११ असार, काठमाण्डौ ।
एकै दिन विश्वका तीन फरक फरक क्षेत्रमा आएको शक्तिशाली भूकम्पले मानिसहरुको चिन्ता बढाइदिएको छ । जापानमा ६.९को तीव्रता, अमेरिकाको क्यालिफोर्नियामा ५.६ र भेनेजुएलामा केबल ३९ सेकेंडको फरकमा ७.२ र ७.५ म्याग्निच्युडको शक्तिशाली भूकम्प एकै दिन गएको हो । यो घटनापछि के यी तीनै भूकम्प आपसमा सम्बन्धित छन् भन्ने प्रश्न पनि उठेको छ ।
तर भूकम्प वैज्ञानिकहरुले भने यस्तो कुनै पनि सम्बन्ध नभएको बताएका छन् । सीएनएनको रिपोर्ट अनुसार क्यालिफोर्निया इंस्टीट्यूट अफ टेक्नोलोजीकी सिस्मोलोजिस्ट डा. लूसी जोन्सले भनेकी छन् कि यी तीनै भूकम्पहरु फरक फरक टेक्टोनिक प्लेट र फल्ट लाइनमा गएको हो ।
हजारौं किलोमीटर पर गएको एउटा ठूलो भूकम्पबाट पनि कुनै अर्को क्षेत्रमा सोही दिन भूकम्प जाने संभावना नहुने उनले बताइन । उनका अनुसार यो केबल समयको संयोगमात्रै हो, तर जुन क्षेत्रमा यी भूकम्पहरु गएका छन्, त्यहाँ भने यस्ता गतिविधिहरु पहिलादेखि नै हुदै आएको थियो, किनभने त्यहाँ लामो समयदेखि जियोलोजिकल प्रेशर जम्मा भएको थियो ।
अहिले यीमध्ये सबैभन्दा धेरै चर्चा भेनेजुएलाको भइरहेको छ । त्यहाँ पहिला ७.२ रेक्टरको भूइचालो गयो त्यसपछि ३९ सेकेंड पछि नै अर्को त्यो भन्दा पनि ठूलो ७.५ तीव्रताको शक्तिशाली भूकम्प गयो । यो डबलेट अर्थक्वेक थियो । दुवै भूकम्प समुद्रभित्र गएको हो, त्यसपछि केही समयका लागि सुनामीको पनि चेतावनी जारी गर्नु परेको थियो ।
राजधानी कराकाससहित कयौं क्षेत्रमा मानिसहरु घर र अफिसबाट बाहिर निस्किएका थिए । कयौं भवनहरु ढलेका छन् र प्रशासनले राहत एवं उद्यार अभियान शुरू गरेको छ । अहिलेसम्म १६४ जनाको मृत्यु भएको र ९७१ बढी घाइते भएको भनिएको छ । तर यो संख्या अत्यधिक उच्च हुने अनुमान गरिएको छ ।
यहाँसम्म कि यो संख्या १० हजारदेखि १ लाखसम्म पुग्न सक्ने आशंका समेत गरिएको छ । यद्यपि प्रारम्भिक उद्धारका क्रममा यो संभावित आँकडासम्मको मानवीय क्षति नहुने देखिएको भेनेजुएलाका अधिकारीहरुले बताएका छन् । भूकम्प वैज्ञानिकले यस खालको घटनालाई डबलट अर्थक्वेक भन्ने गरेका छन् ।
सामान्यतया कुनै ठूलो भूकम्पछि साना साना आफ्टरशक आउने गरेका छन् । तर डबलट अर्थक्वेकमा लगभग बराबर शक्तिको दुई ठूला भूकम्प निकै कम समयको अंतरालमा र एकै क्षेत्रमा आउँछन् । अमेरिकाको सिस्मोलोजिकल सोसाइटीका अनुसार यस्तो सो बेला हुन्छ जब पहिला भूकम्पबाट निक्लिएको ऊर्जाले नजिकैको अर्को फल्ट लाइनमा दबाव बढाइदिन्छ ।
यदी त्यहाँ पहिलादेखि नै शक्ति संचय भएर बसेको थियो भने त केही सेकेंड वा मिनेटभित्रै अर्को ठूलो भूकम्प जान सक्छ । भेनेजुएलामा पनि यस्तै भएको वैज्ञानिकहरुले ठानेका छन् । उनीहरुको भनाइमा पहिलो झट्काले नजिकै रहेको अर्को फल्ट लाइनलाई सक्रिय बनाइदिएको हो, जसले गर्दा ३९ सेकेंडपछि नै दोस्रो शक्तिशाली भूकम्प गएको हो ।
