NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
सुशीलाले किन गरिन् मन्त्रीपरिषद् विस्तारमा ढिलाई ? शनिबार अशोज ४ , २०८२
नेटोको तेस्रो देशमा पनि रुसी लडाकु विमानले तनाव शनिबार अशोज ४ , २०८२
जेनजीले भने, ओली–लेखकलाई तत्काल पक्राउ गर शनिबार अशोज ४ , २०८२
नेपाली क्रिकेट टोलीलाई युएईले दिएन भिसा शनिबार अशोज ४ , २०८२
महेश बस्नेतः नेता हुन कि गुन्डा ? पत्रकारदेखि सुदनसम्मलाई धम्की शुक्रबार अशोज ३ , २०८२
Next
Prev

समाचार

सुशीलाले किन गरिन् मन्त्रीपरिषद् विस्तारमा ढिलाई ?

शनिबार अशोज ४ , २०८२
Reading Time: 1 min read
A A
जंगी अड्डा भित्र सुशीला, बाहिर समर्थनसँगै विरोध
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

४ असोज , काठमाण्डौ ।

६ महिनाभित्र चुनाव गराउने सर्तसहित सुशीला कार्कीको नेतृत्वमा गठन भएको अन्तरिम सरकारले मन्त्रीपरिषद् विस्तारमा ढिलाई गर्दा अनेक कोणबाट टिकाटिप्पणी सुरु भएको छ । जम्मा ६ महिनाको आयु लिएर आएको यो सरकारले अब प्रतिनिधिसभा निर्वाचन गराउन १६७ दिन मात्रै बाँकी छ ।

प्रधानमन्त्री नियुक्त भएकै दिन कार्कीको सरकारले १७५ दिनभित्र अर्थात् फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन गराउने घोषणा गरेको थियो । तर एक साता वितिसक्दा पनि उनले आफ्नो क्याविनेटलाई नै पूर्णता दिन सकिरहेकी छैनन ।

LS Auto

अझै उनको काँधमा १५ वटा मन्त्रालयको जिम्मेवारी छ । कार्की नेतृत्वको सरकारले एक साता बिताउँदा उनीसँग तीन जना मात्रै मन्त्री छन् । यस्तोमा ११ जनासम्म मात्र मन्त्री बनाउने बताएकी कार्कीको सरकारसँग मन्त्रिपरिषद्को पूर्णताबारे प्रश्न गर्न थालिएको हो ।

कतिपयले यसलाई ‘अस्वाभाविक’ ढिलाइ भनेका छन् । यता मन्त्रिपरिषदमा जेन–जी समूहबाट प्रतिनिधित्व नहुने आशंका पनि बढेको छ । शनिबारसम्म नयाँ मन्त्री टुंग्याएर आइतबार शपथ खुवाउने तयारी भए पनि नामहरूमा सहमति बनिसकेको छैन ।

आन्दोलनपछिको संक्रमणकालसँगै ६ महिनाभित्र निर्वाचन र सुधारको काम गर्नुपर्ने चापबिच बनेको सरकारले उच्चस्तरीय छानबिन आयोग र भ्रष्टाचारविरुद्धको शक्तिशाली आयोग गठन गर्ने घोषणा गरेको छ ।

प्रधानमन्त्री कार्कीले आन्दोलनका घटना हेर्ने न्यायिक आयोग बनाउने, भ्रष्टाचारविरुद्ध अध्ययन गरेर अनुसन्धान गर्ने आयोग खडा गर्ने र कारबाहीको बाटो बनाउने योजना सुनाएकी छिन् । जेन–जी आन्दोलनको मुख्य एजेन्डा भएका यी काम कसरी अगाडि बढ्छन् भन्नेमा पनि युवाहरूको चासो छ ।

प्रधानमन्त्री कार्कीले प्रारम्भिक तीन मन्त्री नियुक्त गरेपछि सहिद परिवार र घाइतेको व्यवस्थापनमा ध्यान केन्द्रित गरेकी थिइन् । तर, २३–२४ भदौका घटनाको छानबिन गर्ने आयोग गठन अझै अलमलमै छ ।

जेन–जी पुस्ताका युवाहरूको विशाल अपेक्षाको जगमा बनेको सरकारको कामलाई गति दिन सबैभन्दा पहिला मन्त्रिपरिषद्लाई पूर्णता दिनुपर्ने अवस्था छ । यता गृहमन्त्री अर्यालले छिटै मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका छन् । ‘प्रधानमन्त्रीज्यूले नै ११ जना नकट्ने गरी मन्त्रिपरिषद् बनाउने भन्नुभएको छ । हामी हरेक दिनजसो बैठक बसिरहेका छौँ,’ उनले भने, ‘समावेशिता र व्यक्तित्व पनि हेरिन्छ । सरोकारवाला र विषयवस्तु विज्ञ पनि राखिन्छ । सबै पक्ष सम्बोधन हुने गरी छनोट होला । यो प्रधानमन्त्रीको विशेषाधिकार हो । मलाई लाग्छ– छिटै मन्त्रीहरू पाउँछौँ ।’

