NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
नेताहरु नसुध्रिए अझ ठूलो विद्रोह हुन सक्छः सुनिल शर्मा सोमवार अशोज ६ , २०८२
हितेन्द्रले राजीनामा नदिने, कुलमानको निर्देशन पालना गर्ने आइतवार अशोज ५ , २०८२
पार्टी पुनर्गठन गर्ने प्रस्ताव कांग्रेसमा फेल माओवादीमा पास आइतवार अशोज ५ , २०८२
प्रचण्डको भविष्यवाणी, जेनजीले पूरा गरे !ओलीको पत्तासाफ आइतवार अशोज ५ , २०८२
अमेरिका, चीन वा जापान.. कुन देशको भिसा पाउन मुश्किल ? आइतवार अशोज ५ , २०८२
Next
Prev

समाचार

आज राप्रपाको शक्तिप्रदर्शनःलिङ्देनले सरकारलाई भने ‘नडराउनु’

आइतवार बैशाख ७ , २०८२
Reading Time: 1 min read
A A
राप्रपाका मन्त्रीले बुझाए राजीनामा
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

६ वैशाख ,काठमाण्डौ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज काठमाडौँमा प्रदर्शन गर्दैछ । सरकारको चेतावनीका बाबजुद राप्रपाले आज निषेधित क्षेत्रमा प्रदर्शन गर्न लागेको छ । गएको चैत १५ गते राजावादी समूहले तीनकुनेमा गरेको हिंसात्मक प्रदर्शनमा संलग्न भएको आरोपमा सरकारले राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्रसहितलाई पक्राउ गरेर हिरासतमा राखेको छ।

उनीहरुकै रिहाइसहितका माग राखेर राप्रपाले आज सिंहदरबार आसपास सहितका निषेधित क्षेत्रमा प्रदर्शन गर्न लागेको हो । सरकारले भने निषेधित क्षेत्र तोड्ने काम नगर्न राप्रपालाई चेतावनी दिएको छ ।

LS Auto

गृहमन्त्रालयले शनिबार विज्ञप्ति जारी गरेर हिंसा फैलाउने कुनैपनि अराजक, उत्तेजक र गैरकानुनी क्रियाकलापमा संलग्न नहुनसमेत सचेत गराएको छ । तर राजसंस्था पुनस्र्थापनाका लागि भन्दै राप्रपा आजबाट सशक्त आन्दोलनमा होमिएको छ ।

आज पहिलो दिनमै निषेधित क्षेत्र तोडेर प्रदर्शन गर्ने पूर्वघोषणा गरेको हुँदा सरकारी संयन्त्र तथा सुरक्षा निकायहरु सचेत छन् । यसअघि राप्रपाले गत चैत २५ गते बल्खुमा शान्तिपूर्ण जनप्रदर्शन गरेको थियो ।

उक्त जनप्रदर्शन सोचेजस्तो प्रभावकारी हुन सकेन । आजबाट हरेक दिन आन्दोलनलाई निरन्तरता दिने र सरकारलाई झुकाएरै छोड्ने राप्रपाको तयारी छ । सरकारी पक्षले भने अहिलेसम्म आन्दोलन राजनीतिक आँखाबाट समेत हेर्न चाहेको छैन ।

बिहीबार बसेको राप्रपाको वैठकले निषेधित क्षेत्रमा प्रदर्शन गर्ने बोल्ड निर्णय लिएपछि भने सरकार अलिकति झस्किएको देखिन्छ । जनमानसमा पनि चैत १५ गतेको तीनकुने आन्दोलनजस्तै हिंसात्मक हुने त होइन भन्ने त्राश उत्पन्न भएको छ ।

तर, राप्रपाका जिम्मेवार नेताहरुले पार्टीको तर्फबाट कुनै हिंसात्मक गतिविधि नहुने बताइरहेका छन् । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारविरुद्ध प्रतिकात्मक र शान्तिपूर्ण प्रदर्शन गर्ने बताएका छन् ।

