×

NEPAL TIMES UPDATES

Playing
आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा|| Nepal Times
Apr 08, 2026
Playing
विश्व यु द्ध टर्याे, पाकि स्तानले गरायो यु द्धविराम, इरा न मा विजयोत्सव|| Nepal Times
Apr 08, 2026
Playing
इरानले होर्मुज पार गर्न युआन तिर्नुपर्ने व्यवस्था ल्याएपछि चीनलाई फाइदा || Nepal Times
Apr 07, 2026
Playing
आजको रात इरानी सभ्यता समाप्त गर्ने ट्रम्पले संकल्प, इरानले माग्यो गुहार || Nepal Times
Apr 07, 2026
Playing
यु द्ध को बाछिटाले झेलिएको महंगीमा बालेन सरकारको ’अग्निपरीक्षा’ || Nepal Times
Apr 07, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-24-2082 || Nepal Times
Apr 07, 2026
Playing
कर्मचारी भित्र कसरी सुरू भयो राजनीति ? कसले सुरुवात गर्याे ? || Nepal Times
Apr 07, 2026
Playing
निर्णायक मोडमा America–Iran यु द्ध, अन्तिम समयमा के हुँदैछ ? || Nepal Times
Apr 07, 2026
Playing
सीमामा तस्करी रोकिएनः कहिले पुग्छ बालेन सरकार ? || Nepal Times
Apr 07, 2026
Playing
World News: खामेनी कोमामा, अमेरिकी बमसामु देशभरका युवालाई मानव साङ्लो बन्न इरानको अपिल|| Nepal Times
Apr 07, 2026

मादुरोलाई अदालतमा उपस्थित गराईदै, अदालतमा आज के हुनेछ ?

२१ पुष २०८२

२१ पुष , काठमाण्डौ ।

भेनेजुएलाबाट नियन्त्रणमा लिइएका निकोलस मादुरोलाई आज दिउँसो न्युयोर्कस्थित म्यानहटनको संघीय अदालतमा उपस्थित गराइँदै छ। यो अदालती प्रक्रियासँगै अमेरिकामा उनीविरुद्धको आपराधिक मुद्दा औपचारिक रूपमा सुरु हुनेछ।

Advertisement

मादुरो र उनकी श्रीमतीलाई पहिलो पटक न्यायाधीशसामु पेस गर्न लागिएको हो। मादुरोको यो उपस्थिति प्रक्रियागत रूपमा सामान्य देखिए पनि यसले वर्षौं लम्बिन सक्ने कानुनी लडाइँको ढोका खोल्नेछ।

अमेरिकी समय अनुसार सोमबार दिउँसो १२ बजेमा सुरु हुने सुनुवाइमा न्यायाधीशले मादुरोविरुद्ध लागेका आरोपहरू पढेर सुनाउनेछन्। अमेरिकी सरकारले विगत १५ वर्षदेखि लागुऔषध तस्करीको मुद्दामा अनुसन्धान गरिरहेको थियो, जसमा मादुरोलाई पछिल्लो ६ वर्षदेखि मुख्य प्रतिवादी बनाइएको छ।

यो मुद्दाको सुनुवाइ अमेरिकी जिल्ला न्यायाधीश एल्भिन के हेलरस्टिनको इजलासमा हुनेछ, जसले विगत एक दशकभन्दा लामो समयदेखि यस मामिलालाई हेर्दै आएका छन्। मुद्दाको किनारा नलागेसम्म मादुरोलाई संघीय हिरासतमै राखिने सम्भावना प्रबल छ।

उनलाई मेट्रोपोलिटन डिटेन्सन सेन्टरबाट करिब ९ माइल टाढा रहेको अदालतसम्म ल्याउनका लागि कडा सुरक्षा व्यवस्था मिलाइएको छ। एक आपराधिक प्रतिवादीका रूपमा मादुरोले अन्य अभियुक्तसरह नै कानुनी अधिकारहरू पाउनेछन्।

यसमा मौन बस्ने अधिकार र भविष्यमा हुने सुनुवाइमा गवाही दिने वा नदिने भन्ने छनोट गर्ने अधिकार समावेश छ। कागजमा यो एक नियमित अदालती हाजिरी जस्तो देखिए पनि यसको भूराजनीतिक र कानुनी महत्त्व ठूलो छ।

तर, मादुरो र उनकी श्रीमतीले अमेरिकी अदालती प्रक्रियामा कत्तिको सहयोग गर्छन् वा मौन बस्छन् भन्ने कुरा भने अहिलेसम्म स्पष्ट भइसकेको छैन। बिल क्लिन्टनका पालामा नियुक्त भएका अनुभवी न्यायाधीश हेलरस्टिनले यसअघि पनि धेरै ‘हाइ–प्रोफाइल’ मुद्दाहरू हेरिसकेका कारण यो सुनुवाइलाई विश्वभर चासोका साथ हेरिएको छ।
यस्तै भेनेजुएलामाथि अमेरिकी आक्रमण र राष्ट्रपति निकोलस मादुरोलाई अमेरिकाले कब्जा गरेपछि भेनेजुएलाकी विपक्षी नेता मारिया कोरिना माचाडोले प्रतिक्रिया दिएकी छिन्।

