NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
एमालेका टप १० नेता कहाँबाट चुनाव लड्दैछन् ? सोमवार पुस २१ , २०८२
रवि बालेन, कुलमान नमिल्दा नि चिन्ता, मिल्दा पनि चिन्ता सोमवार पुस २१ , २०८२
धर्मको नाममा हिंसा, नेपाली चरित्र होइन,भाइचारामा चोट पु¥याउने षड्यन्त्र सोमवार पुस २१ , २०८२
अब पालो खामेनीको, मस्को भाग्ने तयारी सोमवार पुस २१ , २०८२
मादुरोलाई अदालतमा उपस्थित गराईदै, अदालतमा आज के हुनेछ ? सोमवार पुस २१ , २०८२
Next
Prev

समाचार

मादुरोलाई अदालतमा उपस्थित गराईदै, अदालतमा आज के हुनेछ ?

सोमवार पुस २१ , २०८२
Reading Time: 1 min read
A A
मादुरोलाई अदालतमा उपस्थित गराईदै, अदालतमा आज के हुनेछ ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२१ पुष , काठमाण्डौ ।

भेनेजुएलाबाट नियन्त्रणमा लिइएका निकोलस मादुरोलाई आज दिउँसो न्युयोर्कस्थित म्यानहटनको संघीय अदालतमा उपस्थित गराइँदै छ। यो अदालती प्रक्रियासँगै अमेरिकामा उनीविरुद्धको आपराधिक मुद्दा औपचारिक रूपमा सुरु हुनेछ।

मादुरो र उनकी श्रीमतीलाई पहिलो पटक न्यायाधीशसामु पेस गर्न लागिएको हो। मादुरोको यो उपस्थिति प्रक्रियागत रूपमा सामान्य देखिए पनि यसले वर्षौं लम्बिन सक्ने कानुनी लडाइँको ढोका खोल्नेछ।

LS Auto

अमेरिकी समय अनुसार सोमबार दिउँसो १२ बजेमा सुरु हुने सुनुवाइमा न्यायाधीशले मादुरोविरुद्ध लागेका आरोपहरू पढेर सुनाउनेछन्। अमेरिकी सरकारले विगत १५ वर्षदेखि लागुऔषध तस्करीको मुद्दामा अनुसन्धान गरिरहेको थियो, जसमा मादुरोलाई पछिल्लो ६ वर्षदेखि मुख्य प्रतिवादी बनाइएको छ।

यो मुद्दाको सुनुवाइ अमेरिकी जिल्ला न्यायाधीश एल्भिन के हेलरस्टिनको इजलासमा हुनेछ, जसले विगत एक दशकभन्दा लामो समयदेखि यस मामिलालाई हेर्दै आएका छन्। मुद्दाको किनारा नलागेसम्म मादुरोलाई संघीय हिरासतमै राखिने सम्भावना प्रबल छ।

उनलाई मेट्रोपोलिटन डिटेन्सन सेन्टरबाट करिब ९ माइल टाढा रहेको अदालतसम्म ल्याउनका लागि कडा सुरक्षा व्यवस्था मिलाइएको छ। एक आपराधिक प्रतिवादीका रूपमा मादुरोले अन्य अभियुक्तसरह नै कानुनी अधिकारहरू पाउनेछन्।

यसमा मौन बस्ने अधिकार र भविष्यमा हुने सुनुवाइमा गवाही दिने वा नदिने भन्ने छनोट गर्ने अधिकार समावेश छ। कागजमा यो एक नियमित अदालती हाजिरी जस्तो देखिए पनि यसको भूराजनीतिक र कानुनी महत्त्व ठूलो छ।

तर, मादुरो र उनकी श्रीमतीले अमेरिकी अदालती प्रक्रियामा कत्तिको सहयोग गर्छन् वा मौन बस्छन् भन्ने कुरा भने अहिलेसम्म स्पष्ट भइसकेको छैन। बिल क्लिन्टनका पालामा नियुक्त भएका अनुभवी न्यायाधीश हेलरस्टिनले यसअघि पनि धेरै ‘हाइ–प्रोफाइल’ मुद्दाहरू हेरिसकेका कारण यो सुनुवाइलाई विश्वभर चासोका साथ हेरिएको छ।
यस्तै भेनेजुएलामाथि अमेरिकी आक्रमण र राष्ट्रपति निकोलस मादुरोलाई अमेरिकाले कब्जा गरेपछि भेनेजुएलाकी विपक्षी नेता मारिया कोरिना माचाडोले प्रतिक्रिया दिएकी छिन्।

२०२५ को नोबेल शान्ति पुरस्कार विजेता मारिया कोरिना माचाडोले भनेकी छिन्, “उनको देशको स्वतन्त्रताको समय आएको छ र विपक्षी सत्ता लिन तयार छ।” उनले यस्तो प्रतिक्रिया एक्समार्फत दिएकी हुन्। एक्समा विज्ञप्ति जारी गर्दै माचाडोले लेखेकी छन्, “भेनेजुएलाका जनताका लागि स्वतन्त्रताको समय आएको छ।”