यो प्रदर्शनबाट नडराउन पनि सरकारलाई भनेका छन् । आज प्रदर्शनको दिन राप्रपा अध्यक्ष लिङ्देनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘भन्नलाई प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र भन्ने तर जनतालाई यति मात्र बोल, योयो मात्र बोल, अनि यो बाटो मात्र हिँड, यहाँभन्दा एक इन्च पनि यता नआऊ भनेर सीमा तोक्ने सरकारी निरंकुशतन्त्रको विरुद्धको प्रतिकात्मक र शान्तिपूर्ण प्रदर्शन हो । जहाँ हामी सीमित नेताहरू मात्रै सहभागी हुनेछौं ।’

वैचारिक दृष्टिकोणले राप्रपा मुलुकको प्रमुख प्रतिपक्ष पार्टी भएको भन्दै लिङ्दनेले थप लेखेका छन्, ‘हामी जे गर्छौं भनेरै गर्छौं । सरकारले नडराए हुन्छ ।’ यस्तै राप्रपा प्रवक्ता मोहन श्रेष्ठले शान्तिपूर्ण आन्दोलन गर्ने पार्टीको नीति रहेको बताएका छन् ।

राप्रपाका प्रदर्शनकारीले बानेश्वर, भद्रकाली र बालुवाटारस्थित निषेधित क्षेत्र तोड्ने प्रयास गर्ने छन् । यसक्रममा सुरक्षाकर्मीसँग धकेलाधकेल हुन सक्ने भए पनि ढुंगामुढा, तोडफोड र आगजनी गर्ने कुनै योजना नरहेको राप्रपाका नेताहरुले बताएका छन् ।

निषेधित क्षेत्र तोड्ने क्रममा भने केही प्रमुख नेताहरुले गिरफ्तारी दिन सक्नेछन् । ककसले गिरफ्तारी दिने भन्ने तय भएको छैन । अध्यक्ष लिङदेनले पत्रकारहरुसँग कुरा गर्दै आफू थुनिन तयार रहेको बताएका थिए ।

अहिलेसम्मको तयारी अनुसार लिङदेनको नेतृत्वमा विजुलीबजारमा मध्यान्न १२ बजे प्रदर्शन सुरु हुने छ । लिङदेनले नै अगूवाइ गरेर बानेश्वरको निषेधित क्षेत्रतर्फ अघि बढ्ने योजना रहेको बताइएको छ ।

यस्तै बालुवाटारमा सम्भवतः डा. प्रकाशचन्द्र लोहनीले र भद्रकालीमा विक्रम पाण्डेले आन्दोलनको नेतृत्व गर्ने तयारी छ । यद्यपि, अन्तिम समयसम्ममा आन्दोलनको रणनीतिमा परिमार्जन गर्न सक्नेछन् ।

सरकारी पक्ष भने आन्दोलनकारीप्रति कडा रवैया देखाउने मनस्थितिमा बुझिन्छ । गृह मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिले पनि त्यस्तो संकेत गरेको छ । विज्ञप्तिमा निषेधित क्षेत्र तोड्न खोजेमा सैह्य नहुने बताइएको छ ।

निषेधित क्षेत्रमा प्रदर्शन गर्नुअघि राप्रपाका नेताहरुले पूर्वराजा ज्ञानेन्द्र शाहसँग पनि भेटघाट गरेका थिए । लिङदेनसहित ७ जना नेताहरू शुक्रवार निर्मल निवास छिरेको प्रसङ्ग शनिवार सार्वजनिक भएको हो ।

राप्रपाको टोलीले पूर्वराजा ज्ञानेन्द्र सँग लन्चसहित गरेको छलफलमा मुख्य अन्तरवस्तुहरु भने गोप्य नै राखिएका छन् । पूर्वराजाकै बोलावटमा राप्रपा नेताहरूको दलबल निर्मल निवास गएको हो ।

राप्रपा टोलीमा वरिष्ठ नेताद्वय पशुपति शमशेर राणा र डा. प्रकाशचन्द्र लोहनी, उपाध्यक्षत्रय बुद्धिमान तामाङ, ध्रुवबहादुर प्रधान र विक्रम पाण्डे तथा प्रवक्ता ज्ञानेन्द्र शाही थिए । राप्रपाले काठमाडौंमा निषेधाज्ञा तोड्ने निर्णय गरेको भोलिपल्ट निर्मल निवासले गरेको निमन्त्रणालाई अर्थपूर्ण मानिएको छ ।

