डौ।

गएको शुक्रबार चैत १५को काठमाडौंको तीनकुने घटनाको चौतर्फी आलोचना भइरहेको छ। गणतन्त्रवादी सरकार पक्षले यसको सम्पूर्ण दोष आन्दोलनमा होमिएका राजावादी र पूर्व राजा ज्ञानेन्द्र शाहसम्मले लिनु पर्ने बताउँदै आएका छन् भने राजावादीहरुले शान्तिपूर्ण आन्दोलन बिथोलिदिएको भन्दै यसको दोष सरकार पक्षले लिनु पर्ने भन्दै न्यायिक छानविनको माग गरिरहेका छन् ।

तीनकुने घटनाको छानविन गर्न राजावादी दल राष्ट्रिय प्रजातन्त्र पार्टीले मात्रै नभई गणतान्त्रिक पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीसहित केही सत्तारुढ दलका नेताहरुले नै माग गरिरहेका बेला नागरिक समाज र बुद्धिजिवीहरुले समेत न्यायिक छानविनको माग गरेका छन् ।

यसैबीच संविधानविद् डा. भीमार्जुन आचार्यले तीनकुनेमा राजावादी प्रदर्शनका क्रममा भएको हिंसा र सरकारको बल प्रयोगको घटनामा निष्पक्ष छानबिनको माग गरेका छन्। उनले निहत्था नागरिकलाई गोली हानेर मारिएको भिडियो फुटेज सार्वजनिक भएको र पत्रकार सुरेश रजकको मृत्युमा रहस्य देखिएको भन्दै सरकारले आफ्नै गृह प्रशासनमाथि तत्काल छानबिन गर्नुपर्ने बताएका छन्।

सामाजिक सञ्जाल एक्समा डा. आचार्यले लेखेका छन्, ’सरकारले प्रदर्शनमा संलग्न केहीलाई गिरफ्तार गरेर आफ्नो काम सकिएको भान पार्न खोजेको देखिन्छ। बाटोमा फर्कँदै गरेको निहत्था नागरिकलाई गोली हानेर मारिएको भिडियो फुटेज सार्वजनिक भएका छन्। सरकारले अब आफ्नै गृह प्रशासनमाथि यो घटनाको छानबिन गरोस्।’ उनले थप भनेका छन् , ’पत्रकार सुरेशजीको मृत्युबारे पनि थुप्रै रहस्य बाहिर आएका छन्। सरकारले यी दुई घटनाको अविलम्ब छानबिन गरोस्। यो समाज अझै पूरै मृत भइसकेको छैन, यो पनि हेक्का राखोस्।’

यसबाहेक संविधानविद् आचार्यले राजावादी आन्दोलनका सन्दर्भमा राष्ट्रिय मानवअधिकार आयोगमाथि प्रश्न उठाएर लेखेको एउटा स्टाटस भने फेसबुकबाटै केहीबेरमा गायब भएको छ । उनले सरकारले राज्य आतंक मच्चाउँदा मिडिया, नागरिक समाजदेखि मानवअधिकार आयोगसम्म नराम्ररी चुकेको टिप्पणी गरेका छन् ।

तर, आफ्नो स्टाटस अहिले टाइमलाइनमा नदेख्दा आचार्य अचम्ममा परेका छन् । आफ्नो स्टाटस नदेखेपछि उनले अर्को स्टाटस लेख्दै ‘लोकतन्त्रको कार्यान्वयन सुरु भएको आशंका’ गरेका छन् ।

आचार्यले लेखेका छन्, मेरो भर्खरैको स्टाटस फेसबुकमा सीन छैन । लोकतन्त्रको कार्यान्वयन सुरु भए जस्तो छ ।’ आचार्यको फेसबुकमा गायब भएको स्टाटस एक्समा भने यथावत रहेको छ । जहाँ उनले लेखेका छन्, राजावादी भन्दा भिन्न बन्ने होडमा निहत्था नागरिक सविन, सुरेश र आन्दोलन मै सहभागी नभएका दुई दाजु बहिनी दिनेश र रेबिका माथिको राज्य आतंकमा यस पटक हामी मिडिया, नागरिक समाज र “जीउँदा मान्छे” भन्ने सबै नराम्रोसँग चुक्यौँ। राष्ट्रिय मानव अधिकार आयोग त अब रहनु नरहनुको कुनै अर्थ र औचित्य बाँकी रहेन। एक पटक निष्पक्ष छानबिन गर् सरकार त भनौँ !

