×

NEPAL TIMES UPDATES

Playing
रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला || Nepal Times
Mar 06, 2026
Playing
प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वपाको ३० स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३ || Nepal Times
Mar 06, 2026
Playing
रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि || Nepal Times
Mar 06, 2026
Playing
मतगणना अपडेटःदेशभर रास्वपाको अग्रता,कांग्रेस र एमाले पछाडि || Nepal Times
Mar 06, 2026
Playing
झापा ५ मा बालेनले केपी ओलीलाई सुरुवातमै पछि पारे
Mar 06, 2026
Playing
नेपालको चुनावमा विदेशी मिडियाका अधिक चासो, कसले के लेखे ? || Nepal Times
Mar 05, 2026
Playing
आमा सुशीला तिमीले “जे भन्यौ, त्यो पूरा गर्‍यौ” !|| Nepal Times
Mar 05, 2026
Playing
US-Israel-Iran यु द्धः आजका १० हेडलाइन || Nepal Times
Mar 05, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-21-2082 || Nepal Times
Mar 05, 2026

कुलमानले खोले बञ्चरेडाँडाको फोहोर फाल्ने अवरोध, १५ दिनको समय

१७ कार्तिक २०८२

१६ कार्तिक , काठमाण्डौ ।

सहरी विकासमन्त्री कुलमान घिसिङले स्थानीयको माग १५ दिनभित्र पूरा गर्ने प्रतिबद्धता जनाउदै काठमाडौंको फोहोर फाल्न भइरहेको अवरोध खुलाएका छन् । घिसिङले स्थलगत रुपमै सिसडोल पुगी १५ दिनभित्र माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि बञ्चरेडाँडा ल्याण्डफिल साइटका स्थानीयवासी फोहोर फाल्न दिन सहमत भएका छन् ।

आज बिहान नुवाकोट र धादिङको सिमानामा पर्ने बञ्चरेडाँडामा पुगेर सहरी विकासमन्त्री घिसिङले स्थानीय बासिन्दाको माग १५ दिन भित्र पूरा गर्ने प्रतिबद्धता जनाएका हुन् । मन्त्री घिसिङले मौखिक प्रतिबद्धता जनाएपछि फोहोर फाल्न दिने सहमत भएको स्थानीयले बताएका छन् ।

स्थानीयको सहमति लगतै फोहोर बोकेर बीच बाटोमा रोकिएका गाडीहरु बञ्चेरडाँडा हिँडेका छन् । उपत्यकाका सडक फोहोरले दुर्गन्धित हुँदै गएको अवस्थामा मन्त्री घिसिङले स्थानीय प्रशासन, फोहोर व्यवस्थापनसँग सम्बन्धित अधिकारी र स्थानीय प्रतिनिधिसँग छलफल गर्न बन्चरेडाँडाको निरीक्षण गरेका थिए ।

उपत्यकामा काठमाडौं महानगरपालिका र अरू स्थानीय तहबाट दैनिक एक हजार २०० टनभन्दा बढी फोहोर जम्मा हुन्छ । सिसडोल ल्यान्डफिल्ड साइटको क्षमता यसअघि नै सीमित भइसकेको छ । त्योसँगै बन्चरेडाँडा ल्यान्डफिल्डलाई फोहोर व्यवस्थापनको वैकल्पिकस्थलका रूपमा विकास गरिएको थियो ।

तर, विगतका वर्षमा यो साइटसँगका विभिन्न समस्याले गर्दा फोहोर व्यवस्थापन पूर्ण रूपमा प्रभावकारी हुन सकेको छैन । मन्त्री घिसिङले निरीक्षणका क्रममा साइटको पूर्वाधार, फोहोर विसर्जन प्रक्रिया तथा वातावरणीय प्रभावबारे विस्तृत जानकारी लिएका छन् ।

स्थानीयले फोहोर विसर्जनले हुने वातावरणीय प्रदूषण, पानीका मुहानमा असर, स्वास्थ्य जोखिम र सडक अवरोधजस्ता समस्याबारे चिन्ता व्यक्त गर्दै आएका छन् । ०७९ भदौमा स्थानीयले सडक अवरुद्ध गरेपछि फोहोरका गाडी बाटोमै रोकिएका थिए ।

त्योसँगै उपत्यकामा फोहोर थुप्रने संकट निम्त्याएको थियो । अहिले पनि पुरानै स्थिति दोहोरिएको छ । ०८० मा गरिएको एक अध्ययनमा बन्चरेडाँडा क्षेत्रमा फोहोरका कारण माटो र पानीमा प्रदूषण बढेको पाइएको थियो । त्यसले स्थानीय किसानको कृषि उत्पादनमा असर पुगेको छ ।

