विश्वकप फुटबलमा अर्को रेफ्री थपिए –डोनाल्ड ट्रम्प

२२ असार , काठमाण्डौ।

फुटबलमा रेफ्री इज रेफ्री त्यसै भनिएको होइन । रेफ्रीको निर्णयलाई अन्तिम सत्य मानिने फुटबलमा रेफ्रीको विकल्प हम्मेसी खोजिएन । तर थप विवाद हुन नदिन र रेफ्रीको भूमिकालाई अझ बढी प्रभावकारी बनाउन अहिले आएर भीएआर अर्थात भिडियो असिसटेन्ट रेफ्रीको व्यवस्था पनि गरिएको छ ।

तर जारी विश्वकपमा भने यो भन्दा बाहिर आएर अर्को रेफ्री पनि थपिएको छ । जसले फुटबलका निर्णयलाई विवादास्पद मात्र बनाएन, राजनीतिक शक्तिको पहुँचलाई फुटबलमा स्वीकार गर्यो । जसले फुटबलको सर्वमान्य सिद्धान्तलाई कुल्चने खतरा बढेको छ । यहाँ उपस्थिति आयोजक मुुलुक अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको थियो ।

Advertisement

ट्रम्पको अहमता र घमण्डबारे संसार जानकार छ । भर्खरै इरानसँगको क्रुर युद्धबाट अस्थायीरुपमा हात झिकेका ट्रम्प अझै आलोचनाको केन्द्रमा छन् । अमेरिकी हार अस्वीकार भन्ने उनको नीति फुटबलमा पनि लागू हुन पुग्दा जारी विश्वकप विवादित बन्ने सम्भावना बढेको छ ।

जारी विश्वकपमा आफ्नो मुलुकका लागि तीन गोल गरेका अमेरिकी कप्तान फोलारिन बालोगुनले बुधबारको २–० को राउन्ड अफ ३२ को जितमा बोस्निया–हेर्जीगोभिनाका तारिक मुहारेमोभिकको दायाँ खुट्टामा टेके । जुन खेल अपराधका लागि उनले रातो कार्ड पाए । रेफ्रीको यो निर्णयले बालोगुन थप एक खेलका लागि निलम्बित बने ।

Advertisement

यसको अर्थ थियो उनले बेल्जियमसँगको अन्तिम १६ को खेल गुमाए । तर यो रेडकार्डप्रति आपत्ति जनाउँदै आएको अमेरिकी टोलीसँग त्यति ठूलो ह्याउ थिएन, जसले रेफ्रीको निर्णयलाई पुर्नविचार गर्नका लागि अपील गरोस् । तर यो निर्णय अमेरिकी राष्ट्रपति ट्रम्पलाई पनि चित्त बुझेनछ ।

उनले यो निर्णय पुर्नविचार गर्न लगाउन फुटबलको सर्वोच्च निकाय फिफाका अध्यक्ष जियानी इन्फान्तिनोलाई फोनमार्फत आग्रह गरे । ट्रम्पको बोली होइन हुकुम थियो यो,जसलाई इन्फान्तिनोले नमान्ने कुरै भएन । जस अनुरुप फिफाले विश्वकपकाअमेरिकी स्टार स्ट्राइकर बालोगुनको रातो कार्डको निलम्बन हटायो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्टार अमेरिकी फर्वार्ड फोलारिन बालोगुनको पक्षमा गरेको यो नाङ्गो हस्तक्षेपको अहिले विश्वभर आलोचना भइरहेको छ भने फुटबल जगत बहसमा छ । रातो कार्डको निलम्बन हटाइएपछि बालोगुनले अब सोमबार बेल्जियमसँगको विश्वकपको खेलमा खेल्न अनुमति पाएका छन् ।

फिफाले आइतबार राउण्ड १६ को खेलका लागि बालोगुनमाथि लगाइएको निलम्बन हटाइएको सूचना जारी गर्यो । जुन असाधारण कदम थियो । यसले अमेरिकामा ट्रम्पको सराहना गरिए पनि बेल्जियम टोलीको ठूलो नाराजगी ल्याएको छ । र,फुटबलप्रेमीहरुबीच बहसको नयाँ विषय जन्मिएको छ ।