३१ भदौको पहिलो मन्त्रिपरिषद् बैठकपछि निस्किने क्रममा प्रधानमन्त्री कार्कीले एक–दुई दिनमा मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएकी थिइन् । मन्त्रीहरू चाँडै आउने भन्दै उनले चिन्ता नगर्न सञ्चारकर्मीलाई भनेकी थिइन् ।

मन्त्री छनोटमा स्वतन्त्र, समावेशी र पेसागत विज्ञतालाई प्राथमिकता दिने प्रधानमन्त्री कार्कीको योजना छ । उनका अनुसार अहिले नियुक्त गरिएका तीनजना मन्त्री आफ्नो क्षेत्रका विज्ञ र क्षमतावान् हुन् । अब पनि कुनै दलमा नलागेको स्वतन्त्र, समावेशी, जनजाति, दलित, महिला र पिछडिएको व्यक्तिलाई समेट्ने कोसिस सरकारको छ ।

यद्यपि, आइतबार नयाँ मन्त्रीलाई शपथ खुवाउने गरी तयारी भइरहेको छ । तर, अहिलेसम्म नाम टुंगिएको छैन । प्रधानमन्त्री कार्कीले तत्काल पाँचजना मन्त्री थप्ने तथा रक्षा र परराष्ट्र आफैँले हेर्ने मनस्थिति बनाएको बुझिन्छ । यद्यपि, सहमति जुटे रक्षा र परराष्ट्रमा पनि नियुक्ति गरेर अगाडि बढ्ने तयारी छ ।

मन्त्रीहरू छनोटमा गृहमन्त्री अर्याल र ऊर्जामन्त्री घिसिङले समन्वय गरिरहेका छन् । यता जेन–जी समूहका सदस्य प्रदीप ज्ञवालीले पनि सबै समूहहरू बसेर मन्त्री छान्ने जिम्मा प्रधानमन्त्रीलाई नै दिएको बताएका छन् । मन्त्रीको चर्चामा पूर्वप्रशासक र आफ्नो क्षेत्रमा अब्बल काम गरेर ख्याति कमाएका व्यक्तिहरू छन् ।

जसमा जयराज आचार्य, मदनकुमार भट्टराई, बालानन्द शर्मा, शंकरदास वैरागी, नवराज सिलवाल, सर्वेन्द्र खनाल र मानुषी यमीलगायत चर्चामा छन् । मन्त्री छनोटमा डा. अभिषेकराज सिंह, सुमना श्रेष्ठलगायतले पनि बाहिरबाट सहयोग गरिरहेको बताइएको छ ।

तर यसबीच कतिपयले आन्दोलनबाट प्राप्त म्यान्डेटअनुसार सरकारको गति सुस्त देखिएको बताएका छन् । यही लयमा सरकार अगाडि बढे जेन–जीले खोजेको परिवर्तन संस्थागत नहुने केहीको चिन्ता छ । हालसम्म भएका केही निर्णय, चुनाव र पुनर्निर्माणका लागि स्रोत व्यवस्थापन र विद्युत् महसुसको दर तोक्ने निर्णय सकारात्मक छन् ।

तर, मन्त्रिपरिषद् विस्तारमा भएको ढिलाइले जनतामा निराशा बढाउन सक्ने टिप्पणी गर्न थालिएको छ । छोटो समय, तर ठुलो म्यान्डेट भएको वेला अहिलेको रफ्तारलाई शंकाको दृष्टिबाट हेर्नुपर्ने अवस्था आएको पनि एकथरीको विश्लेषण छ ।

किनभने २३ गतेको घटनामा गोली कसले चलायो भनेर प्रश्न उठिरहेका बेला अहिलेसम्म आयोग किन नबनेको भनेर प्रश्न गर्न थालिएको छ । यता निर्वाचनका लागि आयोगमा पदाधिकारी नियुक्तिदेखि कानुन संशोधनसम्मका काम बाँकी रहेकाले अहिलेकै गतिमा समस्या देखिन थालेको छ ।

यसबीच जेन–जी आन्दोलनबाट बनेको नागरिक सरकारमा पूर्वप्रशासक र निवृत्त पदाधिकारीको वर्चस्व हुने संकेत देखिएको छ । आन्दोलनमा युवाहरू बुढा नेताविरुद्ध उठेका भए पनि सरकारमा पुरानै पुस्ताका निवृत्त अधिकारीले जिम्मेवारी पाएका छन् ।

