इन्धनमा कृत्रिम अभाव सिर्जना गरी नाफा कमाउनेहरुको खेल

१६ असार ८३, बुधबार

१७ असार , काठमाण्डौ ।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य एकै पटक भारी मात्रामा घटाउँदा काठमाडौं उपत्यकासहित उपत्यकाका अधिकांश निजी पेट्रोल पम्पहरू बन्द गरिएको छ । निजी पेट्रोल पम्पहरूले पेट्रोल र डिजेल छैन लेखिएका ट्याग समेत राखेका छन् । यस्तै अवस्था काठमाडौं उपत्यका बाहिरका जिल्लाहरुमा समेत देखिएको छ ।

पेट्रोलियम पदार्थको मूल्य घटाइएलगत्तै काठमाडौं उपत्यकाका अधिकांश निजी पेट्रोल पम्पमा पेट्रोलको अभाव देखिइएको छ। पेट्रोल नभएको भन्दै धेरै पम्पले बिक्री वितरण बन्द गरेका छन् । सटरमा पेट्रोल छैन भन्दै बोर्ड टाँसेर पम्प बन्द गरेका छन् । सञ्चालनमा रहेका सरकारी तथा केही निजी पम्पमा भने सवारीसाधनको लामो लाइन लागेको छ।

Advertisement

त्यस्तै उपत्यका बाहिरका जिल्लामा पनि पेट्रोल पम्प बन्द गरिएको छ । हिजो मात्रै नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको थियो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ, डिजेलरमट्टीतेलमा ३० रुपैयाँ घटेको थियो ।यस्तै एल्पी ग्यासमा प्रतिसिलिन्डर १०० रुपैयाँ घटाइएको छ ।

तर आज बिहानैदेखि बजारमा पेट्रोलियम पदार्थको अभाव भएको हो । बजारमा पेट्रोलियम पदार्थको अभाव भएको हल्ला चले पनि यथार्थमा त्यस्तो कुनै अभाव नरहेको नेपाल आयल निगमले बताएको छ । निगमका प्रवक्ता मनोज कुमार ठाकुरका अनुसार बजारमा केही व्यवसायीहरुले नाफा कमाउने उद्देश्यले कृत्रिम अभाव सिर्जना गरी इन्धन मूल्य घट्ने थाहा पाएपछि पेट्रोलियम पदार्थ लोड नगरेकाले यो समस्या आएका बताएका छन् ।

Advertisement

निगमले सहज रुपमा पेट्रोलियम पदार्थ उपलब्ध हुँदाहुँदै पनि पम्पले लोड नगरेर पेट्रोलियम छैन भनेर पम्पमा बोर्ड राखेको भटिए सिल गर्ने गरि अनुगमन सुरु गरेको उनले बताएका छन् । निगमका अनुसार गएरातिदेखि लागू भएको साबिकको खुद्रा बिक्री मूल्यमा पेट्रोलमा प्रतिलिटर २० रुपैयाँले, डिजेल÷मट्टितेलमा प्रतिलिटर ३० रुपैयाँ, हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ४० रुपैयाँ र हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौंको लागि प्रतिकिलोलिटर अमेरिकी डलर २६५ ले र एल.पी. ग्याँस प्रतिसिलिन्डर १०० रुपैयाँले घटाइएको छ ।

यससँगै पेट्रोलको मूल्य पहिलो वर्गमा प्रतिलिटर १९४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १९६ रुपैयाँ र तेस्रो वर्गमा १९७ रुपैयाँ पुगेको छ । त्यस्तै डिजेल÷मट्टितेलको मूल्य क्रमशः पहिलो, दोस्रो र तेस्रो वर्गमा १९२ रुपैयाँ ५० पैसा, १९४ रुपैयाँ र १९५ रुपैयाँ कायम भएको छ । हवाई इन्धन आन्तरिकतर्फ २२९ रुपैयाँ कायम भएको निगमले जानकारी दिएको छ ।

एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २०६० र आधा सिलिन्डर १०३० रुपैयाँ कायम भएको छ । हाल पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय बजार मूल्यमा आएको सुधार स्वरुप इण्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्य अनुसार प्रति लिटर पेट्रोलमा रु. १५.०९ ले, डिजेलमा रु. २९.४६ ले, र हवाई इन्धनमा प्रति लिटर रु. २९.४२ ले तथा एल. पि. ग्याँसमा समेत घटेर आएको निगमले जनाएको छ ।

