×

NEPAL TIMES UPDATES

Playing
रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला || Nepal Times
Mar 06, 2026
Playing
प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वपाको ३० स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३ || Nepal Times
Mar 06, 2026
Playing
रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि || Nepal Times
Mar 06, 2026
Playing
मतगणना अपडेटःदेशभर रास्वपाको अग्रता,कांग्रेस र एमाले पछाडि || Nepal Times
Mar 06, 2026
Playing
झापा ५ मा बालेनले केपी ओलीलाई सुरुवातमै पछि पारे
Mar 06, 2026
Playing
नेपालको चुनावमा विदेशी मिडियाका अधिक चासो, कसले के लेखे ? || Nepal Times
Mar 05, 2026
Playing
आमा सुशीला तिमीले “जे भन्यौ, त्यो पूरा गर्‍यौ” !|| Nepal Times
Mar 05, 2026
Playing
US-Israel-Iran यु द्धः आजका १० हेडलाइन || Nepal Times
Mar 05, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-21-2082 || Nepal Times
Mar 05, 2026

बालेनःसतरंजका खुंखार खेलाडी,जेनजी आन्दोलनका किङमेकर

३ आश्विन २०८२

३ असोज , काठमाण्डौ ।

नेपालको राजनीति एक अनिश्चित र नाटकीय मोडमा उभिएको छ, जहाँ परम्परागत शक्तिका स्तम्भहरू एक अप्रत्याशित आँधीले ढलेका छन्। यो आँधीको नाम हो, जेनजी आन्दोलन। तर, यो आँधीको केन्द्रमा देखिने अनुहारहरूभन्दा पनि शक्तिशाली एक यस्तो अदृश्य शक्ति छ, जसले सम्पूर्ण खेललाई आफ्नो नियन्त्रणमा राखेको छ।

काठमाडौं महानगरका मेयर बालेन्द्र शाह बालेन, जो सार्वजनिक रूपमा कतै देखिएनन्, तर पर्दा पछाडि बसेर उनी यस आन्दोलनका ‘किङ मेकर’, ‘गडफादर’ र चेसका एक कुशल राजाको भूमिकामा देखा परेका छन्।

केही महिना अघिसम्म जेनजी अर्थात् नयाँ पुस्ता राजनीतिको मूलधारबाट टाढा, आफ्नै डिजिटल संसारमा रमाइरहेको थियो। तर, जब नेताहरुको रजगज र लोकतान्त्रिक व्यवस्थामा बसेर राजर्शी ठाँटमा ब्रम्हलुट मच्चाउनेहरु प्रतिको उनीहरूको असन्तुष्टि र आक्रोशले सीमा नाघ्यो, त्यो एकाएक सडकमा विस्फोट भयो।

यो विस्फोट कुनै नेता वा दलको आह्वानमा भएको थिएन; यो स्वतःस्फूर्त थियो। तर, यही स्वतःस्फूर्त आन्दोलनलाई आकार, दिशा र रणनीति दिने काम पर्दा पछाडिबाट बालेन शाहले गरिरहेका थिए। आन्दोलनमा अन्य राजनीतिक स्वार्थ समूहहरूले प्रवेश गर्ने खतरा सुरुदेखि नै थियो।

राजावादी अभियन्ता दुर्गा प्रसाईंले आन्दोलनमा समर्थन जनाउँदै आफू पनि सहभागी हुने घोषणा गरेपछि आन्दोलनको उद्देश्य नै मोडिइने हो कि भन्ने संशय पैदा भयो। यही मोडमा भदौ २२ गते बिहान सवा १० बजे बालेनको फेसबुक स्टाटस आयो, जसले खेलको नियम नै परिवर्तन गरिदियो।

उनले लेखे, ‘भोलीको ¥याली स्पष्ट स्वतस्फूर्तरूपमा जेनजीहरुकोे हो, उहाँहरू भनेको २८ वर्ष मुनि हुनुहुन्छ… भोलि यो स्वतःस्फूर्त ¥यालीमा कुनै पार्टी, नेता, कार्यकर्ता, सांसद, बहुला, अभियन्ताहरू आफ्नो स्वार्थ पूरा गर्न बाठो नबन्नु होला। म उमेर हदबन्दीको कारण जान मिल्दैन, तर उहाँहरूको कुरा बुझ्नु जरुरी छ, मेरो भरपुर समर्थन छ।’

