NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
पाकिस्तानमा अब सिभिल–मिलिट्री कानून, मुनीर थप शक्तिशाली बन्दै बुधबार कार्तिक १९ , २०८२
रञ्जु दर्शनाको नेतृत्वमा नयाँ दल, बालेनदेखि कुलमानसम्म बुधबार कार्तिक १९ , २०८२
डा. निकोलसमाथि के कसुरमा अनुशन्धान हुँदैछ ? बुधबार कार्तिक १९ , २०८२
चुनावमय बिहार, भोलिदेखि चुनाव, ७ करोड मतदाता बुधबार कार्तिक १९ , २०८२
जेलर र रविको बयान मिल्यो,कसरी नख्खुबाट निस्किए ? बुधबार कार्तिक १९ , २०८२
Next
Prev

समाचार

जेलर र रविको बयान मिल्यो,कसरी नख्खुबाट निस्किए ?

बुधबार कार्तिक १९ , २०८२
Reading Time: 1 min read
A A
ओली र लेखकको स्थानहद र पासपोर्ट रोक्का खुलेन
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

१९ कार्तिक , काठमाण्डौ ।

भदौ २३–२४ को जेनजी आन्दोलनको जाँचबुझ गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्की अध्यक्षताको आयोगले नख्खु कारागारमा रहेका रास्वपा सभापति रवि लामिछानेसँग आज औपचारिक बयान लिएको छ ।

भदौ २४ गते रवि कसरी कारागारबाट बाहिर निस्किए भन्ने विषयमा केन्द्रित भएर आयोगले आज रविसँग बयान लिएको हो ।  रविलाई राखिएको नख्खु कारागारका तत्कालीन जेलर सत्यराज जोशीले दिएको बयान र रविको बयानमा समानता भेटिएको स्रोतले बतायो ।

ती बयानलाई प्रमाणित गर्दै त्यसका आधारमा थप कारवाही अगाडि बढाउने तयारी आयोगको छ । उनले आफू कारागाबाट भागेको नभई प्रहरी र गृह प्रशासनले विभिन्न कागजात मिलाएर बाहिर पठाएको बताएका थिए ।

ती कागजी प्रक्रिया कानूनसम्मत नभएको जानकारी भएपछि आफैँ कारागार फिर्ता भएको बताएका थिए । त्यस सन्दर्भमा तयार पारिएका कागजातका सक्कल प्रति लामिछानेले घरमै छोडेर गएका थिए ।

सो घटनाका विषयमा प्रहरीले सहयोग नगरेको आयोग स्रोतले जनाएको छ । तत्कालीन जेलर जोशीले तत्कालीन गृह सचिव गोकर्णमणि दुवाडीको दबाबमा एउटा कागजमा सही गरेको स्वीकारेका छन् ।

उनले रवि जेलबाट निस्किएको एक घण्टापछि उक्त कागजमा सही गरेको बयान दिएका छन् । जोशीको बयानलगत्तै आइतबार जाँचबुझ आयोगका पदाधिकारी नख्खु कारागारमा लामिछानेलाई भेट्न पुगेका थिए ।

उनले आफू भागेर नगएको भन्दै गृह प्रशासन र प्रहरी नेतृत्वको सहयोगमा निस्किएको बताएका छन् । लामिछानेले आयोग पदाधिकारीसँग गरेको कुराकानी कानूनसम्मत बयानका रुपमा अभिलेखित गर्न तयार भएको भेटमा भनेका थिए ।

त्यही आधारमा आज उनी बयानका निम्ति सिंहदरबारस्थित आयोगको सचिवालयमा हाजिर भएका हुन् । लामिछानेले आफूलाई जेलबाट बाहिर पठाउनका लागि लेखिएका कागजातका सक्कल प्रति आयोगलाई बुझाइसकेका छन् ।

उक्त बयान र कागजातका आधारमा उनीहरुले पोलेका व्यक्तिलाई बिहीबार विहानदेखि नै बयानमा बोलाउने तयारी छ । रविले कारागार प्रशासनमा बुझाएका कागजातहरु पत्नी निकितामार्फत झिकाएका थिए।

