मिसेस भग नेपाल सिजन ३ को घोषणा

२ पुस ८२, बिहीबार

३ पुस , काठमाण्डौ ।

मिसेस भग नेपालले तेस्रो संस्करणको घोषणा गरेको छ । सगुन ज्वेलर्सद्वारा प्रस्तुत तथा हाउस अफ फेसन नेपालको आयोजनामा मिसेस भग नेपाल सिजन ३ सुरु हुने भएको हो ।

महिला शसक्तीकरणका लागि क्षमता विकास गर्दै पहिचान र अवसर उपलब्ध गराउन प्रत्येक वर्ष यो कार्यक्रम आयोजना हुँदै आएको आयोजकले जनाएको छ । यो सिजनले उदाउँदा महिलाहरुलाई लक्ष्यमा पुर्याउन सघाउने उद्येश्य रहेको आयोजकले जनाएको छ ।

Advertisement

सिजन ३ कालागि पुस १२ गते अडिसन हुनेछ । यसका लागि अनलाइन र अफलाइन अडिसनको व्यवस्था गरिएको छ । प्रतियोगीहरु देशभित्र र बाहिर रहेका नेपाली महिलाहरु हुनसक्ने आयोजकले जनाएको छ ।

Advertisement

अडिसन प्यानलमा प्राइम टाइम टेलिभिजनका डाइरेक्टर एवं जनादेश पार्टीकी उपाध्यक्ष एलिजा गौतम, सगुन ज्वेलर्सका सीईओ पियुस सर्वागी, अभिनेत्री उषा खड्गी, एम्बास्डर डिजाइनका फाउन्डर श्रृजा श्रेष्ठ, ठमेल टुरिस्ट बोर्डका पूर्वउपाध्यक्ष गीता गुरुङ र मिसेस भग नेपाल सिजन २ का ब्राण्ड एम्बेस्डर सुमी मल्ल रहेका छन्।

मिसेस भग नेपाल सिजन ३ ले व्यक्तिगत विकास, क्षमताबृद्धि, व्यवसायीक सिप विकास गर्दै अन्तर्राष्ट्रिय प्याजेन्ट प्लेर्टफार्महरुको तयारी गराउने लक्ष्य राखेको छ । सहभागिहरुलाई प्रभावकारी तालिम, सिर्जनात्मक गतिविधिका साथ ग्रान्डफिनालेसम्मको यात्राका लागि तयार पारिने आयोजकको दाबी छ ।

जसमा एलिजा गौतम, उषा खड्की, श्रृजा श्रेष्ठ, गीता गुरुङ लगायतले प्रशिक्षण दिनेछन् । कार्यक्रममा चर्चित डिजिटल क्रिएटर एलिजा जमाइली ग्रान्ड फिनालेमा सोज टपर रहनेछिन् । मिसेस भग नेपालले सिजन ३ का लागि रजिस्ट्रेसन खुला राखेको जानकारी दिएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top