×

NEPAL TIMES UPDATES

Playing
कांग्रेसमा आ–आफ्नै ढम्फु बजाउँदै नेताहरू, राजेन्द्रले छाडे कांग्रेस || Nepal Times
Apr 13, 2026
Playing
८ करोड भाडा वक्यौता,बालेन सरकारले ताला ठोक्यो, धमलादेखि अखिलको कार्यालयसम्म || Nepal Times
Apr 13, 2026
Playing
Mossad New Chief Roman Gofman, जसलाई गुप्तचरको अनुभव छैन् || Nepal Times
Apr 13, 2026
Playing
पूर्वराजाको नयाँ वर्षको सन्देशः देश प्रयोगशाला भयो, अब बनोस् || Nepal Times
Apr 13, 2026
Playing
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दाको छिनोफानो बुधबार || Nepal Times
Apr 13, 2026
Playing
पोप र Trumpबीच भनाभनःपोपले आलोचना गर्दा ट्रम्पले भने यस्ता धर्मगुरु चाहिदैन || Nepal Times
Apr 13, 2026
Playing
कस्तो रह्यो वर्ष २०८२ ? एउटा युगको त्रासदीपूर्ण अन्त्य || Nepal Times
Apr 13, 2026
Playing
जेठदेखि असारसम्म विश्वयु द्ध हुन् सक्ने सनसनीपूर्ण भविष्यवाणी || Nepal Times
Apr 13, 2026
Playing
World News: Iranमा अमेरिकी जासुसहरु प*क्राउ, होर्मुजमा नाकाबन्दी, इरान नझुक्ने अडानमै || Nepal Times
Apr 13, 2026
Playing
नयाँ वर्ष सन्देशमा Former king Gyanendra Shah: युवा राजनीतिमा आउनु देशका लागि फाइदाजनक
Apr 13, 2026

साउदीमा अमेरिकी विमान दुई टुक्रा,इरानको तेल नियन्त्रणमा लिने ट्रम्पको चेतावनी

१६ चैत्र २०८२

१६ चैत , काठमाण्डौ।

अमेरिकाले इरानामाथि ठूला आक्रमणलाई रोकेपनि स्थल आक्रमणको तयारी गरिरहेको दाबीका बीच इरानले पश्चिम एसियाका देशहरुमाथि आक्रमण जारी राखेकोे छ। लेबनानमा तैनाथ संयुक्त राष्ट्रसंघीय अन्तरिम शान्ति मिसन (यूनिफिल) को पोस्टमा बम विस्फोट हुँदा एक जना शान्ति सैनिकको मृत्यु भएको छ ।

Advertisement
Advertisement

दक्षिणी लेबनानी गाउँ अदचित अल–कुसायर नजिकै रहेको सैन्य पोस्टमा मार्च २९ का दिन भएको उक्त विस्फोटमा अर्का एक सैनिक गम्भीर घाइते भएका छन् । यूनिफिलले सोमबार बिहान विज्ञप्ति जारी गर्दै घटनाको पुष्टि गरेको हो । विस्फोट भएको वस्तु (प्रोजेक्टाइल) कहाँबाट र कसले प्रहार गरेको हो भन्नेबारे अहिलेसम्म खुल्न सकेको छैन ।

राष्ट्रसंघीय मिसनले घटनाको सत्यतथ्य पत्ता लगाउन विस्तृत अनुसन्धान सुरु गरेको जनाएको छ । इजरायल र इरान समर्थित हिजबुल्लाह लडाकुहरूबिच जारी भिडन्तको केन्द्र मानिने दक्षिणी लेबनानको सीमा क्षेत्रमा यूनिफिलले निगरानी गर्दै आएको छ । पछिल्लो दुई वर्षयता इजरायल र हिजबुल्लाहको दोहोरो चपेटामा शान्ति सैनिकहरू पटक–पटक पर्ने गरेका छन् ।

यसअघि मार्च ६ मा पनि घानाका शान्ति सैनिकहरू बसेको मुख्यालयमा मिसाइल प्रहार हुँदा दुई सैनिक गम्भीर घाइते भएका थिए । अर्काेतर्फ इरानले दक्षिणी इजरायलमा रहेको एक रासायनिक प्लान्टमा क्षेप्यास्त्र आक्रमण गरेको छ । टाइम्स अफ इजरायलका अनुसार बेरशेबा शहर नजिकै रहेको नियोट होभाभ औद्योगिक क्षेत्रमा आक्रमण भएको हो ।

आक्रमणपछि प्लान्टमा ठूलो आगलागी भएको छ र ११ जना सामान्य घाइते भएका छन् । प्लान्ट क्षेत्रमा विषाक्त पदार्थ चुहावट हुने खतरा बढेको छ । अधिकारीहरूले स्थानीय बासिन्दाहरूलाई घर भित्रै बस्न र झ्यालहरू बन्द राख्न सुझाव दिएका छन् ।

बियर सेवा सहरबाट करिब ९ किलोमिटर टाढा रहेको नियोट होभाभ औद्योगिक क्षेत्रमा आक्रमण गरिएको हो। इजरायलको सरकारी मिडिया कान, च्यानल १२ र टाइम्स अफ इजरायलले बेरसेबा सहरको दक्षिणमा रहेको नियोट होभाभ औद्योगिक परिसरबाट बाक्लो, गाढा धुवाँ निस्किरहेको भिडिओ सार्वजनिक गरेका छन्।