नयाँ मूल्य अनुसार चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर १९४ रुपैयाँ ५० पैसा, डिजेल÷मट्टितेल प्रतिलिटर १९२ रुपैयाँ ५० पैसा पर्नेछ । सुर्खेत र दाङ लगायतका क्षेत्रमा पेट्रोल प्रतिलिटर १९६ रुपैयाँ, डिजेल÷मट्टितेल प्रतिलिटर १९४ रुपैयाँ पर्नेछ ।

त्यस्तै काठमाडौं, पोखरा र दिपायल लगायत क्षेत्रमा पेट्रोल प्रतिलिटर १९७ रुपैयाँ, डिजेल÷मट्टितेल प्रतिलिटर १९५ रुपैयाँ पर्नेछ । त्यस्तै एल.पी. ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ पर्नेछ भने आधा सिलिन्डरको १ हजार ३० रुपैयाँ पर्नेछ । हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर २२९ रुपैयाँ पर्नेछ ।

यता नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले पेट्रोलियम पदार्थको मूल्य घटेसँगै स्वचालित प्रणालीअनुरुप भाडा समायोजन गर्न सरकारसँग माग गरेको छ । महासङ्घका अध्यक्ष पुण्यप्रसाद सिटौलाले स्वचालित प्रणालीबमोजिम भाडा समायोजन गरिदिन सरकारलाई अनुरोध गरेका हुन् ।

“पेट्रोलियम पदार्थको मूल्यमा हुने उतारचढावसँगै सार्वजनिक सवारीसाधनको भाडा पनि पारदर्शी, वैज्ञानिक र वस्तुगत आधारमा समायोजन हुनु आवश्यक छ”, उनले भने “इन्धनको मूल्यवृद्धि हुँदा भाडा बढाउने निर्णय हुने र मूल्य घट्दा समयमै भाडा समायोजन नहुने प्रवृत्तिले यात्रु र व्यवसायी दुवै पक्षमा अन्योल सृजना गर्ने गरेको छ ।”

महासङ्घका अध्यक्ष सिटौलाले सार्वजनिक यातायातको भाडा निर्धारण गर्दा इन्धनको मूल्यमात्र नभएर सवारीसाधनको सञ्चालन खर्च, मर्मतसम्भार, बीमा, श्रमिकको पारिश्रमिक, अतिरिक्त पाटपूर्जाको मूल्य, बैंकिङ लागत तथा समग्र आर्थिक सूचकलाई वैज्ञानिक आधारमा मूल्याङ्कन हुनुपर्ने बताएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

‘आधुनिक भाइकिङ’ एर्लिङ हालान्ड इङल्याण्डबाट किन खेल्दैनन् ?

halad

युरेनियम उत्खनन् गर्न अमेरिकासँग सम्झौता भएको हो ?शिशिरले दिए जवाफ

sishir khanal

नायिक उषा रजकलाई दुव्र्यवहार गर्ने पात्र को हुन् ?

usha

विवाहका लागि जीवन साथी खोजिदिने ‘लमी’ एप सार्वजनिक

lamee app

इक्वेडरलाई हराउँदै मेक्सिको विश्वकपको अन्तिम १६ मा

602559fd-1b30-4cc1-ae87-a9055538d9f6

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आउँदै

farmer uria DAP

जगदम्बा मोटर्सले नेपालमा पहिलो रियर–ह्विल–ड्राइभ ईभी ल्याउँदै

proton

आज ५ प्रदेशमा भारी वर्षा, भोलिसम्मै पानी पर्ने

mausam-2075-12-18-768x388

साइबर आक्रमणले आइफोन १८ प्रो का गोप्य तस्वीर र विवरण बाहिरियो

maxresdefault (2)

मन्त्रालय घटाएको बालेन सरकारले मन्त्रीको ’जम्बो सचिवालय’ किन बनायो ?

724493780_932479906483718_189551849365514813_n

सम्बन्धित समाचार

Scroll to Top