NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
मेस्सी भारतमाः शाहरुखलाई भेटे, फोटो खिच्न १० लाख शनिबार मंसिर २७ , २०८२
एनपीएल सिजन–२ः सुदूरपश्चिम कि लुम्बिनी? उपाधि कसको ? शनिबार मंसिर २७ , २०८२
आज एनपीएल उपाधि भिड्न्त, च्याम्पियन सुदूर कि लुम्बिनी शनिबार मंसिर २७ , २०८२
नेकपा एमाले ११ औँ महाधिवेशन आज उद्घाटन हुँदै शनिबार मंसिर २७ , २०८२
एमाले महाधिवेशनमा नेपालमै बनेको भोटिङ मेसिन, ५० लाख खर्च शुक्रबार मंसिर २६ , २०८२
Next
Prev

समाचार

देश लथालिङ छाडेर देउवा आँखा जचाउन विदेश जाने

आइतवार बैशाख ७ , २०८२
Reading Time: 1 min read
A A
सांसदहरुले उठाएको प्रश्नको जवाफ दिन छाडी प्रधानमन्त्री एनआरएनको कार्यक्रममा सहभागी
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

६ वैशाख ,काठमाण्डौ।

एकातिर कयौं दिनदेखि सडकमा शिक्षक, सहकारी पीडितदेखि राजावादी लगायतको आन्दोलन अर्कातिर सरकार ढलिहाल्ने माओवादी केन्द्रका अध्यक्षको दिनहुँको दाबी अनि सत्तारुढ काँग्रेसभित्रै सरकारका कामकारबाहीबारे असन्तुष्टि चुलिएका बेला नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भने आज परिवारसहित विदेश भ्रमणमा जादैछन् ।

देउवा आजराति सपरिवार थाइल्यान्ड जादैछन् । उनी आँखाको उपचारका लागि बैंकक जान लागेको बताइएको छ । यद्यपि त्यहाँ रहँदा उनले राजनीतिक भेटघाट समेत गर्न सक्ने बताइएको छ । मुलुकको राजनीतिक अवस्था तरल भएका बेला प्रमुख सत्ता साझेदार दलका नेता देउवा थाइल्यान्ड जान लाग्नुलाई अर्थपूर्ण हेरिएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारसँग कांग्रेसकै कतिपय नेताहरूले असन्तुष्टि जनाइरहेको अवस्था छ । आजै देउवा पत्नी समेत रहेकी परराष्ट्रमन्त्री आरजु देउवा राणा समेत बैंकक जाँदै छिन् ।

२१ देखि २५ अप्रिलसम्म बैंककमा आयोजना हुने संयुक्त राष्ट्रसंघीय एसिया तथा प्रशान्त क्षेत्रीय आर्थिक तथा सामाजिक आयोग ९युनाइटेड नेसन्स् इकोनोमिक एन्ड सोसियल कमिसन फर एसिया एन्ड द प्यासिफिक, युएनस्केप० को ८१औँ सत्रमा सहभागी हुन आरजु त्यसतर्फ जान लागेकी हुन् ।

हाल नेपाल युएनस्केपको अध्यक्ष छ । मन्त्री डा राणाले युएनस्केपको ८१औँ सत्रको अध्यक्षता गर्ने र उक्त सत्रलाई नेपालका तर्फबाट सम्बोधन गर्ने कार्यक्रम छ । यस सत्रको विषयवस्तु एसिया तथा प्रशान्त क्षेत्रमा दिगो सहरी विकासका लागि क्षेत्रीय सहयोग रहेको छ । उक्त सत्रमा मन्त्री डा।

राणाको नेतृत्वमा परराष्ट्र मन्त्रालय, राष्ट्रिय योजना आयोग र थाइल्यान्डस्थित नेपाली दूतावासका अधिकारीहरू सम्मिलित नेपाली प्रतिनिधिमण्डल सहभागी हुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

युएनस्केप संयुक्त राष्ट्रसंघअन्तर्गतको एक महत्त्वपूर्ण क्षेत्रीय आयोग हो, जसले एसिया र प्रशान्त क्षेत्रका देशहरूबीच आर्थिक तथा सामाजिक विकासलाई प्रवद्र्धन गर्ने कार्य गर्दछ। यसको मुख्यालय बैंककमा छ । यसमा ५३ सदस्य राष्ट्र र ९ सहयोगी सदस्य छन्।