यसअघि फरार रहि भारत पुगिसकेको अनुमान गरिएका प्रसाईँको सचिवालयको फेसबुकमार्फत लेखिएको स्टाटस पनि अहिले गायब भएको छ । प्रसाईँको सचिवालयको फेसबुकमा आफू सिंह भएको दाबी गर्दै अहिले भावी रणनीति तयार गर्न जुटेको दाबी गरेका थिए ।

उनले आफूले नेपालमै लुक्ने ठाउँ भेटेको भन्दै तर नेताहरुले भविष्यमा त्यस्तो ठाउँ भेट्न नसक्ने बताएका थिए । फेसबुकमा लेखिएको थियो, ‘सिकार गर्नु भन्दा पहिला सिंह पनि एक कदम पछि हट्छ, अनि पुनः आक्रमण गर्छ ! दुर्गा प्रसाई सिंह नै हो ,अब छिट्टै तिमीहरूको मलामी लिएर आउँदैछ, भ्रष्टाचारी हो ! मैले त लुक्ने ठाउँ भेटेको छु, नेपाल मै छु, भावी रणनीति तयार गर्दैछु, तर तिमीहरूले त्यो पनि पाउँदैनौ, बुझिराख !’

यो स्टाटस अहिले दुर्गा प्रसाईँ महाअभियान संस्थापक सचिवालयलमा देखिदैन् । यही सचिवालयलबाट यसअघि आफू ज्यान जोगाउन मन्दिरको शरण रहेको भन्दै प्रसाईंकै भिडिओ सार्वजनिक भएको थियो । यो प्रसाईंको भेफिाइड आइडी भने होइन । उनको ब्यक्तिगत आईडीबाट भने अहिलेसम्म पछिल्लो घटनाबारे केही पनि उल्लेख गरिएको छैन्।

चैत १५ गते दुर्गा प्रसाईं र नवराज सुवेदीको नेतृत्वमा राजसंस्था पुनस्र्थापनाको माग गर्दै तीनकुनेमा प्रदर्शन भएको थियो। सो क्रममा प्रहरीसँग झडप भएको थियो। प्रहरीको अश्रुग्यास, पानीको फोहोरा र गोली प्रयोग गरेको थियो ।

सो क्रममा कीर्तिपुरका सविन महर्जनको मृत्यु भएको थियो भने एभिन्यूज टेलिभिजनका क्यामेरा पर्सन सुरेश रजकको आगजनीमा परेर मृत्यु भएको थियो। प्रहरीले राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर जबरालगायत ५ दर्जन ब्यक्तिहरुलाई पक्राउ गरेको छ। प्रदर्शनका नेतृत्वकर्ता दुर्गा प्रसाईं अहिलेसम्म फरार रहेका छन् भने नवराज सुवेदी नजरबन्दमा रहेका छन् ।

Tags: #तीनकुने घटना#तीनकुने घटनाको छानविन#भीमार्जुनको स्टाटस गायब

लोकप्रीय

एसिया आउँदा किमलाई भेट्न ट्रम्पको इच्छा

एसिया आउँदा किमलाई भेट्न ट्रम्पको इच्छा

सोमवार कार्तिक ३ , २०८२
प्रचण्ड नेतृत्वमा ८ सदस्यीय मन्त्रिपरिषद् गठन

सम्पत्ति छानविनपछि आत्तियो माओवादी,सुशीलालाई भेट्न दूत पुगे

सोमवार कार्तिक ३ , २०८२
जब विमान रनवेबाट चिप्लिएर समुद्रमा खस्यो..

जब विमान रनवेबाट चिप्लिएर समुद्रमा खस्यो..