हुनत सन् १९६२ पछि विश्वकपमा रातो कार्डको विषयलाई लिएर यस्तै निर्णय भएको थियो भने कतिपय खेलमा भएको निर्णयको विषयमा फिफाले गम्भीर अध्ययन पछि निलम्बनको सजायलाई खुकुलो नबनाएको होइन । तर यहाँ अमेरिका छ,अमेरिकासँगै उभिएका उसका राष्ट्रपति ट्रम्प छन र विश्वकप अमेरिकामा भइरहेको छ ।

धेरै पक्ष पचाउन सक्ने गरी भएको मान्न विश्व फुटबल जनमत तयार देखिएको छैन । यहाँ स्वतन्त्र र निष्पक्ष निर्णय भन्दा पनि ट्रम्पको दबाबले बढी भूमिका खेलेको छ । रोयल बेल्जियन फुटबल संघ आरबीएफएले यो घटनाले आफुहरुलाई ’अचम्मित’ बनाएको बताएको छ । बेल्जियमको प्रशिक्षक रुडी गार्सियाले फिफाको कदमलाई मजाक भएको बताएका छन् ।
उनले भने – ’मलाई थाहा थिएन फिफाको कार्यालयमा जुलाईको पाँचौं दिनलाई अप्रिल फूल डे कोरुपमा मनाइन्छ भन्ने । ’बेल्जियन संघ यस्तो प्रसंगमा आफुलाई बचाउँदैन, राष्ट्रिय टिमको सुरक्षा पनि गर्दैन। उसले सामान्य रूपमा पनि फुटबललाई रक्षा गर्छ,आफ्नै ईमानदारी, नैतिकताको रक्षा गर्छ । मलाई लाग्छ यो विश्वकप फुटबलको इतिहासमा यस्तो निर्णय पहिलो पटक आएको हो ।’
गार्सियाले खेलमा विवाद समाधानका लागि कोर्ट अफ आर्बिट्रेशन फर स्पोर्टमा अपिल गर्ने सम्भावनाको बारेमा भने केही बताउन चाहेनन् । उनले ट्रम्पको कदमले फिफाको मान्यतामा असर पारेको हो भन्ने प्रश्नको जवाफ दिन पनि चाहेनन् ।
तर बेल्जियन फुटबल संघले भने यो कदम गम्भीर रहेको बताएको छ । उसले अगाडि भनेको छ – “हाम्रो संघ खेलमा सबै सहभागी टिमहरूको वैध अधिकार सुरक्षित गर्न र निष्पक्ष खेलको आधारभूत सिद्धान्तहरूको संरक्षण गर्नको लागि प्रतिबद्ध् छ्, यस फिफा विश्वकपमा र प्रतियोगिताका भविष्यका संस्करणहरूमा पनि पर्न सक्ने असरलाई ध्यानमा राखेर आरबीएफएले सबै सम्भावित विकल्पहरूको अनुसन्धान गरिरहेको छ,” ।

अमेरिकी खेलाडीहरूले बालोगुन टिममा उपलब्ध हुँदैछन् भन्ने कुरा तब थाहा पाए जब आइतबार बिहान होटलबाट युनिभर्सिटी अफ वाशिङ्टनको हस्की सकर स्टेडियममा १० मिनेटको बस यात्रा गर्दै थिए । उनीहरु बस यात्राको क्रममा रहदा नै सामाजिक संजालमा पोस्टहरू देखिन थाल्यो, जसले बालोगुनले क्लिन चिट पाए भन्ने बुझ्न गाह«ो परेन ।

बालोगुनको रातो कार्ड विश्वकपको सबैभन्दा विवादास्पद र प्रभावशाली निर्णयहरूमध्ये एक थियो । ब्राजिलियन रेफरी राफाएल क्लाउसले सुरुमा कार्ड देखाएनन् तर भिडियो समीक्षा पछि बालोगुनलाई रातो कार्ड देखाएका थिए । “यदि तपाईं फाउललाई हेर्नुभयो भने, यो त बिल्कुलै कुनै गम्भीर घटना थिएन,” अमेरिकी स्टार क्रिस्टियन पुलिसिकले भने।

