×

NEPAL TIMES UPDATES

Playing
रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला || Nepal Times
Mar 06, 2026
Playing
प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वपाको ३० स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३ || Nepal Times
Mar 06, 2026
Playing
रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि || Nepal Times
Mar 06, 2026
Playing
मतगणना अपडेटःदेशभर रास्वपाको अग्रता,कांग्रेस र एमाले पछाडि || Nepal Times
Mar 06, 2026
Playing
झापा ५ मा बालेनले केपी ओलीलाई सुरुवातमै पछि पारे
Mar 06, 2026
Playing
नेपालको चुनावमा विदेशी मिडियाका अधिक चासो, कसले के लेखे ? || Nepal Times
Mar 05, 2026
Playing
आमा सुशीला तिमीले “जे भन्यौ, त्यो पूरा गर्‍यौ” !|| Nepal Times
Mar 05, 2026
Playing
US-Israel-Iran यु द्धः आजका १० हेडलाइन || Nepal Times
Mar 05, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-21-2082 || Nepal Times
Mar 05, 2026

जेनजीले भने, ओली–लेखकलाई तत्काल पक्राउ गर

४ आश्विन २०८२

४ असोज , काठमाण्डौ ।

भ्रष्टाचार, नेपोकिडविरुद्ध तथा सुशासन लगायत जनताको अवस्था परिवर्तनका लागि दुई दिने आन्दोलन गरेर मुलुकको राजनीतिलाई नयाँ कोर्समा हिडाउन सफल जेनजी समूहले तत्कालै निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, निवर्तमान गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न माग गरेका छन् ।

शुक्रबार संवाद डबलीमा जेनजीले आयोजना गरेको पत्रकार सम्मेलनमा आन्दोलन दबाउन राज्यको दुरुपयोग गरेको भन्दै ओली र लेखकसँगै काठमाडौँका प्रमुख जिल्ला अधिकारी छवि रिजाललाई पनि पक्राउ गर्न माग गरेका छन् ।

जेनजीका सल्लाहकार डा. निकोलश भुसालले राष्ट्रियसभा विघटन गरेर साथै संविधान संशोधन गरेर प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको चुनाव गर्नुपर्ने पनि बताएका छन् । उनले २०४६ सालपछिका सम्पूर्ण उच्च तहका नेता कर्मचारीको सम्पत्तिको छानबिन गर्न उच्चस्तरीय आयोग बनाउन समेत माग गरे ।

यस्तै जेनजी आन्दोलनका घाइते हरि अधिकारी, सहिद परिवार नर्गिस थापा लगायतले आफूहरूले समाजमा व्याप्त कुशासनविरुद्ध आन्दोलन गरेको बताएका छन् । अधिकारीले आफ्ना माग पूरा नभए आन्दोलन जारी रहेनसमेत बताए । त्यस्तै, जेनजी सहिद परिवार नर्गिस थापाले आफ्ना परिवारको बगेको रगतको अपमान नहुने गरी सरकार अगाडि बढ्नुपर्ने बताए ।

कार्यक्रममा जेनजी सल्लाहकार कुशलव केसी, खेमराज साउद, खोजराज कटुवाल, निपेस ढाका अधिकारी, डा. सुन्दर थापा, वैज्ञानिक कपिल पौडेललगायत वक्ताहरूले शासकीय स्वरूप प्रत्यक्ष निर्वाचित कार्यकारी भएमात्र देश विकासको बाटोमा हिँड्ने बताएका थिए ।

उनीहरूले शिक्षा स्वास्थ्य निःशुल्क हुनुको साथै देशमै रोजगारीको सिर्जना गर्नुपर्ने बताए । अभियन्ता कुशलव केसीले सहकारी पीडितको पक्षमा आफू लामो समयदेखि सडकमै रहेको बताउँदै अबको सरकारले ती मागहरूको सम्बोधन गर्न सरकारलाई सुझाव दिए ।

जेनजी समूहले तत्कालिन सरकारका प्रधानमन्त्री र गृहमन्त्रीसहितलाई तत्काल पक्राउ गर्न माग गर्दा यता आन्दोलनकारीमाथि दमन गरेको आरोप लागेका निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले भने आफूले राजीनामा दिएपछि छानीछानी सार्वजनिक र निजी सम्पत्ति खरानी बनाइएको बताएका छन् ।

शुक्रबार संविधान दिवसका अवसरमा शुभकामना दिँदै प्रधानमन्त्रीबाट राजीनामा दिएपछि पहिलो पटक ओलीले प्रतिक्रिया दिएका हुन् । जेन–जी आन्दोलनमा आह्वानकर्ताले नै घुसपैठ भएको बताएको उल्लेख गर्दै ओलीले भनेका छन्, ’त्यसमा घुसपैठ गर्ने षड्यन्त्रकारीहरूले हिंसा मच्चाए, हाम्रा युवाहरूको ज्यान गयो। सरकारले प्रदर्शनकारीलाई ताकीताकी गोली हान्ने आदेश दिएको थिएन । प्रहरीसँग नभएका स्वचालित हतियारले गोली हानेको घटनाको छानबिन हुनु पर्दछ । यता ओलीको यो दाबीलाई एमालेका नेताहरूले जोडतोडका साथ उठाइरहेका छन् ।

