१५ असोज , काठमाण्डौ ।
नासाका वैज्ञानिकहरुलेएउटा निकै आश्चार्यजनक र रहस्यमयी इंटरस्टेलर अब्जेक्ट थ्रीआई÷एटलास पत्ता लगाएका छन्, जुन आकारमा लगभग भारतीय सहर मुंबई जत्तिकै ठूलो छ ।
यो अंतरिक्षीय पाहुना पहिलो पटक १ जुलाईमा नासाको नजरमा आएको थियो र त्यतिबेला देखिनै बैज्ञानिकहरुले यसलाई ध्यानपूर्वक हेरिरहेका छन् ।
यो धूमकेतु जस्तै एउटा अब्जेक्ट हो, जुन सौर्यमण्डल बाहिर आएको हो ।यसअघियस्ता खालका जम्मा २ अब्जेक्ट मात्रै फेला परेका थिए,एउटा२०१७मा ‘औमुआमुआ र २०१९ माटुआई÷बोरिसोभ ।
अर्थात थ्रीआई÷एटलास तेस्रो बस्तु हो जुन सौर्यमंडल बाहिर आएको छ ।हार्वडका चर्चित एस्ट्रोफिजिसिस्ट अभी लोएब र उनको टीमले हालै यसको अध्ययन गरेका छन् ।
अध्ययनमा उनीहरुलेयो अब्जेक्ट पहिलाको कल्पनाभन्दा कयौं गुणा धेरै ठूलो पाएका छन् ।केहीले यसलाई एलियन टेक्नोलोजी पनि मानिरहेका छन् ।
वैज्ञानिकहरुको गणनाका अनुसार, यसको वजन ३३ अर्ब टनभन्दा धेरै र यसको ठोस कोर (न्यूक्लियस) ३.१ मीलभन्दा धेरै चौडा छ ।
वैज्ञानिकहरुका अनुसार, यति ठूलो अब्जेक्ट हाम्रो सौर्यमंडलमा प्रवेश हुनु निकै दुर्लभ रहेको छ ।सामान्यतः अहिलेसम्म हजारौं इंटरस्टेलर अब्जेक्ट भेटिनु पर्ने थियो तर अहिलेसम्म तीन वटामात्रै जानकारीमा आएका छन् ।
यसै कारण यसलाई ‘आकाशगंगाको भुसको डंगुरमा सानो सुई खोज्नुजस्तै’ रहेको भनिएको छ ।यसबीच खुसी हुनुपर्ने कुरा के छ भने, योथ्रीआई÷एटलासपृथ्वीसंग भने ठोक्किने छैन ।
यद्यपि, यसको बाटो मंगलग्रह, शुक्र र बृहस्पतिको निकै नजिकै भएर जाने छ ।योे हालै मंगल ग्रहको कक्षबाट २७ लाख किमीको मात्रै दूरीबाट गएको छ ।
यसको असामान्य गति र बाटो सामान्य गुरुत्वाकर्षणसंग मेल खादैन ।यसको घूम्ने एंगल अन्य ग्रहहरुको भन्दा ठीक उल्टो छ ।जुन प्रकारले यो अन्य ग्रहहरुको नजिक भएर हिडिरहेको छ,त्यसलाई हेर्दा लाग्छ कि यो कुनै ‘जासूसी मिशन’ हो, त्यो पनि एलियनको ।
यसमा अध्ययनकर्ता लोएब भन्छन्,यदि यो साच्चिकै एलियन टेक्नोलोजी हो भने यसले हाम्रो सौर्यमंडल र ग्रहहरुका बारेमा डेटा संकलन गरिरहेको हुनसक्छ ।
यसको उद्देश्य शान्तिपूर्ण वा खतरनाक पनि हुन सक्नेमा उनले जोड दिएका छन् ।अहिले वैज्ञानिकहरुलेयो अब्जेक्टको बाटो,ग्यास र धूलो उत्सर्जन तथा गुरुत्वाकर्षण प्रभावहरुकोमिहिन ढंगले अध्ययन गरिरहेका छन् ।
आगामी केही महिनाहरुमा योथप स्पष्ट हुने छ कि थ्रीआई÷एटलास खाली एउटा रहस्यमयी धूमकेतु हो वा वास्तवमै यसमा कुनै एलियन प्रविधि लुकेको छ ।