यस्ता घटनाहरु निकै दुर्लभ हुने गरेका छन, तर नयाँ भने होइनन् । यसअघि सन २००७ मा इंडोनेशियाको सुमात्रा, २००६ मा कुरिल द्वीप, जापान, अलास्का र फिलीपींसमा पनि यस्ता खालका डबलट भूकम्प गइसकेका थिए । वैज्ञानिकहरुले यी घटनाहरुको अध्ययन यसकारण गर्छन्, ताकि एक फल्ट लाइनबाट अर्कोमा दबाव कसरी पुग्छ र भविष्यमा भूकंपको खतराको राम्रो आँकलन गर्न सहयोग पुगोस भने अध्ययन गर्ने गरेका छन् ।
अब विगतमा आएका यस्तै केही शक्तिशाली भूकम्पको चर्चा गरौं, जसले हाहाकार मच्चाइदिएको थियो । नेपालकै कुरा गर्ने हो भने पनि पछिल्लो पटक २०७२ मा आएको भूकम्प हामीले विर्सन सकेका छैनौ । उता सन २००४ मा भारतमा आएको सुनामीलाई आज पनि मानिसहरुले सम्झने गरेका छन् ।
समुद्रमा उर्लिएको पानीको छालले लाखौं मानिसहरुलाई प्रभावित पारेको थियो । सो विनाशकारी विपत्ति २६ डिसेम्बर २००४ मा हिंद महासागरमा गएको भूकंप र सुनामीका कारणले आएको थियो । सो भूकंप ९.१ तीव्रता साथ आएको थियो र त्यसको केंद्र इंडोनेशिया नजिकको समुद्र थियो ।
यसले भारतलाई मात्रै होइन बरु श्रीलंका र थाइल्याण्डसहित १४ देशहरुमा कयौंको ज्यान लिएको थियो । जसमा करिब २.३ लाख मानिसहरुको ज्यान गएको थियो । लाखौं घरबार विहिन भएका थिए । इतिहासको दोस्रो सबैभन्दा ठुलो भूकंप हैटीको मानिन्छ । १२ जनवरी २०१० मा गएको सो भूकंपको विनाशलीलामा करीब २ लाखभन्दा धेरै मारिएका थिए र ३ लाखभन्दा धेरै मानिसहरु घाइते भएका थिए ।
सो भूकंप करीब १३ किमी मुनीबाट आएको थियो, यसकारण यसको झट्काले धेरै विनाश निम्त्याएको थियो । यसमा परि १५ लाख मानिसहरु बेघर भएका थिए । लाखौं भवन, संरचनाहरु ढलेका थिए । यो यति भयानक थियो कि यूएनद्वारा करीब ३ महिनासम्म रेस्क्यू अपरेशन चलाइएको थियो । तर शवहरु सड्ने र संक्रमणको आशंकाका बीच त्यसलाई बीचमै छाडिएको थियो ।
विश्वको तेस्रो सबैभन्दा ठूलो भूकंप टर्कीए–सीरियामा गएको थियो । ६ फेव्रुअरी २०२३ मा गएको यो भूकम्पमा परेका मानिसहरुको चिच्याहट अहिलेसम्म पनि गुञ्जिरहेको भान हुन्छ । सो विपत्तिले दुवै देशमा गरि करीब ३४ हजारको ज्यान लिएको थियो र ९४ हजार ७७० जना घाइते भएका थिए ।
३३ हजार करोडभन्दा धेरैको क्षति भएको अनुमान गरिएको थियो । यो भूकंपको तीव्रता रेक्टर स्केलमा ७.८ मापन गरिएको थियो तर क्षति कयौं धेरै भएको थियो । टर्कीएको यो क्षेत्र विश्वभरमै भूकंपीय रूपले सबैभन्दा धेरै सक्रिय क्षेत्रहरुमध्ये एक हो । यस्तै विश्वको सबैभन्दा घातक भूकंप चीनमा गएको थियो ।
जसमा ८ लाखभन्दा धेरैको ज्यान गएको थियो । तर यो १५५६ मै गएको हो । यसको अनुमानित तीव्रता लगभग ८.० को थियो तर यसको झट्काले शान्शी, शांक्सी, हेनान र आसपासका कयौं क्षेत्रहरुलाई ध्वस्त पारेको थियो । रेक्टर स्केलमा हेर्ने हो भने अहिलेसम्मको सबैभन्दा शक्तिशाली भूकंप चिलीको भाल्दीभियामा गएको थियो ।
