×

NEPAL TIMES UPDATES

Playing
बालेन सरकारको निर्णयविरुद्ध विद्यार्थी आ*न्दोलित, कालापानी पनि एजेण्डा|| Nepal Times
Apr 10, 2026
Playing
अंश विवादको भया वह अ न्त्य, ४२ वर्षीया महिलाको ह त्या, भान्जा प क्रा उ || Nepal Times
Apr 10, 2026
Playing
रविकै अघि ज्ञानेन्द्र शाहीले भने तपाईंको बाध्यता बुझेका छौं || Nepal Times
Apr 10, 2026
Playing
खुश्वु ओलीले रास्वपालाई विश्वसनीयता र राजनीतिक संस्कारको पाठ पढाइन|| Nepal Times
Apr 10, 2026
Playing
आइतबार पनि अस्पताल बन्द नहुने, सिफ्ट र सट्टा बिदाको व्यवस्था || Nepal Times
Apr 10, 2026
Playing
गौरी कुमारी उद्योग र रामजी यादव श्रममन्त्री नियुक्त|| Nepal Times
Apr 10, 2026
Playing
प्र*हरीले खोल्यो पोखरा ह*त्या रहस्य ,भाञ्जा नै निस्कियो ह*त्या आ*रोपी|| Nepal Times
Apr 10, 2026
Playing
Top 15 Afternoon News || April-10-2026 || Nepal Times
Apr 10, 2026
Playing
औषधिमा अर्बाैको घोटालामा बालेनको चासो, ७ दिनभित्र मागियो प्रतिवेदनNepal Times
Apr 10, 2026
Playing
America र Iranबीचको वार्ता फाइनल, को–को आउँदैछन् इस्लामाबाद? || Nepal Times
Apr 10, 2026

आज राप्रपाको शक्तिप्रदर्शनःलिङ्देनले सरकारलाई भने ‘नडराउनु’

७ बैशाख २०८२

६ वैशाख ,काठमाण्डौ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज काठमाडौँमा प्रदर्शन गर्दैछ । सरकारको चेतावनीका बाबजुद राप्रपाले आज निषेधित क्षेत्रमा प्रदर्शन गर्न लागेको छ । गएको चैत १५ गते राजावादी समूहले तीनकुनेमा गरेको हिंसात्मक प्रदर्शनमा संलग्न भएको आरोपमा सरकारले राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्रसहितलाई पक्राउ गरेर हिरासतमा राखेको छ।

Advertisement
Advertisement

उनीहरुकै रिहाइसहितका माग राखेर राप्रपाले आज सिंहदरबार आसपास सहितका निषेधित क्षेत्रमा प्रदर्शन गर्न लागेको हो । सरकारले भने निषेधित क्षेत्र तोड्ने काम नगर्न राप्रपालाई चेतावनी दिएको छ ।

गृहमन्त्रालयले शनिबार विज्ञप्ति जारी गरेर हिंसा फैलाउने कुनैपनि अराजक, उत्तेजक र गैरकानुनी क्रियाकलापमा संलग्न नहुनसमेत सचेत गराएको छ । तर राजसंस्था पुनस्र्थापनाका लागि भन्दै राप्रपा आजबाट सशक्त आन्दोलनमा होमिएको छ ।

आज पहिलो दिनमै निषेधित क्षेत्र तोडेर प्रदर्शन गर्ने पूर्वघोषणा गरेको हुँदा सरकारी संयन्त्र तथा सुरक्षा निकायहरु सचेत छन् । यसअघि राप्रपाले गत चैत २५ गते बल्खुमा शान्तिपूर्ण जनप्रदर्शन गरेको थियो ।

उक्त जनप्रदर्शन सोचेजस्तो प्रभावकारी हुन सकेन । आजबाट हरेक दिन आन्दोलनलाई निरन्तरता दिने र सरकारलाई झुकाएरै छोड्ने राप्रपाको तयारी छ । सरकारी पक्षले भने अहिलेसम्म आन्दोलन राजनीतिक आँखाबाट समेत हेर्न चाहेको छैन ।

