भीमार्जुनको स्टाटस गायबः लोकतन्त्रको कार्यान्वयन सुरु !

१८ चैत ८१, बुधबार

२० चैत , काठमाण्डौ।

गएको शुक्रबार चैत १५को काठमाडौंको तीनकुने घटनाको चौतर्फी आलोचना भइरहेको छ। गणतन्त्रवादी सरकार पक्षले यसको सम्पूर्ण दोष आन्दोलनमा होमिएका राजावादी र पूर्व राजा ज्ञानेन्द्र शाहसम्मले लिनु पर्ने बताउँदै आएका छन् भने राजावादीहरुले शान्तिपूर्ण आन्दोलन बिथोलिदिएको भन्दै यसको दोष सरकार पक्षले लिनु पर्ने भन्दै न्यायिक छानविनको माग गरिरहेका छन् ।

तीनकुने घटनाको छानविन गर्न राजावादी दल राष्ट्रिय प्रजातन्त्र पार्टीले मात्रै नभई गणतान्त्रिक पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीसहित केही सत्तारुढ दलका नेताहरुले नै माग गरिरहेका बेला नागरिक समाज र बुद्धिजिवीहरुले समेत न्यायिक छानविनको माग गरेका छन् ।

Advertisement

यसैबीच संविधानविद् डा. भीमार्जुन आचार्यले तीनकुनेमा राजावादी प्रदर्शनका क्रममा भएको हिंसा र सरकारको बल प्रयोगको घटनामा निष्पक्ष छानबिनको माग गरेका छन्। उनले निहत्था नागरिकलाई गोली हानेर मारिएको भिडियो फुटेज सार्वजनिक भएको र पत्रकार सुरेश रजकको मृत्युमा रहस्य देखिएको भन्दै सरकारले आफ्नै गृह प्रशासनमाथि तत्काल छानबिन गर्नुपर्ने बताएका छन्।

सामाजिक सञ्जाल एक्समा डा. आचार्यले लेखेका छन्, ’सरकारले प्रदर्शनमा संलग्न केहीलाई गिरफ्तार गरेर आफ्नो काम सकिएको भान पार्न खोजेको देखिन्छ। बाटोमा फर्कँदै गरेको निहत्था नागरिकलाई गोली हानेर मारिएको भिडियो फुटेज सार्वजनिक भएका छन्। सरकारले अब आफ्नै गृह प्रशासनमाथि यो घटनाको छानबिन गरोस्।’ उनले थप भनेका छन् , ’पत्रकार सुरेशजीको मृत्युबारे पनि थुप्रै रहस्य बाहिर आएका छन्। सरकारले यी दुई घटनाको अविलम्ब छानबिन गरोस्। यो समाज अझै पूरै मृत भइसकेको छैन, यो पनि हेक्का राखोस्।’

Advertisement

यसबाहेक संविधानविद् आचार्यले राजावादी आन्दोलनका सन्दर्भमा राष्ट्रिय मानवअधिकार आयोगमाथि प्रश्न उठाएर लेखेको एउटा स्टाटस भने फेसबुकबाटै केहीबेरमा गायब भएको छ । उनले सरकारले राज्य आतंक मच्चाउँदा मिडिया, नागरिक समाजदेखि मानवअधिकार आयोगसम्म नराम्ररी चुकेको टिप्पणी गरेका छन् ।

तर, आफ्नो स्टाटस अहिले टाइमलाइनमा नदेख्दा आचार्य अचम्ममा परेका छन् । आफ्नो स्टाटस नदेखेपछि उनले अर्को स्टाटस लेख्दै ‘लोकतन्त्रको कार्यान्वयन सुरु भएको आशंका’ गरेका छन् ।

आचार्यले लेखेका छन्, मेरो भर्खरैको स्टाटस फेसबुकमा सीन छैन । लोकतन्त्रको कार्यान्वयन सुरु भए जस्तो छ ।’ आचार्यको फेसबुकमा गायब भएको स्टाटस एक्समा भने यथावत रहेको छ । जहाँ उनले लेखेका छन्, राजावादी भन्दा भिन्न बन्ने होडमा निहत्था नागरिक सविन, सुरेश र आन्दोलन मै सहभागी नभएका दुई दाजु बहिनी दिनेश र रेबिका माथिको राज्य आतंकमा यस पटक हामी मिडिया, नागरिक समाज र “जीउँदा मान्छे” भन्ने सबै नराम्रोसँग चुक्यौँ। राष्ट्रिय मानव अधिकार आयोग त अब रहनु नरहनुको कुनै अर्थ र औचित्य बाँकी रहेन। एक पटक निष्पक्ष छानबिन गर् सरकार त भनौँ !