उनले बन्दी रिहा र व्यवस्था परिवर्तनको समय आएको पनि प्रतिक्रिया दिएकी छन्। विज्ञप्तिमा उनले भनिन्, “अब व्यवस्था पुनस्र्थापित गर्ने र राजनीतिक बन्दीहरूलाई रिहा गर्ने समय आएको छ।”

यसअघि फक्स न्युज टीभी च्यानलले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेनेजुएलामा सत्ता लिन विपक्षी नेता मारिया कोरिना माचाडोलाई समर्थन गर्ने कि नगर्ने भनेर सोधेको थियो। ट्रम्पले जवाफ दिएका थिए‚ “हामीले अब त्यसलाई विचार गर्नुपर्छ।” “तपाईंलाई थाहा छ, उनीहरू (भेनेजुएला) मा एक उपराष्ट्रपति छन्। मलाई थाहा छैन त्यो कस्तो प्रकारको चुनाव थियो, तर, तपाईंलाई थाहा छ, मादुरोको चुनाव लज्जास्पद थियो‚” ट्रम्पले भनेका छन्।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले आइतबार निकोलास मादुरोलाई पदच्युत गरी अनुसन्धानको दायरामा ल्याइएको बताएका छन् । उनले अहिले भनेजुएलामा सरकारविहीन अवस्था रहेको तर यही अवस्थामा भेनेजुएलामा चुनाव गर्ने छलफल ‘अपरिपक्व’ धारणा हुने बताए ।

शनिबार अमेरिकी सेनाले मादुरोलाई पक्राउ गरेपछि भेनेजुयलामा के छिट्टै निर्वाचन हुनेछ भन्ने सवालको जवाफमा रुबियोले एनबीसीको ‘मिट द प्रेस’ मा भने, “मलाई लाग्छ, यी सबै कुरा अहिले नै गर्नु ‘अपरिपक्व’ हुन्छ ।“ उनले भने, “अहिले हामीले मदुरो हुँदाका सबै समस्यामा ध्यान केन्द्रित गरिरहेका छौँ । हामीसँग अझै पनि ती समस्याहरू छन् र तिनीहरूलाई सम्बोधन गर्न आवश्यक छ । हामी मानिसहरूलाई ती चुनौती र समस्यालाई सम्बोधन गर्ने अवसर दिइरहेका छौँ ।”

यसैबीच काराकसबाट प्राप्त एक समाचारअनुसार भेनेजुएलाको सेनाले उपराष्ट्रपति डेल्सी रोड्रिगेजलाई कार्यबाहक राष्ट्रपतिको रूपमा मान्यता दिएको छ । अमेरिकाले भेनेजुएलामा आक्रमण गरी शनिबार राष्ट्रपति मदुरो र उनकी पत्नीलाई नियन्त्रणमा लिई न्यूयोर्कमा अनुसन्धानका लागि लगेपछि खाली रहेको पदमा रोड्रिगेजलाई कार्यबाहक राष्ट्रपतिका रूपमा मान्यता दिने बताएको हो ।

अमेरिकाले शनिबार बिहानै भनेजुएलामा भीषण हवाई हमला गरेको थियो। त्यस क्रममा मादुरो र उनकी श्रीमतीलाई उनीहरूको शयनकक्षबाटै तानेर लगिएको अमेरिकी अधिकारीहरूले बताएका छन् ।

ट्रम्पले सामाजिक सञ्जालमा पोस्ट गर्दै राष्ट्रपति मादुरोसहित उनकी श्रीमती अहिले अमेरिकी सेनाको हिरासतमा रहेको र भेनेजुएलाबाट बाहिर लगिएको उल्लेख गरेका थिए । ट्रम्पले भेनेजुएलाका राष्ट्रपति मादुरो र उनकी श्रीमतीलाई पक्राउ गर्ने अभियानलाई आफूले ‘टिभी कार्यक्रम’जस्तै हेरेको पनि बताएका थिए ।

चीन , रुसी, उत्तर अमेरिकी राष्ट्रसहित राष्ट्रसंघले समेत अमेरिकी कदमको विरोध गरेका छन् । चीनले तत्काल मादुरोलाई रिहाइ गर्न माग गरेको छ ।अमेरिकी नियन्त्रणमा परेका भेनेजुएलाका नेता मादुरो सन् २०१३ देखि भेनेजुएलाका राष्ट्रपति हुन्।

सन् २०२४ मा भएको मादुरोको पुनःनिर्वाचनलाई विपक्षी दलहरू र अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूले अस्वीकार गरेका थिए। उनीहरूका अनुसार चुनाव निष्पक्ष र पारदर्शी थिएन। सन् २०२० मा अमेरिकाले लागुऔषध तस्करी र आतंकवादसँग सम्बन्धित आरोप लगाउँदै मदुरोमाथि अभियोगसमेत दर्ता गरेको थियो।

Tags: #भेनेजुएलामा अब को राष्ट्रपति ?#उपराष्ट्रपतिलाई सेनाले दियो मान्यता#मादुरोलाई अदालतमा उपस्थित गराईदै

लोकप्रीय

एमालेका टप १० नेता कहाँबाट चुनाव लड्दैछन् ?

