नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

१८ असार ८३, बिहीबार
Share this
745shares

१८ असार , काठमाण्डौ।

Advertisement

अन्तर्राष्ट्रिय तेक्वान्दो खेलाडी, प्रशिक्षक तथा अन्तर्राष्ट्रिय रेफ्री दिपेन्द्र ढकाललाई तेक्वान्दोको विकास, प्रवद्र्धन र अन्तर्राष्ट्रिय स्तरमा पु¥याएको योगदानको उच्च मूल्याङ्कन गर्दै तेक्वान्दो क्यानडा (Taekwondo Canada)ले अन्तर्राष्ट्रिय प्रशंसापत्र (Letter of Appreciation) प्रदान गरेको छ ।

तेक्वान्दो क्यानडाका कार्यकारी निर्देशक डेभिड ह्यारिसद्वारा जारी प्रशंसापत्रमा ढकालले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा तेक्वान्दो खेलको विकास, प्रशिक्षण, रेफ्रीको भूमिकामार्फत निष्पक्ष खेल संस्कृतिको प्रवद्र्धन तथा खेलकुदमार्फत विभिन्न राष्ट्रबीच मैत्रीपूर्ण सम्बन्ध विस्तारमा पु¥याएको योगदानको उच्च प्रशंसा गरिएको छ ।

Advertisement

साथै, संयुक्त राष्ट्रसंघीय शान्ति सैनिक (UN Peacekeeper)  कारूपमा विश्व शान्ति, मानवता र अन्तर्राष्ट्रिय सहकार्यको क्षेत्रमा निर्वाह गरेको सेवाको पनि विशेष सम्मान गरिएको उल्लेख गरिएको छ ।

प्रशंसापत्रमा ढकालको व्यावसायिक दक्षता, अनुशासन, नेतृत्व क्षमता, समर्पण तथा तेक्वान्दोमार्फत सकारात्मक सामाजिक सन्देश प्रवाह गर्ने भूमिकालाई प्रेरणादायी र अनुकरणीय भन्दै आगामी दिनहरूमा पनि अन्तर्राष्ट्रिय तेक्वान्दो समुदाय तथा विश्व शान्तिको अभियानमा निरन्तर योगदान रहने विश्वास व्यक्त गरिएको छ ।

Advertisement

दिपेन्द्र ढकाल विगत लामो समयदेखि नेपाली सेनामार्फत संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा सेवा दिँदै आएका छन् । शान्ति सैनिकको जिम्मेवारीसँगै उनले अन्तर्राष्ट्रिय स्तरमा तेक्वान्दो खेलाडी, प्रशिक्षक तथा रेफ्रीका रूपमा नेपाललाई प्रतिनिधित्व गर्दै विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिता, प्रशिक्षण तथा कार्यक्रमहरूमा सक्रिय सहभागिता जनाउँदै आएका छन्।

उनले खेलकुदलाई राष्ट्रहरूबीच मित्रता, आपसी सम्मान र शान्तिको सेतुका रूपमा स्थापित गर्न निरन्तर योगदान पु¥याउँदै आएका छन् । यस सम्मानप्रति प्रतिक्रिया दिँदै नेपाल तेक्वान्दो संघले अन्तर्राष्ट्रिय संस्थाबाट प्राप्त उक्त प्रशंसापत्र उनको व्यक्तिगत उपलब्धिभन्दा पनि नेपाल, नेपाली सेना तथा संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा सेवा गरिरहेका सम्पूर्ण नेपाली शान्ति सैनिकहरूको साझा सम्मान भएको बताएका छन्।

यस्तो अन्तर्राष्ट्रिय मान्यताले राष्ट्रको गौरव बढाउनुका साथै खेलकुद, मानवता र विश्व शान्तिको क्षेत्रमा अझ समर्पित भएर काम गर्ने प्रेरणा प्रदान गरेको उल्लेख गरे । उनले नेपाली खेलाडी, प्रशिक्षक तथा शान्ति सैनिकहरूले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिष्ठा उँचो बनाउन निरन्तर योगदान दिइरहेको उल्लेख गर्दै भविष्यमा पनि नेपालको नाम विश्वसामु अझ गर्वका साथ चिनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

तेक्वान्दो क्यानडाबाट प्राप्त यो अन्तर्राष्ट्रिय प्रशंसापत्रले नेपाली खेलकुद, नेपाली सेना तथा संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा कार्यरत नेपाली शान्ति सैनिकहरूको अन्तर्राष्ट्रिय छविलाई थप सुदृढ बनाएको विश्वास गरिएको छ । खेलकुदमार्फत विश्व शान्ति, मित्रता र अन्तर्राष्ट्रिय सहकार्य प्रवद्र्धनमा नेपालीहरूको योगदान अन्तर्राष्ट्रिय समुदायबाट सम्मानित हुनु नेपालका लागि पनि गौरवको विषय बनेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top