दुई घण्टाभन्दा बढी चलेको लन्च मिटिङमा तीनकुने आन्दोलनमा भएको हिंसादेखि दुर्गा प्रसाईँलाई कमान्डर कसले तोकेको हो भन्ने सम्मका विषयवस्तुहरू आएको बताइएको छ। पूर्वराजाले तीनकुने आन्दोलनमा भएको भौतिक र मानवीय क्षतिप्रति गहिरो चिन्ता व्यक्त गर्दै आफूले प्रसाईँलाई आन्दोलनको कमान्डर नबनाएको बताएका थिए ।

प्रसाईँसँग मेची पुलको कार्यक्रमपछि आफ्नो भेटसमेत नभएको उनको भनाइ थियो ।यसबीच यता प्रदर्शनकारीहरूले निषेधित क्षेत्र तोड्ने अभिव्यक्ति दिएसँगै उपत्यका प्रहरी कार्यालयले प्रतिकारात्मक सुरक्षा योजना बनाएर लागु गरेको छ ।

जिल्ला सुरक्षा समितिबाट निर्णय गराएर सुरक्षा योजना लागु गरिएको उपत्यका प्रहरी कार्यालयका एसएसपी शेखर खनालले बताए । राप्रपाले प्रदर्शनको लागि जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएको छैन ।

अनुमति नलिएको र निषेधित क्षेत्र तोड्ने सुराक पाएसँगै निषेधित क्षेत्रमा सुरक्षा कडाइ गरिएको छ । बालुवाटार स्थित प्रधानमन्त्रीको निवास आसपासको निषेधित क्षेत्रमा पनि ठुलो सङ्ख्यामा सुरक्षा परिचालन गर्नेगरी सुरक्षा योजना लागु गरिएको छ ।

एसएसपी खनालका अनुशार काठमाडौँ उपत्यकाको निषेधित ठाउँमा मजबुत सुरक्षा प्रबन्ध गरिएको छ । जिल्ला सुरक्षा समितिबाट पारित सुरक्षा योजना अनुसार प्रदर्शन स्थल र निषेधित क्षेत्रमा ब्याक सपोर्टको रूपमा सशस्त्र प्रहरी पनि परिचालन गरिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराका अनुशार सूचना सङ्कलन गर्न राष्ट्रिय अनुसन्धान विभागबाट पनि सुरक्षाकर्मीहरू परिचालन गर्नेगरी योजना बनाइएको छ। काठमाडौँ जिल्लाको सुरक्षा कमान्ड एसएसपी विश्व अधिकारीले गर्नेछन् ।

राप्रपाले प्रदर्शन अनुमति नलिएको हुनाले प्रदर्शन स्थलमा भेला भएकाहरूलाई निगरानी गर्ने र निषेधित क्षेत्रमा प्रवेश गर्न खोज्नेहरूलाई पक्राउ गर्ने सुरक्षा रणनीति छ ।

Tags: #राप्रपाको शक्तिप्रदर्शन#राप्रपाले आज निषेधित क्षेत्र तोड्ने#राष्ट्रिय प्रजातन्त्र पार्टी#लिङ्देनले सरकारलाई भने ‘नडराउनु#सरकारले बल प्रयोग गर्ने