एमालेका टप १० नेता कहाँबाट चुनाव लड्दैछन् ?

सोमवार पुस २१ , २०८२
बालेनले गरे सुदनको प्रशंसा, खेलाडी बनेर निस्किए

रवि बालेन, कुलमान नमिल्दा नि चिन्ता, मिल्दा पनि चिन्ता

सोमवार पुस २१ , २०८२
धर्मको नाममा हिंसा, नेपाली चरित्र होइन,भाइचारामा चोट पु¥याउने षड्यन्त्र

धर्मको नाममा हिंसा, नेपाली चरित्र होइन,भाइचारामा चोट पु¥याउने षड्यन्त्र

सोमवार पुस २१ , २०८२

विचार

एमालेका टप १० नेता कहाँबाट चुनाव लड्दैछन् ?

एमालेका टप १० नेता कहाँबाट चुनाव लड्दैछन् ?

सोमवार पुस २१ , २०८२
बालेनले गरे सुदनको प्रशंसा, खेलाडी बनेर निस्किए

रवि बालेन, कुलमान नमिल्दा नि चिन्ता, मिल्दा पनि चिन्ता

सोमवार पुस २१ , २०८२
धर्मको नाममा हिंसा, नेपाली चरित्र होइन,भाइचारामा चोट पु¥याउने षड्यन्त्र

धर्मको नाममा हिंसा, नेपाली चरित्र होइन,भाइचारामा चोट पु¥याउने षड्यन्त्र

सोमवार पुस २१ , २०८२

थप समाचार

एमालेका टप १० नेता कहाँबाट चुनाव लड्दैछन् ?
निर्वाचन

एमालेका टप १० नेता कहाँबाट चुनाव लड्दैछन् ?

सोमवार पुस २१ , २०८२
बालेनले गरे सुदनको प्रशंसा, खेलाडी बनेर निस्किए
नेपाल टाइम्स स्पेशल

रवि बालेन, कुलमान नमिल्दा नि चिन्ता, मिल्दा पनि चिन्ता

सोमवार पुस २१ , २०८२
धर्मको नाममा हिंसा, नेपाली चरित्र होइन,भाइचारामा चोट पु¥याउने षड्यन्त्र
समाचार

धर्मको नाममा हिंसा, नेपाली चरित्र होइन,भाइचारामा चोट पु¥याउने षड्यन्त्र

सोमवार पुस २१ , २०८२
नेतान्याहु वाशिंगटन पुग्दा तेहरान युद्धको तयारीमा
ताजा समाचार

अब पालो खामेनीको, मस्को भाग्ने तयारी

सोमवार पुस २१ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: क्युबाली राष्ट्रपति सडकमा, साउदीले ८० पृथकतावादीमालाई मा*र्यो || Nepal Times

World News: क्युबाली राष्ट्रपति सडकमा, साउदीले ८० पृथकतावादीमालाई मा*र्यो || Nepal Times

00:22:58

World News : भेनेजुएलामा ट्रम्पको शासन,किमद्वारा क्षेप्यास्त्र प्रहार, राष्ट्रसंघको बैठक सोमबार

00:26:22

World News: पाक सभामुखसंग जयशंकरको भेट, इरानमा विरोध चर्कियोः ७ प्रदर्शनकारीको मृ*त्यु ||Nepal Times

00:20:20

World News: नेपालीसहित हजारौँ आप्रवासी निकाल्ने ट्रम्पको निर्णयमा अदालतको रोक || Nepal Times

00:18:26

टर्कीएमा आ ईए सविरुद्ध का रबाही, भारत चौथो अर्थतन्त्र || Nepal Times

00:24:02

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

नेतान्याहु वाशिंगटन पुग्दा तेहरान युद्धको तयारीमा

अब पालो खामेनीको, मस्को भाग्ने तयारी

सोमवार पुस २१ , २०८२
देउवा गगन र विश्वप्रकाश सँग धुम्बाराहीमा छलफल गर्दै

गगन विश्वलाई छाडेर देउवाको कित्तामा उभिए शेखर

शुक्रबार पुस १८ , २०८२
ओलीको भारत भ्रमण नहुने द प्रिन्टको दाबी

जाँचबुझ आयोगले बयान लिने काम सक्यो, ओलीले के भने ?

सोमवार पुस २१ , २०८२

हालका पोस्टहरू

एमालेका टप १० नेता कहाँबाट चुनाव लड्दैछन् ?

एमालेका टप १० नेता कहाँबाट चुनाव लड्दैछन् ?

सोमवार पुस २१ , २०८२
बालेनले गरे सुदनको प्रशंसा, खेलाडी बनेर निस्किए

रवि बालेन, कुलमान नमिल्दा नि चिन्ता, मिल्दा पनि चिन्ता

सोमवार पुस २१ , २०८२
धर्मको नाममा हिंसा, नेपाली चरित्र होइन,भाइचारामा चोट पु¥याउने षड्यन्त्र

धर्मको नाममा हिंसा, नेपाली चरित्र होइन,भाइचारामा चोट पु¥याउने षड्यन्त्र

सोमवार पुस २१ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.