स्थानीयले विगतमा सरकारसँग १८ बुँदे सहमति गरे पनि ती कार्यान्वयन नभएको भन्दै पटक–पटक विरोध प्रदर्शन गरेका छन् । गएको असोजमा गरिएको छलफलमा पनि सहमति जुट्न सकेन । त्योसँगै फोहोर विसर्जनमा अवरोध सिर्जना भएको थियो ।

यी समस्याका कारण उपत्यकाको फोहोर व्यवस्थापन दिगो हुन सकेको छैन । स्थानीयले स्वास्थ्य जाँच, मुआब्जा तथा पूर्वाधार विकासको माग गर्दै आएका छन् । निरीक्षणका क्रममा मन्त्री घिसिङले फोहोर छुट्ट्याउने प्रक्रियालाई कडाइका साथ लागु र स्थानीयसँगको सहमति कार्यान्वयन गर्न निर्देशन दिएका छन् ।

आफूहरुसँग यसअघि भएका सहमति कार्यान्वयन नभएको भन्दै स्थानीयले फोहोर व्यवस्थापनमा अवरोध गरेपछि मन्त्री घिसिङ आइतबार विहान त्यहाँ पुगेका हुन् । आफूहरुको मागको सम्बोधन र सहमति कार्यान्वयनको प्रतिबद्धता जनाउन मेयर बालेन साह र मन्त्री कुलमान घिसिङ फिल्डमा आउनुपर्ने स्थानीय माग राखेका थिए ।

मेयर बालेन नगएपनि मन्त्री आफै आज बिहान बञ्चरेडाँडा पुगेका थिए । शुक्रवारदेखि स्थानीयले फोहोर बोकेको गाडीहरुलाई ल्याण्डफिल्ड साइटमा जान दिएका थिएनन । उनीहरुले माग सुनुवाइ नभएसम्म फोहोर विसर्जन गर्न नदिने अडान राखेका थिए ।

फोहर विसर्जन कार्य वैज्ञानिक रूपमा व्यवस्थित हुनुपर्ने लगायत विगतमा भएको सहमति कार्यान्वयनको माग गर्दै स्थानीयले फोहोर फाल्न अवरोध गरेको बताएका छन् । सिसडोल बञ्चरेडाँडा–कुँडुले ल्याण्डफिल क्षेत्रमा फोहोर व्यवस्थापनका लागि यसअघि भएको १८ बुँदे सहमति कार्यान्वयन हुनुपर्ने उनीहरूको माग छ ।

२०७९ जेठ २६ मा काठमाडौं महानगरसँगको १८ बुँदे सहमतिमा फोहोर विसर्जन रातको समयमा मात्र गरिने, दुर्गन्ध नआउने प्रबन्ध मिलाउने, फोहोर बोकेका गाडीले लिच्चड नचुहाउने र फोहर विसर्जन पश्चात लिच्चड खोलामा जान नदिन वैज्ञानिक व्यवस्थापन गर्नुपर्ने सहमति थियो ।

शुक्रबार भने सहरी विकास मन्त्रालयले स्थानीयलाई वार्तामा बोलाएको थियो । काठमाडौँबाट फोहोर लिएर गएका गाडीहरू बाटोमै रोकिएपछि र स्थानीयसँग वार्ताको प्रयास भए पनि समाधान निस्किएपछि महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले सूचना जारी गर्दै अर्को व्यवस्था नभएसम्मका लागि आ–आफ्नो घर, पसल, तथा व्यवसायबाट उत्सर्जन हुने फोहोरलाई घरमै सुरक्षित तवरले राख्न अनुरोध गरेको छ ।

बालेनले मेयर बने यता काठमाडौंको फोहोर व्यवस्थापनालाई मुख्यप्राथमिकतामा राखेपनि दीर्घकालीन समाधान हुन सकेको छैन् । बालेनले पटक पटक वार्ता गरेपनि यसको दीर्घकालीन समाधान हुन् सकेको छैन् । उनले पदभार ग्रहण गर्दा नै काठमाडौंको फोहोर व्यवस्थापन दीर्घकालीन रुपमा समाधान नगरेसम्म आफूले टीका , खादा ग्रहण नगर्ने घोषणा गरेका थिए ।

भर्खरको समाचार

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

के दोलखामा मतपत्र लुटिएको हो ? कांग्रेसमाथि आरोप

10caf7ff-beed-4f31-ae64-f76da54f97a7

फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै

f98bc703-9037-4ebe-8a64-0a00ad80f8f8

राष्ट्रपति र उपराष्ट्रपतिले गरेनन् मतदानः पूर्वराष्ट्रपतिहरु के भन्छन् ?

Screenshot 2026-03-05 155551

बालेनको हेलि रोकिएपछि ओलीपनि झापा नजाने

Screenshot 2026-03-05 131333

सम्बन्धित खबरहरु

Scroll to Top