भत्ताका लागि गएका बृद्धको वडा कार्यालयमै मृत्यु

विराटनगर : सामाजिक सुरक्षा भत्ताका लागि परिचयपत्र नविकरण गर्न विराटनगर महानगरपालिका– ८ नम्बर वडा कार्यालय पुगेका एक ज्येष्ठ नागरिकको मृत्यु भएको छ ।

Advertisement

घरबाट एक किलोमिटर पैदल हिँडेर वडा कार्यालय पुगेका ८३ वर्षिय सोनाई मुखियाको मंगलबार बिहान ११ बजे मृत्यु भएको हो ।

सिंढीबाट पहिलो तला चढेपछि थकित भएर कुर्सीमा बसेका मुखियाको तत्कालै मृत्यु भएको वडा कार्यालयले जनाएको छ ।

Advertisement

वडा अध्यक्ष निश्चल अर्यालका अनुसार , सुकुम्बासी मुखियाका एकमात्र छोराको मानसिक अवस्था ठिक छैन ।

उनको दाहसंस्कारका लागि आर्थिक सहयोग गर्ने अर्यालले बताए । यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top