भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

१५ असार , काठमाण्डौ।

भेनेजुएलामा गत बुधबार ३९ सेकेन्डको अन्तरालमा आएका ७.२ र ७.५ म्याग्निच्युडका दुई शक्तिशाली भूकम्पले ठूलो जनधनको क्षति पु¥याए पनि पाँचौं दिनसम्म पनि भग्नावशेषबाट जीवित मानिसहरू उद्धार भइरहेका घटनाले आशा जगाइरहेको छ।

उद्धारकर्मीहरूले लगातार कठिन परिस्थितिमा काम गर्दै बालबालिका, शिशु, बाबु–छोरा तथा अन्य सर्वसाधारणलाई जीवितै बाहिर निकाल्न सफल भएका छन्। यी घटनालाई स्थानीय अधिकारीहरूले चमत्कारिक उद्धारका रूपमा वर्णन गरेका छन्।

Advertisement

अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजका अनुसार हालसम्म भग्नावशेषबाट ३३ जनाको जीवितै उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये ११ वर्षका दुई बालक, नौ महिनाकी शिशु, एक बाबु–छोरा तथा अन्य धेरै घाइतेहरू रहेका छन्। उनले सामाजिक सञ्जालमार्फत उद्धारका भिडियो सार्वजनिक गर्दै प्रत्येक जीवन भेनेजुएलाका लागि आशाको किरण भएको उल्लेख गरेकी छन्।

सबैभन्दा चर्चित उद्धारमध्ये एक ११ वर्षीय मोइसेसको हो। उनी झन्डै तीन मिटर गहिरो भग्नावशेषमा पुरिएका थिए। कोलम्बियाको विपद् जोखिम व्यवस्थापन राष्ट्रिय एकाइका अनुसार उनलाई बाहिर निकाल्न उद्धार टोलीले करिब छ घण्टा अत्यन्तै सावधानीपूर्वक काम गर्नुपरेको थियो।

Advertisement

उद्धारपछि सार्वजनिक भिडियोमा घामको प्रकाशबाट बचाउन उनको आँखा छोपिएको देखिन्छ। उद्धारकर्मीका अनुसार मोइसेस आफ्नी आमा र दिदीको शव नजिकै फेला परेका थिए। केही घण्टापछि काराबालेडा सहरबाट अर्का ११ वर्षीय बालकको पनि जीवितै उद्धार गरिएको खबर सार्वजनिक भयो।

उद्धार टोलीले बालकलाई सुरक्षित बाहिर निकालेपछि राष्ट्रपति रोड्रिगेजले “यो घडीमा प्रत्येक जीवन भेनेजुएलाका लागि आशा हो” भन्दै उद्धारकर्मीहरूको प्रशंसा गरेकी छन्। आइतबार उद्धार अभियानमा अर्को ठूलो सफलता हात लाग्यो। भर्जिनियाको फेयरफ्याक्स काउन्टी, फ्रान्स र भेनेजुएलाका संयुक्त उद्धार टोलीले चार दिनदेखि भग्नावशेषमा फसेका एक बाबु र उनका किशोर छोरालाई जीवितै बाहिर निकाले।

धुलोले ढाकिएका ती व्यक्तिका खुट्टा सबैभन्दा पहिले भग्नावशेषको प्वालबाट देखिएका थिए। उद्धारकर्मीहरूले निकै सावधानीपूर्वक उनलाई बाहिर निकालेर स्ट्रेचरमा राखे र तत्काल सलाइन उपचार सुरु गरे। अत्यन्त कमजोर देखिएका उनी आफ्नो मोबाइल फोन भने अझै हातमै समातिरहेका थिए।

बुबाको उद्धारलगत्तै उद्धार टोलीले उनका सानो छोरालाई पनि भग्नावशेषबाट बाहिर निकाल्यो। उनी लगभग अचेत अवस्थामा थिए। उद्धारकर्मीहरूले स्पेनिस र अंग्रेजी भाषामा बिस्तारै, सावधानीपूर्वक भन्दै बाबु–छोरालाई भीडबीच सुरक्षित रूपमा एम्बुलेन्ससम्म पु¥याएका थिए।