लोकप्रीय

नेताहरु नसुध्रिए अझ ठूलो विद्रोह हुन सक्छः सुनिल शर्मा

नेताहरु नसुध्रिए अझ ठूलो विद्रोह हुन सक्छः सुनिल शर्मा

सोमवार अशोज ६ , २०८२
हितेन्द्रले राजीनामा नदिने, कुलमानको निर्देशन पालना गर्ने

हितेन्द्रले राजीनामा नदिने, कुलमानको निर्देशन पालना गर्ने

आइतवार अशोज ५ , २०८२
बालकोटमा राखेको बैठकमा गएनन् प्रचण्ड–देउवा

पार्टी पुनर्गठन गर्ने प्रस्ताव कांग्रेसमा फेल माओवादीमा पास

आइतवार अशोज ५ , २०८२

विचार

नेताहरु नसुध्रिए अझ ठूलो विद्रोह हुन सक्छः सुनिल शर्मा

नेताहरु नसुध्रिए अझ ठूलो विद्रोह हुन सक्छः सुनिल शर्मा

सोमवार अशोज ६ , २०८२
हितेन्द्रले राजीनामा नदिने, कुलमानको निर्देशन पालना गर्ने

हितेन्द्रले राजीनामा नदिने, कुलमानको निर्देशन पालना गर्ने

आइतवार अशोज ५ , २०८२
बालकोटमा राखेको बैठकमा गएनन् प्रचण्ड–देउवा

पार्टी पुनर्गठन गर्ने प्रस्ताव कांग्रेसमा फेल माओवादीमा पास

आइतवार अशोज ५ , २०८२

थप समाचार

नेताहरु नसुध्रिए अझ ठूलो विद्रोह हुन सक्छः सुनिल शर्मा
Breaking news

नेताहरु नसुध्रिए अझ ठूलो विद्रोह हुन सक्छः सुनिल शर्मा

सोमवार अशोज ६ , २०८२
हितेन्द्रले राजीनामा नदिने, कुलमानको निर्देशन पालना गर्ने
ताजा समाचार

हितेन्द्रले राजीनामा नदिने, कुलमानको निर्देशन पालना गर्ने

आइतवार अशोज ५ , २०८२
बालकोटमा राखेको बैठकमा गएनन् प्रचण्ड–देउवा
ताजा समाचार

पार्टी पुनर्गठन गर्ने प्रस्ताव कांग्रेसमा फेल माओवादीमा पास

आइतवार अशोज ५ , २०८२
ओली र प्रचण्डले कसरी मिलाए भागबण्डा ?
ताजा समाचार

प्रचण्डको भविष्यवाणी, जेनजीले पूरा गरे !ओलीको पत्तासाफ

आइतवार अशोज ५ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News:भेनेजुएला–अमेरिकाबीच अघोषित यु*द्ध, ७ यु*द्ध रोकेको ट्रम्पको दाबी

World News:भेनेजुएला–अमेरिकाबीच अघोषित यु*द्ध, ७ यु*द्ध रोकेको ट्रम्पको दाबी

00:20:21

World News: UKको फाइटर जेट पोल्याण्डमा तैनाथ, अफगानिस्तानमा फेरि निहुँ खोज्दै Trump || Nepal Times

00:16:33

World News: Russia–भियतनामबीच गोप्य सम्झौता, पाक–चीनको प्रस्तावविरुद्ध भिटो || Nepal Times

00:21:52

World News: Americaमाथि व्यापार नाकाबन्दी, Russiaमा शक्तिशाली भूकम्प || Nepal Times

00:19:53

World News:निकालिएकाहरु America गए १० वर्ष जेल, Portugalमा नेपाली बन्धक|| Nepal Times

00:17:46

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

भारतलाई बिच्क्याएर चीनको झोलीमा किन पुग्यो माल्दिभ्स ?

माल्दिभ्स पनि नेपालकै पथमा, सरकारले चाल्यो आत्मघाती कदम

बिहिबार अशोज २ , २०८२
ओलीमा अझै गएन घमण्ड, न पश्चाताप न क्षमा याचना

ओलीले शक्तिशाली शासक बन्न खिचेका ३ विभाग ८ वर्षपछि फिर्ता

आइतवार अशोज ५ , २०८२
अर्थमन्त्रीले दिए करदातालाई राहत, एक महिना थपियो कर तिर्ने समय

यस्तो हुन्छ जनताको सरकार,सर्किट लागेको भोलिपल्टै छानविन

शुक्रबार अशोज ३ , २०८२

हालका पोस्टहरू

नेताहरु नसुध्रिए अझ ठूलो विद्रोह हुन सक्छः सुनिल शर्मा

नेताहरु नसुध्रिए अझ ठूलो विद्रोह हुन सक्छः सुनिल शर्मा

सोमवार अशोज ६ , २०८२
हितेन्द्रले राजीनामा नदिने, कुलमानको निर्देशन पालना गर्ने

हितेन्द्रले राजीनामा नदिने, कुलमानको निर्देशन पालना गर्ने

आइतवार अशोज ५ , २०८२
बालकोटमा राखेको बैठकमा गएनन् प्रचण्ड–देउवा

पार्टी पुनर्गठन गर्ने प्रस्ताव कांग्रेसमा फेल माओवादीमा पास

आइतवार अशोज ५ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.