NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ? मङ्लबार मंसिर ९ , २०८२
अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए मङ्लबार मंसिर ९ , २०८२
प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै मङ्लबार मंसिर ९ , २०८२
अमेरिकी–रुसी प्रतिनिधिबीच यूएईमा वार्ता, युक्रेनले पनि भन्यो सकारात्मक मङ्लबार मंसिर ९ , २०८२
ओली अन्ततः चुनावमा भाग लिन तयार, दल दर्ता हुँदै, आयोग भने नमान्ने मङ्लबार मंसिर ९ , २०८२
Next
Prev

समाचार

अब कर्मचारीले दलनिकट संगठन खोल्न नपाउने !

शनिबार अशोज ११ , २०८२
Reading Time: 1 min read
A A
जेनजीमाथि गोली हान्न जसले आदेश दिए,काठमाडौंका सिडिओ हटाइए
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

११ असोज , काठमाण्डौ ।

जेनजी आन्दोलनपछि सरकारमा नेतृत्व परिवर्तन भएसँगै सार्वजनिक सेवामा पनि रूपान्तरणको बहस चलेको छ । निजामती सेवा जेनजी कर्मचारीहरूले ‘सार्वजनिक सेवा प्रशासन रूपान्तरण अभियान २०८२’ नै चलाएका छन् ।

जेनजी आन्दोलनमा राजनीति परिवर्तन मात्र भएको भन्दै सार्वजनिक सेवामा पनि परिवर्तनको माग सरकारी युवा कर्मचारीले गरेका छन् । यसलाई धेरैले सरकारी कर्मचारीभित्र जेनजी विद्रोहको रूपमा टिप्पणी पनि गरेका छन् ।

LS Auto

निजामती सेवा जेनजी कर्मचारीहरूले असोज ७ गते देखि नै संगठित अभियान घोषणा गरेका छन् । उनीहरुले हालका नेपाल सरकारका मुख्यसचिव, संघीय संसदका महासचिव, सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार र गृहसचिव लगायतका जिम्मेवार पदाधिकारी एवं कर्मचारीहरूको तत्काल बर्खास्त गर्न नेपाल सरकार समक्ष माग गरेका छन् ।

जेनजीहरुको मागलाई सम्बोधन हुने गरी सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले पनि सरकारी तथा अर्धसरकारी निकायमा क्रियाशील कर्मचारी संगठन तथा युनियनहरुलाई एकसाथ खारेज गर्ने तयारी थालेको छ ।

विभिन्न सरकारी तथा अर्धसरकारी निकायमा युनियन तथा कर्मचारीका विभिन्न संगठन गठन गरी व्यवस्थापनलाई नाजायज दवाब दिने, काममा भन्दा बढी राजनीति खेलमा लिप्त हुने प्रवृति विकृतिको रुपमा बढ्दै गएपछि यसलाई नियन्त्रण गर्न सरकारले युनियनहरुलाई एकैसाथ खारेज गर्ने तयारी गरिरहेको बुझिएको छ ।

प्रधानमन्त्रीनिकट उच्च स्रोतकाअनुसार विभिन्न सरकारी निकायमा क्रियाशील युनियन तथा दलनिकटका संगठनकै कारण सरकारी कामकाज चुस्तदुरुस्त हुन नसकेको, कर्मचारी काम गर्न छाडेर युनियनको आडमा चलखेलमा व्यस्त हुने गरेका र युनियनकै आडमा सरुवाबढुवामा समेत व्यापक खेल तथा दवाब सिर्जना हुन थालेपछि यो विकृतिलाई एकैपटक अन्त्यका लागि युनियन खारेजीको निर्णय हुन लागेको हो ।

युनियन र विभिन्न कर्मचारी संगठनको नाममा दलीय संगठनहरु सरकारी कार्यालयमा बग्रेल्ती खुलेका छन् । यी संगठनहरुको काम राजनीति गर्नु, आफूनिकटका सरुवाबढुवामा चलखेल गर्नुबाहेक अरु देखिएन ।

त्यसकारण सरकारी कर्मचारीको प्रदर्शन सुधारका लागि समेत अब युनियन वा कुनै पनि दलनिकट संगठन खोल्न नपाइने व्यवस्था गर्ने विषयमा छलफल र आवश्यक पूर्व तयारी भइरहेको हो ।