आफ्ना अध्यक्षसमेत रहेका ओलीले भनेको त्यो कुरा अत्यन्त गम्भीर विषय भएकाले वर्तमान सरकारले यसको तत्काल छानबिन गर्नुपर्ने एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले बताएका छन् । रिजालले शनिबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्, ‘तत्कालीन प्रधानमन्त्रीले नै ‘गोली चलाउने सरकारको आदेश थिएन, युवाहरू मारिएको गोली प्रहरीले चलाएको होइन’ भन्नु अत्यन्त गम्भीर विषय हो। वर्तमान सरकारले हत्या, आगजनी र लुटपाटको छानबिन गर्न मन्त्रिपरिषद्को पहिलो बैठकबाटै निर्णय गर्नुपर्नेमा किन हो, अलमल गरेको छ। सत्यतथ्य छानबिन होस्, दोषीमाथि हदैसम्मको सजाय होस्। युवाको रगत, सार्वजनिक तथा निजी सम्पत्तिको अपूर्व नाश र देशको प्रतिष्ठाको लिलामीलाई सत्ता प्राप्तिको भ¥याङ नबनाइयोस्।’

यसैगरी एमालेका पोलिटब्युरो सदस्य सूर्य थापाले पनि भदौ २३ गते सरकारले प्रहरीलाई गोली चलाउन आदेश नदिएको निवर्तमान प्रधानमन्त्री ओलीकै दाबी दोहो¥याएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘भदौ २३ गते प्रहरीलाई तीन आदेश थियो ः हतियार जोगाउनु, बर्दी जोगाउनू र ज्यान जोगाउनू÷गोली नचलाउनू।’

आफ्ना अध्यक्षले दाबी गरेका कुराहरुमा एमालेका नेताहरुले जोड दिइरहँदा उता अर्का नेता महेश बस्नेतको दाबी भने झुटो पुष्टि भएको छ । यो पुष्टि स्वयं उनले आरोप लगाएका सुदन गुरुङ सम्मिलित संस्था हामी नेपालीले गरेको हो । यो संस्थाले आज आफ्नो फेसबुक पेजमार्फत एक विज्ञप्ती जारी गर्दै महेश बस्नेत झुटा भएको बताएको छ ।

महेश बस्नेतले आफूसंग सुदनको कुराकानी भएको, सोक्रममा सुदनले एमालेमा आउने इच्छा व्यक्त गरेको र उनी छिटै नै एमालेमा प्रवेश गर्न लागेको अभिब्यक्ति दिएका छन् । उनको सो भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ ।

तर, गुरुङले आज आधिकारिक प्रेस विज्ञप्ति जारी गर्दै सो दाबीलाई “पूर्णतः झूटो” भन्दै खण्डन गरेका हुन् । उनले जारी गरेको प्रेस विज्ञप्तिमा बुँदागतरुपमा आफ्ना भनाइ राखेका छन्, जसमा आफूले कहिल्यै महेश बस्नेतसँग बोलचाल नगरेको उनले लेखेका छन् ।

यस्तै कुनै प्रकारका प्रवेश वा सहकार्यबारे चर्चा नै नभएको र नहुने पनि प्रष्ट पारेका छन् । आफूहरुले महेश बस्नेतलाई नचिनेको र सम्मान नगर्ने पनि जनाएका छन् । बस्नेत झुटा भएको लेखेका छन् । गुरुङले बस्नेतप्रति आक्रोश प्रकट गर्दै अफवाहहरु फैलाउन बन्द गर्न भनेका छन् ।

परिवर्तनका लागि देश एकजुट भएका बेला बस्नेतका क्रियाकलापले नागरिक र शहिदहरुको बलिदानीको अपहेलना हुने जनाएका छन् । “संविधानले सुरक्षा दिएको अर्थ नैतिक सुरक्षा होइन । जनताको बलिदानलाई धोका दिने काम इतिहासले माफी दिने छैन।” भन्दै विज्ञप्तीमा लेखिएको छ ।

जसमा जनतालाई सचेत रहन आह्वान पनि गरिएको छ । विज्ञप्तिमा उनले जनतालाई बस्नेतका दाबीमा नफस्न, एकताबद्ध रहन र परिवर्तनको आन्दोलनलाई भ्रष्ट राजनीतिबाट जोगाउन आग्रह गरेका छन् ।

गुरुङले भनेका छन्, “हामी नेपाल सधैं जनताको पक्षमा उभिएका छौँ र उभिनेछौँ। यो आन्दोलन जनताको हो, न कि भ्रष्ट राजनीतिज्ञहरूको।”

विज्ञप्तिको अन्त्यमा उनले महेश बस्नेतलाई कडा शब्दमा भनेका छन्, हामी महेश बस्नेतका सबै बयान, आरोप, उनको राजनीति, जनतालाई गुमराहमा पार्ने उनका प्रयास र फोहोरी खेललाई अस्वीकार गर्छौ, उनी झुटा व्यक्ति हुन् ।

यसअघि बस्नेतले समग्र जेनजी आन्दोलनकारी वा यो समूहलाई नै आतंककारीको आरोपसमेत लगाएका थिए । जबकी एमालेका अन्य नेताहरुले भने जेनजीको भावना र आन्दोलनको मर्मलाई सबैले आत्मसाथ गर्नुपर्ने बताएका थिए ।

भर्खरको समाचार

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

के दोलखामा मतपत्र लुटिएको हो ? कांग्रेसमाथि आरोप

10caf7ff-beed-4f31-ae64-f76da54f97a7

फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै

f98bc703-9037-4ebe-8a64-0a00ad80f8f8

राष्ट्रपति र उपराष्ट्रपतिले गरेनन् मतदानः पूर्वराष्ट्रपतिहरु के भन्छन् ?

Screenshot 2026-03-05 155551

बालेनको हेलि रोकिएपछि ओलीपनि झापा नजाने

Screenshot 2026-03-05 131333

सम्बन्धित खबरहरु

Scroll to Top