दोस्रो चरणको मन्त्रिपरिषद् विस्तारमा पनि निवृत्त अधिकारीकै नाम चर्चामा छ । पुरानै उमेरका तथा राज्यबाट लाभ प्राप्त पूर्वप्रशासकलाई मन्त्री बनाएको भन्दै सामाजिक सञ्जालमा युवाहरूले प्रश्न उठाउन थालेका छन् ।

यता जेन–जी आन्दोलनको नेतृत्व गरिरहेको ‘हामी नेपाल’का सदस्य जेनिस कार्कीले मन्त्रिपरिषद्मा जेन–जीको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने माग गरेका छन् । उनका अनुसार ‘हामी नेपाली’ले आफ्ना सदस्यलाई मन्त्री नबनाउने, तर जेन–जी समूहबाटै योग्य व्यक्ति छनोट गरी सिफारिस गर्ने तयारी गरेको छ ।

‘मन्त्री छानिसकेका छैनौँ, धेरै सिभी आएका छन्, सबै समूहलाई देखाएर सामूहिक निर्णयमा पुग्छौँ,’ कार्कीले भने । जेन–जीका १४२ समूह छन् । सबै समूहको प्रतिनिधित्व हुने गरी पाँचजना मन्त्री बनाउन जेन–जीको माग छ । सुदन गुरुङले शुक्रबार साँझ प्रधानमन्त्री कार्कीसँग यसबारे छलफल गरेका छन् ।

यता प्रतिनिधिसभा निर्वाचनका लागि कतिपय महत्त्वपूर्ण नीतिगत निर्णय गरिनुपर्ने समयमा निर्वाचन आयोग भने नेतृत्वविहीन छ । यसअघिका प्रमुख आयुक्त दिनेशकुमार थपलिया र आयुक्त सुधीरकुमार शाहको अवकाशपछि प्रमुख आयुक्त र अर्का एक आयुक्तको पद रिक्त छ ।

यस्तोमा निर्वाचन आयोगमा पदाधिकारी नियुक्तिका लागि संविधानले व्यवस्था गरेको संवैधानिक परिषद्मा दलहरूबाटै चुनिएका व्यक्ति रहेका कारण प्रधानमन्त्री कार्कीले दलहरूसँग पनि संवाद थाल्नुपर्ने जानकारहरूको सुझाव छ ।

यता हालै गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले विदेशमा रहेका नेपाली नागरिकहरूलाई मतदानको व्यवस्था मिलाउनेबारे पनि सरकारले पहल गर्ने बताएको समाचार आएको थिए । अहिलेको निर्वाचन कानुनले चुनावको मिति घोषणा भइसकेपछि मतदाता नामावलीमा नाम दर्ता रोक्नुपर्ने व्यवस्था गरेको छ ।

तर अचानक हुन लागेको चुनावमा मतदाता नामावली दर्ता रोकिँदा कैयौँ नवयुवाहरू मतदानको अधिकारबाट छुट्ने टिप्पणी भइरहेका छन् । यस्तो अवस्थामा सरकारले तत्कालै अध्यादेश जारी गरेर नामावली अद्यावधिक गर्ने बाधा फुकाउनुपर्ने छ ।

संसद् विघटन भइसकेका कारण सरकारले विधायिकाबाट कानुन संशोधन गर्ने लामो प्रक्रिया पार गर्नुपर्ने बाध्यता अहिले छैन । सरकारले तत्कालै अध्यादेश सिफारिस गर्न सक्ने र राष्ट्रपतिमार्फत् त्यसलाई जारी गराएर कानुन संशोधन गर्न सक्ने अवस्था छ ।

’जेन जी’ प्रदर्शनका क्रममा निर्वाचन आयोग सुरक्षित रहे पनि कैयौँ जिल्ला अदालतसहित सरकारी कार्यालयका कम्प्युटर र अन्य सामग्री नष्ट भएका छन्। चुनावको सुरक्षाका लागि परिचालन हुने नेपाल प्रहरीका कैयौँ सवारीसाधनमा आगजनी भएका र हतियार समेत खोसिएका विवरण आएका छन् ।

Tags: # मन्त्रीपरिषद् विस्तारमा ढिलाई#आज टुंगिएला मन्त्रीको नाम ?#जेन–जी प्रतिनिधि

लोकप्रीय

जंगी अड्डा भित्र सुशीला, बाहिर समर्थनसँगै विरोध

सुशीलाले किन गरिन् मन्त्रीपरिषद् विस्तारमा ढिलाई ?

