आज ५ प्रदेशमा भारी वर्षा, भोलिसम्मै पानी पर्ने

१६ असार ८३, बुधबार

१७ असार , काठमाण्डौ ।

हाल देशभर मनसुनी वायूको प्रभाव रहेको छ । मनसुन भित्रिएको १२ दिनपछि देशभरि फैलिएको हो । यसको प्रभावले आज बिहान काठमाडौं लगायत बागमती र गण्डकी प्रदेशका विभिन्न भूभागमा वर्षा भएको छ । मनसुन सक्रिय भएसँगै देशका धेरै ठाउँमा पानी परेको हो ।

हिजोदेखि नै शुरु भएको पानी पर्नेक्रम भोलिसम्म नै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । असार ५ गते पूर्वबाट भित्रिएको मनसुन यसअघि गण्डकी र लुम्बिनी प्रदेशका धेरै भागसम्म विस्तार भएकोमा हिजोदेखि बाँकी सबै भागमा फैलिएको हो । कर्णाली र सुदूरपश्चिम प्रदेशका सम्पूर्ण भागमा मनसुन विस्तार भएको हो । आज कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा मौसम बदली छ ।

Advertisement

गए राति काठमाण्डौ उपत्यकासहित देशका विभिन्न भागमा वर्षा भएकोमा कास्की, लमजुङसहित मध्य क्षेत्रका थोरै ठाउँमा ठूलो वर्षा भएको छ । बागमतीसहित लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँ तथा कोशी प्रदेशको एक÷दुई ठाउँमा बिहान पनि मध्यमसम्मको वर्षा भएको छ ।

आज दिउँसो देशभर पूर्णतया बादल लागेर कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भागका एक÷दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । त्यसैगरी, आज राति हिमाली तथा पहाडी भागका केही ठाउँमा र तराई भागको थोरै ठाउँमा मेघ गर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

Advertisement

भोलि कोशी र बागमती प्रदेशलगायत देशका धेरैजसो पहाडी क्षेत्रका केही ठाउँमा ठूलो वर्षाको सम्भावना छ । पानी परेका र पर्ने सम्भावना रहेका क्षेत्रमा बाढी, पहिरो, डुबान तथा सडक अवरोधजस्ता जोखिम हुने भएकाले आवश्यक सावधानी अपनाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार धादिङको गजुरीमा एक घन्टामै १९.६ मिलमिटर वर्षा भएको छ । लमजुङको भुजुङमा १६ मिलिमिटर र भोर्लेटारमा १४.४ मिलिमिटर वर्षा भएको छ । चौबीस घन्टामा कोशीदेखि सुदूरपश्चिमसम्म हल्कादेखि मध्यम र भारी वर्षा भएको छ ।

केही स्थानमा धेरै भारी वर्षा मापन भएको छ । बर्दियाको मानपुरमा १३६.६ मिलिमिटर, तारातालमा १२८.८ मिलिमिटर, बाँकेको बेलभरमा १०४.८ मिलिमिटर, कैलालीको बलियामा १२१ मिलिमिटर, कास्कीको यांगिकोटमा ८०.६ मिलिमिटर वर्षा मापन भएको छ ।

यसैबीच देशका प्रमुख ठुला नदीहरूको बहाव सामान्य रहे पनि विभिन्न जिल्ला भई बहने ससाना नदी तथा खोलाहरूमा भने आकस्मिक बाढीको जोखिम देखिएको छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिन अनुसार हाल कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरूको बहाव सतर्कता तहभन्दा तलै छ ।

यस्तै कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको अवस्था पनि सामान्य छ । ठुला नदीमा तत्काल ठुलो जोखिम नदेखिए पनि ससाना नदी र खोल्साखोल्सीमा भने आगामी तीन दिनसम्म बहाव उल्लेख्य बढ्ने सम्भावना छ । महाशाखाका अनुसार आज झापा, इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, सङ्खुवासभा, सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, काठमाडौँ, भक्तपुर र ललितपुर भई बहने ससाना नदीमा आकस्मिक बाढीको मध्यम जोखिम छ ।

यस्तै धादिङ, गोरखा, चितवन, तनहुँ, लमजुङ, कास्की, नवलपरासी पश्चिम, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, डडेलधुरा र आसपासका जिल्लाका नदीमा पनि पानीको सतह बढ्ने चेतावनी दिइएको छ । बाढीको यो जोखिम भोलि र पर्सि पनि कायम रहने देखिन्छ ।

भोलि कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेश भई बहने धेरैजसो ससाना नदीहरूमा बहाव आकस्मिक रूपमा बढ्न सक्ने महाशाखाले जनाएको छ । सोही दिन कर्णाली र सुदूरपश्चिम प्रदेशका पनि केही नदीमा बाढी आउन सक्ने अनुमान छ ।

यसैगरी पर्सि पनि कोशी, मधेस, बागमती र लुम्बिनी प्रदेशका धेरैजसो ससाना नदी तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही नदीमा बहाव आकस्मिक रूपमा बढ्ने सम्भावना छ । नदी तटीय क्षेत्र र ससाना खोला आसपास बस्ने बासिन्दालाई विशेष सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आउँदै

farmer uria DAP

जगदम्बा मोटर्सले नेपालमा पहिलो रियर–ह्विल–ड्राइभ ईभी ल्याउँदै

proton

साइबर आक्रमणले आइफोन १८ प्रो का गोप्य तस्वीर र विवरण बाहिरियो

maxresdefault (2)

मन्त्रालय घटाएको बालेन सरकारले मन्त्रीको ’जम्बो सचिवालय’ किन बनायो ?

724493780_932479906483718_189551849365514813_n

सिन्धुको जल रोके भारतको हात काटिने,पाक मन्त्रीले दिए खुल्ला धम्की

0ff64540-206c-11f0-9c65-a5c3dc449bf3.jpg

निश्चलनाथ पाण्डेलाई बालेनले भारतका लागि राजदूत बनाउन लागेको भारतमा चर्चा

97939b97-fe12-4a47-a83c-c458bc0007d4

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

फ्रान्सविरुद्ध स्वीडेनः खेल जित्ने सम्भावना ७५.१ प्रतिशत

Kylian-Mbappe-France-vs-Alexander-Isak-Sweden

अन्तिम समयमा जापानको सपना चकनाचुर

images (11)

आज यी भूभागमा हुँदै छ भारीदेखि धेरै भारी वर्षा

mausam-2075-12-18-768x388

सम्बन्धित समाचार

Scroll to Top