सोमवार कार्तिक ३ , २०८२

विचार

एसिया आउँदा किमलाई भेट्न ट्रम्पको इच्छा

एसिया आउँदा किमलाई भेट्न ट्रम्पको इच्छा

सोमवार कार्तिक ३ , २०८२
प्रचण्ड नेतृत्वमा ८ सदस्यीय मन्त्रिपरिषद् गठन

सम्पत्ति छानविनपछि आत्तियो माओवादी,सुशीलालाई भेट्न दूत पुगे

सोमवार कार्तिक ३ , २०८२
जब विमान रनवेबाट चिप्लिएर समुद्रमा खस्यो..

जब विमान रनवेबाट चिप्लिएर समुद्रमा खस्यो..

सोमवार कार्तिक ३ , २०८२

थप समाचार

एसिया आउँदा किमलाई भेट्न ट्रम्पको इच्छा
अन्तर्राष्ट्रिय

एसिया आउँदा किमलाई भेट्न ट्रम्पको इच्छा

सोमवार कार्तिक ३ , २०८२
प्रचण्ड नेतृत्वमा ८ सदस्यीय मन्त्रिपरिषद् गठन
ताजा समाचार

सम्पत्ति छानविनपछि आत्तियो माओवादी,सुशीलालाई भेट्न दूत पुगे

सोमवार कार्तिक ३ , २०८२
जब विमान रनवेबाट चिप्लिएर समुद्रमा खस्यो..
अन्तर्राष्ट्रिय

जब विमान रनवेबाट चिप्लिएर समुद्रमा खस्यो..

सोमवार कार्तिक ३ , २०८२
ठूला नेता देश छाडेर भाग्ने दाउँमा, गृहमन्त्री रोक्ने उपाय खोज्दै
ताजा समाचार

जेनजीका गृहमन्त्री अर्याल पनि हावादारी निस्किए

सोमवार कार्तिक ३ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: Russiaमा माओवादी पूर्वलडाकु कमान्डर, कोलम्बियाली राष्ट्रपति ‘लागू औषध नेता’

World News: Russiaमा माओवादी पूर्वलडाकु कमान्डर, कोलम्बियाली राष्ट्रपति ‘लागू औषध नेता’

00:19:42

World News: मोरोक्कोको जेनजी आन्दोलन उग्र, गाजामा फेरि यु*द्ध || Nepal Times

00:12:58

World News:एन्ड्रयूले त्यागे ’ड्यूक अफ योर्क’, चीनमा ९ शीर्ष जनरल निष्कासित

00:14:00

World News:हसिनालाई मृ त्युद ण्डको माग,ह मा सलाई समाप्तै गर्नुपर्ने|| Nepal Times

00:21:02

World News:Iranमाथि प्रतिबन्ध रुसद्वारा अस्वीकार, आफ्नै फोटोमा भड्किए ट्रम्प|| Nepal Times

00:19:54

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

रास्वपामा कुलमान ल्याउने प्रस्तावले भाँडभैलो,सुमनापछि अब तोसिमा ?

रास्वपामा कुलमान ल्याउने प्रस्तावले भाँडभैलो,सुमनापछि अब तोसिमा ?

आइतवार कार्तिक २ , २०८२
पतनको बाटोमा ओली,प्रधानमन्त्री र गृहमन्त्रीलाई दिए धम्की, नेताले दिएनन् साथ

ओलीको राजीनामा माग्दै उषाकिरणले झाँको झारिन,गैरेले पनि मागे राजीनामा

शुक्रबार अशोज ३१ , २०८२
विश्वकपको ढोका खोल्दै नेपाल, विश्वभरबाट प्रशंसा

२०२६ टी २० विश्वकपमा नेपाल भर्सेस भारत ?

बिहिबार अशोज ३० , २०८२

हालका पोस्टहरू

एसिया आउँदा किमलाई भेट्न ट्रम्पको इच्छा

एसिया आउँदा किमलाई भेट्न ट्रम्पको इच्छा

सोमवार कार्तिक ३ , २०८२
प्रचण्ड नेतृत्वमा ८ सदस्यीय मन्त्रिपरिषद् गठन

सम्पत्ति छानविनपछि आत्तियो माओवादी,सुशीलालाई भेट्न दूत पुगे

सोमवार कार्तिक ३ , २०८२
जब विमान रनवेबाट चिप्लिएर समुद्रमा खस्यो..

जब विमान रनवेबाट चिप्लिएर समुद्रमा खस्यो..

सोमवार कार्तिक ३ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.