यो एक सामान्य स्टाटस थिएन; यो आन्दोलनको लक्ष्मण रेखा थियो। बालेनले स्पष्ट रूपमा यो आन्दोलनलाई कुनै पनि स्थापित शक्तिले ‘हाइज्याक’ गर्न नपाउने सन्देश दिए। उनको यही स्टाटसपछि दुर्गा प्रसाईं पछि हटे, जसलाई उनले पछि एक भिडियोमार्फत बालेनले नै आफूलाई सहभागी नहुन भनेको स्वीकार गरे। यसले बालेनको अदृश्य प्रभाव र आन्दोलनमाथिको उनको पकडलाई पुष्टि ग¥यो।

भदौ २३ गते, जब हजारौं जेनजी युवाहरू सडकमा उत्रिए, तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले उनीहरूको आवाज सुन्नुको सट्टा बर्बरतापूर्वक दमनको बाटो रोज्यो। काठमाडौंको बानेश्वरमा १७ र इटहरीमा २ गरी कुल १९ जना युवाहरूको ज्यान गयो। राज्यको यो क्रूरताले देशलाई स्तब्ध बनायो।

यही स्तब्धतालाई आक्रोशमा बदल्ने काम बालेनको अर्को मध्यरातको स्टाटसले ग¥यो। प्रधानमन्त्री ओलीलाई लक्षित गर्दै उनले लेखे, ‘तिम्रा भरौटेहरूको पो बा भयौ त। साँच्चै नै कहिले बा हुन पाएको भए पो छोरा छोरीको मृत्युको पीडा बुझ्थ्यौ… तिमी नेता त के मान्छे पनि बन्न सकेनउ, आतङ्कबादी हौं।’

यो एक मेयरको आक्रोश मात्र थिएन, यो राज्यद्वारा आफ्ना नागरिक मारिँदा एक अभिभावकले महसुस गरेको पीडाको चित्कार थियो। यसले देशभरि आगोमा घिउ थप्ने काम ग¥यो। भदौ २४ गते बिहानसम्ममा देशका प्रमुख सहरहरू आन्दोलनकारीले भरिएका थिए ।

क्रमश सिंहदरबार र संसद् भवन घेरियो, नेताहरूका घरमा आक्रमण हुन थाल्यो। देश गृहयुद्धको संघारमा पुगेको आभास हुन थाल्यो। यही दबाब थेग्न नसकेर मध्यान्नसम्ममा प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिए र सेनाको हेलिकप्टरमा भाग्न बाध्य भए। यो एक पुस्ताको जित र पुरानो सत्ताको अपमानजनक हार थियो।

ओलीको बहिर्गमनपछि देशमा शक्ति शून्यताको अवस्था आयो। स्वाभाविक रूपमा, आन्दोलनका नायक मानिएका बालेन शाहलाई अन्तरिम सरकारको प्रधानमन्त्री बन्न चौतर्फी दबाब आयो। तर, बालेनले यहाँ पनि आफूलाई पर्दा अगाडि ल्याएनन्। उनले क्षणिक र कामचलाउ प्रधानमन्त्री बन्नुको सट्टा आफ्नै घरमा बसेर दीर्घकालीन राजनीतिको जग बसाल्ने बाटो रोजे ।

भदौ २४ गते दिउँसो उनले फेरि फेसबुकबाटै आन्दोलनकारीलाई संयमित हुन र देशको सम्पत्ति रक्षा गर्न अपिल गरे। उनले आन्दोलनको पहिलो माग पूरा भएको भन्दै अब सेना प्रमुखसँग वार्ता गर्न तयार रहन निर्देशन दिए। तर, त्यसका लागि एउटा सर्त अघि सारे, ‘वार्ता गर्नु अघि संसद् विघटन भएको हुनु पर्छ।’

यो उनको राजनीतिक चातुर्यको अर्को उदाहरण थियो, जसले पुरानो राजनीतिक संरचनालाई पूर्ण रूपमा भत्काएर नयाँको लागि ठाउँ बनाउने उद्देश्य राखेको थियो। जब अन्तरिम प्रधानमन्त्रीका लागि उनको नाम चर्चामा आयो, उनले भदौ २५ गते राति अर्को स्टाटसमार्फत सबैलाई चकित पारे। उनले आफू प्रधानमन्त्रीको दौडमा नरहेको स्पष्ट पार्दै पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नाम अघि सारे।