सन १९६०मा गएको सो भूकंपको तीव्रता ९.५ रेक्टर स्केल थियो । तर यसमा अन्यको भन्दा कम नै मृत्यु संख्या थियो । सो भूकंपले चिलीका अलावा जापान र फिलीपींससम्म विनाश निम्त्याएको थियो । अफगानिस्तानको पूर्वी भेगमा गत वर्ष ३१ अगस्टमा राति ६.० म्याग्निट्यूडको भूकम्प जाँदा सयौँ मानिसको मृत्यु भएको थियो ।
यता एघार वर्षअघि झन्डै ९,००० मानिसको ज्यान लिएको ’गोरखा भूकम्प’ भोगेको नेपाललाई भेनेजुएला भूकम्पले केही झस्काइदिएको छ । अहिले धेरै मानिसले नेपालको पूर्वतयारीबारे चासो व्यक्त गरेका छन् । नेपालमा पनि आज भूकम्प गएको छ । तर नेपालभन्दा १४ हजार किलोमिटर टाढाको भेनेजुएलामा आएको भूकम्पसँग जुम्लाको तामीमा मापन भएको ४.१ म्याग्निट्यूडको भूकम्पको कुनै सम्बन्ध छैन ।
नेपालमा अहिले पनि प्रत्येक दिन औसतमा १० वटा भूकम्प जाने गरेको भूकम्प मापन केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारी बताउँछन् । केन्द्रले दुई म्याग्निट्यूडभन्दा माथिका भूकम्पहरू मापन गर्ने गरेको छ । तर तीमध्ये निकै कम मात्र हामीले महसुस गर्न सकिने विज्ञहरू बताउँछन् ।
नेपाल करिब चार करोड वर्षअघि भारतीय र यूरेशियन प्लेटहरू ठोक्किएर बनेको हिमालय पर्वतमालामा विद्यमान छ । त्यसैले भूकम्पविद्हरू नेपालमा भूकम्पको उच्च जोखिम रहेको मान्छन् । अहिले पनि यी प्लेटहरू सर्ने क्रम जारी रहेकाले यो क्षेत्रमा भूकम्पको जोखिम रहेको अध्ययनहरूले देखाएका छन् ।
“ठूला भूकम्पका लागि नेपालको पूर्वदेखि पश्चिमसम्मकै भाग जोखिम क्षेत्रमा पर्छ। ’मेन हिमालय थ्रस्ट’ (एमएचटी) भनिने हिमालय क्षेत्र यसको मुख्य कारण हो,“ वरिष्ठ भूकम्पविद् अधिकारी भन्छन् । “अरू सानासाना फल्टहरू चाहिँ हाम्रोमा अध्ययन गर्न बाँकी नै छ।“ नेपालबारे गरिएका अध्ययनहरूले देशको पश्चिमी क्षेत्रमा भूकम्पको जोखिम धेरै रहेको देखाएका छन् ।
विसं १९९० यता काठमाण्डू उपत्यकाआसपास र पूर्वी नेपालमा गएका भूकम्पका कारण त्यस क्षेत्रमा सञ्चित ऊर्जा निष्कासन भए पनि पश्चिम नेपालमा ऊर्जा सञ्चित भएर रहेको हुन सक्ने आकलन गरिएको छ । विसं २०८० साल कार्तिकमा जाजरकोटमा गएको ६.४ म्याग्निट्यूडको भूकम्प र २०७९ साल कार्तिकमै डोटीमा गएको भूकम्पले पनि ठूलो मानवीय तथा भौतिक क्षति निम्त्याएका थिए ।
“पश्चिम नेपालमा धेरै लामो समयदेखि भूकम्पीय शक्ति जम्मा भएर बसिरहेको छ भन्ने अध्ययनले देखाएको छ। तर पछिल्लो समय पश्चिममा गएका भूकम्पले ठूलो मात्रै भूकम्पको कुरा गर्नुभन्दा पनि हामी मध्यम खालका भूकम्पबाट पनि असुरक्षित छौँ भन्ने देखाउँछ,“ अधिकारी भन्छन् ।
यसबारे आफ्ना धारणा अवस्यक व्यक्त गर्नुहोला । ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।




