×

NEPAL TIMES UPDATES

Playing
३ लाख नदिएसम्म उड्न दिन्न भनेपछि म्यानपावरमाथि स्टिंग अपरेसन || Nepal Times
May 17, 2026
Playing
नेपालमा ८ महिनालाई पुग्ने चिनी मौज्दात, भण्डार र कालोबजारी नगर्नु || Nepal Times
May 17, 2026
Playing
देउवाका चार सारथिको मोर्चाबन्दी गगनलाई हुनसक्छ भारी || Nepal Times
May 16, 2026
Playing
साउदीमा १३० नेपाली श्रमिकको मृ त्यु, ५४४ जना जेलमा || Nepal Times
May 16, 2026
Playing
Watch Top15 News Of The Day in 7 Minutes || Nepal Times
May 16, 2026
Playing
गगन सिंगो पार्टीको सभापति बन्न सकेनन् || Nepal Times
May 16, 2026
Playing
ट्रम्पपछि लगत्तै पुटिन चीन जाने, एकपछि अर्का शक्तिशाली नेता बेइजिंग पुग्दै || Nepal Times
May 16, 2026
Playing
बालेनको नाम लिएर धाकधम्की दिने व्यक्तिबारे खबर गर्न अपिल || Nepal Times
May 16, 2026
Playing
तीन वर्षपछि कुशलले बनाए शतक|| Nepal Times
May 16, 2026
Playing
विनाशबाट उठेर पुनर्निर्माण र सम्भावनाको प्रतीक बन्यो ‘बारपाक’|| Nepal Times
May 16, 2026

माओवादी विद्रोहमाथि भारतले विजय हासिल गर्यो

१७ चैत्र २०८२

१७ चैत , काठमाण्डौ ।

भारतले आफ्नो देश माओवादी द्वन्द्वमुक्त भएको घोषणा गरेको छ । गृहमन्त्री अमित शाहले सोमबार संसद्मा नक्सलवादी भनेर चिनिने माओवादी विद्रोहीबाट भारत ’स्वतन्त्र’ बनेको घोषणा गरेका हुन् । ’म खुल्लमखुला भन्न सक्छु कि हामी नक्सलवादीमुक्त भएका छौँ, यो भन्न कुनै हिचकिचाहट छैन’, उनले भने, ’सम्पूर्ण अभियान सकिएपछि म देशलाई सार्वजनिक रूपमा पनि जानकारी दिनेछु।’

Advertisement
Advertisement

भारतले दुई वर्षमा नक्सलवादी विद्रोहको अन्तिम अवशेषविरुद्ध आफ्नो अभियान तीव्र बनाएको बताइरहेको यो आन्दोलनको नाम पश्चिम बंगालको हिमालयको फेदीमा रहेको नक्सलबारी गाउँको नामबाट राखिएको हो । यसको नाम ६ दशकअघि माओवादी–प्रेरित विद्रोह सुरु भएको स्थानबाट नै राखिएको थियो ।

विद्रोहले देशको लगभग एकतिहाइ भाग नियन्त्रण गरेको थियो । सन् २००० को दशकको मध्यमा अनुमानित १५ हजार देखि २० हजार लडाकु भएको आन्दोलन चरम उत्कर्षमा पुगेको थियो । तर हालैका वर्षमा यो नाटकीय रूपमा कमजोर भएको थियो ।

अधिकांश सशस्त्र विद्रोही मध्य छत्तीसगढ राज्यको बस्तर क्षेत्रसम्म सीमित भएका थिए । जुन घना जंगल र पहाड रहेको विशाल खनिज–समृद्ध क्षेत्र हो । ’बस्तर अब नक्सलमुक्त छ’, ९० मिनेटको भाषणमा भारतका गृहमन्त्री शाहले भने, ’माओवाद तथा नक्सलवादका नाममा हिंसा गर्नेहरूको दिन अब सकिएको छ।’ 