तिनै कागजात बुझाउन निकिता सिंहदरबार पुगेकी थिइन । भदौ २३ र २४ गते मुख्य मुख्य घटना भएका स्थानमा खटिएका प्रहरी कर्मचारीको विवरण उपलब्ध गराउन आयोगले प्रहरी महानिरीक्षकको सचिवालयलाई पत्राचार गरेपनि महानिरीक्षकदेखि प्रहरी जवानसम्म फिल्डमा निस्किएको जवाफ दिएकोमा आयोगल मुख्य घटनास्थलका प्रहरी कमाण्डर पहिचान गरी स्थानहदको आदेश जारी गरेको छ।

यता सर्वोच्च अदालतले गत भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगविरुद्ध दायर भएको रिट निवेदनमा कारण देखाउ आदेश जारी गर्दै लिखित जवाफ माग गरेको छ। कामु प्रधानन्यायाधीश हरिप्रसाद फुयाल र न्यायाधीश अब्दुल अजीज मुसलमानको संयुक्त इजलासले सोमबार जारी गरेको आदेशमा लिखित जवाफ माग गर्दै कारण देखाउ आदेश जारी गरेको हो।

‘यसमा मिति २०८२ असोज ०५ मा गठन भएको जाँचबुझ आयोगका अध्यक्ष वा सदस्यले के, कुन उद्देश्य र आसयसहित निवेदनसाथ पेस भएका निजहरुका धारणाहरु सार्वजनिक भएका हुन भन्ने सम्बन्धमा निजहरुको लिखित जवाफमा खुल्ने नै देखिँदा तथा जाँचबुझ आयोग ऐन, २०२६ को दफा ३ (२) बमोजिम गठन भएको देखिन्छ’, आदेशमा भनिएको छ, ‘जाँचबुझ आयोगको निवेदकको प्रकृति र क्षेत्राधिकारलाई हेर्दा आयोगका पदाधिकारीहरुले जाँचबुझ गर्नुपर्ने विषयमा अग्रीम धारणा व्यक्त गरेको भएमा संविधानको धारा २०(९) को प्रयोग र अभ्यासको सम्बन्धमा के, कस्तो असर पर्दछ तथा प्राकृतिक न्यायको सिद्धान्तअनुसार कुनै छानबिन, जाँचबुझ तथा प्रशासकीय वा न्यायिक प्रकृतिको कार्य गर्दा पूर्वधारणा व्यक्त गरेको अवस्थामा पूर्वाग्रहको सिद्धान्त आकर्षित हुने हो वा होइन धारणा निर्माण गर्न आवश्यक देखिएको छ।’

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारसमेतलाई विपक्षी बनाई सो आयोगविरुद्ध विपिन ढकालले दायर गरेको उक्त रिट निवेदनमा पूर्वाग्रही र विषयवस्तुबारे तटस्थ नभएको भन्ने उल्लेख छ।

आदेशमा भनिएको छ, ‘अदालतले इजलाससमक्ष अन्तरिम आदेश जारी गर्ने÷नगर्ने सम्बन्धमा पेस भएको देखिँदा प्रस्तुत विषयको अन्तरवस्तु हेर्दा अन्तरिम आदेश माग गरेको विषय पूर्ण सुनुवाइबाट निरुपण गर्नुपर्ने प्रकृतिको देखिएकाले निवेदन माग बमोजिम अन्तरिम आदेश जारी गरिरहन परेन।’

उक्त घटनामा छानबिन गर्न गठित जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीसहित सदस्यहरू विज्ञानराज शर्मा र विश्वेश्वरप्रसाद भण्डारीविरुद्ध सो रिट निवेदन दायर भएको थियो।

Tags: #जेलर र रविको बयान मिल्यो#रविले बयानमा के भने ?

लोकप्रीय

पाकिस्तानभित्र ३०० किलोमिटरको लक्ष्यमा सटीक प्रहार गरेको भारतको दाबी

पाकिस्तानमा अब सिभिल–मिलिट्री कानून, मुनीर थप शक्तिशाली बन्दै

बुधबार कार्तिक १९ , २०८२
रञ्जु दर्शनाको नेतृत्वमा नयाँ दल, बालेनदेखि कुलमानसम्म

रञ्जु दर्शनाको नेतृत्वमा नयाँ दल, बालेनदेखि कुलमानसम्म

बुधबार कार्तिक १९ , २०८२
काठमाडौंको फोहोरमा कुलमानको चासो– बिहानै पुगे बञ्चरेडाँडा

डा. निकोलसमाथि के कसुरमा अनुशन्धान हुँदैछ ?

