विराटनगर : पुर्वाञ्चल विश्वविद्यालय सेवा आयोगमा लागेको ताला खुलेको छ । गत साउन २३ गते विभिन्न मागसहित तालाबन्दी गरेका पाँच विद्यार्थी संगठनले लगाएको ताला मंगलबार खोलेका हुन् ।, यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।
विद्यार्थी नभएको संकायमा पनि प्राध्यापक, उपप्राध्यापक लगायतको माग सहित विज्ञापन गरेपछि अनेरास्ववियु, अखिल क्रान्तिकारी, नयाँ शक्ति विद्यार्थी युनियन, राष्ट्रिय विद्यार्थी संघ र समाजवादी विद्यार्थी फोरमले संयुक्त रुपमा तालाबन्दी गरेका थिए ।
मंगलबार विज्ञप्ति जारी गर्दै पाँचवटै संगठनले प्रधानमन्त्रीको कार्यालयले अर्को व्यबस्था नगरेसम्म पदपुर्ती यथावत् राख्ने निर्णय गरेपछि तालाबन्दी खोलेको जानकारी दिएका हुन् ।
पुर्वाञ्चल विश्वविद्यालय उपकुलपतिको कार्यालयमा भने अझै ताला छ ।