×

NEPAL TIMES UPDATES

Playing
जनताले बनाए बालेन, अब बालेनले देश बनाउने अपेक्षा|| Nepal Times
Mar 07, 2026
Playing
ओलीलाई झापामै हराइदिए बालेनले, अब प्रधानमन्त्री बन्ने || Nepal Times
Mar 07, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Mar 07, 2026
Playing
रास्वपाको नीति लगानीकर्ताको सुरक्षा र स्वदेशमा लगानी सुनिश्चित बनाउनेमा केन्द्रित : रवि लामिछाने
Mar 07, 2026
Playing
भोली सरकारको हातमा पुग्छ जाँचबुझ प्रतिवेदन, ओली–लेखक जिम्मेवार ठहरिएलान् ?|| Nepal Times
Mar 07, 2026
Playing
ओलीलाई भारी मतान्तरले पछि पार्दै प्रमाणपत्र ग्रहण।
Mar 07, 2026
Playing
नेपालको निर्वाचन निष्पक्ष र पारदर्शी भएको विदेशीको ठहर || Nepal Times
Mar 07, 2026
Playing
मोसादसंग मिलेर खामेनीलाई धो खा दिने जनरललाई Iranले दियो मृ त्युदण्ड || Nepal Times
Mar 07, 2026
Playing
सागरको ऐतिहासिक जित, सोवितालाई अहिलेसम्मकै धेरै मत || Nepal Times
Mar 07, 2026
Playing
यसरी सम्भव भयो फागुन २१ को निर्वाचन || Nepal Times
Mar 07, 2026

विमान दुर्घटनामा ज्यान गए १ लाख डलर दिने तयारी

२३ असार २०८२
२३ असार , काठमाडौं।
सरकारले हवाई दुर्घटनामा ज्यान गुमाउनेहरुका परिवारलाई १ लाख अमेरिकी डलरको प्रस्ताव गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तयार पारेको ‘आन्तरिक वायुसेवाको दायित्व तथा बीमा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८२’को मस्यौदामा हवाई दुर्घटनापछि पीडित परिवारले पाउने क्षतिपूर्ति सीमा बढाएर १ लाख डलर प्रस्ताव गरिएको हो ।
हाल हवाई दुर्घटनामा ज्यान गुमाएकाहरुको परिवारलाई २० हजार डलर क्षतिपूर्ति पाउने व्यवस्था रहेको छ । प्रस्तावित विधेयकमा यात्राका क्रममा बोर्डिङपश्चात विमानभित्र प्रवेश गर्ने क्रममा वा विमानभित्र रहँदा वा विमानबाट उत्रने क्रममा कुनै दुर्घटना भई चोटपटक लागेमा वा शारीरिक क्षति वा अंगभंग भएमा सम्बन्धित वायुसेवा कम्पनीले घटनाका पीडितलाई क्षतिपूर्तिबापत अवस्था हेरी अधिकतम १ लाख डलरसम्म उपलब्ध गराउनुपर्ने उल्लेख छ ।
यसैगरी दुर्घटनामा यात्रुको मृत्यु भएमा सम्बन्धित वायुसेवा कम्पनीले क्षतिपूर्तिबापत १ लाख डलरबराबरको रकम मृतकको सबैभन्दा नजिकका हकदारलाई उपलब्ध गराउनुपर्ने प्रस्ताव गरिएको छ ।
दुर्घटनाबाट घाइते वा अंगभंग भएमा सम्बन्धित वायुसेवा कम्पनीले उचित उपचारको प्रबन्ध मिलाउनुपर्ने प्रस्ताव पनि  विधेयकमा गरिएको छ ।
मृत्यु भएमा मृतकको शव निजको परिवारलाई हस्तान्तरण गर्ने दायित्वका साथै उक्त कार्यमा लाग्ने सम्पूर्ण खर्च तथा मृत्यु संस्कारका लागि मनासिव माफिकको रकम पेश्कीस्वरुप (एडभान्स पेमेन्ट) मृतकको परिवारलाई तत्काल उपलब्ध गराउने दायित्व सम्बन्धित वायुसेवा कम्पनीको हुने प्रस्तावित विधेयकमा उल्लेख छ ।
आन्तरिक वायुसेवाले जिम्मा लिएको ब्यागेज हराएमा, नष्ट भएमा वा हानी नोक्सानी भएमा सोको क्षतिपूर्ति वापतको रकम त्यस्तो वायुसेवाले सम्बन्धित यात्रुलाई क्षतिपूर्ति दिनुपर्छ ।
यस्तो क्षतिपूर्तिका लािग जाँच गरिएका सामानमा कुनै हानी नोक्सानी भएमा प्रति केजी अधिकतम २० अमेरिकी डलरका दरले ५ हजार डलरभन्दा ननाघ्नेगरी सो रकमबराबर नेपाली रुपैयाँमा भुक्तानी गर्नुपर्छ ।
यात्रुले आफैंले राखको सामान भएका र सोको चाज नभएमा पनि कुनै हानिनोक्सानी भएमा ४ सय अमेरिकी डलरसम्म नेपाली रुपैयाँमा वायुसेवा भुक्तानी गर्नुपर्ने व्यवस्था पनि विधेयकमा प्रस्ताव भएको छ ।
आन्तरिक वायुसेवामा यात्रा गर्ने यात्रुलाई पनि उडान नहुने अवस्थामा अग्रिम जानकारी दिनुपर्छ । उडान रद्द वा स्थगन भएमा त्यस्तो उडान हुने निर्धारित समयभन्दा तीन घण्टा अगाडि सो उडानबाट यात्रा गर्न टिकल लिएका यात्रुलाई जानकारी गराउनुपर्ने व्यवस्था पनि प्रस्ताविध विधेयकमा छ ।
.तोकिएको उडान समयमा यात्रा गराउन नसकेको टिकट लिएका यात्रुलाई विकल्पको सुविधा दिने व्यवस्था छ । यात्रुले अर्को उडानबाट गन्तव्यमा जान पाउने, अर्को माध्यमबाट थप शुल्क नलिइ यात्रा गराउनुपर्ने वा यात्रुलाई टिकेटवापतको शुल्क फिर्ता गर्नुपर्ने सुविधा दिनुपर्ने व्यवस्था पनि विधेयकको मस्यौदामा उल्लेख छ ।
त्यस्तै विधेयकमा वायुसेवा कम्पनीले व्यहोर्नुपर्ने अन्य दायित्व यात्रु र वायुसेवाबीच भएको सहमतिअनुरुप हुने प्रस्ताव गरिएको छ । मन्त्रालयले विधेयकको मस्यौदा जारी गर्दै सरोकारवाला निकायबाट रायसुझाव माग गरेको छ । यसमा असार २७ गतेसम्म रायसुझाव पठाउन सकिनेछ ।

भर्खरको समाचार

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

सम्बन्धित खबरहरु

Scroll to Top