नेपालकै नम्बर–१ इन्डिपेन्डेन्ट इलेक्ट्रोनिक्स ब्रान्ड बनेको अल्टिमा लाइफस्टाइलको दाबी

८ असार ८३, मंगलबार

९ जेठ , काठमाण्डौ ।

स्वदेशी ग्याजेट तथा अडियो ब्रान्ड अल्टिमा लाइफस्टाइल बिक्री परिमाण र वितरण सञ्जालका आधारमा नेपालकै नम्बर–१ इन्डिपेन्डेन्ट इलेक्ट्रोनिक्स ब्रान्ड बनेको कम्पनीले दाबी गरेको छ।

Advertisement

कम्पनीका अनुसार स्मार्ट वेयरेबल्स र अडियो उत्पादनको नेपाली बजारमा अल्टिमाले करिब २० देखि २५ प्रतिशत बजार हिस्सा ओगट्न सफल भएको छ।

यस उपलब्धिसँगै विदेशी ब्रान्डलाई पछि पार्दै स्वदेशी उपभोक्ताको रोजाइको ब्रान्डका रूपमा आफूलाई स्थापित गरेको कम्पनीको दाबी छ।

Advertisement

अल्टिमाका अनुसार इयरबड्स (TWS) र स्मार्टवाच सेगमेन्टमा कम्पनीको बजार हिस्सा २० देखि २५ प्रतिशत रहेको छ।

विशेषगरी तीन हजार रुपैयाँभन्दा कम मूल्यका इयरबड्स तथा पाँच हजार रुपैयाँभन्दा कम मूल्यका स्मार्टवाचको बजेट सेगमेन्टमा कम्पनीले ३० प्रतिशतभन्दा बढी बजार हिस्सा हासिल गरेको जनाएको छ।

 

त्यस्तै, ब्लुटुथ स्पिकर बजारमा कम्पनीका Soundbox Dynamite सिरिज लोकप्रिय बन्दै गएको उल्लेख गर्दै यस श्रेणीमा पनि १५ देखि २० प्रतिशत बजार हिस्सा रहेको कम्पनीले जनाएको छ।

समग्र ग्याजेट बजारले आयात नीति, भन्सार महसुल तथा अन्य आर्थिक चुनौती सामना गरिरहेको अवस्थामा पनि गुणस्तर, आन्तरिक व्यवस्थापन र ‘भ्यालु फर मनी’ रणनीतिका कारण बजार नेतृत्व हासिल गर्न सफल भएको कम्पनीको भनाइ छ।

कम्पनीका प्रतिनिधिले यो उपलब्धि अल्टिमाको मात्र नभई स्वदेशी उत्पादनमा विश्वास गर्ने सम्पूर्ण नेपाली उपभोक्ताको सफलता भएको बताए। उनले प्रिमियम प्रविधिलाई किफायती मूल्यमा उपलब्ध गराउने लक्ष्यलाई निरन्तर अघि बढाइने उल्लेख गरे।

अल्टिमा लाइफस्टाइलले आगामी आर्थिक वर्षमा देशभर बजार विस्तार गर्ने योजना बनाएको छ।

कम्पनीले क्षेत्रीय वितरक सञ्जाल, राष्ट्रिय रिटेल चेन, ई–कमर्स प्लेटफर्म तथा आफ्नै डिजिटल च्यानलमार्फत पहुँच विस्तार गर्नुका साथै नयाँ फिजिकल एक्सपेरियन्स स्टोर र एकीकृत मोबाइल एप इकोसिस्टम सञ्चालनमा ल्याउने तयारी गरेको जनाएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top