सदस्य राष्ट्रहरूमा नेपाल, भारत, चीन, जापान, अष्ट्रेलिया र दक्षिण कोरियाजस्ता देशहरू पर्दछन्। यो बैठकमा भारतीय प्रतिनिधिहरुको समेत सहभागिता रहनेछ । बैंककमा छिमेकी चीनको तर्फबाट उपविदेशमन्त्री मा चाओछुले चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछन् ।

बैंककस्थित नेपाली राजदूतावास स्रोतका अनुसार परराष्ट्रमन्त्री डा। राणा र चिनियाँ उपविदेशमन्त्रीबीच भेटवार्ता तय भइसकेको छ । देउवा परिवारसँगै थाइल्यान्ड भ्रमणमा ‘नयाँ आयाम मल्टी डिस्प्लिनरी इन्स्टिच्युट’ ९नामी० कलेजका प्रमुख कार्यकारी अधिकृत प्रनिल पाण्डे पनि हुने छन् ।

सो कलेजमा देउवा परिवारको समेत लगानी रहेको चर्चा चल्ने गरेको छ । ‘भ्रमण अवधिभर पाण्डेको बसोबास बैंककस्थित राजदूतावासमा हुने भनिएको छ,’ राजदूतावासस्थित स्रोतले भन्यो, ‘बैठकका लागि आउनु भएकाले परराष्ट्रमन्त्री डा राणाको बसोबास ‘इस्क्याप’ ले व्यवस्थापन गरेकै होटलमा होला।

तर सभापति देउवा लगायत अन्य पारिवारिक सदस्यको बसोबास कहाँ हुन्छ, त्यस विषयमा राजदूतावासलाई जानकारी छैन।’ थाइल्यान्डमा देउवाको बसाइ कहाँ हुन्छ भन्ने जानकारी नभएकाले बालुवाटार यो भ्रमणप्रति आशंकित भएको हो ।

प्रधानमन्त्री ओलीप्रति भारतीय संस्थापनको असन्तुष्टि रहे पनि बिमस्टेक शिखर सम्मेलनका प्रधानमन्त्री ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच बैंककमै एक्लाएक्लै वार्ता भएको थियो। त्यो भेटवार्ताले दुई मुलुकका संस्थापनबीचको सम्बन्धमा सुधार भयो–भएन भन्ने विषय अहिले पनि संशयकै विषय छ ।

बाहिरी रुपमा सम्बन्ध सुमधुर रहेको बताइएपनि स्वयम ओलीले नै सार्वजनिक रुपमा भारत लक्षित असन्तुष्ट ब्यक्त गर्दै आएका छन् । नेपालको सत्ता–राजनीतिमा भूराजनीतिक प्रभाव पनि रहने र सत्ता–राजनीतिमा प्रभाव पार्ने गोप्यवार्ताका लागि पछिल्लो समय दक्षिण–पूर्वी एसियाली मुलुकका राजधानीहरूको प्रयोग हुने गरेको चर्चाका कारणले पनि ‘उपचार’ का लागि हुन लागेको देउवाको भ्रमणप्रति एमाले पंक्ति र बालुवाटारमा चासो बढेको हो ।

यद्यपि देउवा विदेश उड्नुअधि शनिबार साँझ बालुवाटारमा तीन शीर्ष नेताहरुबीच भेटवार्ता भएको थियो । उनीहरुबीच विद्यमान राजनीतिक व्यवस्था र संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको समावेशितासहितको संविधानको रक्षाका लागि उपयुक्त वातावरण बनाउँदै अघि बढ्ने विषयमा छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार भएको छलफलमा संविधानको उल्लघंन गर्ने र सामाजिक अराजकता सृजना गरी मुलुकको शान्ति र अमनचयनमा खलल पु¥याउनेहरु प्रति सचेत हुँदै अघि बढ्न प्रमुख राजनीतिक दलहरुसहित गणतन्त्र पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्नेमा समान मत देखिएको छ ।

प्रधानमन्त्री एवं नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री रमेश लेखक, प्रधानमन्त्रीका मानव अधिकार तथा सङ्क्रमणकालीन न्यासम्बन्धी सल्लाहकार अग्नि खरेल सहभागी छलफलमा सङ्क्रमणकालीन न्यायसँग सम्बधित दुई आयोगमा पदाधिकारी चयनका लागि गठित सिफारिस समितिले गरिरहेको कामबारे सामान्य जानकारी गराउने काम पनि भएको सल्लाहकार खरेलले जानकारी दिएका छन् ।

