NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
मधेसका मुख्यमन्त्री सोनलले आज विश्वासको मत लिँदै शनिबार कार्तिक २२ , २०८२
गण्डकी र कोशीमा हल्का वर्षा सहित हिमपातको सम्भावना शनिबार कार्तिक २२ , २०८२
ब्रेन स्ट्रोकपछि स्वास्थ्य बिग्रँदै गएका पूर्वमन्त्री अफताब आलमको निधन शनिबार कार्तिक २२ , २०८२
बिपी र सुवर्णले चलाएको काँग्रेस अब गगन र विश्वको पोल्टामा आउला ? शुक्रबार कार्तिक २१ , २०८२
रविमाथि कसरी प्रतिशोध साधियो ? ६ तथ्य सार्वजनिक शुक्रबार कार्तिक २१ , २०८२
Next
Prev

समाचार

सुन अहिलेसम्मकै महंगो, कति पुग्यो ?

बुधबार अशोज २२ , २०८२
Reading Time: 1 min read
A A
घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

२२ असोज , काठमाण्डौ ।

नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । आज सुन प्रतितोला दुई हजार ६०० रुपैयाँ बढेर दुई लाख ३८ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार सुन दुई लाख ३५ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । यो हालसम्मकै उच्च मूल्य थियो । तर, आज उक्त रेडर्क तोडिएको हो । आज चाँदीको मूल्य पाँच रुपैयाँ घटेर कारोबार भइरहेको छ ।

चाँदी प्रतितोला दुई हजार ९५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी दुई हजार ९६० रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्यले पहिलोपटक प्रतिऔंस ४ हजार डलरको आँकड पार गरेको छ ।

आजको कारोबारमा १.५२ प्रतिशत अर्थात ५९ डलरले बढेसँगै सुनको मूल्यले ४ हजारको आँकडा पार गरेको हो ।  यो समाचार तयार पार्दासम्म सुनको कारोबार प्रतिऔंस ४ हजार ११ डलरमा भईरहेको छ ।

विश्वमा बढेको आर्थिक तथा राजनीतिक अनिश्चितताका कारण लगानीकर्ताले सुरक्षित लगानीको रुपमा सुनमा लगानी बढाएसँगै सुनको मूल्य बढ्न पुगेको हो ।  सुनको मूल्य यतिबेला सन् १९७० को दशकपछिकै उच्च दरले बढिरहेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत अप्रिल महिनामा ट्यारिफ घोषणा गरेसँगै सुनको मूल्य २५ प्रतिशतले बढिसकेको छ ।  यस्तै अमेरिकाले आर्थिक तथ्यांक सार्वजनिक गर्न गरिरहेको ढिलाईका कारण लगानीकर्ता चिन्तित बन्दा समेत सुनको मूल्य वृद्धि भईरहेको छ ।

अहिलेमात्रै होइन प्राचीनकालदेखि अहिलेसम्म पनि मानिसहरू सुनसँग निकै मोहित भएको पाइन्छ । यसका विभिन्न कारणहरु रहेका छन् । यसको इतिहास हेर्दा प्राचीन इजिप्टका शासकहरुको समाधिदेखि ओलिम्पिक्स विजेताहरुको पदकसम्म मानिसहरु लामो समयदेखि सुनसंग मोहित हुँदै आएका छन् ।

राजाहरुको मुकुट होस् वा ओस्करमा पुरस्कार दिइने प्रतिमा, धेरै कुरामा सुन प्रयोग भएको देखिन्छ । सुन हाम्रो जनजीवनमा जतातातै छ, सुनौलो टिकटदेखि सुनको डिस्कसम्म । सुनको हतकडीदेखि कमेडी गोल्डसम्म सुन प्रायोगको व्यापकता छ ।

हिन्दु मान्यताकै कुरा गर्ने हो भने सुनलाई पवित्रतासंग जोडेर हेरिन्छ । मूलतः ताराहरुको अवशेषहरुमा उत्पन्न हुने यो धातुका भौतिक गुणहरु अद्धभुत छन् । यसलाई सजिलै विभिन्न आकारमा ढाल्न सकिन्छ ।

तर यो पगाल्न टिन वा लेडजस्ता धातुलाई भन्दा बढी तापमान चाहिन्छ । यसमा न खिया लाग्छ, न उगाल आउँछ । विद्युतीय उपकरणका लागि पनि उपयुक्त हुन्छ । तपाइँको मोबाइलमा सुनका सुक्ष्म अंशहरु पक्कै हालिएको हुन्छ ।