शनिबार अशोज ४ , २०८२
नेटोको तेस्रो देशमा पनि रुसी लडाकु विमानले तनाव

नेटोको तेस्रो देशमा पनि रुसी लडाकु विमानले तनाव

शनिबार अशोज ४ , २०८२
जेनजीले भने, ओली–लेखकलाई तत्काल पक्राउ गर

जेनजीले भने, ओली–लेखकलाई तत्काल पक्राउ गर

शनिबार अशोज ४ , २०८२

विचार

जंगी अड्डा भित्र सुशीला, बाहिर समर्थनसँगै विरोध

सुशीलाले किन गरिन् मन्त्रीपरिषद् विस्तारमा ढिलाई ?

शनिबार अशोज ४ , २०८२
नेटोको तेस्रो देशमा पनि रुसी लडाकु विमानले तनाव

नेटोको तेस्रो देशमा पनि रुसी लडाकु विमानले तनाव

शनिबार अशोज ४ , २०८२
जेनजीले भने, ओली–लेखकलाई तत्काल पक्राउ गर

जेनजीले भने, ओली–लेखकलाई तत्काल पक्राउ गर

शनिबार अशोज ४ , २०८२

थप समाचार

जंगी अड्डा भित्र सुशीला, बाहिर समर्थनसँगै विरोध
ताजा समाचार

सुशीलाले किन गरिन् मन्त्रीपरिषद् विस्तारमा ढिलाई ?

शनिबार अशोज ४ , २०८२
नेटोको तेस्रो देशमा पनि रुसी लडाकु विमानले तनाव
अन्तर्राष्ट्रिय

नेटोको तेस्रो देशमा पनि रुसी लडाकु विमानले तनाव

शनिबार अशोज ४ , २०८२
जेनजीले भने, ओली–लेखकलाई तत्काल पक्राउ गर
ताजा समाचार

जेनजीले भने, ओली–लेखकलाई तत्काल पक्राउ गर

शनिबार अशोज ४ , २०८२
नेपाली क्रिकेट टोलीलाई युएईले दिएन भिसा
अन्तर्राष्ट्रिय

नेपाली क्रिकेट टोलीलाई युएईले दिएन भिसा

शनिबार अशोज ४ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: Americaमाथि व्यापार नाकाबन्दी, Russiaमा शक्तिशाली भूकम्प || Nepal Times

World News: Americaमाथि व्यापार नाकाबन्दी, Russiaमा शक्तिशाली भूकम्प || Nepal Times

00:19:53

World News:निकालिएकाहरु America गए १० वर्ष जेल, Portugalमा नेपाली बन्धक|| Nepal Times

00:17:46

World News:जेलेन्स्कीलाई पत्र लेखेपछि मृ*त्युद*ण्ड,प्या*लेस्टि*नीहरू गाजा*बाट भागे|| Nepal Times

00:22:52

World News: अमेरिकाबाट निष्कासितमध्ये ३३% अपराधि, पाकिस्तानमा ३१ विद्रोही मा*रि*ए || Nepal Times

00:18:05

World News: रुबियोको भ्रमणअघि गाजामा भीषण ब*म*बारी, कतारको चेतावनी || Nepal Times

00:17:00

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

भारतलाई बिच्क्याएर चीनको झोलीमा किन पुग्यो माल्दिभ्स ?

माल्दिभ्स पनि नेपालकै पथमा, सरकारले चाल्यो आत्मघाती कदम

बिहिबार अशोज २ , २०८२
अर्थमन्त्रीले दिए करदातालाई राहत, एक महिना थपियो कर तिर्ने समय

यस्तो हुन्छ जनताको सरकार,सर्किट लागेको भोलिपल्टै छानविन

शुक्रबार अशोज ३ , २०८२
बालेनको जरिवाना पत्रःगणतन्त्रवादीहरु खुशी राजावादी फायर

बालेनले जे–जे भने त्यही पूरा भो, तर किन बनेन् प्रधानमन्त्री ?

मङ्लबार भदौ ३१ , २०८२

हालका पोस्टहरू

जंगी अड्डा भित्र सुशीला, बाहिर समर्थनसँगै विरोध

सुशीलाले किन गरिन् मन्त्रीपरिषद् विस्तारमा ढिलाई ?

शनिबार अशोज ४ , २०८२
नेटोको तेस्रो देशमा पनि रुसी लडाकु विमानले तनाव

नेटोको तेस्रो देशमा पनि रुसी लडाकु विमानले तनाव

शनिबार अशोज ४ , २०८२
जेनजीले भने, ओली–लेखकलाई तत्काल पक्राउ गर

जेनजीले भने, ओली–लेखकलाई तत्काल पक्राउ गर

शनिबार अशोज ४ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.