लामो समयदेखि जारी उद्धार अभियानमा जीवित मानिस भेटिने आशा क्षीण बन्दै गइरहेका बेला बाबु–छोराको सफल उद्धारपछि उद्धार टोलीले ताली बजाउँदै खुसी मनाएको थियो। यसअघि पनि उद्धार टोलीले नौ महिनाकी एक शिशुसहित तीन जनालाई जीवितै उद्धार गर्न सफल भएको थियो।

अमेरिकी उद्धार टोली यूएसए–१ ले गरेको उक्त उद्धारको अमेरिकी विदेश मन्त्रालयले समेत प्रशंसा गर्दै असम्भवजस्तै परिस्थितिबीच पनि आशा अझै बाँचेको छ, भन्ने प्रतिक्रिया दिएको थियो।त्यसअघि भूकम्प गएको करिब ३२ घण्टापछि १८ दिनको नवजात शिशुलाई पनि भग्नावशेषबाट जीवितै निकालिएको थियो।

उत्तरी भेनेजुएलाको ला गुइरा क्षेत्रमा भत्किएको भवनमुनि फसेका ती शिशुलाई अमेरिकी खोज तथा उद्धार टोलीले सुरक्षित बाहिर निकालेको थियो। उद्धारपछि केही समयमै शिशुकी आमाको पनि जीवितै उद्धार गरिएको थियो। चिकित्सकहरूका अनुसार लामो समय भग्नावशेषमुनि रहे पनि आमा र शिशुको स्वास्थ्य अवस्था स्थिर रहेको थियो।

यस्ता सफल उद्धारका घटनाले अझै पनि भग्नावशेषभित्र मानिसहरू जीवित हुन सक्ने आशा बढाएको छ। उद्धारकर्मीहरूका अनुसार यदि भग्नावशेषभित्र पानी र सीमित खाद्यान्नको पहुँच भएको अवस्थामा मानिसहरू धेरै दिनसम्म पनि बाँच्न सक्छन्। यही विश्वासका साथ उनीहरूले रातदिन खोज तथा उद्धार अभियान जारी राखेका छन्।

अमेरिकाको लस एन्जलस काउन्टी फायर डिपार्टमेन्टको अन्तर्राष्ट्रिय शहरी खोज तथा उद्धार टोली पनि काराबालेडामा परिचालित भएको छ। तालिमप्राप्त कुकुर, अत्याधुनिक ध्वनि पत्ता लगाउने उपकरण तथा कंक्रिट काट्ने मेसिनसहितको टोलीले भत्किएको १० तले भवनमा जीवित व्यक्तिको खोजी गरिरहेको छ।

स्थानीयका अनुसार उक्त भवनमा कम्तीमा आठ जना फसेको आशंका गरिएको छ। उद्धार टोलीले भग्नावशेषभित्रबाट आवाजसमेत सुनेपछि अझै केही व्यक्ति जीवित हुन सक्ने सम्भावना रहेको जनाएको छ। उद्धार टोलीका सहायक फायर प्रमुख ट्रे एस्पीले प्रत्येक दिन बित्दै जाँदा जीवित व्यक्तिलाई भेट्ने सम्भावना घट्दै गए पनि आशा नत्यागिएको बताएको अन्तराष्ट्रिय संचारमाध्यामहरुले उल्लेख गरेका छन् ।

उनका अनुसार प्रभावित क्षेत्रमा धेरै अग्ला भवन पूर्ण रूपमा ध्वस्त भएका छन् भने केही भवन एकअर्कामाथि खसेका छन्, जसले उद्धार कार्यलाई अत्यन्तै जटिल बनाएको छ। हालसम्म भूकम्पका कारण कम्तीमा १,४५० जनाको मृत्यु भएको पुष्टि भइसकेको छ भने हजारौं मानिस अझै बेपत्ता छन्।

लगातार आइरहेका परकम्पले उद्धार कार्यलाई थप चुनौतीपूर्ण बनाइरहेका छन्। यद्यपि, भग्नावशेषबाट लगातार जीवित मानिसहरू भेटिनुले उद्धार टोलीलाई थप ऊर्जा दिएको छ। भूकम्प प्रभावित क्षेत्रमा देश तथा विदेशबाट राहत सामग्री र उद्धार टोली पुगिरहेका छन्।

