NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान बिहिबार असार १९ , २०८२
चीनमा बन्दैछ मिलिट्री शहर, तेस्रो विश्वयुद्धको तयारी ? बिहिबार असार १९ , २०८२
७ नम्बर जर्सीसहित रियल मड्रिड रंगशालामा ओलीको राउण्ड बिहिबार असार १९ , २०८२
रुपन्देहीमा हुदैछ मिनी जनमत संग्रह  बिहिबार असार १९ , २०८२
विवाहको दुई हप्ता नबित्दै लिभरपुलका जोटाको निधन बिहिबार असार १९ , २०८२
Next
Prev

समाचार

ट्रम्पले सिध्याइदिने धम्की दिएका मस्क नै धनाढ्य सूचीमा पहिलो

बिहिबार असार १९ , २०८२
Reading Time: 1 min read
A A
Advertisement
ट्रम्पले सिध्याइदिने धम्की दिएका मस्क नै धनाढ्य सूचीमा पहिलो
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१९ असार , काठमाडौं ।
अमेरिकामा आफ्नो व्यापार साम्राज्य खडा गरि विश्वकै सबैभन्दा धनाढ्य बनेका इलोन मस्क आफ्नै राष्ट्रपतिसंगको टकराव बढ्दा पनि फोब्र्सको सूचिको पहिलो स्थानमा यथावत छन् ।

पछिल्ला दिनहरुमा तनाव बढ्दै जाँदा डोनाल्ड ट्रम्पले मस्कको व्यापारलाई सरकारले दिदै आएको सबै सब्सिडी बन्द गर्दै उनको व्यापार ठप्प पार्ने मात्रै होइन, उनलाई दक्षिण अफ्रिका फर्किन बाध्य पार्ने चेतावनी दिइरहेका छन् ।

ट्रम्पको यस्तो चेतवानीका बावजुद इलोन मस्क अहिले पनि विश्वको धनीहरुको सूचिमा पहिलो स्थानमा नै रहेका छन् । फोब्र्स पत्रिकाले संसारका सबभन्दा धनाढ्य व्यक्तिहरूको नयाँ सूची सार्वजनिक गरेको छ ।

Advertisement

सन् २०२५ को पहिलो ६ महिनाको तथ्यांकलाई आधार बनाएर फोब्र्सले मंगलवार नै सूची प्रकाशित गरेको थियो । सूचीमा इलोन मस्क नै पहिलो स्थानमा कायम छन् ।

मस्कसँग ४०६.५ अर्ब डलर बराबरको सम्पत्ति रहेको फोब्र्सले उल्लेख गरेको छ । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पसँगको झगडापछि मस्कले केही दिनयता १२ अर्ब डलर गुमाएको बताइएको छ ।

दोस्रो स्थानमा नयाँ धनाढ्य आएका छन् । उनी हुन् ल्यारी एलिसन । उनी विशाल सफ्टवेयर कम्पनी ओराकलका सहसंस्थापक र अध्यक्ष हुन् । हालैका दिनमा ओराकलको स्टक मूल्य ३२ प्रतिशतले बढेपछि उनको सम्पत्ति २६२ अर्ब डलर पुगेको थियो ।

गत मे महिनामा उनी चौथो स्थानमा थिए । त्यसक्रममा उनले मेटाका मार्क जुकरबर्ग र अमेजनका जेफ बेजोसलाई पछि पारेका हुन् । जुकरबर्ग २५५ अर्ब डलर र बेजोस २३३ अर्ब डलरका साथ क्रमशः तेस्रो र चौथो स्थानमा छन् ।

पाँचौं स्थानमा गूगलका सहसंस्थापक ल्यारी पेज छन् । उनीसँग १४५.९ अर्ब डलर बराबरको सम्पत्ति छ । उनीपछि वारेन बफेट १४५.६ अर्ब डलरका साथै छैटौं स्थानमा, स्टिभ बाल्मर १४१.२ अर्ब डलरका साथ सातौं स्थाना, सर्गे ब्रिन १३९.५ अर्ब डलरका साथ आठौं स्थानमा, बर्नार्ड अर्नाउ १३८.४ अर्ब डलरका साथ नवौं स्थानमा र जेनसेन ह्वाङ १०औं स्थानमा छन् ।

यी शीर्ष १० अर्बपतिहरूसँग २० खर्बभन्दा बढी सम्पत्ति छ । जुन महिनामा नास्डाक र एसएन्डपीको स्टक बढेपछि उनीहरूको सम्पत्ति बढेको हो ।

अमेरिकाले संसारभरिका मुलुकमाथि आयातकर लगाएपछि बढेको तनाव क्रमशः घट्दै गएपछि अर्बपतिहरूको सम्पत्तिमा पनि वृद्धि भएको हो ।

यो सूचीमा नेपालका एकमात्र अर्बपति विनोद चौधरी भने १८६४ औं र्यांकमा छन् । उनको कुल सम्पत्ति २ बिलियन रहेको छ । चौधरी सीजी गु्रप ग्लोबलका मालिक हुन् भने नेपालका एक मात्र डलर अर्बपति हुन् ।