२०२५ को नोबेल शान्ति पुरस्कार विजेता मारिया कोरिना माचाडोले भनेकी छिन्, “उनको देशको स्वतन्त्रताको समय आएको छ र विपक्षी सत्ता लिन तयार छ।” उनले यस्तो प्रतिक्रिया एक्समार्फत दिएकी हुन्। एक्समा विज्ञप्ति जारी गर्दै माचाडोले लेखेकी छन्, “भेनेजुएलाका जनताका लागि स्वतन्त्रताको समय आएको छ।”

उनले बन्दी रिहा र व्यवस्था परिवर्तनको समय आएको पनि प्रतिक्रिया दिएकी छन्। विज्ञप्तिमा उनले भनिन्, “अब व्यवस्था पुनस्र्थापित गर्ने र राजनीतिक बन्दीहरूलाई रिहा गर्ने समय आएको छ।”

यसअघि फक्स न्युज टीभी च्यानलले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेनेजुएलामा सत्ता लिन विपक्षी नेता मारिया कोरिना माचाडोलाई समर्थन गर्ने कि नगर्ने भनेर सोधेको थियो। ट्रम्पले जवाफ दिएका थिए‚ “हामीले अब त्यसलाई विचार गर्नुपर्छ।” “तपाईंलाई थाहा छ, उनीहरू (भेनेजुएला) मा एक उपराष्ट्रपति छन्। मलाई थाहा छैन त्यो कस्तो प्रकारको चुनाव थियो, तर, तपाईंलाई थाहा छ, मादुरोको चुनाव लज्जास्पद थियो‚” ट्रम्पले भनेका छन्।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले आइतबार निकोलास मादुरोलाई पदच्युत गरी अनुसन्धानको दायरामा ल्याइएको बताएका छन् । उनले अहिले भनेजुएलामा सरकारविहीन अवस्था रहेको तर यही अवस्थामा भेनेजुएलामा चुनाव गर्ने छलफल ‘अपरिपक्व’ धारणा हुने बताए ।

शनिबार अमेरिकी सेनाले मादुरोलाई पक्राउ गरेपछि भेनेजुयलामा के छिट्टै निर्वाचन हुनेछ भन्ने सवालको जवाफमा रुबियोले एनबीसीको ‘मिट द प्रेस’ मा भने, “मलाई लाग्छ, यी सबै कुरा अहिले नै गर्नु ‘अपरिपक्व’ हुन्छ ।“ उनले भने, “अहिले हामीले मदुरो हुँदाका सबै समस्यामा ध्यान केन्द्रित गरिरहेका छौँ । हामीसँग अझै पनि ती समस्याहरू छन् र तिनीहरूलाई सम्बोधन गर्न आवश्यक छ । हामी मानिसहरूलाई ती चुनौती र समस्यालाई सम्बोधन गर्ने अवसर दिइरहेका छौँ ।”

यसैबीच काराकसबाट प्राप्त एक समाचारअनुसार भेनेजुएलाको सेनाले उपराष्ट्रपति डेल्सी रोड्रिगेजलाई कार्यबाहक राष्ट्रपतिको रूपमा मान्यता दिएको छ । अमेरिकाले भेनेजुएलामा आक्रमण गरी शनिबार राष्ट्रपति मदुरो र उनकी पत्नीलाई नियन्त्रणमा लिई न्यूयोर्कमा अनुसन्धानका लागि लगेपछि खाली रहेको पदमा रोड्रिगेजलाई कार्यबाहक राष्ट्रपतिका रूपमा मान्यता दिने बताएको हो ।

अमेरिकाले शनिबार बिहानै भनेजुएलामा भीषण हवाई हमला गरेको थियो। त्यस क्रममा मादुरो र उनकी श्रीमतीलाई उनीहरूको शयनकक्षबाटै तानेर लगिएको अमेरिकी अधिकारीहरूले बताएका छन् ।

ट्रम्पले सामाजिक सञ्जालमा पोस्ट गर्दै राष्ट्रपति मादुरोसहित उनकी श्रीमती अहिले अमेरिकी सेनाको हिरासतमा रहेको र भेनेजुएलाबाट बाहिर लगिएको उल्लेख गरेका थिए । ट्रम्पले भेनेजुएलाका राष्ट्रपति मादुरो र उनकी श्रीमतीलाई पक्राउ गर्ने अभियानलाई आफूले ‘टिभी कार्यक्रम’जस्तै हेरेको पनि बताएका थिए ।

चीन , रुसी, उत्तर अमेरिकी राष्ट्रसहित राष्ट्रसंघले समेत अमेरिकी कदमको विरोध गरेका छन् । चीनले तत्काल मादुरोलाई रिहाइ गर्न माग गरेको छ ।अमेरिकी नियन्त्रणमा परेका भेनेजुएलाका नेता मादुरो सन् २०१३ देखि भेनेजुएलाका राष्ट्रपति हुन्।

Advertisement

सन् २०२४ मा भएको मादुरोको पुनःनिर्वाचनलाई विपक्षी दलहरू र अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूले अस्वीकार गरेका थिए। उनीहरूका अनुसार चुनाव निष्पक्ष र पारदर्शी थिएन। सन् २०२० मा अमेरिकाले लागुऔषध तस्करी र आतंकवादसँग सम्बन्धित आरोप लगाउँदै मदुरोमाथि अभियोगसमेत दर्ता गरेको थियो।

भर्खरको समाचार

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

सम्बन्धित खबरहरु

Scroll to Top