धातुहरुमा यो अलिक दुर्लभ धातु हो । वास्तवमा  पृथ्वीमा अहिलेसम्म भेटिएको सबै सुन एक ठाउँमा भेला पार्ने हो भने प्रत्येक भुजा २३ मिटर हुने एउटा घनाकार बनाउन सकिन्छ । दुर्लभ भएकाले नै सुन बहुमूल्य बनेको हो ।

हिजोआज रेस्टुराँमा तपाइँ कसैलाई सुनको सिक्कमा भुक्तानी दिन सक्नुहुन्न । तर बजार कमजोर हुँदाको अवस्थामा यो अझै पनि एउटा सुरक्षित सम्पत्ति हो । अनि देशहरुले आफ्नो शक्ति देखाउन अझै पनि सुन थुपार्ने गरेका छन् ।

तर सुनलाई नजिकैबाट नियाल्ने हो भने यसको महत्ता घट्न थाल्छ । हामी यसलाई मन पराउँछौं, तर हामी यससंग आसक्त नै छौं । सुनकै लागि स्पेनी सेना नायकहरुले अमेरिकी महादेशहरुमा आतंक मच्चाएका थिए ।

इन्का, माया र एज्टेकहरुमाथि अत्याचार गरेर उनीहरुले स्पेनका शासकहरुलाई १०० टन सुन पठाएका थिए । अहिलेको मूल्यमा त्यसलाई झण्डै ६ अर्ब डलर पर्छ । अधिकांश त्यस्तो सुन पगालियो ।

त्यसक्रममा असंख्य कलात्मक वस्तु र गरगहान मासियो । १९ औं शताब्दीमा मानिसहरु सुन खोज्न क्यालिफोर्निया र दक्षिणी अस्ट्रेलियाका विकट स्थानमा ओइरिए । केहीको भाग्य चम्कियो ।

बन्र्हाडर््ट होल्टर्मानले सन १८७२ मा अस्ट्रेलियामा २८९ केजी तौलको सुनको विशाल ढिक्का फेला पारे । आदिवासीहरुले भने नराम्रो दुःख पाए । सुनखानीका लागि उनीहरुमाथि आक्रमण भयो र उनीहरुलाई आफ्नो भूमिबाट धपाइयो ।

सुनको विवादकै कारण केही युद्धहरु भए । अझै पनि पृथ्वीबाट निरन्तर सुनको दोहन भइरहेको छ । तर सुन उत्खननमा धेरै उर्जा खपत हुन्छ । सुनखानीबाट प्रत्येक वर्ष झण्डै २.८ करोड कारहरुबाट उत्सर्जन हुनेजति नै कार्बन निस्किन्छ ।

सतर्कतापूर्वक उत्खनन नगरे नदीहरु दूषित हुनसक्छन्, जैविक प्रणाली बिथोलिन सक्छ र पारोजस्ता अतिविषाक्त प्रदूषकहरु हावामा फैलिन सक्छन् । नियमन नगरिएका साना खानीमा लाखौं मानिसहरु संलग्न छन् ।अति विपन्न देशहरुमा ससाना बच्चाहरुलाई पनि सुन खोज्ने काममा लगाएको पाइन्छ ।

मान्छेको सुनप्रतिको यो असक्तिबाट हिंसा, शोषण र विनाश भएको छ । सुनका कारण उत्पन्न नराम्रो पक्षतिर ध्यान दिने हो भने यो बहुमूल्य धातुको विवेकपूर्ण प्रयोगमा ध्यान दिन सकिन्थ्यो कि ? अनि अर्को कुरा, आफ्नो प्रिय व्यक्तिलाई जन्मदिनमा सुनको कुनै गहना उपहार दिन चाहानुहुन्छ भने सुन कसरी तपाइँको हातसम्म आइपुग्छ भन्ने कुरा सम्झिनुहोला ।

Tags: #सुन अहिलेसम्मकै महँगो#सुन महंगो

लोकप्रीय

मधेसका मुख्यमन्त्री सोनलले आज विश्वासको मत लिँदै

मधेसका मुख्यमन्त्री सोनलले आज विश्वासको मत लिँदै

शनिबार कार्तिक २२ , २०८२
देशभर छैन् कुनै पनि मौसम प्रणालीको प्र भाव

गण्डकी र कोशीमा हल्का वर्षा सहित हिमपातको सम्भावना

शनिबार कार्तिक २२ , २०८२
ब्रेन स्ट्रोकपछि स्वास्थ्य बिग्रँदै गएका पूर्वमन्त्री अफताब आलमको निधन