बिहीबार बसेको राप्रपाको वैठकले निषेधित क्षेत्रमा प्रदर्शन गर्ने बोल्ड निर्णय लिएपछि भने सरकार अलिकति झस्किएको देखिन्छ । जनमानसमा पनि चैत १५ गतेको तीनकुने आन्दोलनजस्तै हिंसात्मक हुने त होइन भन्ने त्राश उत्पन्न भएको छ ।

तर, राप्रपाका जिम्मेवार नेताहरुले पार्टीको तर्फबाट कुनै हिंसात्मक गतिविधि नहुने बताइरहेका छन् । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारविरुद्ध प्रतिकात्मक र शान्तिपूर्ण प्रदर्शन गर्ने बताएका छन् ।

यो प्रदर्शनबाट नडराउन पनि सरकारलाई भनेका छन् । आज प्रदर्शनको दिन राप्रपा अध्यक्ष लिङ्देनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘भन्नलाई प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र भन्ने तर जनतालाई यति मात्र बोल, योयो मात्र बोल, अनि यो बाटो मात्र हिँड, यहाँभन्दा एक इन्च पनि यता नआऊ भनेर सीमा तोक्ने सरकारी निरंकुशतन्त्रको विरुद्धको प्रतिकात्मक र शान्तिपूर्ण प्रदर्शन हो । जहाँ हामी सीमित नेताहरू मात्रै सहभागी हुनेछौं ।’

वैचारिक दृष्टिकोणले राप्रपा मुलुकको प्रमुख प्रतिपक्ष पार्टी भएको भन्दै लिङ्दनेले थप लेखेका छन्, ‘हामी जे गर्छौं भनेरै गर्छौं । सरकारले नडराए हुन्छ ।’ यस्तै राप्रपा प्रवक्ता मोहन श्रेष्ठले शान्तिपूर्ण आन्दोलन गर्ने पार्टीको नीति रहेको बताएका छन् ।

राप्रपाका प्रदर्शनकारीले बानेश्वर, भद्रकाली र बालुवाटारस्थित निषेधित क्षेत्र तोड्ने प्रयास गर्ने छन् । यसक्रममा सुरक्षाकर्मीसँग धकेलाधकेल हुन सक्ने भए पनि ढुंगामुढा, तोडफोड र आगजनी गर्ने कुनै योजना नरहेको राप्रपाका नेताहरुले बताएका छन् ।

निषेधित क्षेत्र तोड्ने क्रममा भने केही प्रमुख नेताहरुले गिरफ्तारी दिन सक्नेछन् । ककसले गिरफ्तारी दिने भन्ने तय भएको छैन । अध्यक्ष लिङदेनले पत्रकारहरुसँग कुरा गर्दै आफू थुनिन तयार रहेको बताएका थिए ।

अहिलेसम्मको तयारी अनुसार लिङदेनको नेतृत्वमा विजुलीबजारमा मध्यान्न १२ बजे प्रदर्शन सुरु हुने छ । लिङदेनले नै अगूवाइ गरेर बानेश्वरको निषेधित क्षेत्रतर्फ अघि बढ्ने योजना रहेको बताइएको छ ।

यस्तै बालुवाटारमा सम्भवतः डा. प्रकाशचन्द्र लोहनीले र भद्रकालीमा विक्रम पाण्डेले आन्दोलनको नेतृत्व गर्ने तयारी छ । यद्यपि, अन्तिम समयसम्ममा आन्दोलनको रणनीतिमा परिमार्जन गर्न सक्नेछन् ।

सरकारी पक्ष भने आन्दोलनकारीप्रति कडा रवैया देखाउने मनस्थितिमा बुझिन्छ । गृह मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिले पनि त्यस्तो संकेत गरेको छ । विज्ञप्तिमा निषेधित क्षेत्र तोड्न खोजेमा सैह्य नहुने बताइएको छ ।

निषेधित क्षेत्रमा प्रदर्शन गर्नुअघि राप्रपाका नेताहरुले पूर्वराजा ज्ञानेन्द्र शाहसँग पनि भेटघाट गरेका थिए । लिङदेनसहित ७ जना नेताहरू शुक्रवार निर्मल निवास छिरेको प्रसङ्ग शनिवार सार्वजनिक भएको हो ।