Tags: #एमाले शसंकित#देउवा र आरजु#देउवा र आरजु आज बैंकक जाँदै#बैंकक

लोकप्रीय

मेस्सी भारतमाः शाहरुखलाई भेटे, फोटो खिच्न १० लाख

मेस्सी भारतमाः शाहरुखलाई भेटे, फोटो खिच्न १० लाख

शनिबार मंसिर २७ , २०८२
आज एनपीएल उपाधि भिड्न्त, च्याम्पियन सुदूर कि लुम्बिनी

एनपीएल सिजन–२ः सुदूरपश्चिम कि लुम्बिनी? उपाधि कसको ?

शनिबार मंसिर २७ , २०८२
आज एनपीएल उपाधि भिड्न्त, च्याम्पियन सुदूर कि लुम्बिनी

आज एनपीएल उपाधि भिड्न्त, च्याम्पियन सुदूर कि लुम्बिनी

शनिबार मंसिर २७ , २०८२

विचार

थप समाचार

मेस्सी भारतमाः शाहरुखलाई भेटे, फोटो खिच्न १० लाख
अन्तर्राष्ट्रिय

खेलकुद

आज एनपीएल उपाधि भिड्न्त, च्याम्पियन सुदूर कि लुम्बिनी

शनिबार मंसिर २७ , २०८२
नेकपा एमाले ११ औँ महाधिवेशन आज उद्घाटन हुँदै
ताजा समाचार

नेकपा एमाले ११ औँ महाधिवेशन आज उद्घाटन हुँदै

शनिबार मंसिर २७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: आईएसले तीन अमेरिकीको ज्या*न लि*यो, सुडानमा बंगलादेशी सेना मा*रि*ए || Nepal Times

World News: आईएसले तीन अमेरिकीको ज्या*न लि*यो, सुडानमा बंगलादेशी सेना मा*रि*ए || Nepal Times

00:20:30

World News: युक्रेन २०२७मा ईयुमा, एपस्टाइनमा ट्रम्पदेखि क्लिन्टनसम्मका नयाँ तस्बिर || Nepal Times

00:18:44

World News: युएस ब*म*वर्षक जापानमा, मोदी–ट्रम्पबीच वार्ता, अरुणाचलमा २१ मजदुरको मृ*त्यु

00:21:25

World News: अमेरिकाले भेनेजुएलाको तेल चोर्याे,अस्पतालमा ह*म*ला,३० जना मा*रिए || Nepal Times

00:21:38

World News: जापाननजिक रूस–चीनको गस्ती, युरोप पहिलेजस्तो सुरक्षित रहेन || Nepal Times

00:16:56

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

३ सय पाकिस्तानी डुबेपछि मानवतस्करमाथि पाकिस्तान सरकारको अपरेशन

पाकिस्तानलाई १२ भागमा विभाजन गर्ने तयारी

बुधबार मंसिर २४ , २०८२
प्रदीप अधिकारीसँग ५ लाख धरौटी माग, तिर्न नसक्ने

प्रदीप अधिकारीसँग ५ लाख धरौटी माग, तिर्न नसक्ने

बुधबार मंसिर २४ , २०८२
युक्रेनपछि युरोपको नेटो देशमा अर्काे युद्धको त्रास

युक्रेनपछि युरोपको नेटो देशमा अर्काे युद्धको त्रास

बुधबार मंसिर २४ , २०८२

हालका पोस्टहरू

मेस्सी भारतमाः शाहरुखलाई भेटे, फोटो खिच्न १० लाख

मेस्सी भारतमाः शाहरुखलाई भेटे, फोटो खिच्न १० लाख

शनिबार मंसिर २७ , २०८२
आज एनपीएल उपाधि भिड्न्त, च्याम्पियन सुदूर कि लुम्बिनी

एनपीएल सिजन–२ः सुदूरपश्चिम कि लुम्बिनी? उपाधि कसको ?

शनिबार मंसिर २७ , २०८२
आज एनपीएल उपाधि भिड्न्त, च्याम्पियन सुदूर कि लुम्बिनी

आज एनपीएल उपाधि भिड्न्त, च्याम्पियन सुदूर कि लुम्बिनी

शनिबार मंसिर २७ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.