ब्रेन स्ट्रोकपछि स्वास्थ्य बिग्रँदै गएका पूर्वमन्त्री अफताब आलमको निधन

शनिबार कार्तिक २२ , २०८२

विचार

मधेसका मुख्यमन्त्री सोनलले आज विश्वासको मत लिँदै

मधेसका मुख्यमन्त्री सोनलले आज विश्वासको मत लिँदै

शनिबार कार्तिक २२ , २०८२
देशभर छैन् कुनै पनि मौसम प्रणालीको प्र भाव

गण्डकी र कोशीमा हल्का वर्षा सहित हिमपातको सम्भावना

शनिबार कार्तिक २२ , २०८२
ब्रेन स्ट्रोकपछि स्वास्थ्य बिग्रँदै गएका पूर्वमन्त्री अफताब आलमको निधन

ब्रेन स्ट्रोकपछि स्वास्थ्य बिग्रँदै गएका पूर्वमन्त्री अफताब आलमको निधन

शनिबार कार्तिक २२ , २०८२

थप समाचार

मधेसका मुख्यमन्त्री सोनलले आज विश्वासको मत लिँदै
ताजा समाचार

मधेसका मुख्यमन्त्री सोनलले आज विश्वासको मत लिँदै

शनिबार कार्तिक २२ , २०८२
देशभर छैन् कुनै पनि मौसम प्रणालीको प्र भाव
ताजा समाचार

गण्डकी र कोशीमा हल्का वर्षा सहित हिमपातको सम्भावना

शनिबार कार्तिक २२ , २०८२
ब्रेन स्ट्रोकपछि स्वास्थ्य बिग्रँदै गएका पूर्वमन्त्री अफताब आलमको निधन
ताजा समाचार

ब्रेन स्ट्रोकपछि स्वास्थ्य बिग्रँदै गएका पूर्वमन्त्री अफताब आलमको निधन

शनिबार कार्तिक २२ , २०८२
बिपी र सुवर्णले चलाएको काँग्रेस अब गगन र विश्वको पोल्टामा आउला ?
ताजा समाचार

बिपी र सुवर्णले चलाएको काँग्रेस अब गगन र विश्वको पोल्टामा आउला ?

शुक्रबार कार्तिक २१ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: सिरियाली राष्ट्रपति Trump भेट्न पुगे, मुनिर जीवनभर फिल्ड मार्सल || Nepal Times

World News: सिरियाली राष्ट्रपति Trump भेट्न पुगे, मुनिर जीवनभर फिल्ड मार्सल || Nepal Times

00:16:53

World News:चीनको फुजियान सेवामा, रुसमा हे लिकप्टर दुर्घ टना || Nepal Times

00:19:59

World News: अमेरिकी सरकार ३७ दिनदेखि बन्द,भियतनाममा आँधी,५ हजार वर्ष पूराना भाडा || Nepal Times

00:20:10

World News: मेक्सिकोभित्रै पसेर ट्रम्पले कारबाही गर्ने, राष्ट्रपतिमाथि नै यौन दु*व्र्य*वहार

00:18:03

World News: न्युयोर्कमा ममदानीको जित, म्यान्मारका माफियालाई चीनमा मृ*त्युदण्ड || Nepal Times

00:20:11

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

आईजीपी खापुङलाई २४घण्टे स्पष्टीकरण, किन किन कारवाही नगर्ने ?

‘बल प्रयोग गर्न नपाउने हो भने देशमा प्रहरी नराखे हुन्छ’ः आईजी

शुक्रबार कार्तिक २१ , २०८२
सुडान टुक्रिने कमाण्डरको चेतावनी, वेस्ट बैंकमा बुलडोजर

सुडानमा भयानक नरसंहारः अन्तरिक्षबाटै देखियो रगतको आहाल

मङ्लबार कार्तिक १८ , २०८२
ओली र लेखकको स्थानहद र पासपोर्ट रोक्का खुलेन

रवि फेरि चक्रब्युमा,फर्जी पत्र थमाएर जेलबाट कसले निकाल्यो ?

मङ्लबार कार्तिक १८ , २०८२

हालका पोस्टहरू

मधेसका मुख्यमन्त्री सोनलले आज विश्वासको मत लिँदै

मधेसका मुख्यमन्त्री सोनलले आज विश्वासको मत लिँदै

शनिबार कार्तिक २२ , २०८२
देशभर छैन् कुनै पनि मौसम प्रणालीको प्र भाव

गण्डकी र कोशीमा हल्का वर्षा सहित हिमपातको सम्भावना

शनिबार कार्तिक २२ , २०८२
ब्रेन स्ट्रोकपछि स्वास्थ्य बिग्रँदै गएका पूर्वमन्त्री अफताब आलमको निधन

ब्रेन स्ट्रोकपछि स्वास्थ्य बिग्रँदै गएका पूर्वमन्त्री अफताब आलमको निधन

शनिबार कार्तिक २२ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.