नबिल बैंक र वाइवाइ उत्पादक सीजी फुड्समा उनको बहुमत सेयर स्वामित्व छ । वाइवाइ भारत, सर्बिया, बंगलादेशमा उत्पादन हुन्छ भने इजिप्टमा पनि कारखाना निर्माणको चरणमा छ ।

यसले ससका विविध प्रकार चाँडै लन्च गर्ने तयारी गरेको छ । यसबाहेक उनको आम्दानी सीजी ग्रुपकै होटलहरुबाट समेत आउँछ । होटलतर्फ यसले १४३ वटाको स्वामित्व र अन्य सम्पत्ति व्यवस्थापन गरेको छ ।

भारतको ताज चेनसँग मिलेर सीजीले विलासी होटलहरु सञ्चालन गर्दै आएको छ । उनका छोरा निर्वाणले नेपालमा र राहुल र वरुणले विदेशको व्यवसाय सम्हाल्दै आएका छन्।

निर्वाण र राहुल ग्रुपका प्रबन्धनिर्देशक रहेका छन् । चौधरी सन् २०१६ मा फोब्र्सको अर्बपति सूचीमा प्रवेश गर्दा १ अर्ब १० करोड डलर सम्पत्ति थियो ।

त्यसपछि सन् २०१९ सम्म उनको सम्पत्ति निरन्तर बढेर १ अर्ब ७० करोड डलर पुगे पनि २०२० र २०२१ मा १ अर्ब ४० करोडमा झरेको थियो ।

त्यसयता २०२२ मा १ अर्ब ५० करोड डलर पुगेको उनको सम्पत्ति सन् २०२३ मा पुनः १ अर्ब ८० करोड डलर पुगेको थियो । सन् २०२४ मा स्थिर रहे पनि अहिले सन् २०२५ मा उनी २ अर्ब डलरका मालिक बनेका हुन् ।

फोब्र्सले सन् १९८७ देखि संसारका अर्बपतिहरूको अभिलेख राख्न सुरु गरेको हो । सन् २०२५ को अप्रिलमा फोब्र्सको सूचीमा ३ हजार ८ जना डलर अर्बपति थिए ।

Tags: #धनाढ्य सूची#मस्क धनाढ्य सूचीमा पहिलो

लोकप्रीय

हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान

हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान

बिहिबार असार १९ , २०८२
चीनमा बन्दैछ मिलिट्री शहर, तेस्रो विश्वयुद्धको तयारी ?

चीनमा बन्दैछ मिलिट्री शहर, तेस्रो विश्वयुद्धको तयारी ?

बिहिबार असार १९ , २०८२
७ नम्बर जर्सीसहित रियल मड्रिड रंगशालामा ओलीको राउण्ड

७ नम्बर जर्सीसहित रियल मड्रिड रंगशालामा ओलीको राउण्ड

बिहिबार असार १९ , २०८२

विचार

थप समाचार

हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान
ताजा समाचार

हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान

बिहिबार असार १९ , २०८२
चीनमा बन्दैछ मिलिट्री शहर, तेस्रो विश्वयुद्धको तयारी ?
अन्तर्राष्ट्रिय

रुपन्देहीमा हुदैछ मिनी जनमत संग्रह 
ताजा समाचार

रुपन्देहीमा हुदैछ मिनी जनमत संग्रह 

बिहिबार असार १९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News:फोर्डोको नयाँ तस्बिर सार्वजनिक, अमेरिकामा चिनियाँ जासुस पक्रा*उ || Nepal Times

World News:फोर्डोको नयाँ तस्बिर सार्वजनिक, अमेरिकामा चिनियाँ जासुस पक्रा*उ || Nepal Times

00:18:31

World News: Ukraineलाई Trumpले अब ह*तिया*र नदिने, उत्तराधिकारीबारे दलाई लामाको घोषणा || Nepal Times

00:17:39

World News: सहयोग नपाए Ukraineले ६ महिना मात्र यु*द्ध थेग्ने, फोर्डोमा फेरि निर्माणकार्य सुरु

00:17:11

World News: ट्रम्प–नेतन्याहुविरुद्ध ‘फतवा’ जारी, थप आक्रमण नगर्ने भए इरानले वार्ता गर्ने

00:18:28

World News: Iranमा Americaले ब*म नखसालेको खुलासा,भोकले ६६ जनाको मृ*त्यु || Nepal Times

00:16:54

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

विराटनगरमा डेढ अर्बको कर काण्डःप्रतिष्ठित व्यापारी जेलको छिँडीमा

मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२

हालका पोस्टहरू

हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान

हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान

बिहिबार असार १९ , २०८२
चीनमा बन्दैछ मिलिट्री शहर, तेस्रो विश्वयुद्धको तयारी ?

चीनमा बन्दैछ मिलिट्री शहर, तेस्रो विश्वयुद्धको तयारी ?

बिहिबार असार १९ , २०८२
७ नम्बर जर्सीसहित रियल मड्रिड रंगशालामा ओलीको राउण्ड

७ नम्बर जर्सीसहित रियल मड्रिड रंगशालामा ओलीको राउण्ड

बिहिबार असार १९ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.