बुधबार कार्तिक १९ , २०८२

विचार

थप समाचार

पाकिस्तानभित्र ३०० किलोमिटरको लक्ष्यमा सटीक प्रहार गरेको भारतको दाबी
अन्तर्राष्ट्रिय

पाकिस्तानमा अब सिभिल–मिलिट्री कानून, मुनीर थप शक्तिशाली बन्दै

बुधबार कार्तिक १९ , २०८२
रञ्जु दर्शनाको नेतृत्वमा नयाँ दल, बालेनदेखि कुलमानसम्म
Breaking news

रञ्जु दर्शनाको नेतृत्वमा नयाँ दल, बालेनदेखि कुलमानसम्म

बुधबार कार्तिक १९ , २०८२
काठमाडौंको फोहोरमा कुलमानको चासो– बिहानै पुगे बञ्चरेडाँडा
ताजा समाचार

डा. निकोलसमाथि के कसुरमा अनुशन्धान हुँदैछ ?

बुधबार कार्तिक १९ , २०८२
चुनावमय बिहार, भोलिदेखि चुनाव, ७ करोड मतदाता
अन्तर्राष्ट्रिय

चुनावमय बिहार, भोलिदेखि चुनाव, ७ करोड मतदाता

बुधबार कार्तिक १९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: न्युयोर्कमा ममदानीको जित, म्यान्मारका माफियालाई चीनमा मृ*त्युदण्ड || Nepal Times

World News: न्युयोर्कमा ममदानीको जित, म्यान्मारका माफियालाई चीनमा मृ*त्युदण्ड || Nepal Times

00:20:11

World News: मेयरसंग ट्रम्पको टसल, भारतीय अदालतमा नेपालको जेनजी प्रदर्शनको चर्चा || Nepal Times

00:16:38

World News: अफगानिस्तान भूकम्पमा क्षति बढ्दै, तेहरानमा खानेपानी अभाव|| Nepal Times

00:13:42

World News: सुपरमार्केट वि*ष्फो*टमा २३ को मृ*त्यु, नाइजेरियामा सैन्य का*र*बाही गर्ने Trumpको चेतावनी

00:13:33

World News:भार तीयलाई पाकि स्तानको भिसा, आग लागीमा ११ जनालाई जन्म*कैद || Nepal Times

00:21:11

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

बालेनको जरिवाना पत्रःगणतन्त्रवादीहरु खुशी राजावादी फायर

बालेनको स्टाटसलाई अंग्रेजीमा होइन नेपालीमा बुझौं !

आइतवार कार्तिक १६ , २०८२
सुडान टुक्रिने कमाण्डरको चेतावनी, वेस्ट बैंकमा बुलडोजर

सुडानमा भयानक नरसंहारः अन्तरिक्षबाटै देखियो रगतको आहाल

मङ्लबार कार्तिक १८ , २०८२
ओली र लेखकको स्थानहद र पासपोर्ट रोक्का खुलेन

रवि फेरि चक्रब्युमा,फर्जी पत्र थमाएर जेलबाट कसले निकाल्यो ?

मङ्लबार कार्तिक १८ , २०८२

हालका पोस्टहरू

पाकिस्तानभित्र ३०० किलोमिटरको लक्ष्यमा सटीक प्रहार गरेको भारतको दाबी

पाकिस्तानमा अब सिभिल–मिलिट्री कानून, मुनीर थप शक्तिशाली बन्दै

बुधबार कार्तिक १९ , २०८२
रञ्जु दर्शनाको नेतृत्वमा नयाँ दल, बालेनदेखि कुलमानसम्म

रञ्जु दर्शनाको नेतृत्वमा नयाँ दल, बालेनदेखि कुलमानसम्म

बुधबार कार्तिक १९ , २०८२
काठमाडौंको फोहोरमा कुलमानको चासो– बिहानै पुगे बञ्चरेडाँडा

डा. निकोलसमाथि के कसुरमा अनुशन्धान हुँदैछ ?

बुधबार कार्तिक १९ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.