उनले लेखे, ‘यो अन्तरिम सरकारको नेतृत्व गर्नका लागि तपाईँहरूबाट आएको प्रस्ताव पूर्व प्रधानन्यायाधीश श्रीमान् सुशीला कार्कीप्रति पूर्ण समर्थन छ।’ उनले हतारमा नेतृत्वमा आउन खोज्नेहरूलाई स्थायी र निर्वाचित नेतृत्वका लागि चुनाव पर्खिन आग्रह गरे। यो कदमले उनलाई एक सत्ताकांक्षी नेताभन्दा माथि एक स्टेट्सम्यानको रूपमा स्थापित ग¥यो।

उनको प्रस्तावमा लालमोहर लाग्यो । सुशीला कार्कीले अन्तरिम सरकारको नेतृत्व सम्हालिन् राष्ट्रपतिले संसद् विघटन गरे । यति मात्र होइन, उनले महानगरमा आफ्नै कानुनी सल्लाहकार रहेका ओमप्रकाश अर्याललाई देशको कानुन तथा गृहमन्त्री बनाएर सत्ताको महत्त्वपूर्ण साँचो आफूसँगै राखे।

यही राजनीतिक उथलपुथलका बीच धरानका मेयर हर्क साम्पाङको महत्त्वाकांक्षा पनि सतहमा आयो। उनी प्रधानमन्त्री बन्ने दौडमा सेनाको हेडक्वार्टरसम्म पुगे, तर बालेनको समर्थन नपाएपछि उनी बालेनविरुद्ध खनिन थाले। हर्कले बालेनलाई ‘भगौडा’, ‘विदेशी एजेन्ट’ र ‘गेमर’ जस्ता आरोप लगाए।

उनले एक पत्रकार सम्मेलनमा आफू देश बनाउन जाँदा कसैले नपत्याएको भन्दै धुरुधुरु रोए। हर्कको बुझाइमा, लिडरले अगाडि उभिएर नेतृत्व गर्नुपर्छ, लुकेर खेल्ने ‘गेमर’ होइन। तर, बालेनले हर्कको आक्रोशलाई ठट्यौली पारामा जवाफ फर्काउँदै आफूले माया गरिरहने बताए। यो विवादले दुई स्वतन्त्र मेयरहरूको कार्यशैली र राजनीतिक सोचबीचको भिन्नतालाई स्पष्ट रूपमा देखाएको ।

यो घटनाले एक जना प्रत्यक्ष र भावनात्मक रहेको पुष्टि भएको छ भने अर्का रणनीतिक र संयमित । अन्तरिम सरकार गठन भइसकेको र आगामी फागुन १९ गतेका लागि निर्वाचन घोषणा भइसकेको अवस्थामा अब सबैको नजर बालेन शाहको अर्को कदममाथि छ।

उनी ६ महिने कामचलाउ प्रधानमन्त्री बन्न चाहेनन्, यसको अर्थ उनी पूर्ण कार्यकारी अधिकारसहित सिंहदरबार प्रवेश गर्न चाहन्छन्। यसका लागि राजनीतिक दल अनिवार्य छ । जहाँबाटै उनी संसदमा पुगेर आफूले चाहे अनुशारको संविधान संशोधन गर्नुपर्नेछ ।

जेनजी आन्दोलनपछि नागरिक सरकार बनेपछि संविधान संशोधन गर्ने र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री वा राष्ट्रपतिको व्यवस्था गर्ने अवसर संसद विघटनपछि गुमेको टिप्पणी हुँदै आएको छ । यस बारेमा अडानमा रहेका बालेनको संसद विघटनको सर्तको रहस्य भने अझै खुलिसकेको छैने ।

बालेनले नयाँ पार्टी खोल्ने हल्लाले राजनीतिक बजार तातेको छ । २०७९ मा ६ महिनाअघि मात्र स्थापना भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले २१ सिट र ११ लाखभन्दा बढी समानुपातिक मत ल्याएको उदाहरणले नयाँ शक्तिका लागि नेपालको राजनीति कति उर्वर छ भन्ने देखाउँछ।

बालेनको लोकप्रियता र जेनजी आन्दोलनले सिर्जना गरेको ऊर्जालाई संगठित गर्न सके उनले यो आँकडालाई सजिलै पार गर्न सक्ने विश्लेषण हुन थालेको छ। बालेनको सम्भावित पार्टीले सबैभन्दा ठूलो धक्का रास्वपालाई नै दिनेछ, किनभने दुवैको भोट बैंक एउटै हो ।