यसअघि फरार रहि भारत पुगिसकेको अनुमान गरिएका प्रसाईँको सचिवालयको फेसबुकमार्फत लेखिएको स्टाटस पनि अहिले गायब भएको छ । प्रसाईँको सचिवालयको फेसबुकमा आफू सिंह भएको दाबी गर्दै अहिले भावी रणनीति तयार गर्न जुटेको दाबी गरेका थिए ।

उनले आफूले नेपालमै लुक्ने ठाउँ भेटेको भन्दै तर नेताहरुले भविष्यमा त्यस्तो ठाउँ भेट्न नसक्ने बताएका थिए । फेसबुकमा लेखिएको थियो, ‘सिकार गर्नु भन्दा पहिला सिंह पनि एक कदम पछि हट्छ, अनि पुनः आक्रमण गर्छ ! दुर्गा प्रसाई सिंह नै हो ,अब छिट्टै तिमीहरूको मलामी लिएर आउँदैछ, भ्रष्टाचारी हो ! मैले त लुक्ने ठाउँ भेटेको छु, नेपाल मै छु, भावी रणनीति तयार गर्दैछु, तर तिमीहरूले त्यो पनि पाउँदैनौ, बुझिराख !’

यो स्टाटस अहिले दुर्गा प्रसाईँ महाअभियान संस्थापक सचिवालयलमा देखिदैन् । यही सचिवालयलबाट यसअघि आफू ज्यान जोगाउन मन्दिरको शरण रहेको भन्दै प्रसाईंकै भिडिओ सार्वजनिक भएको थियो । यो प्रसाईंको भेफिाइड आइडी भने होइन । उनको ब्यक्तिगत आईडीबाट भने अहिलेसम्म पछिल्लो घटनाबारे केही पनि उल्लेख गरिएको छैन्।

चैत १५ गते दुर्गा प्रसाईं र नवराज सुवेदीको नेतृत्वमा राजसंस्था पुनस्र्थापनाको माग गर्दै तीनकुनेमा प्रदर्शन भएको थियो। सो क्रममा प्रहरीसँग झडप भएको थियो। प्रहरीको अश्रुग्यास, पानीको फोहोरा र गोली प्रयोग गरेको थियो ।

सो क्रममा कीर्तिपुरका सविन महर्जनको मृत्यु भएको थियो भने एभिन्यूज टेलिभिजनका क्यामेरा पर्सन सुरेश रजकको आगजनीमा परेर मृत्यु भएको थियो। प्रहरीले राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर जबरालगायत ५ दर्जन ब्यक्तिहरुलाई पक्राउ गरेको छ। प्रदर्शनका नेतृत्वकर्ता दुर्गा प्रसाईं अहिलेसम्म फरार रहेका छन् भने नवराज सुवेदी नजरबन्दमा रहेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

बालेन सरकारको एक्सप्रेस वेले काठमाडौँबाट २ घण्टामा पोखरा पुगिएला?

ffa015e2-9865-4845-91e1-255af2ca8345

बालेन सरकारको एक्सप्रेस वेले काठमाडौँबाट २ घण्टामा पोखरा पुगिएला?

balen

संघीयताको भोट लिएर प्रदेश खारेजीमा रास्वपा ? भड्किए सीके

balen rabi sudan

इरानी खेलाडीहरु फेरि अर्को तनावमा

LGBTQ

अन्तिम ३२ को पूरा गणितःकुन टोली कोसँग भिड्दैछन् ?

FIFA-2018-World-Cup-Featured-1366x768

के ४२ बर्षको उमेरमा मेस्सीले २०३० को विश्वकप फुटबल पनि खेल्छन ?

3b9190ec-620f-4049-992f-53748d6123a7

रास्वपाको अर्थ र परराष्ट्र नीति कस्तो ?संख्या पुगेका दिन प्रदेश खारेज

730732303_4445183819104388_7343949058751405664_n

रास्वपा महाधिवेशनः प्रवासबाट मोबाइलबाट मतदान,८० इलेक्ट्रोनिक भोटिङ मेसिन तयार

727884813_1548983026629459_8284300754837046559_n

रास्वपाको बन्दसत्रमा के–के हुन्छ ?चुनाव कहिले  ?

727287654_1053636067323777_8135060616549882458_n

पार्टीभित्र तमासा नगर्न रविको चेतावनी,“गुट बनाए सिधै आउट!”

rabi lamichhane chitwan1665312674

सम्बन्धित समाचार

Scroll to Top