सन् २०२५ मा भारतीय सुरक्षा फौजले ३६४ विद्रोही मारेको र १ हजार २२ जनालाई पक्राउ गरेको थियो भने वरिष्ठ नेतासहित दुई हजार ३३७ जनाले आत्मसमर्पण गरेका थिए । सन् २०१० यता नागरिक र सुरक्षा बलका सदस्य मारिने क्रम ९० प्रतिशत घटेको छ भने माओवादी आक्रमणको संख्या १ हजार ९०० बाट घटेर गत वर्ष करिब २०० मा झरेको छ ।

गृहमन्त्री शाहले सरकारले विद्रोहबाट प्रभावित राज्यहरूमा स्थानीय प्रहरी बलको क्षमतालाई बलियो बनाएको र सुरक्षा बलबिच समन्वय गहन बनाएको बताए ।  ’हामीले हतियार मात्र होइन, सबै निकायको दृष्टिकोण अपनाएका छौँ’, शाहले भने, ’माओवादीका दुई कमान्डरबाहेक सबै या त मारिएका छन् वा आत्मसमर्पण गरेका छन्। उनीहरूले पनि चाँडै आत्मसमर्पण गर्नेछन्।’

यस्तै छत्तिसगढका उपमुख्यमन्त्री विजय शर्माले यसअघि एएफपीलाई राज्य नक्सलवादी विद्रोहीबाट पूर्ण रूपमा मुक्त रहेको बताएका छन् । उनले भनेका छन्, ’उनीहरूको सम्पूर्ण सशस्त्र लढाकू मारिएका छन्।’ भारतीय माओवादीले वन क्षेत्रमा सीमान्तकृत आदिवासी जनजातिको अधिकारका लागि आफूहरू लडिरहेको बताएका थिए ।

सन् १९६७ मा मुट्ठीभर गाउँलेले आफ्ना सामन्ती शासकविरुद्ध विद्रोह गरेयता १२ हजारभन्दा बढी विद्रोही, सैनिक र सर्वसाधारणको मृत्यु भइसकेको छ । माओवादी केन्द्रका पूर्वविद्रोही २६ वर्षीय विष्णु माडवीले छापामारसँग सात वर्षपछि गत जनवरीमा आत्मसमर्पण गरेका थिए ।

’मेरो कमान्डर सन् २०२५ मा प्रहरीको कारबाहीमा मारिएकोमा मुस्किलले बाँचेको छ’, माड्वीले सोमबार एक शिविरबाट एएफपीसँग भनेका छन्।  उनले अगाडि भनेका छन्, ’हाम्रा शीर्ष नेताहरू सबै यात शाहदत प्राप्त गरिसकेका छन् या आत्मसमर्पण। प्रहरीले हामी घेराबन्दी गरेको अवस्थामा आन्दोलन छोड्नुको विकल्प थिएन।’

यससंगै भारतले दशकौँ लामो विद्रोहलाई परास्त गर्न लामो समयसीमा पूरा गर्दै सोमबार मुलुकलाई माओवादी द्वन्द्वमुक्त मुलुक घोषणा गरेको हो । भारतमा माओवादी विद्रोह (नक्सलवाद) को सुरुवात सन् १९६७ मा पश्चिम बङ्गालको नक्सलबाडी गाउँबाट भएको थियो।

यो आन्दोलन चिनियाँ कम्युनिस्ट नेता माओत्सेतुङको ग्रामीण क्षेत्रबाट शहर घेर्ने विचारधाराबाट प्रेरित थियो। नक्सलबाडीका गरीब किसानहरूले स्थानीय जमीन्दारहरूको शोषण, असमान भू–स्वामित्व र सरकारी उपेक्षाविरुद्ध विद्रोह गरे। २५ मार्च १९६७ मा नक्सलबाडीका किसानहरूले जमीन्दारहरूको घरमा आगो लगाए र उनीहरूको धनमाल लुटे।