राप्रपाको टोलीले पूर्वराजा ज्ञानेन्द्र सँग लन्चसहित गरेको छलफलमा मुख्य अन्तरवस्तुहरु भने गोप्य नै राखिएका छन् । पूर्वराजाकै बोलावटमा राप्रपा नेताहरूको दलबल निर्मल निवास गएको हो ।

राप्रपा टोलीमा वरिष्ठ नेताद्वय पशुपति शमशेर राणा र डा. प्रकाशचन्द्र लोहनी, उपाध्यक्षत्रय बुद्धिमान तामाङ, ध्रुवबहादुर प्रधान र विक्रम पाण्डे तथा प्रवक्ता ज्ञानेन्द्र शाही थिए । राप्रपाले काठमाडौंमा निषेधाज्ञा तोड्ने निर्णय गरेको भोलिपल्ट निर्मल निवासले गरेको निमन्त्रणालाई अर्थपूर्ण मानिएको छ ।

दुई घण्टाभन्दा बढी चलेको लन्च मिटिङमा तीनकुने आन्दोलनमा भएको हिंसादेखि दुर्गा प्रसाईँलाई कमान्डर कसले तोकेको हो भन्ने सम्मका विषयवस्तुहरू आएको बताइएको छ। पूर्वराजाले तीनकुने आन्दोलनमा भएको भौतिक र मानवीय क्षतिप्रति गहिरो चिन्ता व्यक्त गर्दै आफूले प्रसाईँलाई आन्दोलनको कमान्डर नबनाएको बताएका थिए ।

प्रसाईँसँग मेची पुलको कार्यक्रमपछि आफ्नो भेटसमेत नभएको उनको भनाइ थियो ।यसबीच यता प्रदर्शनकारीहरूले निषेधित क्षेत्र तोड्ने अभिव्यक्ति दिएसँगै उपत्यका प्रहरी कार्यालयले प्रतिकारात्मक सुरक्षा योजना बनाएर लागु गरेको छ ।

जिल्ला सुरक्षा समितिबाट निर्णय गराएर सुरक्षा योजना लागु गरिएको उपत्यका प्रहरी कार्यालयका एसएसपी शेखर खनालले बताए । राप्रपाले प्रदर्शनको लागि जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएको छैन ।

अनुमति नलिएको र निषेधित क्षेत्र तोड्ने सुराक पाएसँगै निषेधित क्षेत्रमा सुरक्षा कडाइ गरिएको छ । बालुवाटार स्थित प्रधानमन्त्रीको निवास आसपासको निषेधित क्षेत्रमा पनि ठुलो सङ्ख्यामा सुरक्षा परिचालन गर्नेगरी सुरक्षा योजना लागु गरिएको छ ।

एसएसपी खनालका अनुशार काठमाडौँ उपत्यकाको निषेधित ठाउँमा मजबुत सुरक्षा प्रबन्ध गरिएको छ । जिल्ला सुरक्षा समितिबाट पारित सुरक्षा योजना अनुसार प्रदर्शन स्थल र निषेधित क्षेत्रमा ब्याक सपोर्टको रूपमा सशस्त्र प्रहरी पनि परिचालन गरिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराका अनुशार सूचना सङ्कलन गर्न राष्ट्रिय अनुसन्धान विभागबाट पनि सुरक्षाकर्मीहरू परिचालन गर्नेगरी योजना बनाइएको छ। काठमाडौँ जिल्लाको सुरक्षा कमान्ड एसएसपी विश्व अधिकारीले गर्नेछन् ।

Advertisement

राप्रपाले प्रदर्शन अनुमति नलिएको हुनाले प्रदर्शन स्थलमा भेला भएकाहरूलाई निगरानी गर्ने र निषेधित क्षेत्रमा प्रवेश गर्न खोज्नेहरूलाई पक्राउ गर्ने सुरक्षा रणनीति छ ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top