“मलाई लाग्छ यो प्रतियोगितामा धेरै खराब फाउलहरू भए जसलाई पनि हेरिनसक्थ्यो।“ “म्याच निलम्बनको कार्यान्वयन एक वर्षको परीक्षण अवधिको लागि रोकिएको छ,” बालोगुनको बारेमा फिफाले भनेको छ “यदि फोलारिन बलोगुन परीक्षण अवधिमा यस्तै प्रकारको र गम्भीरताको अर्को उल्लङ्घन गर्दछ भने, निलम्बन रद्द हुनेछ र नयाँ उल्लङ्घनका लागि थप दण्ड लागू गर्न कुनै पूर्वाग्रह बिना कारबाही गरिनेछ।”

अमेरिकाका प्रशिक्षक मौरिसियो पोचेट्टिनोले फिफाको कदमको प्रशंसा गर्दै भने – “बोस्निया–हर्जेगोभिनाविरुद्ध हामीलाई ३० मिनेटसम्म १० जनासँग खेल्न बाध्य पारिएको निर्णय साँच्चै अन्यायपूर्ण थियो,” पोचेट्टिनो, जो २००२ विश्वकपमा अर्जेन्टिनाका लागि खेलेका थिए, ट्रम्पले इनफान्टिनोलाई फोन गर्ने निर्णयलाई लिएर उनी अचम्ममा परेका छैनन् ।

यता इङ्ल्याण्डका प्रशिक्षक थोमस टुचेलले भने यो निर्णयले आगामी दिनहरुमा चुनौती थप्ने सम्भावना बढेको बताए । बालोगुनको रेडकार्डको बारेमा प्रश्न उठाउँदै उनले इङ्ल्याण्डका डेकरन राइस र फ्रान्सका माइकल ओलिसको पहेंलो कार्ड उल्ट्याउन सकिन्छ भन्ने प्रश्न गरे ।

बालोगुनका तीन गोलमध्ये एउटा बोस्नियाको बिरूद्धको सुरुवाती गोल पनि थियो। उनले २०१० को ल्याण्डन डोनोवनको सफलता बराबरी गरे । विश्वकपमा अमेरिकी खेलाडीले गरेको दोस्रो धेरै गोलको कीर्तिमानको हकमा । केवल १९३० को पहिलो प्रतियोगितामा बर्ट पाटेनौडेले अमेरिकाका लागि सर्वाधिक चार गोल गरेको कीर्तिमान राखे यता डोनोवन र बालोगुन बढी गोल गर्ने खेलाडीकोरुपमा उभिएका छन् ।

२५ वर्षको बालोगुन, जो मोनाकोका लागि खेल्छन् । उनले गत सिजन लिग १ मा १३ गोल गरे । उनले ३० अन्तर्राष्ट्रिय खेलहरूमा १२ गोल गरिसकेका छन् । उनी ब्रुकलिनमा जन्मिएका थिए । जो आप्mना नाइजेरियन अभिभावकसँग लन्डनमा बस्दै आएका थिए । २०२३ मा उनले आफ्नो राष्ट्रिय टोलीको छनोट इंग्ल्यान्डबाट परिवर्तन गर्ने निर्णय गरे ।

इंग्ल्यान्डबाट उनले २१ बर्ष मुनीको राष्ट्रिय टोलीबाट प्रतिनिधित्व गरेका थिए । आयोजक अमेरिकाले २००२ पछि पहिलो पटक क्वार्टरफाइनलमा पुग्ने लक्ष्य राखेको छ । अमेरिकी टोली २०१० मा घाना, २०१४ मा बेल्जियम र २०२२ मा नेदरल्याण्ड्ससँग अन्तिम १६ को खेलमा पराजित भएको थियो । उनीहरू २००६ मा समूह चरणबाट अघि बढ्न असफल भए र २०१८ को विश्वकपको लागि क्वालिफाई नै हुन सकेन ।