यो विद्रोह चारु मजुमदार, कानु सन्याल र जंगल सन्थालको नेतृत्वमा भाकपा (माक्र्सवादी) बाट विभाजित समूहले सुरु गरेको थियो। चारु मजुमदारले ऐतिहासिक आठ दस्तावेज लेखेर भारतीय राज्यलाई सुगठित बुर्जुवा भन्दै सशस्त्र क्रान्तिको आह्वान गरे। १८ मे १९६७ मा प्रहरी र किसानबीच हिंसात्मक झडप हुँदा ११ किसान मारिएपछि आन्दोलन चर्कियो।

नक्सलबाडीबाट सुरु भएको विद्रोह बिहार, आन्ध्र प्रदेश, उडिसा र पञ्जाबसम्म फैलियो। मुख्य कारणहरूमा भू–सुधारको असफलता, जमीन्दारी प्रथा, गरीबी र आदिवासी शोषण थिए। सन् १९६९ मा भाकपा (एमएल) गठन भयो। चारु मजुमदारले वर्गशत्रुको व्यक्तिगत हत्यालाई मुख्य रणनीति बनाए।

सन् १९७२ मा मजुमदारको प्रहरी हिरासतमा मृत्युले आन्दोलन कमजोर भयो, तर पछि पीपुल्स वार ग्रु जस्ता समूहहरू बने। २००४ मा यी एकीकृत भएर  सीपीआई माओवादी बने। यो विद्रोहले लाल गलियारा छत्तीसगड, झारखण्ड आदिमा हजारौंको ज्यान लियो। सरकारी तथ्यांकअनुसार १९६७–२०२५ सम्म १५,००० भन्दा बढी मारिएका थिए ।

यता नेपालमा पनि नेपाली कम्युनिस्ट राजनीतिबाट तीन दशकपछि ‘माओवादी’ शब्द विलय भइसकेको छ । संसदीय व्यवस्थाविरुद्ध ‘जनयुद्ध’ गरी राजनीतिमा हिंसा–विध्वंस र सशस्त्र युद्धसहित स्थापित माओवादी अन्ततः उसकै सुप्रिमो पुष्पकमल दाहाल प्रचण्डले विघटन गरेका हुन् ।

अहिले उनकै नेतृत्वमा विभिन्न घटकहरुको भेला गरी ‘नेपाली कम्युनिस्ट पार्टी’ बनेको छ । २०५२ सालमा सामाजिक विभेद चिर्ने घोषित उद्देश्यसहित माओवादी पार्टीको उदय भएको थियो । प्रारम्भमा उक्त पार्टीको नाम ‘नेपाल कम्युनिस्ट पार्टी (एकीकृत केन्द्र)’ थियो ।

जुन पछि ‘नेपाल कम्युनिस्ट पार्टी (माओवादी)’ मा रूपान्तरण भएको हो । २०५२ फागुन १ गते पार्टीले सशस्त्र जनयुद्ध सुरु ग¥यो । त्यसपछि पार्टीको नाम नेकपा (माओवादी) रह्यो । २०६८ सालमा माओवादीले अन्य कम्युनिस्ट पार्टीहरूसँग एकीकरणका प्रयासहरू थालेको थियो ।

२०७२ सालमा दलहरूसँग एकीकरण र विभाजनको चरणपछि पार्टीको नाम ‘नेकपा (माओवादी केन्द्र)’ राखियो । प्रचण्ड उक्त पार्टीका संस्थापक अध्यक्ष रहे । उनैले २०८२ सम्म आइपुग्दा पनि ‘अध्यक्ष’ शब्द प्रतिस्थापन गरी संयोजकमा परिणत भए ।

Advertisement
Advertisement

माओवादीले १० वर्षे जनयुद्ध गरेपछि २०६३ सालमा शान्ति सम्झौता गरी  शसस्त्र द्वन्द्व अन्त्य गरेका थिए । त्यसपछि २०७२ सालमा नेकपा (माओवादी केन्द्र) नाम ग्रहण गरेको दल झन्डै १० वर्षको अवधिसम्म आइपुग्दा  नामेट नै भइसकेको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top