परम्परागत दलहरूसँग निराश शहरी, शिक्षित र युवा मतदाता। रास्वपाभित्रैका धेरै नेताहरू बालेनसँग सहकार्य गर्नुपर्ने पक्षमा छन्। हालै रास्वपा परित्याग गरेकी सुुमना श्रेष्ठ जस्ता पात्रहरू बालेनको नयाँ अभियानमा जोडिन सक्ने सम्भावना प्रवल छ।

यदि बालेन, सुमना, सागर ढकाल, गोपी हमाल जस्ता स्वतन्त्र अनुहारहरू र जेनजी आन्दोलनका अभियन्ताहरू एउटै छातामुनि गोलबद्ध भए भने यसले कांग्रेस, एमाले जस्ता पुराना दलहरूको जग नै हल्लाइदिन सक्छ ।

अन्तरिम सरकारले पनि बालेनकै राजनीतिक भविष्यलाई सहयोग पुग्ने गरी केही महत्त्वपूर्ण निर्णयहरू गरिरहेको छ। गृहमन्त्री ओमप्रकाश अर्यालले विदेशमा रहेका लाखौं नेपालीलाई समानुपातिक मतदानमा सहभागी गराउन र निर्वाचन घोषणा भइसके पनि १८ वर्ष पूरा भएका नयाँ जेनजी मतदाताहरूको नामावली संकलन खुला गर्न निर्वाचन आयोगको ध्यानाकर्षण गराइसकेका छन्।

यी दुवै निर्णयले बालेनको सम्भावित पार्टीलाई प्रत्यक्ष फाइदा पु¥याउने निश्चित छ। बालेन शाहले आफूलाई एक कुशल चेस खेलाडीको रूपमा प्रमाणित गरेका छन्। उनले हतारमा राजा बन्नुको सट्टा पहिला सिंगो बिरासत नै आफ्नो नियन्त्रणमा लिएका छन् ।

उनले जेनजी आन्दोलनलाई एक शक्तिशाली गोटीको रूपमा प्रयोग गरेर पुराना खेलाडीहरूलाई ‘चेकमेट’ गरे, संसद् विघटन गराएर खेलको बोर्ड नै पल्टाइदिए र आफ्ना विश्वासपात्रहरूलाई महत्त्वपूर्ण स्थानमा राखेर नयाँ खेलको नियम आफैं लेखिरहेका छन् ।

उनी अहिले मौन छन्, तर उनको यो मौनता आँधीअघिको सन्नाटा हुन सक्छ। हर्क साम्पाङले भनेजस्तै उनी ‘गेमर’ नै होलान्, तर उनले खेलेको यो खेल नेपालको भविष्य निर्धारण गर्ने सबैभन्दा ठूलो राजनीतिक गेम बन्न सक्छ।

अबको ६ महिनाभित्र उनले पार्टी खोल्छन् वा खोल्दैनन्, र यदि खोले भने त्यसले नेपालको राजनीतिको नक्सालाई कसरी पुनर्लेखन गर्छ, त्यो हेर्न भने आम निर्वाचन नै कुर्नुपर्नेछ। तर एउटा कुरा स्पष्ट छ, कि पर्दा पछाडि बसेर बालेनले चालेको यो कदमले नेपालको राजनीतिलाई सधैंका लागि परिवर्तन गरिदिएको छ।

तत्कालमा पूराना पार्टीमा परिवर्तन नदेखिएपनि नेतृत्वप्रति नतमस्तक बनेका दोस्रो तहका नेताहरुले पुस्तान्तरणका लागि मुख खोल्ने आँट गरेका छन् । अब जेनजीको आन्दोलनको मार्गलाई आत्मसात गर्दै दलहरु सच्चिएनन् भने ६ महिनापछि सक्किने छन् ।

भर्खरको समाचार

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

के दोलखामा मतपत्र लुटिएको हो ? कांग्रेसमाथि आरोप

10caf7ff-beed-4f31-ae64-f76da54f97a7

फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै

f98bc703-9037-4ebe-8a64-0a00ad80f8f8

राष्ट्रपति र उपराष्ट्रपतिले गरेनन् मतदानः पूर्वराष्ट्रपतिहरु के भन्छन् ?

Screenshot 2026-03-05 155551

बालेनको हेलि रोकिएपछि ओलीपनि झापा नजाने

Screenshot 2026-03-05 131333

सम्बन्धित खबरहरु

Scroll to Top