संयुक्त राज्य फुटबल संघले बालोगुनलाई आइतबार कुनै पनि सार्वजनिक टिप्पणीको लागि उपलब्ध नहुन चेतावनी दिएको थियो । तर बालोगुनले सामाजिक सञ्जालमा आफू अमेरिकी फ्यानहरुमाथि उभिएको तस्वीर पोस्ट गरेका थिए र त्यसमा माइकल ज्याक्सनको पप सिंगल ’ब्याड’को संगीत राखेका थिए ।

शुक्रबार खेलपछि प्रतिक्रिया दिदै बालोगुनले भनेका थिए – मलाई रातो कार्डको सट्टा पहेँलो कार्ड दिइएको भए ’उचित’ हुने थियो । फिफाले भने बालोगुनको निर्णय अनुशासन समिति नियमावलीको अनुच्छेद २७ मा आधारित रहेको स्पष्टीकरण दिएको छ ।

“न्यायिक निकायले अनुशासनात्मक कदमको कार्यान्वयन पूर्ण वा आंशिक रूपमा स्थगित गर्न निर्णय लिन सक्छ,“ नियममा भनिएको छ। “सजायको कार्यान्वयन स्थगित गर्दा, न्यायिक निकायले सजाय पाउने व्यक्तिलाई एकदेखि चार वर्षसम्मको परीक्षण अवधि अन्तर्गत राख्छ ।“

नोभेम्बरमा, फिफाले पोर्चुगलका क्रिस्टियानो रोनाल्डोलाई विश्वकप क्वालिफायरमा आयरल्याण्डको विरुद्ध रातो कार्डका कारण तीन खेलको प्रतिबन्धमाथि पुर्नविचार गर्दै अन्तिम दुई खेलको निलम्बन हटाएको थियो । जसले उनलाई विश्वकपको सुरुवाती खेलमा खेल्न अनुमति दिएको थियो ।

गत अप्रिलमा अर्जेन्टिनी डिफेन्डर निकोलस ओटमन्डी र इक्वेडोरीयन मिडफिल्डर मोइसेस काइसेडोलाई क्वालिफायरमा रातो कार्डको लागि एक खेलको प्रतिबन्ध स्थगित गरिएको थियो । जसले उनीहरूलाई विश्वकपको उद्घाटन खेलका लागि उपलब्ध गराएको थियो ।

रेडकार्डको सवालमा सन् १९६२ को विश्वकप पनि चर्चाबाट बाहिर छैन । त्यसबेलाका महान फुटबलर मानिएका ब्राजिलियन मिडफिल्डर गारिन्चाले १९६२ सेमिफाइनलमा आयोजक चिलीविरुद्ध ८३ औं मिनेटमा विपक्षीसँग ठोक्किएको कारण रातो कार्ड पाए ।

तर चिलीका राष्ट्रपति जोर्ज अलेसान्ड्रीको समर्थनसहितको लबि अभियानपछि उनलाई चेकोस्लोभाकियाविरुद्धको फाइनल खेल्न अनुमति दिइयो। गरिन्चाकै सहयोगमा ब्राजिलले लगातार दोस्रो पटक विश्वकपको उपाधिका उठाएको थियो। तर यसपटक भएको निर्णयलाई लिएर फुटबल क्षेत्रमा बहस मात्र हुन थालेको छैन, ट्रम्प,इन्फान्तिनो र फिफाको कटु आलोचना पनि हुन थालेको छ ।

“ अब अर्को रातो कार्डको के हुन्छ? त्यसपछि के हुन्छ?” नर्वे प्रशिक्षक स्टाले सोलबाक्केनले भने “के त्यहाँ कतै कुनै समिति हुनेछ जसले त्यो कार्ड फिर्ता लिनेछ? यो विश्वकपलाई चोट पु¥याउने खराब भन्दा अति खराब निर्णय हो।”

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top