उता साउदी अरेबियाको एक हवाई अड्डामा दुई टुक्रा भएको अवस्थामा अमेरिकी सैन्य विमानको तस्बिर सार्वजनिक भएको छ। तस्बिर पहिलो पटक अमेरिकी सैन्य समाचार प्रदान गर्ने फेसबुक पेजमा सेयर गरिएको थियो। तस्बिरमा दुई टुक्रा भएको ई–३ सेन्ट्री विमान छ।

बीबीसी भेरिफाइले तस्बिर साउदी अरेबियाको राजधानी रियादबाट लगभग १०० किलोमिटर दक्षिणपूर्वमा अवस्थित प्रिन्स सुल्तान एयर बेसको भएको पुष्टि गरिएको जनाएको छ। नष्ट गरिएको विमान यस फाइल तस्बिरमा देखिएजस्तै छ।
नष्ट गरिएको विमान यस फाइल तस्बिरमा देखिएजस्तै छ।

एक अमेरिकी अधिकारीले शुक्रबार रोयटर्ससँग हवाई अड्डामा इरानी सैन्य आक्रमणमा १२ अमेरिकी कर्मचारी घाइते भएको बताएका छन्, जसमध्ये दुई जनाको अवस्था गम्भीर छ। साउदी अरेबियाले पछिल्ला समय १० वटा ड्रोन रोकेको छ। साउदीको रक्षा मन्त्रालयले सामाजिक सञ्जालमार्फत यो जानकारी दिएको हो।

खाडीका अन्य देश संयुक्त अरब इमिरेट्स (यूएई) र कुवेतले पनि आक्रमण गरिएको बताएका छन्। बितेका २४ घण्टामा यस क्षेत्रमा बारम्बार आक्रमण भएको र प्रमुख पूर्वाधारलाई पनि निसाना बनाइएको बीबीसीले जनाएको छ। शनिबार यूएईमा धेरैवटा ब्यालिस्टिक मिसाइल हानिएको थियो। एमिरेट्स ग्लोबल एल्युमिनियमका अनुसार अबुधाबीमा रहेको प्रमुख प्लान्टमा आक्रमण गरिएको थियो।

जसका कारण ठुलो मात्रामा क्षति भएको छ भने धेरै जना कर्मचारी घाइते पनि भएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको तेल नियन्त्रणमा लिन सक्ने र त्यहाँको प्रमुख इन्धन केन्द्र ‘खार्ग टापु’ कब्जा गर्न सकिने बताएका छन् । ‘फाइनान्सियल टाइम्स’ सँगको कुराकानीमा ट्रम्पले इरानको तेल आफ्नो नियन्त्रणमा लिनु आफ्नो मुख्य चाहना रहेको बताएका हुन् ।

“साँच्चै भन्ने हो भने, इरानको तेल नियन्त्रणमा लिनु मेरो प्रिय विषय हो ।” ट्रम्पले तेल नियन्त्रणमा लिनुको अर्थ खार्ग टापु कब्जा गर्नु पनि हुन सक्ने संकेत गरे । “हुनसक्छ हामी खार्ग टापु लिन्छौँ, हुनसक्छ लिँदैनौँ । हामीसँग धेरै विकल्प छन्,” उनले अगाडि थपे, “यसको अर्थ हामीले केही समय त्यहाँ (खार्ग टापु) बस्नुपर्ने पनि हुन सक्छ ।”

उक्त टापुको रक्षा प्रणालीबारे सोधिएको प्रश्नमा उनले इरानी सैन्य प्रतिरक्षा बलियो नभएको दाबी गरे । “मलाई लाग्दैन उनीहरूसँग कुनै प्रतिरक्षा संयन्त्र छ । हामीले त्यसलाई निकै सजिलै कब्जा गर्न सक्छौँ,” ट्रम्पले भने । मध्यपूर्वमा थप ३ हजार ५ सय अमेरिकी सैनिक आइपुगेकै समयमा राष्ट्रपतिको यस्तो टिप्पणी सार्वजनिक भएको हो ।

यस क्षेत्रमा बढ्दो तनावका कारण अमेरिकी सेनामाथि इरानी आक्रमण हुन सक्ने त्रास बढेको छ । यद्यपि, ट्रम्पले पाकिस्तानका ‘दूतहरू’ मार्फत अमेरिका र इरानबीच भइरहेको अप्रत्यक्ष वार्ता सकारात्मक रूपमा अघि बढिरहेको बताएका छन् । तर, तत्कालै युद्धविरामको सम्झौता हुने÷नहुनेबारे भने उनले कुनै टिप्पणी गर्न चाहेनन् ।

उनले भने, “सम्झौता निकै छिट्टै हुन सक्छ ।” अमेरिका र इजरायलले गत फेब्रुअरी २८ मा इरानमा संयुक्त हवाई हमला गरी सर्वोच्च नेता अयातोल्लाह अली खामेनीसहित धेरै जना शीर्ष नेता तथा अधिकारी मारेयता युद्ध जारी छ। बदलामा इरानले इजरायलसँगै अमेरिकी आधार रहेका खाडीका मुलुकहरूमा हवाई आक्रमण जारी राखेको छ।

यसबिच इजरायल–अमेरिकाले इरानका सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानी र इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्स (आईआरजीसी) का प्रवक्ता तथा जनसम्पर्क अधिकारी अली मोहम्मद नैनी पनि मारिसकेको छ। अमेरिका–इजरायलको आक्रमणबाट इरानमा अहिलेसम्म ३ हजारभन्दा बढी जनाको मृत्यु भइसकेको अमेरिकास्थित ह्युमन राइट्स एक्टिभिस्ट न्युज एजेन्सी (एचआरएएनए) ले जनाएको छ।

Advertisement

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top