दक्षिणी क्यालिफोर्नियामा रहेका भेनेजुएली समुदायले पनि औषधि, प्राथमिक उपचार सामग्री, खाद्यान्न तथा अन्य आवश्यक वस्तु संकलन गरी प्रभावित क्षेत्रमा पठाइरहेका छन्। स्वयंसेवकहरूका अनुसार अहिले सबैको एउटै लक्ष्य सम्भव भएसम्म धेरैभन्दा धेरै जीवन बचाउनु हो।

अहिले भवनहरू भत्किने डरले हजारौँ मानिसहरू आफ्ना गाडीहरूमा बसिरहेका छन् भने कतिपयले विमानस्थल र गल्फ कोर्स जस्ता खुला ठाउँमा शिविर बनाएर आश्रय लिइरहेका छन्। काराबालेडाको गल्फ कोर्स त आपत्कालीन उद्धार कार्यको मुख्य केन्द्र नै बनेको छ।

कुनै समय हरियो र सफा रहने यो गल्फ कोर्स अहिले अस्थायी अस्पताल र राहत वितरण केन्द्रमा परिणत भएको छ, जहाँ सबैथोक गुमाएका नागरिकहरू अनुदानमा आएका कपडा र मानवीय सहायताका बाकसहरूमा आफ्नो आवश्यकता खोजिरहेका छन्।

गल्फ कोर्सकै अर्को भागमा रहेको एउटा सानो तालको छेउमा हेलिकप्टर अवतरणका लागि ठाउँ बनाइएको छ, जहाँ देश तथा विदेशबाट राहत सामग्री र आपत्कालीन उद्धारकर्मीहरू ओसारपसार भइरहेको छ। गल्फ कोर्स वरपरका सडकहरू चिराचिरा परेका छन् र भग्नावशेषले ढाकिएका छन्।

त्यहाँको सुनसान र धुलोले भरिएको वातावरणलाई केवल ठुला मेसिनरीका आवाज र भग्नावशेषमा आफ्ना मानिस खोजिरहेकाहरूको रोदनले मात्र भंग गरिरहेको छ। विपद् व्यवस्थापन विज्ञहरूका अनुसार भूकम्पपछिका पहिलो ४८ देखि ७२ घण्टा सबैभन्दा महत्वपूर्ण मानिए पनि भेनेजुएलामा पाँचौं दिनसम्म भइरहेका यी चमत्कारिक उद्धारहरूले अझै पनि आशा समाप्त नभएको सन्देश दिएका छन्।

उद्धारकर्मीहरूको अथक प्रयास, आधुनिक प्रविधि र जीवित रहने अदम्य इच्छाशक्तिका कारण भग्नावशेषबाट निस्कने प्रत्येक जीवित व्यक्ति अहिले सम्पूर्ण भेनेजुएलाका लागि आशाको प्रतीक बनेका छन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

 हराएको रैथाने धानको बाला फेरि खेतमा झुल्दै

733374161_2103140983879869_4605619504120523340_n

जापान भर्सेस ब्राजिलः एसियाली पावर हाउसले विश्व विजेतालाई रोक्ला ?

brazil; team

रोनाल्डोले विश्वकप ट्रफी उचाल्ने घानाका तान्त्रिकको भविष्यवाणी

97a1f16f-8f62-44c3-9244-1967faa97a60

अफगानिस्तानभित्रै पसेर पाकिस्तानको सैन्य कारबाही

afghanistan-pakistan-friendship-flags-waving-600nw-2614082565

रास्वपा महाधिवेशनको निष्कर्षः रवि झन शक्तिशाली, पार्टी ?

730732303_4445183819104388_7343949058751405664_n

नेपाली कृषिको तितो यथार्थः खेत बाँझो, युवा खाडीमा, चामल विदेशबाट

734178487_4411518265786836_7881587848052361177_n

अल्टिमा लाइफस्टाइलको ९औँ आउटलेट जनकपुरमा,९९ रुपैयाँमा इयरबड्स

55579c71-86b1-4ea7-8f9e-222455dc8eac

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

सम्बन्धित समाचार

Scroll to Top