×

NEPAL TIMES UPDATES

Playing
रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला || Nepal Times
Mar 06, 2026
Playing
प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वपाको ३० स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३ || Nepal Times
Mar 06, 2026
Playing
रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि || Nepal Times
Mar 06, 2026
Playing
मतगणना अपडेटःदेशभर रास्वपाको अग्रता,कांग्रेस र एमाले पछाडि || Nepal Times
Mar 06, 2026
Playing
झापा ५ मा बालेनले केपी ओलीलाई सुरुवातमै पछि पारे
Mar 06, 2026
Playing
नेपालको चुनावमा विदेशी मिडियाका अधिक चासो, कसले के लेखे ? || Nepal Times
Mar 05, 2026
Playing
आमा सुशीला तिमीले “जे भन्यौ, त्यो पूरा गर्‍यौ” !|| Nepal Times
Mar 05, 2026
Playing
US-Israel-Iran यु द्धः आजका १० हेडलाइन || Nepal Times
Mar 05, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-21-2082 || Nepal Times
Mar 05, 2026

सुपर सिक्सको समीकरण पूरा, भोलि नेपाल भर्सेस यूएई

२५ आश्विन २०८२

२५ असोज , काठमाडौ ।

आइसिसी पुरुष टी–२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटको सुपर–६ मा पुग्ने सबै टोलीको टुंगो लागेको छ । शुक्रबार राति घरेलु टोली ओमानले पपुवा न्युगिनीलाई ५२ रनले पराजित गरेसँगै सुपर–६ को समिकरण पनि पूरा भएको छ ।

सुपर सिक्समा समूह–१ बाट युएई र कतार, समूह–२ बाट नेपाल र जापान तथा समूह–३ बाट ओमान र सामोआ सुपर–६ मा पुगेका हुन् । अब सुपर–६ मा आफ्नो समूहबाट आएका बाहेकका चार टोलीसँग प्रतिस्पर्धा गर्नु पर्नेछ ।

आफ्नो समूहबाट आएको टोलीसँगको नतिजा पनि सुपर–६ मा गणना हुनेछ । जसमा युएई, नेपाल र ओमानले सुपर–६ मा २–२ अंक जोडिसकेका छन् । अब नेपालले सुपर–६ मा आइतबार युएईसँग पहिलो खेल खेल्नेछ ।

दोस्रो खेलमा नेपालले कतारसँग सोमबार खेल्दा तेस्रो खेलमा बुधबार घरेलु टोली ओमानसँग प्रतिस्पर्धा गर्नेछ । अन्तिम खेलमा नेपालले सामोआसँग शुक्रबार प्रतिस्पर्धा गर्नेछ ।

सुपर–६ का शीर्ष तीन टोलीले आगामी वर्षको फेब्रुअरी–मार्च भारत र श्रीलंकामा हुने आइसिसी टी–२० विश्वकप २०२६ मा मा स्थान पक्का गर्नेछन् । शीर्ष तीन टोलीमा परेमा नेपाली टोली लगातार दोस्रो पटक र समग्रमा तेस्रो पटक आइसिसी टी–२० कपमा छनोट हुनेछ ।

हिजो भएको समूह ‘बी’ को अन्तिम खेलमा नेपालले जापानलाई ५ विकेटले हराएको थियो । नेपाल र जापानले आफ्नो पहिलो खेलमा कुवेतलाई हराउँदै यसअघि नै सुपर सिक्समा पुगिसकेका थिए ।

कुवेत भने समूह चरणबाटै बाहिरिइसकेको छ । यसैबीच नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल महिला राष्ट्रिय क्रिकेट टिमका लागि मुख्य प्रशिक्षक नियुक्त गर्न दरखास्त आह्वान गरेको छ ।

संघका अनुसार मुख्य प्रशिक्षकले नेपाल महिला क्रिकेट टिमको दीर्घकालीन विकास, अन्तर्राष्ट्रियस्तरमा स्थायी प्रदर्शन र खेलाडीहरूको क्षमतामा सुधार ल्याउने उद्देश्यले व्यवस्थित र प्रगतिशील प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने जिम्मेवारी लिनेछन् ।

मुख्य प्रशिक्षकको कार्यस्थल काठमाडौं हुनेछ, तर आवश्यकताअनुसार देशभित्र र विदेशमा टिमसँगै भ्रमण गर्नुपर्नेछ । यसैबीच कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा फ्लडलाइट जडानको कामले तीव्रता पाएको छ ।

नेपाल प्रिमियर लिगको दोस्रो संस्करणका लागि मैदान तयार पार्ने लक्ष्यसहित निर्माण कार्य धमाधम भइरहेको छ । हालसम्म दुईवटा फ्लडलाइट पोल जडान भइसकेका छन् भने बाँकी पोलहरूको जडान कार्य जारी रहेको आयोजना प्रमुखले बताएका छन् ।

आयोजनाको लक्ष्य तिहारअघि सम्पूर्ण काम सम्पन्न गरेर मैदानलाई एनपीएलका लागि तयार पार्नु रहेको छ ।

भर्खरको समाचार

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

के दोलखामा मतपत्र लुटिएको हो ? कांग्रेसमाथि आरोप

10caf7ff-beed-4f31-ae64-f76da54f97a7

फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै

f98bc703-9037-4ebe-8a64-0a00ad80f8f8

राष्ट्रपति र उपराष्ट्रपतिले गरेनन् मतदानः पूर्वराष्ट्रपतिहरु के भन्छन् ?

Screenshot 2026-03-05 155551

बालेनको हेलि रोकिएपछि ओलीपनि झापा नजाने

Screenshot 2026-03-05 131333

सम्बन्धित खबरहरु

Scroll to Top