सातै प्रदेश मध्ये सबै भन्दा उत्कृष्ट बन्यो कोशी उद्योग वाणिज्य महासङ्घ

 

२८ चैत्र, काठमाण्डौं ।

नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेश समिति यो वर्षको उत्कृष्ट घोषित भएको छ । महासङ्घको ५९ औँ वार्षिक साधारण सभा तथा उद्योग वाणिज्य दिवस २०८१ को अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले  कोशी प्रदेश उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजेन्द्र राउतलाई  सातै प्रदेशमध्ये उत्कृष्ट घोषित गर्दै सम्मानित गरेका छन् ।

उद्योग वाणिज्य महासङ्घ अन्तर्गत रहेका सातै प्रदेश सङ्घहरूमध्ये कोशी प्रदेश उद्योग वाणिज्य सङ्घलाई उत्कृष्ट भएको हो । अध्यक्ष राजेन्द्र राउतले सम्मानले आफूहरूलाई गौरवान्वित बनाउनुका साथै थप जिम्मेवार बनाएको प्रतिक्रिया दिए ।

अध्यक्ष राउतको नेतृत्वमा रहेको सङ्घले मोरङको टङ्कीमा आफ्नै सुविधा सम्पन्न भवन बन्दैछ । राउत विराटनगरका एक अग्रणी उद्योगी हुन् । समाजसेवी र प्रभावशाली व्यक्तित्वको रूपमा परिचित उद्योगी राउतको नेतृत्वले उद्योग वाणिज्य सङ्घ अझ बलियो भएको छ ।

यो सम्मान कोशी प्रदेश सङ्घको समर्पित टिमको कठिन परिश्रम र लगनशीलताको प्रतिफल हो। अध्यक्ष राउतको नेतृत्वमा सङ्घले दूरदर्शी र व्यावसायिक दृष्टिकोणका साथ काम गर्दै आएको छ, जसको सकारात्मक परिणामस्वरूप यो प्रतिष्ठित सम्मान प्राप्त भएको हो ।

 

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.