×

NEPAL TIMES UPDATES

Playing
इरानमा भेनेजुएला रणनीति लागू गर्ने वा पाषणयुगमा पुर्याइदिनेः अब ट्रम्पको हातमा || Nepal Times
Apr 12, 2026
Playing
बालेनको भारत भ्रमण ऐतिहासिक अवसर, इतिहास बन्न सक्छ || Nepal Times
Apr 12, 2026
Playing
World News: Chinaले Iranलाई हति*यार दिदा Trump आगो, चागोस सम्झौता रोकिने अवस्थामा || Nepal Times
Apr 12, 2026
Playing
यु द्धविराम सकिएपछि Trumpका दुई विकल्प, Iranसंग अझै के कुराले डराइरहेका छन् ट्रम्प ?|| Nepal Times
Apr 12, 2026
Playing
इस्लामावाद वार्ता निष्कर्षविहीन : अमेरिकी टोली रित्तो हात फर्कियो || Nepal Times
Apr 12, 2026
Playing
२१ घण्टाको वार्तापछि Tehran को विज्ञप्ति, १६ जहाज छुटे, America दोषी || Nepal Times
Apr 12, 2026
Playing
हजारौं गीत गाएर अस्थाइन् आशा भोसले || Nepal Times
Apr 12, 2026
Playing
विद्याभण्डारीको लाइनमा राष्ट्रपति पौडेल, सरकारको सिफारिस रोक्न मिल्छ ? || Nepal Times
Apr 12, 2026
Playing
नेपाल सुरुङ युगमा प्रवेश|| Nepal Times
Apr 12, 2026
Playing
Top 15 Afternoon News || April-12-2026 || Nepal Times
Apr 12, 2026

छविलाल जोशी अस्पताल भर्ना, रविलाई कस्तो छ ?

२६ चैत्र २०८१

२६ चैत ,  काठमाण्डौ ।

सहकारी ठगी प्रकरणमा भैरहवा कारागार, रुपन्देहीमा रहेका नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशी अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या भएपछि उनलाई कारागार प्रशासनले अस्पताल लगेको हो ।

Advertisement
Advertisement

कारागार प्रशासनका अनुसार उनलाई भैरहवाकै युनिभर्सल मेडिकल कलेजमा परीक्षणका लागि लगिएको छ । अहिले उनको स्वास्थ्य परीक्षण र उपचार भइरहेको बताइएको छ । उनी पहिल्यैदेखि औषधि सेवन गर्दै आएको पनि कारागार प्रशासनले जनाएको छ ।

उनलाई कस्तो स्वास्थ्य समस्या हो भन्नेबारे केही खुलाइएको छैन । स्वास्थ्यमा समस्या भएपछि उनलाई कारागार प्रशासनले मंगलबार दिउँसो ३ बजेपछि अस्पताल लगेको थियो । जोशीको प्रेसर बढ्ने, शरीरमा चिडचिडाहट हुने लगायत समस्या देखिएका छन्।

जोशी अहिले अस्पतालको क्याबिनमा बसेका छन् । उनी अझैसम्म १÷२ दिन डाक्टरको निगरानीमा नै रहने बताइएको छ । यस्तै जोशीको अन्य रोगहरूको पनि चेकजाँच भइरहेको छ ।

बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा उनलाई रुपेन्देही जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको थियो । त्यसपछि उनी भैरहवा कारागारमा बस्दै आएका छन् ।

उनीविरुद्ध पोखराको सूर्यदर्शन सहकारी, कालिमाटीको स्वर्णलक्ष्मी सहकारी, चितवनको सहारा चितवन सहकारी ठगीमा मुद्दा दायर भएको थियो । यी सहकारीमा भने उनी धरौटीमा छुटेका थिए ।

तर बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले थुनामा राख्ने आदेशसँगै जोशी विगत ३ महिनादेखि भैरहवा कारागार रहेका छन् । छवि रहेकै कारागारमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पनि राखिएको छ ।

दुवै जनालाई अलग अलग कोठामा राखिएको छ । यसैबीच आज रास्वपाले सचिवालय बैठक बोलाएको छ । रवि लामिछाने जेल चलान भएको २ दिनपछि रास्वपाले सचिवालय बैठक राख्न लागेको हो । रास्वपाका कार्यवाहक प्रवक्ता मनीष झाका अनुसार बैठक अपराह्न ४ बजे केन्द्रीय कार्यालय, वनस्थलीमा बस्नेछ ।

बैठकका मुख्य विषयवस्तु अघिल्लो बैठकको समीक्षा, पार्टी गतिविधि र समसामयिक राजनीतिक घटनाक्रम रहेको उनले जानकारी दिएका छन् । यस्तै पार्टीको अधिवेशन, जनयात्रा कार्यक्रम, प्रदेश हेर्ने पदाधिकारी र केन्द्रीय सदस्यबारे पनि नयाँ निर्णय लिन सकिने रास्वपा नेताहरूले बताएका छन् ।

यता चार दिनअघि चैत १८ गते मात्र रास्वपाले सभापतिको जिम्मेवारीमा फर्काएका रवि भोलिपल्ट १९ गते चितवनमा पार्टीको जनयात्रा कार्यक्रम उद्घाटन गर्ने तयारीमा थिए । तर अघिल्लो दिन उनी पक्राउ परेपछि रास्वपाले मध्यरातमा सचिवालय बैठक राखेर फेरि उपसभापति डीपी अर्याललाई कार्यवाहक सभापति तोक्दै कार्यक्रम नरोक्ने निर्णय गरेको थियो ।

Advertisement

यता रवि नहुँदा चितवनमा गरिएको जनयात्रा कार्यक्रमको सुरुवात पनि उत्साहजनक हुन सकेन । नेतृत्वपंक्तिमै अन्योलका कारण आउँदो वैशाखमा गर्ने भनिएको अधिवेशन पनि अनिश्चयमा धकेलिएको छ । यहीबीच रास्वपाले आज सचिवालय बैठक राख्न लागेको हो ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top