यता नेपालको संविधान २०७२ ले भने सबै नागरिकलाई स्वतन्त्रता र संगठन बनाउने अधिकार दिएको छ । तर, यो अधिकार सार्वजनिक सेवामा रहेका व्यक्तिहरूको हकमा कानुनद्वारा प्रतिबन्धित गर्न सकिने उल्लेख छ ।

यस्तै, निजामति सेवा ऐन, २०४९ अनुसार नेपाल सरकारका निजामति कर्मचारीहरूले कुनै राजनीतिक दलको सदस्यता लिन, राजनीतिक गतिविधिमा प्रत्यक्ष संलग्न हुन वा दलको पक्षमा प्रचारप्रसार गर्न पाइँदैन ।

तर उनीहरूले व्यावसायिक हित संरक्षणका लागि स्वतन्त्र संगठन बनाउन पाउने व्यवस्था छ । यसरी बनेका संगठनहरू गैरराजनीतिक, व्यावसायिक र सेवासम्बन्धी मुद्दामा मात्र क्रियाशील हुनुपर्ने स्पष्ट गरिएको छ ।

यसैगरी, ट्रेड यूनियन ऐन, २०४९ ऐनले सबै क्षेत्रका श्रमिक र कर्मचारीलाई संगठन बनाउन पाउने अधिकार दिएको छ । तर निजामति सेवामा रहेका कर्मचारीहरूको हकमा भने यो अधिकार राजनीतिक दलसँग प्रत्यक्ष सम्बन्ध नराख्ने गरी मात्र प्रयोग गर्न सकिन्छ ।

व्यवहारमा नेपालमा अधिकांश कर्मचारी युनियनहरू कुनै न कुनै राजनीतिक दलसँग निकट हुने गरी गठन भएका छन् । अन्तरिम सरकारले गैरकानूनी रुपमा गठन भएका यिनै संगठनहरु खारेजीको तयारी गरिरहेको हो ।

नेपालमा सरकारी तथा निजामति कर्मचारीहरूले संगठन वा युनियन बनाउन पाउने कानुनी अधिकार छ, तर त्यो संगठन प्रत्यक्ष राजनीतिक दलसँग सम्बन्धित हुन नपाइने व्यवस्था छ ।

तर व्यवहारमा भने अधिकांश संगठनहरू विभिन्न राजनीतिक दलसँग निकट रहँदै आएका छन् । यता कर्मचारीतन्त्रमा रहेको दास मानसिकता र सेटिङ भत्काउन १५ सदस्यीय जेनजी कर्मचारी अभियान घोषणा गरिएको छ ।

देशभरका जेनजी कर्मचारी अभियानमा आबद्ध हुने क्रममा छन् । कर्मचारीको वर्तमान नेतृत्वबाट परिवर्तन सम्भव नहुने निष्कर्षसहित जेनजी कर्मचारी अभियानले सार्वजनिक प्रशासन रूपान्तरण अभियान खडा गरी विभिन्न ६ बुँदे मागसमेत अघि सारेका छन् ।

निजामती कर्मचारी, सुरक्षाकर्मी, सार्वजनिक सेवा क्षेत्रलगायतका सम्पूर्ण राष्ट्रसेवक कर्मचारीहरूको मनोबल उच्च बनाउन आवश्यक रहेको बताउँदै अभियानले सुरक्षित वातावरण बनाएर भ्रष्टाचार रोक्ने, सार्वजनिक सेवा प्रवाहलाई चुस्त, दुरूस्त र प्रभावकारी बनाउन आवश्यक रहेको उनीहरूको ठहर छ ।

निजामतीसेवा जेनजी कर्मचारीहरूले यो अभियान चलाइरहँदा निजामती कर्मचारीका ट्रेड युनियनहरूले भने विरोध जनाएका छन् । सार्वजनिक प्रशासनिक रूपान्तरण हुन नदिने उनीहरूको अडान छ ।

यो अभियानले निजामती प्रशासनलाई चुस्त, दुरूस्त र पारदर्शी बनाउनको सट्टा निजामती प्रशासनलाई थप जटिलता तर्फ धकेन्नु र परिवर्तित परिस्थितिमा आफूले गरेका कमी कमजोरीलाई ढाकछोप गर्नको लागि प्रयास गरिएको उनीहरूको आरोप छ ।

त्यसो त नेपाल निजामती कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी युनियन, नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन लगायत ६ वटा निजामती कर्मचारीका ट्रेड युनियनहरूले बुधबारमात्रै यी अभियान तत्काल रोक्न सरकारको ध्यानाकर्षण गराएका छन्।

उनीहरूले सरकारका सचिव एकनारायण अर्याललाई बुझाएको ज्ञापनपत्रमा भनिएको छ,‘नेपालको वर्तमान संविधान, निजामती सेवा ऐन तथा नियममा भएको व्यवस्था बमोजिम कर्मचारीको हक हित संरक्षण एंवम सम्वद्र्धन गरी निजामती सेवालाई प्रभावकारी, गतिशील बनाई नेपाल सरकारलाई रचनात्मक सुझाव र सहयोग गर्न कानुन बमोजिम गठित ट्रेड युनियनहरूका विषयमा विभिन्न नाम तथा सार्वजनिक पदमा बसेका व्यक्तिहरूबाट प्रश्न उठाउनुले निजामती प्रशासनलाई चुस्त, दुरूस्त र पारदर्शी बनाउनको सट्टा निजामती प्रशासनलाई थप जटिलता तर्फ धकेल्नु र परिवर्तित परिस्थितिमा आफूले गरेका कमी कमजोरीलाई ढाकछोप गर्नको लागि गरेको प्रयास भन्ने हाम्रो ठहर रहेको छ।’

तर अब सरकारले यी सबै संगठनहरु नै खारेज गर्ने तयारी गरेको छ ।

यता जेनजी कर्मचारीहरुले पनि बुधबार प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर निजामती कर्मचारीहरूको दलीय ट्रेड युनियन खारेज गर्नुपर्ने लगायत माग राख्दै ज्ञापनपत्र बुझाएका छन् ।

Tags: #आधिकारिक ट्रेड युनियन

लोकप्रीय

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

मङ्लबार मंसिर ९ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन

अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए

मङ्लबार मंसिर ९ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै

मङ्लबार मंसिर ९ , २०८२

विचार

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

मङ्लबार मंसिर ९ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन

अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए

मङ्लबार मंसिर ९ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै

मङ्लबार मंसिर ९ , २०८२

थप समाचार

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?
ताजा समाचार

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

मङ्लबार मंसिर ९ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन
अन्तर्राष्ट्रिय

अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए

मङ्लबार मंसिर ९ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप
ताजा समाचार

प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै

मङ्लबार मंसिर ९ , २०८२
अमेरिकी–रुसी प्रतिनिधिबीच यूएईमा वार्ता, युक्रेनले पनि भन्यो सकारात्मक
अन्तर्राष्ट्रिय

अमेरिकी–रुसी प्रतिनिधिबीच यूएईमा वार्ता, युक्रेनले पनि भन्यो सकारात्मक

मङ्लबार मंसिर ९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: क्यानडेली नागरिकता कानुनमा परिवर्तन, साउदीमा मदिरा खुकुलो || Nepal Times

World News: क्यानडेली नागरिकता कानुनमा परिवर्तन, साउदीमा मदिरा खुकुलो || Nepal Times

00:19:15

World News: दलाई लामालाई अमेरिकी तलब, भीसा नपाएपछि आ*त्म*ह*त्या || Nepal Times

00:17:08

World News: Australia मा नेपालीसहितको प्रमाणपत्र खारेज, २०० विद्यार्थी अपहरणमा || Nepal Times

00:17:12

World News: Dubai मा भारतको ल डाकु विमान दु र्घट ना, Modi अफ्रिकामा || Nepal Times

00:16:05

World News: बंगलादेशमा भूक*म्पमा ६ को मृ*त्यु, पाकिस्तानमा वि*स्फो*ट*मा १५ मा*रि*ए || Nepal Times

00:20:06

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि

सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि

शुक्रबार मंसिर ५ , २०८२
ओलीले योगेश भट्टराईसँग लिए बदला

ओलीले योगेश भट्टराईसँग लिए बदला

शुक्रबार मंसिर ५ , २०८२
राजस्थानसम्म पुगेका थिए दुर्गा प्रसाईँ, आरएसएसले दिएन आश्रय

दुर्गा प्रसाईं समूहको धम्की पत्र र चन्दा आतंक

शुक्रबार मंसिर ५ , २०८२

हालका पोस्टहरू

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

मङ्लबार मंसिर ९ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन

अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए

मङ्लबार मंसिर ९ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै

मङ्लबार मंसिर ९ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.